मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

January 24, 2006

स्वदेसी दिदीको परदेशी भाईलाई पत्र

Filed under: Greetings

यो पीडा हामी सबै नेपाली दाजुभाई दिदीबहिनीहरुले भोगी रहेका छौं प्रस्तुतछ स्वदेशी दिदीले आफ्नो प्यारो भाईलाई लेखेको पत्र

भाई सुआर्शिवाद
आराम छु आरामी चाहन्छु ।
भाई धेरै दिनपछि पत्र लेख्दै छु । घरतिर आरामै छन । भाईहरुको हालखबर कस्तो छ - आजभोलि फोनको लाइन नहुनाले नेट चलाउन पाउदिन भाई, अफिसमा पनि निकै व्यस्त, विहानै सात आठ बजे देखि बेलुकी साथै रातमा पनि घरमा आएर काम गर्नु पर्ने बाध्यता छ ।
देशको स्थितीले गर्दा कामको लोड पनि बढेको छ । अर्को कुरा देशको खस्कदो स्थिती , बाहिरी देशको चलखेल ले गर्दा देशमा गृहयुद्ध होला जस्तो लाग्छ भाई ।
विडम्बना नै भनौ या अबुझ , विदेशी शक्तिको दवाबले गर्दा देशमा शान्ति आउदैन भाई । जसले देशको बागडोर लिए पनि यस्तै अशान्ति हुने हो । अब कहिले पनि देशमा शान्ति हुदैन यो चाही पक्का हो । देशमा जसले जितेपनि जसले हारेपनि विजय भयो भनेर खुशीयाली मनमा चाही पक्कै पनि हुदैन ।
बीरगंजमा पनि कर्फ लागेको छ । कर्फ नलगाएपनि के गर्नु - अफिसमा पनि बस्न गाहृो छ । मेल पठाउन, फोन गर्न पनि अलि अप्ठ्यारो छ भाई । चारैतिर नजर लगाउदै छ भन्ने हल्लाह छ । अब त नेपालमा बस्न पनि गाहृो छ भाई, चारैतिर आतंक छ , आतंक शिकार भोलि जो पनि हुन सक्छ । गाउंमा पनि त्यस्तै छ । अभिभावकको मृत्युपछि, धेरैजना बेघर भएका छन । युवतीहरु रेष्टुरेण्टमा काम गर्न बाध्य छन, युवाहरु अपराधतिर बढ्दैछन । धेरै युवाहरु विदेशिएका छन । मेरो भदा पनि फुपु मलाई बाहिर पर्ठाईदिनु भनेर बुटवलबाट आएका थिए । यस्तै छ नेपालका नेपालीहरुको कहानी । अब त कथा हुन्छ जस्तो लाग्छ भाई ।
दुःःख गरेर एक छाक खाई शान्तिको श्वास फर्ेन पनि गाहृो भैसक्यो । आज बीरगंजको ठाउ ठाउंमा बम राखेको रहेछ । हाल नगरपालिका र जिल्ल्ाा विकास समितिलाई टारगेट गरेको छ। अफिस भित्र धेरै नबस्नु दिदि भनेर सबै जनाले सुझाव दिने गरेको छ तर मलाई त्यस्तो केही डर लाग्दैन भाई , यति धेरै नेपालीहरु मरि सके म एक जना मरेर के हुने हो र - हैन र भाई -
जगंलवादी, सरकारवादी सबै घमण्डले शक्तिले मातेका सांडे भई सकेका छन । जनताको दुःख बुझ्ने कोही छैनन । दुवैले शक्ति पर््रदर्शन गरेका छन तिनीहरुको शक्तिले कसैले दुःख हर्ने वाला छैन भाई दुःख मात्र बढीरहेको छ । ल भाई दिदीको गनथन धेरै भयो । सब समाचार त भाईहरुले वेभ बाट नै हर्ेनु हुन्छ मैले केही भनि रहनु पर्देन ।
अरु के छ त्यतातिरको हालखबर - मैले त सून्दैछु , साउदीअरबको आरामको कम्पनीमा अब भारत सरकारको पनि लगानी हुने रे - भारतको समाचारमा देखाई रहेको थियो ।
अफिसको काम, घरको काम, बाहिर आतंक, फोनको गडबडीले गर्दा समय समयमा भाईहरुसंग मेलमार्फ दुःखसुःख बाड्न पनि अडचन आईरहेको छ । त्यही पनि भाई दिदीको सम्झना गर्दै गर्नु होला । नेपालमा आउनु भयो भने बीरगंजमा एक पल्ट घुम्न अवश्य आउनु होला ।
अरु दाजु भाईहरुको के छ हालखबर भाई - निकै कविता , लेखेको थिए भाई अफिसको हार्डडिस्क उड्यो , सब खतम । अब चाही सिडीमा राख्ने गरेको छु । चाडै नै कविताहरु लेखी पठाउने छु ।

हवस भाई अहिलेलाई यति बांकी अर्का
मेलमा

ा श्री पशुपतिनाथले सदा कल्याण गरुन

सदा भलो चाहने दिदी
माया।

Comments »

The URI to TrackBack this entry is: http://meronepals.blogsome.com/2006/01/24/pardeshi-bhai/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes