मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

January 28, 2006

धोका भएमा आन्दोलन ३० वर्षपछि जान्छ : गगन थापा

यदि भूलवस राजाको कार्डमा राजनीतिक पार्टी प्रयोग भइदिए भने लोकतान्त्रिक आन्दोलन २/३ दशक पछि धकेलिन सक्छ । यो कुरामा हामी सबै र्सतक हुनुपर्छ ।
तीस वर्षीय विद्यार्थी नेता अब विद्यार्थीका मात्र नेता रहेनन् । उनी लोकतान्त्रिक गणतन्त्रका पक्षधर सबै खेमाका नयाँ पुस्ताको नेताको स्थान बनाईसकेका छन् । २०५९ असोज १८ मा राज ज्ञानेन्द्रले निर्वाचित सरकार अपदस्थ गरेर संवैधानिक राजतन्त्रलाई त्यागेर घोषित रुपमा निरंकुशतातर्फो यात्रा तय गर्न लागेपछि युवा विद्यार्थीहरुको बीचमा गणतन्त्रको नारा घन्कन थाल्यो । त्यो नारा लगाउने अग्रपङ्तिका विद्यार्थी नेतामा गगन पनि थिए । जव उनलाई नेपाल विद्यार्थी संघको महामन्त्रीबाट नेपाली काँग्रेसले निकाल्यो, त्यसपछि उनले आफ्नो ब्यक्तित्वलाई फराकिलो पार्दै लगे । नागरिक समाज, सञ्चार, दलित,जनजाति र युवा सबैबीच लोकप्रिय थापा पार्टी भित्र जति प्रिय छन्, त्यो भन्दा ज्यादा बाहिर लोकप्रिय छन् । उनलाई बुझ्नेहरु यसो पनि भन्छन्, गगन अब काँग्रेसमा अटाउँदैन । तर उनीचाहिँ काँग्रेस आफूहरुको दवावले फेरिदै गएको दावी गर्छन् । भन्छन् , काँग्रसको विधानबाट संवैधानिक राजतन्त्र झिक्ने काम भयो । यसो हुनु नै हाम्रो विजय हो । प्रस्तुत छ, लोकतान्त्रिक गणतन्त्रको अभियानमा लागेका ‘दरवारिया’ (काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला र उनकी छोरी सुजाताको शब्दमा) युवा नेता थापासँगको ताजा अन्तरवार्ता -

गगनजी, ख्वै त गणतन्त्र त आएन नि ?
गणतन्त्र केही समय पहिलेसम्म केही मानिसहरुको बौद्धिक बिलासको विषय मात्र थियो । केही मानिसका निम्ति रोमाञ्चकारी कल्पना थियो । त्यो नजिक छ र त्यसलाइ भेट्टाउन, ल्याउन र थेग्न सकिन्छ भन्ने कुरामा विश्वास नै थिएन भने पनि हुन्छ । तर अहिले स्थिति नै अकै भएको छ । मुलुकमा ठूलो जमात छ जसले गणतन्त्र ल्याउन संभव पनि छ , त्यो काम हामीले नै र हाम्रै समयमा गर्नुपर्छ । र, यो बाहेक अरु कुनैपनि अस्त्रले समाजलाई परिर्वतन गर्न सकिदैन भन्ने निष्कर्षा पुगेको छ । एक दुइ वर्षा यत्रो परिवर्तन हुनु चानेचुने उपलब्धि होइन । यही रफ्तारमा मुलुकको वस्तुगत परिस्थिति बन्दै गएमा हामीले धेरै चाँडो गणतन्त्र प्राप्त गर्न सक्छौं ।

तपाई यो अभियानको मुख्य युवा नेतालाई नै पार्टी भित्र टिक्न नसक्ने स्थितिमा पुर्याइयो तर तपाई आफै आशावादी कुरा गर्नुहुन्छ !
यदि काँग्रेसले गणतन्त्रको मुद्दालाइ गम्भीरतापूर्वक नलिएको र यसको आयतन बढदै गएको महसुस नगरेको भए हामीले उठाएको मुद्दाप्रति यति धेरै आक्रमक हुनुपर्ने र यति धेरै प्रतिक्रिया जनाउनु पर्ने थिएन । यसले पनि यो विचार काग्रेस भित्रै फराकिलो र गहुँगो बन्दै गएको छ भन्ने देखाउँछ । अर्को कुरा, संस्थापन पक्षबाट यति धेरै आक्रमक हुँदा पनि हामी त्यहा भित्र टिकेको कारण हामीप्रति बढेको समर्थन हो । यसले के पुष्टि गर्छ भने सबै राजनैतिक पार्टी खास गरी नेपालीकांग्रेस भित्र पनि यो विचार झन् झन् फराकिलो हुँदै गएको छ । यस कोणबाट विश्लेषण गर्दा पनि म चाहिँ आशावादी छु ।
चार महिना अगाडि पार्टी सभापति कोइरालाबाट युवा पक्तिमा तपाई एक्लै दरवारियाको आरोप लगाईएको थियो । अहिले नेविसंघ बिवादमा कालो झण्डा देखाउनेहरु सबै दरवारिया भनिएका छन् । यो पनि सकारात्मक हो त ?
पार्टी सभापतिलाई उहाँ कै निवासमा कालो झण्डा देखाउने हुन्थ्यो कि हुँदैनथ्यो ? त्यसले समग्रमा पार्टीको छविलाई कतिको धुमिल्यायो ? यसलाई सरकारपक्षले कुन ढंगले प्रचार प्रसार गर्यो र प्रायोजित ढंगले बाहिर ल्याउन खोज्यो ? यी प्रश्नहरु आफ्ना ठाउँमा छन् । कालो झण्डा देखाउने हाम्रो पूर्व निर्धारित योजना होइन, हामीले पार्टी भित्र लोकतन्त्रको खोजी मात्रै गरेका हौ । त्यो काम सही र गलत भन्ने छुट्टै ब्याख्याहरु होलान् तर पनि यसलाई हाम्रो अभियानको दायरा फराकिलो भएको घटनाको रुपमा लिनुपर्छ । आज जस्तोसुकै अवरोधका बाबजुद मेरो विचार यो हो र मेरो विचारमा अडिग छु भन्ने जमात तयार भएको छ । यसलाई सकारात्मक रुपमा मैले लिएको छु ।

नेविसंघको पुनर्गठनलाई संस्थापन पक्षले पार्टी झै कब्जा गर्नु र गिरिजाप्रसाद कोइरालाले राजासंग नगर निर्वाचन स्थिगित गरेमा वार्ता गर्ने कुरा साथ भएका छन् । यो कुराले झन् पार्टी नेतृत्वप्रति शंका बढाउँदैन ?
काँग्रेसले यस पटकको महाधिवेशनमा पारित राजनीतिक प्रस्तावको अंशमा पार्टी भित्रको लोकतन्त्र नै समग्र लोकतन्त्रको आधार हो भनिएको छ । पार्टी भित्रको लोकतन्त्र नै मुलुकको लोकतन्त्रको स्रोत हो भनिएको छ । काँग्रेस आफनो राजनीतिक कार्यदिशामा उल्लेख गर्न प्रष्ट छ तर त्यसलाई व्यवहारमा कहिल्यै प्रतिबद्धता प्रष्ट गर्न सकेको छैन। नेविसंघको पुनर्गठन पनि यसकै उदाहरण हो । पुनर्गठनले आन्दोलन कारी विद्यार्थीहरुको भावनालाई कुन हदसम्म प्रतिनिधित्व गर्यो, त्यसको पक्षमा उभियो कि खिलाफमा गयो, त्यो अर्को पक्ष भयो । तर त्यहीँ भित्र पार्टी विधान अनुरुप पनि यि साथीहरुलाई ल्याउन सकिन्छ । पार्टीले बनाएको छानविन समितिको प्रस्ताव कार्यसमितिमा लगे पार्टी सभापतिले प्रचण्ड बहुमतले अनुमोदन गराउन सक्नुहुन्थ्यो । प्रकृया भित्रबाट यही काम गर्न सकिन्थ्यो । त्यही कुरा पनि प्रकृयासम्मत ढङ्गले नल्याएर हुकम र आदेशको निरन्तरताको पक्षमा गयो । वास्तवमा लोकतन्त्रको मेरुदण्ड भनेको प्रकृया नै हो, जसलाई हामी सबैले अबलम्बन गर्नैपर्छ । तर यस पटक पनि त्यसो भएन । पार्टी नेतृत्वको यस्ता व्यवहारले काँग्रेसप्रति जनताको आकर्षण बढाउन हामीले गरेको प्रयासमा तुषारापत भएको छ । यसले हामीलाई कमजोर बनाएको छ । गिरिजाबाबुको बाहिर आएको अभिव्यक्ति उहाँको व्यक्तिगत विचारका रुपमा आएको छ । निरंकुशता बिरुद्धको जारी आन्दोलन, जसले विराट रुप ग्रहण गर्दैथियो, लाई यी कुराहरुले नकारात्मक वल मात्र प्रदान गरेको छ ।

साँच्चिकै नगर निर्वाचन स्थगित भएमा पार्टीले त्यसलाई उपलब्धिको रुपमा लिने स्थिति छैन । यो सरकारले उठाएका यस्ता एक दुइवटा कदमहरुमा प्रतिकृया जनाएर बस्नुपर्ने हाम्रो अवस्था होइन । त्यसैले, माथि तपाई उठाएजस्तै आशंका निश्चय पनि उब्जिएको छ । बास्तवमा भन्ने हो भने, यति खेर त सत्ताले लोभ, धम्की, जे जे दिएपनि आफनो विचार र कार्यक्रममा अडिग भएर लोकतान्त्रिक आन्दोलन अगाडि बडाउनुपर्छ । सत्ताले के गर्छ भन्ने विषयमा निरपेक्ष हुनुपर्छ ।

पार्टी दस्तावेजमा राखिएका बुँदाहरुलाई संस्थापन पक्षले दरबारसँग ‘बार्गेनिङ्ग चिप्स’को रुपमा प्रयोग गर्ने, माओवादीसँगको समझदारीलाई पनि त्यसै रुपमा प्रयोग गर्ने र उसँगको समझदारी पार्टी महामन्त्रीलाई थाहा नहुने, नेविसंग पुनर्गठनको विषय पनि महामन्त्रीलाई थाहा नहुने रहेछ काँग्रेसमा । यो अवस्थामा पार्टी भित्र कहिले लोकतन्त्र भेटिन्छ ?
काँग्रेस यथास्थितिको पृष्ठपोषक हो भनिरहन कोही चाहन्छन् भने हामी काँग्रेस अग्रगामी परिवर्तनको संवाहक हो भन्ने देखाउन चाहन्छौ । हामी काँग्रसको परिचय रुपान्तरण गर्न चाहन्छौ । काँग्रेस सत्ता उन्मुख संगठनको प्रतीक हो भन्ने देखाउन चाहने र काँग्रेस जन-आन्दोलनको प्रतीक हो भन्नेहरुका बीचमा अन्तरविरोध जारी छ ।
नेविसंघ पुनरगठनको चर्चा गरौ न ।पार्टी महामन्त्री रामचन्द्र पौडेलसँग आलोचनाको सुविधा बाँकी छैन । उहाँले हामी जस्तो सडकमा बसेर यो गलत भयो, मलाई थाहा थिएन भन्न पाउनु हुन्न । नेपाली काँग्रेसको महामन्त्री भएर त्यति निरीह ढंगले प्रस्तुत हुन उहाँले पाउनु हुन्न । उहाँसंग सल्लाह भएको थिएन र संस्थागत नियम मिचिएको हो भने उहाँले यति भनेर पुग्दैन । उहाँले यही निर्णय आफनो ‘पोजिसन’ बनाउनु पर्छ । लोकप्रियताको निम्ति आलोचनाको सुविधा उहाँसाग छैन । विश्वास गरेका व्यक्ति नै बेला बेलमा यसरी धर्मरिदा र प्रष्ट नहुँदा हामीले पार्टी भित्र खोजेको लोकतन्त्र झन बढी कमजोर हुँदै गएको छ ।

काँग्रेस यस्तै रहेमा तपाई त्यहा कतिञ्जेल अटाउनु हुन्छ ?
काँग्रेसको परिचय फेर्न सकिन्छ र यो संभव छ भन्ने मेरो आत्मविश्वास छ । मेरा निजी कुरा गर्दा फेरिएको काँग्रेसमा बरु कमजोर सदस्य रहुँला । तर शक्तिशाली र जनतासँग रहेको काँग्रेस नै रहोस भन्ने सोचेको छु । त्यसैले काँग्रेसमा नरहुँला भन्ने सोचेकै छैन ।

अरु पार्टीको नेतृत्व पनि लोकतान्त्रिक छैन नि ! त्यसमा चाहिँ के भन्नुहुन्छ ?
प्रायः सबै पार्टी नेतृत्वको सोच, मनोविज्ञान र व्यवहारमा खासै धेरै भिन्नता छैन । कांग्रेसका निर्णय, प्रतिक्रिया र घटना सबै छताछुल्ल भएर बाहिर आउँछन् । एमाले लगायतका आन्दोलनरत अरु पार्टी भित्रका यस्ता कुरा कम मात्र बाहिर आउँछन् । तर यहाँ सकारात्मक कुरा के भने, काँग्रेसमा प्रतिवाद समेत हुने गरेको छ । तर अरु पार्टीमा त घट्ना पनि र्सवाजनिक हुदैनन्, भैहाले पनि प्रतिवाद पनि कमै हुन्छ । मुद्दाको उठान र लोकतन्त्रको खोजीले त पार्टीलाई उर्जा पनि दिएको छ । र, यसले प्रजातान्त्रिक प्रक्रियालाई फाइदा नै पुर्याउँछ । सबै पार्टी भित्र काँग्रेसको जस्तै लोकतन्त्रको खोजी गरिनुपर्ने समय हो - यो । तर काँग्रेसमा मात्र लोकतन्त्र छैन, हामी सबैमा छ भनियो भने तिनै पार्टीलाई मात्र घाटा पुर्याउँदैन । अहिलेको लोकतान्त्रिक आन्दोलनलाई समेत कमजोर तुल्याउँछ । अरु पार्टीप्रति मेरो गुनासो त्यही विषयमा मात्रै हो । काँग्रेसमा लोकतन्त्र छैन, हामी कहाँ छ भन्ने भ्रम पालेर हाम्रो प्रयासलाई पनि र्समर्थन नगर्ने प्रवृत्तिले समग्र लोकतान्त्रिक आन्दोलनलाई नै कमजोर बनाउँछ ।

गणतान्त्रिक अभियानसँगै जोडेर हेर्ने हो भने तपाईहरु सबै माओवादीको पछि लाग्नुभयो नि, हैन ?
माओवादी र पार्टीहरू दुवै एक कदम पटाडि हटेको नभएर दुबे एक कदम अगाडि बढेको रुपमा मैले लिएको छु । दुबै बढेर नयाँ विन्दुमा भेट भएका हुन् । यतिखेर सात दलका तर्फाट भनिदै छ कि हामीले माओवादीलाई मूलधारमा ल्यायौं । तर म त मूलधार नै थिएन भन्ने पक्षमा छु । माओवादीहरु एक हदसम्म रुपान्तरणका प्रतीक थिए, लोकतन्त्रका प्रतीक भएका थिएनन् । दलहरु लोकतन्त्रका प्रतीक थिए तर रुपान्तरणका प्रतीक थिएनन । दुबै यस अर्थमा एक एक कदम, अगाडि बढे दुबैले अहिले रुपान्तरण र लोकतन्त्रका एजेण्डा बोकेर हिडेका छन् । समझदारीले साँच्चै ब्यावहारिक रुप धारण गर्यो भने दुवैले दुवैका सकारात्मक शिक्षा ग्रहण गरेको ठहर्नेछ भन्ने लाग्छ ।

यो समझदारी कतिको क्रियान्वयन होला ? नेतृत्व त्यसप्रति इमान्दार रहला ?
लोकतन्त्रको प्रतीक पार्टी भएकै कारण त्यस बापत पाइने सुविधा जस्तै अन्तरराष्टिय समर्थन पाएकै हुन् । त्यसले आत्मविश्वासमा सशक्तीकरण गर्छ । त्यसले गर्दा पार्टीसँग आश मरेको छैन् । तर रुपान्तरणको मार्गमा जाने विषयमा चाहिँ नेतृत्वमा हिच्किचाहट देखिन्छ । हामी कार्यकर्ताहरुले पनि त्यस्तो हिच्किचाहटबाट मुक्त गर्न दवाव दिनुपर्छ नेतृत्वलाई । माओवादीलाई अध्ययन गर्दा, उनीहरु रुपान्तरणको त्यो मार्गमा आइसकेपछि हामी कसैको पिछलग्गु हुनु पर्ने हो कि , हामी दोस्रो दर्जाको पो बन्नुपर्ने हो कि भन्ने आशंका देखिन्छ । उसले पनि त्यो आशंकाबाट मुक्त रहनैपर्छ । नेपाली समाजको रुपान्तरण र लोकतान्त्रिक मूल्यलाई दुवै तर्फको नेतृत्वले केन्द्रविन्दुमा राखेर आफ्नो गतिविधिहरु सञ्चालन गर्ने हो १२ बुँदे समझदारी पनि कार्यान्वयन हुन्छ, जारी आशंका पनि मेटिन्छ ।

पार्टी भित्रै लोकतान्त्रिक वातावरणको लागि लडेको तपाईहरुले त वर्तमान परिवेशको लागि राजा ज्ञानेन्द्रलाई धन्यवाद दिनु पर्दैन ? उनकै कारणले यो बृहद्ध एकता देखिएको हो नि !
आजको गठबन्धनको स्थिति हिजो आत्मगत र वस्तुगत दुवै रुपले यति छिटो तयार बनाउने कुरामा राजा र राजतन्त्रको ठूलो भूमिका छ । राजतन्त्र लागिरहेको भए पार्टीलाई यथास्थितिमा खेलाइरहने क्षमता राख्थ्यो । तर एक्लै अघि बढ्ने राजहठकै कारण यो स्थिति आएन । त्यस अर्थमा तपाईले भनेको कुरा ठीक हो ।
राजा फेरि एक कदम पछि हटेमा यो एकता टुट्छ ?
हाम्रा पार्टीहरूको व्यवहारले त्यस्तो देखाएको छ । तर अब स्थिति त्यति सजिलो छ भन्ने मलाई लाग्दैनन । अब चाहिँ विगतमा जस्तो नेतृत्वले अथवा सानो समूहले चाहँदैमा सिङ्गो पार्टी पंक्तिलार्य सम्झौतामा लिएर जान सक्ने अवस्था छैन ।
चाइनाकार्ड विदेशीलाई देखाए जस्तै स्वदेशीभित्र देउवाकार्ड, संसद पुन स्थापनाको कार्ड आदि त सुरक्षित छन नि ?
हामी सबैभन्दा बढी सचेत र र्सतर्क हुनुपर्ने यही नेर हो । हामीले जति कार्ड देखाएपनि एकता भङ्ग हुन नपावस भन्ने कुरामा र्सतर्क हुनुपर्छ । विगतमा देउवा र एमाले, वर्तमानमा काँग्रेसका केही व्यक्तिहरु प्रभावित भएजस्तो नहोस् भन्ने कुरामा सतर्क हुनुपर्छ । यदि भूलवस राजाको कार्डमा राजनीतिक पार्टी प्रयोग भइदिए भने लोकतान्त्रिक आन्दोलन २/३ दशक पछि धकेलिन सक्छ । यो कुरामा हामी सबै र्सतक हुनुपर्छ ।

sorce golmech.com

Comments »

The URI to TrackBack this entry is: http://meronepals.blogsome.com/2006/01/28/golmech/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes