कतारमा सन् २००५ मा मात्र ११८ जना नेपालीको मृत्यु
वैदेशीक रोजगारीको सिलसिलामा कतार पुगेका नेपालीहरुको असामायीक मृत्यु हुने क्रम २००५ मा वृद्धि भएको छ ।
शाही नेपाली राजदूतावास दोहाबाट प्राप्त तथ्याङ्कले सन् २००५ मा मृत्यु हुने नेपालीको संख्या ११८ पुगेको जनाएको छ, जुन २००४ मा १०४ मात्र थियो । मृत्यु हुनेहरुमा सबैभन्दा बढी ५८ जना हृदयघाटबाट भएको छ भने ३५ जना सडक दुर्घटनामा भएको छ । सामान्यता हृदयघातबाट भएको मृत्युलाई विमा रकम समेत दिने चलन छैन । नेपाल कतार डट कमले उल्लेख गरेअनुसार सन् २००५ मा औद्योगिक दुर्घटनामा मृत्यु हुनेको संख्या १९ रहेको छ भने आत्महत्याको ६ वटा घटना घटेका थिए ।
copy right freenepal.com