तानाशाही सरकारको ‘दान’ का भरमा चल्नेछैनौ

मधु लम्साल
सम्पादक तथा प्रकाशक, खोजतलास
प्रवासमा रहेका नेपालीहरुको ढुकढुकी बन्न सफल खोजतलासका प्रकाशक सम्पादक चर्चित पत्रकार मधु लम्सालसँग भरतकुमार शाही र डिल्लीकुमार शर्माले गरेको कुराकानीको सारंंश ः
० हालै ल्याइएको सञ्चार अध्यादेशका बारे तपाईंको प्रतिक्रिया -
यो राजाले आफूअनुकूल ल्याउन लगाएको आदेश हो । प्रजातन्त्रमा जनताको इच्छा र जनताकै हितमा कानुन बनाउने गरिन्छ तर निरंकुश व्यवस्थामा तानाशाहले आफू अनुकूल ऐन ल्याउने गर्छन्, मैले यो अध्यादेशलाई त्यसरी नै लिएको छु । किनकि, प्रजातन्त्रलाई मजबुत तुल्याउन र जनतालाई आफ्नो अधिकारबारे सुसूचित गराउने काम स्वतन्त्र सञ्चारमाध्यमबाट हुने हुँदा दरबारिया गिरोह त्यस्ता सञ्चारमाध्यमसँग तर्सेर यस्तो आदेश ल्याएका हुन् । यो आदेशको कुनै तुक छैन । हामी प्रजातन्त्रवादीहरू एक भएर निरंकुश आदेशको विरोधमा जुट्नेछौं । एउटा उखान छ, बिरालोलाई कुट्दा झ्याल खोलेर कुट्नर्ुपर्छ, ता कि त्यो बिरालो भागोस्, अन्यथा बिरालोले नै ज्यान लिन सक्छ । त्यस्तै, राजाले राजा भएर नबसी शासक हुने इच्छा देखाउने हो भने श्रीपेच छाडेर जनताका माझ जाने हिम्मत गर्न सक्नर्ुपर्छ ।
० राजा जनताका माझ गएकै छन् नि, त्यत्रो पैदल हिँडेनन् त -
एक्काइसौं शताब्दीका जनता भनेका स्वतन्त्रताका प्रतीक, प्रजातन्त्रवादी नागरिक हुन्, राणा शासनकालका जस्ता रैती होइनन् । यी राजा नागरिकका बीचमा जाने हिम्मत गर्न सक्दैनन् । प्रहरी र सेनाको हुल, स्कुले विद्यार्थी तथा प्रशासनले खोजेर जम्मा पारिदिएको भीडमा गएर बालक तथा वृद्ध-वृद्धासँग नाटकीय भलाकुसरी गरे भन्दैमा जनताका माझमा गएको र्ठहर्दैन । राजाले जहाँ गए पनि, जसले जे भने पनि केवल ‘बुझेँ’ मात्र भनेको टेलिभिजनमा देखाइयो । ख्वै त, के बुझेछन् राजाले - भ्रमणका नाममा राजा जुन ठाउँमा पुगे, त्यहाँको प्रहरीप्रशासनले होटलमा भाँडा माझ्ने, भारी बोक्ने, काम गर्ने कुल्ली, कवाडीलाई ट्रकमा हालेर प्रत्येकलाई सय रुपैयाँ दिएर भीड जम्मा पारेको भन्ने मैले सुनेँ । त्यसरी जम्मा पारिएको भीडको माझमा पुगेर जनताका माझमा पुगेँ भन्न मिल्छ र -
० के राजाले प्रजातन्त्र खोस्न खोजेकै हुन् त -
किन होइन - विगतदेखि वर्तमानसम्म राजाले गर्दै आएका कार्यकलाप हर्ेर्नुस् त ! आफंै स्पष्ट देखिन्छ । साँच्चिकै भन्ने हो भने ‘उल्फाको धनमा फुपूको श्राद्ध’ भनेझँै भएको छ । देश त्यागेका, आउटडेटेटलाई सत्ताको साँचो जिम्मा दिइएको छ । ज्यानमारा अपराधी र देश लुछुवाहरूलाई सरकार चलाउने ठेक्का दिइएको छ । प्रजातन्त्रवादीलाई खोजीखोजी यातना दिने र लखेट्ने काम शाही सरकारबाट भएको छ । यही हो, प्रजातन्त्र जोगाउने काम भनेको - तपाईंले केही समयअघि मध्य र सुदूरपश्चिम भ्रमणका बेला सरकारी पत्रकारलाई राजाले दिएको अन्तर्वार्ता हर्ेर्नुभयो होला नि - उनले अन्तर्वार्ताका क्रममा भनेका थिए, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले पनि आफूले चाहेको व्यक्ति मन्त्री बनाउन पाइबक्सेन, जनताले दिएनन्’ अर्थात् अहिले आफूले बनाएका मन्त्री पनि आफ्नो इच्छामा नबनाएर जनइच्छामा बनाएको भन्न खोजेका होलान्, राजाले । पत्रकार हत्याको अभियोगमा कैदसजाय पूरा गरेर निस्केको अपराधी, मलकाण्डको नाइके, बैंकको कर्जा नतिरेर कालो सूचीमा परेकाहरूलाई मन्त्री बनाउन कुन जनताले सिफारिस गर्यो - त्यो जनतालाई राजाले चिनाउन सक्छन् - त्यसै बोल्न पाइयो भन्दैमा जे पनि बोल्ने - त्यस्तो हल्का प्रवचन राजाका लागि सुहाउँदो कुरा होइन । विश्वका नेताका अगाडि प्रजातन्त्र फर्काउँछु भनेर प्रतिबद्धता प्रकट गर्ने, नेपालमा खोजीखोजी प्रजातन्त्रवादीको उछित्तो काढ्ने - हर्ेदै जानुस्, अझै यी राजाले के-के गर्छन् -
० सञ्चारमाध्यममाथि कडाइ भयो भन्दैमा राजासँग आक्रोशित हुनुको औचित्य छ र - पहिलाजस्तो छाडा हुन नपाएर यस्तो भनेको त होइन -
केलाई छाडा भन्न खोज्नुभएको - स्वतन्त्र प्रेस निष्पक्ष र निडर हुन्छ । त्यस्तो प्रेससँग जो सत्तामा रहे पनि तर्सन्छन् । यिनै प्रेससँग कांग्रेस रुष्ट भएन कि ! एमाले, राप्रपा, सद्भावना कुन पार्टर्ीीरसाएन ! जसले पनि आफ्नो प्रशंसा चाहन्छ, आफूले गरेको राम्रै ठान्छ र त्यो राम्रै लेखिदियोस् भन्ने चाहन्छ । हिजो गिरिजाप्रसाद, शेरबहादुर या माधव नेपाल- अझै भनौं, र्सर्ूयबहादुर या लोकेन्द्रले पनि आफ्नो आलोचना सहन सकेका थिएनन् । अहिले ल्याइएको भनिएको सञ्चार अध्यादेश तत्कालीन गृहमन्त्री पर्ूण्ाबहादुर खड्काको पालामा पनि ल्याउने तयारी भएको हो । तर त्यतिबेला र अहिलेको परिस्थिति र त्यसका बुँदाहरू धेरै फरक छन् । एउटा निस्पक्ष पत्रकारले सत्ताको कुनै ऐन-नियम या आदेशमा रहेर कलम चलाउन चाहँदैन । हो, अहिलेको हाम्रो आन्दोलन भनेकै त्यही हो । कसैले पत्रिकाको आडमा गलत कार्य गर्छ भने त्यसमाथि जस्तोसुकै कारबाही होस् । कसैले पर्ूवाग्रह राख्छ भने त्यसमाथि दण्डसजाय गरियोस् । त्यो गर्नुहुन्न भन्ने हाम्रो भनाइ या माग होइन, तर सत्ता टिकाउने नाममा जनतालाई रैती बनाउन पाइँदैन । यदि त्यस्तो सोच कसैले राख्छ भने त्यो आफैं पतन हुन्छ । जस्तो तपाईंलाई भनौं, राजपरिवारका बारेमा केही लेख्नै नपाइने रे ! त्यस्तो पनि हुन्छ - उनीहरूले जे पनि गर्न हुने, उनीहरूले गरेको कार्य हामीले लेख्न पनि प्रतिबन्ध - जस्तै पारस सरकारकै कुरा गरौं न । हाम्रा भावी राजा हामीले राम्रै चाहन्छौं नि ! तर उहाँले जे पनि गर्दै हिँड्ने - के उहाँलाई सुझाउने, सुधार्ने हाम्रो दायित्व हैन - भोलिका दिनमा ‘ओ हो ! त्यो नेपालको राजा त यस्तो र त्यस्तो !’ भन्ने सुन्नुपर्यो भने त्यतिबेला हाम्रो मन खिन्न हुन्न - त्यसैले भएको लेख, नभएको नलेख भन्ने खालको कानुन पो ल्याउनुपर्यो त ! पञ्चायतको भन्दा पनि कडा कानुन ल्याएर पत्रकार तर्सर्ाा खोज्ने - भन्ने बेलामा जे पनि नेपाल अधिराज्यको संविधान- २०४७ अनुसार गरिएको भन्ने, गर्ने बेलामा सबै २०१९ को संविधानलाई पनि व्याख्या गरेर गर्ने - राज्यको चौथो अंग भनिएको पत्रकार जगत्लाई नै पाता कसेपछि अरुलाई तह लगाउन के गाह्रो भन्ने सोचेर सञ्चार अध्यादेश ल्याइएको हो, यो सञ्चारमाध्यमलाई अझै मर्यादित र विश्वसनीय बनाउनका लागि होइन भन्ने सबै पक्षले बुझ्नु जरुरी छ ।
० कान्तिपुर एफएममाथिको आक्रमणलाई कसरी हर्ेनुभएको छ -
त्यो स्पष्टै छ नि ! मैले भनिसकेँ नि, अगाडि हर्ेदै जानुस्- स्वतन्त्र प्रेसमाथि अभै कस्ता-कस्ता आक्रमण हुँदै जान्छन् - जुन सरकारमा चोर, डाँका र अपराधीको जमात छ, त्यो सरकारले दिउँसो अथवा कानुनीरुपमा त केही गर्नै सक्दैन नि ! त्यही भएर त मध्यरातमा कान्तिपुर एफएममाथि लुटपाट गर्नुपरेको ।
० यस्तो कार्यले आन्दोलन झन् चर्काउँदैन -
त्यो सरकारले नै बुझ्नर्ुपर्ने कुरा हो । सञ्चारकर्मी मात्र होइन, नागरिक समाज, पेसागत संघसंगठन र राजनीतिक दलले यो असंवैधानिक सरकारका विरुद्ध आन्दोलन त चर्काउँदै गएका छन् नि !
० तपाईं एउटा जिम्मेवार पत्रकारको नाताले देशमा चालु राजनीतिक भिडन्तलाई कसरी हर्ेर्नुभएको छ -
मानिसका लागि बिहानबेलुका खाना आवश्यक भएजस्तो जनताका लागि प्रजातन्त्र अति आवश्यक व्यवस्था हो । प्रजातन्त्र रहेन भने निस्पक्ष पत्रकारिता पनि रहन्न । भन्नेबेलामा प्रजातन्त्र भन्ने, व्यवहार तानाशाहको जस्तो काम वर्तमानमा भइरहेको हामीले महसुस गरिरहेका छौं । प्रजातन्त्र छ भन्दाभन्दै त कालो कानुन ल्याएर सञ्चारमाध्यममाथि नियन्त्रण गर्ने षड्यन्त्र भइरहेको छ भने प्रजातन्त्र नै नरहेको अवस्थाको त कल्पना पनि गर्न सकिन्न ।
० दलहरूको भूमिका तपाईंलाई कस्तो लागिरहेको छ -
अहिले त ठीक छ । तर माघ १९ अघि आ-आफ्नो स्वार्थअनुकूलको थियो । दललाई जनताको भन्दा पनि कर्ुर्सर्ीीे मोह छ भन्ने यसअघि एमालेले सडक आन्दोलनलाई चटक्कै छाडेर ‘लौ प्रतिगमन सच्चियो’ भन्दै सत्ताको स्वाद चाख्न जानुले स्पष्ट पारिसकेको छ । तर अबका दिनमा सत्तामोहमा नपरेर दलहरूले देश र जनताका हितमा एउटै निर्ण्र्ाागर्नर्ुपर्ने अवस्था छ । त्यो प्रजातन्त्रमा मात्र सम्भव भएकाले अहिलेको अवस्थामा दलहरू एक भएर प्रतिगमनलाई समाप्त पार्लान् भन्ने विश्वास जनताको छ । त्यो नगर्ने दलको औचित्य जनताले नै समाप्त गरिदिनेछन् ।
० राजनीतिक संकट निम्तनुको मुख्य दोषी कसलाई ठान्नुहुन्छ -
बुझेर या नबुझेर राजनीतिक दलले नै सिर्जना गरेको संकट हो तर, उनीहरू दोषी भने होइनन् । एउटाका रिसले अर्कामाथि प्रहार गर्न खोज्दा यस्तो अवस्था आएको हो । कांग्रेसले सत्ता सम्हालेको महिना दिनमै एमालेले सडकमा जात्रा देखाउन थाल्यो । कांग्रेसले आप\mनै घरभित्रको विवाद चर्काएर बहुमतको आफ्नै सरकार रिसैरिसको झोकमा ढालेर मध्यावधिमा हामफालेन कि - राप्रपा र सद्भावनाले जता सत्ताको चास्नी पाइन्छ, त्यतै लागेनन् कि - स्वार्थै स्वार्थको खेलमा पार्टर्ीी फुट्ने र जुट्ने काम भएन कि - जेहोस्, प्रजातन्त्रको पुनर्स्थापनापछि धेरै नेपालीको आर्थिकस्तर बढेको छ । उनीहरू निर्धक्कसँग बोल्न, लेख्न र आफ्नो हकअधिकार खोज्न सक्ने भएकै कारण कसैसँग थिचिएर, पिल्सिएर नबस्ने भएका छन् । त्यसैले दोष दलहरूलाई दिन पनि मिल्दैन र दोषी होइनन् भन्न पनि मिल्दैन ।
० प्रजातन्त्रको आगमनपछि पत्रकारहरू बढी अराजक र अनुशासनहीन भए भनिन्छ, तपाईंको कस्तो अनुभव छ -
त्यस्तो त होइन, तर केही हदमा त्यस्तो देखियो पनि । किनकि, प्रजातन्त्रको आगमनपछि पत्रिका प्रकाशनको बाढी नै चल्यो, पत्रकारको उत्पादन बढ्यो । वास्तवमा त्यो राम्रो पक्ष भएर पनि त्यसले राम्रो मात्र परिणाम दिन सकेन । प्रजातन्त्रलाई बलियो बनाउन पत्रिका र पत्रकारको भूमिका बढी हुन्छ । जति धेरै पत्रिका र पत्रकार जन्मन्छन्, त्यसले वास्तवमा समाजलाई अझै जागरुक बनाउनुपर्ने हो । तर, हामीकहाँ त्यसो नभएर जो भ्रष्टाचारी छ, त्यसैले आफू बच्न पत्रिका निकाल्न लगाएको छ । तस्कर, माफियाले पत्रिका र पत्रकार आफ्नो कब्जामा लिएका छन् । एउटा नेताले अर्को नेतालाई गाली गराउन पत्रिका र पत्रकार प्रयोग गरिएका छन् । राजनीतिक दल, दलका नेताहरूका छुट्टाछुट्टै पत्रिका निस्केका छन् । एकै दिन घटेको घटनालाई विभिन्न पत्रिकाले विभिन्न ढंगबाट समाचार प्रस्तुत गर्ने गरेको पाइन्छ । त्यसले गर्दा पनि पत्रिका र पत्रकारतर्फजनविश्वास घट्न थालेको हो कि भन्ने अनुभव मैले गरेको छु । कसैले आफ्नो स्वार्थसिद्द गर्न पत्रिका निकाल्न लगाउँछ, आफ्नो स्वार्थ पूरा भएपछि हात झिक्छ, तर विचरा ! उसले प्रयोग गरेका पत्रकार न त अन्यत्र कतै बिक्छन्, न त उसँग काम गर्ने आँट र क्षमता हुन्छ, अनि त्यस्ता पत्रकार अराजक र अनुशासनहिन नभएर के हुन्छन् त - पेसाप्रति इमानदार र क्षमतावान पत्रकारको त मुलुकलाई जहिले पनि खाँचो छ । त्यसैले प्रायजसो अवस्थामा मैले आफू पत्रकार भएको परिचय नै दिन्न । किनकि, पत्रकारिताक्षेत्रलाई यतिधेरै बद्नाम तुल्याइएको छ कि पत्रकारले सही समाचार सम्प्रेषण गर्ने नभएर जे मन लाग्यो, त्यो लेख्छन् भन्ने अधिकांश पाठकले बुझेका छन् । र, त्यस्तै देखिएको पनि छ ।
० पत्रकारिता क्षेत्रका ज्वलन्त समस्या केके हुन् भन्ने ठान्नुहुन्छ -
समस्या त धेरै छन् । ती सबै समस्या भनेर साध्य लाग्दैन । तर प्रमुख समस्या भनेको सरकारबाट पत्रकारिता क्षेत्रलाई सहयोग नहुनु नै हो । जुन देशमा पत्रकारिता भनेको के हो, त्यस क्षेत्रको समस्या के छ भनेर सरकारले चासो देखाउँदैन, त्यो देशमा पत्रकारिताको विकास नै हुँदैन । सरकार आफँै प्रेससँग डराएर नियन्त्रणमा लिन कालो कानुन ल्याउँछ भने त्यस्तो सरकारबाट पत्रकारिता क्षेत्रले कस्तो सहयोगको अपेक्षा गर्ने - यहाँ त आफ्नो गुनगान गाउने पत्रिकालाई सुविधा र राहतका नाममा पैसा बाँडिन्छ, जसले स्वतन्त्र र निर्भिक पत्रकारिता गर्छ, त्यसलाई बाँच्न र बचाउन धौधौ छ ।
० अहिले पत्रकारहरूबीच पेसागत एकताको अभाव देखिन्छ । एकले अर्को पत्रकारविरुद्ध समाचार लेख्ने गरेका छन्, यो प्रवृत्तिलाई तपाईंले कसरी हर्ेर्नुभएको छ -
लोभी र पापीले गर्दा त्यस्तो भएको हो भने कतैकतै आर्थिक अभावको कारण पनि हुन सक्छ । सिद्धान्त र अडानविहीन पत्रकारको कुरा गर्नु बेकारमा समय कटाउनु होजस्तो मलाईं लाग्छ । हिजो दलका पछाडि हिँड्नेहरू अहिले हड्डीको आशमा सरकारको हनुमान बनेका छन्, सरकारकै गुनगान गाउन व्यस्त देखिएका छन् । त्यस्ता तत्वको कुनै ‘वेट’ छजस्तो मलाई लाग्दैन । तपाईंलाई थाहा नै होला, केही दिनअघि मात्र सरकारका सञ्चारमन्त्रीको इशारामा पत्रकार महासंघलाई नै टुक्राउने नियतले अर्काे ख्वै के भन्ने नामको संस्था पनि खोले, तर केही दिनमै आन्तरिक विवाद बढ्दै गएपछि एकएक गर्दै लुरुलुरु यतै र्फकँदैछन् । कहाँ दरबारिया पत्रकारबीच पनि एकता छ र - उनीहरूमा त झन् एकअर्कामा रिसइबी र मारामार छ । कसले, कति, कहाँबाट खायो र पायो भन्ने मात्र खोजीमा त्यो लोभीपापी गुट हिँडेको छ । त्यस्तै, केही पत्रकार कसले, कसको विरोधमा समाचार लेख्यो, त्यो खोज्दै ‘ल हामीलाई यो गरिदे, त्यसका विरुद्धमा हामी लेख्छौं’ भन्दै हिँड्ने गरेको पनि नसुनिएको होइन । त्यसैले सामान्य बेमेल त होला, तर पेसागत एकताको अभाव पटक्कै छैन । यत्रो ठूलो संगठनभित्र एकदर्ुइजना त त्यस्ता भइहाल्छन् नि ! समग्रमा पत्रकारिताक्षेत्रमा जस्तो पेसागत एकता अन्य कुनै क्षेत्रमा पनि छैन । हर्ेर्नुस् न, कुनै पत्रकारले यातना या धम्की दिइएको तथा दमनमा परेका घटनाविरुद्ध हामी पत्रकार सबै कसरी अरिंगाल खनिएजस्तै गरी खनिन्छौं । २-४ जना रछ्यानहरूको कुरा गर्नुहुन्न । त्यस्ता एकाध त सबै ठाउँमा हुन्छन् । आखिर के गर्ने, त्यस्तालाई पनि सरकारले पत्रकारको लाइसेन्स दिन्छ ।
० धेरै कमाइएजस्तो छ नि ! सरकारी सुविधा र विज्ञापन पनि बहिस्कार गर्नुभयो -
हर्ेनुस्, जहाँ आत्मसम्मानमा ठोस पुग्छ, त्यहाँ बहिस्कार भन्ने ठूलो कुरा हुँदैनरहेछ । मान्छेले आत्मसम्मानका निम्ति ज्यानै बहिस्कार गरेर आत्महत्या त गर्छन् भने यो आर्थिक बहिस्कार त सामन्य कुरा हो । अमेरिकाको भ्रमण राजाले किन अन्तिम अवस्थामा आएर रद्द गरे - विदेशीले हपार्लान् र आत्मसम्मानमा ठेस पुग्ला भनेर हैन - हो, त्यस्तै म आफू सम्पादक/प्रकाशक रहेको खोजतलास दैनिकमाथि सरकारले राखेको कुदृष्टिले गर्दा मैले आफूले गरेको दुःख, मेरा साथीहरूको सहयोग र शुभेच्छामाथि नै निरंकुश सरकारको इशारामा चलेको प्रेस काउन्सिलले चरम पर्ूवाग्रह राख्ने काम गरेपछि त्यै सरकारले दिएको सुविधा मैले किन स्वीकार्ने - मैले त्यो सुविधालाई ‘प्रतिगमनको दान’ ठहर गर्दै बहिस्कारको घोषणा गरेको हुँ । त्यति मात्र होइन, निरंकुश सत्ता रहेसम्म खोजतलासको आत्मसम्मानमाथि ठेस नपुगोस् भन्नका लागि प्रेस काउन्सिलले गर्ने वर्गीकरणमा समेत भाग नलिने घोषणा हामीले गरेका छौं । जुन दिनसम्म अधिकारअनुसारको सुविधा सरकारले निस्पक्षरुपमा बाँड्दैन, तबसम्म हाम्रो बहिस्कार जारी रहन्छ । खोजतलासले लाखौं पाठक र शुभेच्छुक कमाएको छ, उहाँहरूकै सानोतिनो सहयोगबाट हामी भविष्यको यात्रा अगाडि बढाउनेछौं । तानाशाही सरकारको ‘दान’ का भरमा चल्नेछैनौं । यो हाम्रो सैद्धान्तिक प्रतिबद्धता हो । निष्ठाको घोषणा हो ।
० किन खोजतलासमाथि त्यस्तो पर्ूवाग्रह राखिएछ त -
त्यो त ज-जसले राखेका हुन्, उनैसँग जवाफ होला । बस्, हामीलाई पाठकको माया र साथ छ । त्यो नै हाम्रो आजसम्मको कमाइ हो ।
० खोजतलास कस्तो खालको पत्रिका हो -
अन्याय, अत्याचार, तस्करी र भ्रष्टाचारविरुद्ध चिरफार गर्ने सशक्त प्रतिबद्धताका साथ निडर भएर प्रस्तुत हुने पत्रिका हो । त्यस अभियानमा खोजतलासले आफ्नोअर्को कोही भन्दैन । र, असोज १८, २०५९ देखि प्रजातन्त्रमाथि हुँदै आएको आक्रमणका विरुद्ध पनि हामी जोडतोडका साथ लागिपर्दै आएका छौं । त्यसैले गर्दा खोजतलास यो धरातलसम्म आइपुगेको हो ।
० तपाईंको पत्रिका आफ्नो नामअनुसार उद्देश्यमा कत्तिको सफल छ र पत्रकारिताबाट कतिको सन्तुष्ट हुनुहुन्छ -
सफल भनेको सन्तोष हो । म आफू सन्तुष्ट नै छु । सबै सन्तुष्टि पैसामा मात्र तुलना गर्नुहुँदैन । मेरो कार्ययात्रा जुन उद्देश्यका लागि अगाडि बढेको छ, त्यो केही हदमा पूरा भएको अनुभव गरेको छु । तर, पत्रकारिता क्षेत्रलाई धमिल्याउने कार्य पछिल्लो समयमा बढ्दै गएको छ, त्यसले गर्दा यदाकदा चिन्ता लाग्छ कि यसको भविष्य कस्तो होला भनेर ।
० पत्रिकाकै कारण घरझगडा पर्छ कि पर्दैन -
किन नपर्नू - औंसी र पूणिर्मा भनेझैं हो, घरझगडा त । पैसाका कुरा गर्ने हो भने यो पेसाबाट इमानदार भएर दिन गुजार्न मुश्किल छ । कहिले पैसा, कहिले समय त कहिले पत्रिकामा लेखिएका समाचारका कारण घरमा सानोतिनो विवाद पर्छ । तर, त्यसलाई मैले झगडा ठान्दिन । सिधै मसँग भन्न नसकेर श्रीमती, बुबाआमासँग पनि समाचारका बारेमा गुनासा आउँछन् । उनीहरू बुझ्दै नबुझी मसँग विवाद गर्छन् । तर, समाचारका विषयमा घरमा हुने विवादलाई म कहिल्यै महत्व दिन्न, सुन्छु र उडाइदिन्छु । त्यस्तो धेरैपटक भएको छ । तर, पैसा र समयका बारेमा भएको विवादमा भने म गम्भीर नै हुने गर्छु । किनकि, मेरो रहर नहुन सक्छ, मैले त्यस्ता कुनै इच्छा-आकांक्षा नराख्न सक्छु तर मैले त्यसो गरें भन्दैमा सबैले त्यसै गर्नर्ुपर्छ भन्ने छैन । तर सबैभन्दा ठूलो कुरा पत्रकारिता पेसा अर्काको लागि हो, यसमा कुनै निश्चित समय भन्ने हुँदैन भन्ने परिवारले नबुझ्दा विवाद पर्ने हो । समयको कारणलाई लिएर अनावश्यक विवाद खडा गर्दा भने निकै दुःख लाग्छ । तर, उनीहरूले बुझेनन् भन्दैमा आफू पनि अबुझ हुनुभएन । त्यस्तो बेला आफूले आफूलाई सम्हाल्ने कोशिस गर्छु ।
० तपाईं कस्तो खालको पत्रकारिता गर्न चाहनुहुन्छ -
अन्याय, अत्याचार, तस्करी र भ्रष्टाचारविरुद्ध चिरफार गर्ने प्रयास गरेको छु । साथै, त्यस्ता खालका समाचार सम्प्रेषण गर्दा निस्पक्ष र सप्रमाण होस् भन्ने चाहन्छु । तर यदाकता त्यो नहुँदोरहेछ । जे होस्, खोजी पत्रकारिता मेरो चाहना हो । सत्यतथ्य समाचार प्रकाशित गर्न म जस्तोसुकै जोखिम उठाउन पनि पछि पर्दिन । रिक्स नलिने र डराउने व्यक्ति पत्रकार नभएर लेखक मात्र हो भन्ने मेरो दृष्टिकोण छ । मेरो राजनीतितर्फझुकाव भए पनि पत्रकारितामा राजनीतिक समाचार त्यति लेख्न मलाई मन पर्दैनथ्यो तर १९ असोज २०५९ पछि सक्रियतापर्ूवक नै राजनीतिक कलम पनि चलाउन थालेको छु ।
० यस्तो कडा पत्रिकाको त घुमाउरो कमाइ धेरै हुन्छ होला, हैन -
तपाईंले भन्न खोज्नुभएको मैले बुझेँ । खोजतलासले आजसम्म एकजनासँग पनि समाचारका विषयमा मोलतोल गरेको छैन र गर्ने पनि छैन । शुभेच्छुकहरूको सहयोगलाई अस्वीकार गर्ने कुरा आएन । कसैलाई धम्क्याएर तथा पत्रिकालाई माध्यम बनाएर आजसम्म कसैसँग कुनै पनि किसिमको स्वार्थलाभ खोजतलासले लिएको छैन, लिनु पनि नपरोस्, बरु सकेको सहयोग गरेर पीडितहरूको आशर्ीवाद ग्रहण गर्ने मौका पाइयोस् । बस्, मेरो सधैं ध्यान त्यसमै गइरहन्छ र साथीहरूको समूह पनि त्यस्तै पाएको छु । साँच्चिकै भन्नुपर्दा कयौं पीडितलाई न्याय दिलाएर आशर्ीवाद पाएको छु, त्यो नै मेरो कमाइ हो ।
० तपाईं कसरी पत्रकार बन्नुभयो -
पन्ध्रसोह्र वर्षघि काठमाडौंमा अध्ययनका लागि स्याङ्जाबाट आएको थिएँ । त्यतिबेला मेरा आफन्त -भिनाजु हर्रि्रसाद पोखरेल) पत्रकारिता गर्नुहुन्थ्यो । त्यतिबेला उहाँको फर्ूर्तिफार्ती देखेर यो पेसामा हात हाल्ने रहर लाग्यो । यो पेसा त भित्र के छ, के छ आफैँलाई थाहा छ, बाहिर पो फर्ूर्तिफार्ती गर्नुपर्ने रहेछ । म पत्रकारिता क्षेत्रमा लागेर यहाँसम्म आउनुमा वरिष्ठ एवम् अग्रज पत्रकार पुरुषोत्तम दाहालको विशेष योगदान छ । नेपालवाणी साप्ताहिकमा लामो समयसम्म सम्पादन सहयोगीका रुपमा कार्यरत रहँदा मलाई आदरणीय दाजु पुरुषोत्तम दाहालले पत्रकारिता के हो भन्ने सम्पर्ूण्ा सिकाउनुभयो । मैले नेपालखबर, विकल्प, गोर्खा सन्देशलगायत पत्रिकामा सम्पादक भएर अनुभव हासिल गरेको छु ।
० अन्त्यमा केही छ कि -
धन्यवाद भरतजी र डिल्लीजी ! यहाँहरूले मेरा विचार र अनुभवलाई आमपाठकमाझ पुर्याउन जुन अवसर प्रदान गर्नुभयो, यसका लागि म आभारी छु । साथै, अन्त्यमा म यसै अन्तर्वार्तामार्फ् यो प्रतिबद्धता व्यक्त गर्दछु कि कसैको प्रलोभनमा परेर या धम्कीका भरमा खोजतलासमा समाचार प्रकाशित हुनेछैनन्, निस्पक्ष समाचार नागरिकको अधिकार भन्ने मैले बुझेको छु, बस्, त्यही मार्गमा मात्रै खोजतलास अगाडि बढ्ने विश्वास सबैलाई दिलाउन चाहन्छु ।
Copy right : Khojtalash