मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

January 28, 2006

देशवासीमा महासचिव नेपालको अपिल

Filed under: Press Release

By:- Trilochan Pokhara

Madhav K. Nepal
General Secretary

काठमाडौं । नेकपा -एमाले) का महासचिव माधवकुमार नेपालले देशवासीका नाममा आज एक अपिल जारी गर्दै शान्ति, प्रजातन्त्र र समृद्धिको मार्ग प्रशस्त गर्न शाही सरकारद्वारा संचालित हरेक प्रकारका दमनलाई चिदर्ैर्ैै विचलित नभै आन्दोलनलाई सफल तुल्याउन विगतमा जसरी नै आगामी दिनमा पनि सक्रिय सहभागिता र सहयोगका लागि सबै समक्ष हार्दिक अनुरोध गर्नुभएको छ ।
अपिलमा महासचिव नेपालले तथाकथित नगर निर्वाचनमा उम्मेदवार नहुन, उम्मेदवारको प्रस्तावक-र्समर्थक नबन्न र मतदान समेत नगर्न सबैमा हार्दिक आहृवान समेत गर्नुभएको छ । साथै, उहाँले अपिलमा भन्नुभएको छ - ‘लक्ष्य पूरा नहुँदासम्म आन्दोलन रोक्ने छैनौं र सात राजनीतिक दललाई विभाजित तुल्याउने प्रतिगामी षडयन्त्रलाई पनि पूरा हुन दिने छैनौं ।’ प्रस्तुत छ सो अपिलको पर्ूण्ा पाठ ः-
आदरणीय दिदी-बहिनी तथा दाजु-भाइहरु !
सात राजनीतिक दलद्वारा निरंंकुश राजतन्त्रको अन्त्य र पर्ूण्ा प्रजातन्त्रको स्थापनाका लागि संचालित संयुक्त तथा शान्तिपर्ूण्ा जनआन्दोलनमा विभिन्न वर्ग र व्यवसायका जनताको सक्रिय सहभागिता बढ्दै गैरहेको छ । यो आन्दोलन राजनीतिक पार्टर्ीीको मात्र नभएर वास्तविक अर्थमा आम जनताको जनआन्दोलन बन्दै गैरहेको छ । राजनीतिक पार्टर्ीीको पक्षमा जनमत छैन भनेर बर्बराहट गर्ने निरंकुश राजतन्त्रवादीहरु आन्दोलनमा जनताको विशाल सहभागिता देखेर आत्तिएका छन् र शान्तिपर्ूण्ा जनआन्दोलनका विरुद्ध हिंस्रक दमनमा उत्रिएका छन् । आन्दोलनको विरुद्ध राज्य शक्तिको दुरुपयोग, कर्फ्र्यु र निषेधित क्षेत्रको घोषणा, सयौंको संख्यामा नेता, कार्यकर्ता, मानवअधिकारवादी र नागरिक समाजका अगुवाहरुको गिरफ्तारी, शिर्षथ नेताहरुलाई गृह नजरबन्दीमा राख्ने जस्ता घटनाहरु यसका केही प्रतिनिधि उदाहरणहरु हुन् । जनआन्दोलनलाई आजको विन्दुमा ल्याइपुर्‍याउन हरतरहले भूमिका निर्वाह गर्नुहुने राजनीतिक पार्टर्ीी नेता कार्यकर्ताहरु, महिला, मजदूर, किसान, युवा, विद्यार्थी, वुद्धिजीवी, दलित समुदाय, पत्रकार, कानुन व्यवसायी, डाक्टर, इन्जिनीयर, प्राध्यापक, शिक्षक, लेखक, कलाकार, ब्यापारी, कर्मचारी, मानवअधिकारकर्मी, नागरिक समाज, सम्पर्ूण्ा लोकतन्त्रप्रेमी जनसमुदाय र हाम्रो न्यायपर्ूण्ा आन्दोलनप्रति र्समर्थन, सहयोग र ऐक्यबद्धता जाहेर गर्ने अन्तर्रर्ााट्रय समुदायप्रति हार्दिक आभार ब्यक्त गर्दछु । शान्ति, प्रजातन्त्र र समृद्ध नेपाल आम नेपालीको चाहना हो । तर, पर्ूण्ा प्रजातन्त्र विना शान्ति संभव छैन र शान्ति विना समृद्धि संभव छैन । निरंकुश राजतन्त्रलाई परास्त नगरी पर्ूण्ा प्रजातन्त्र संभव छैन । त्यसैले शान्ति, प्रजातन्त्र र समृद्धिको मार्ग प्रशस्त गर्न शाही सरकारद्वारा संचालित हरेक प्रकारका दमनलाई चिदर्ैर्ैै विचलित नभै आन्दोलनलाई सफल तुल्याउन विगतमा जसरी नै आगामी दिनमा पनि सक्रिय सहभागिता र सहयोगका लागि सबै समक्ष हार्दिक अनुरोध गर्दछु ।
हामीले माओवादीहरुलाई विचारधारात्मक संर्घष्ा र संवादका माध्यमबाट शान्तिपर्ूण्ा राजनीतिको मूलधारमा फर्काउन कष्टसाध्य प्रयत्न गर्दै आएका छौं । केही समय अगाडी सात राजनीतिक दल र माओवादी बीच सम्पन्न १२ बुँदे समझदारी पत्र हाम्रो त्यही प्रयत्नको स्वभाविक परिणाम थियो । माओवादीले उक्त समझदारीमा शान्तिपर्ूण्ा नयाँ राजनीतिक धारमा अघि बढ्ने विश्वास ब्यक्त गरेका छन् । मानवअधिकारका मूल्य मान्यताहरुलाई पर्ूण्ा सम्मान गर्ने र तिनका आधारमा अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् । बहुदलीय प्रतिस्पर्धात्मक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मानवअधिकार, कानुनी राज्यको अवधारणा, मौलिक हकप्रति कटिबद्धता ब्यक्त गरेका छन् । उक्त समझदारीलाई देश र दुनियाँले एकस्वरमा मुक्तकण्ठले स्वागत र र्समर्थन गरेका छन् । तर दर्ुभाग्य, सशस्त्र संर्घष्ाको बाटोमा अघि बढेका माओवादीहरुलाई शान्तिपर्ूण्ा राजनीतिमा फर्काउन गरिएको त्यति महत्वपर्ूण्ा प्रयत्नलाई स्वागत र र्समर्थन गर्नुको साटो राजाको स्वेच्छाचारी सरकारले सात राजनीतिक दलका विरुद्ध “आतंकवादको मतियार” भन्ने सम्मको धृष्टता गरिरहेको छ । हामी अहिले पनि माओवादीसंग सम्पन्न उक्त समझदारीलाई सकारात्मक दिशामा अघि बढाउन चाहन्छौं ।
राजाको सरकार नगर निर्वाचनको नौटङ्कीद्वारा आफ्नो प्रतिगामी सत्तालाई वैधता र निरन्तरता दिन चाहन्छ । त्यसै अर्थमा हामीले नगर निर्वाचनलाई सक्रिय बहिस्कार गर्ने निर्ण्र्ाागरेका छौं । मुख्य राजनीतिक दलहरु र आम जनसमुदायले अस्वीकार गरेको कथित नगर निर्वाचनको कुनै सकारात्मक प्रयोजन छैन भन्ने कुरा घाम जत्तिकै र्छलङ्ग छ । यस्तो अवस्थामा नगर निर्वाचन स्थगित गर्नु र सैन्यबलका आधारमा बलजफ्ति खोसिएको र्सार्वभौमसत्ता र राजकीयसत्तालाई राजनीतिक दलहरु मार्फ जनतामा फर्काउनुको साटो निर्वाचन गरिछाड्ने राजाको हठले मुलुकलाई डरलाग्दो मुठभेड तर्फलैजाने कुरा निश्चित छ । तर, मुठभेडसंग डराएर कुनै पनि स्वाभिमानी नेपालीले निरंकुश राजतन्त्रलाई वैधानिकता प्रदान गर्ने नगर निर्वाचनको नाटकलाई स्वीकार गर्न सक्तैनन् । त्यसैले कथित नगर निर्वाचनलाई सक्रिय बहिस्कार गर्दै निरंकुश राजतन्त्र विरोधी आन्दोलनलाई अझ सशक्त ढंगले अघि बढाउन सात राजनीतिक दलद्वारा आयोजित आन्दोलनका कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी हुन आम जनसमुदाय समक्ष हार्दिक अनुरोध गर्दछु । त्यसैगरी तथाकथित नगर निर्वाचनमा उम्मेदवार नहुन, उम्मेदवारको प्रस्तावक-र्समर्थक नबन्न र मतदान समेत नगर्न सबैमा हार्दिक आहृवान गर्दछु ।
आदरणीय दिदी-बहिनी तथा दाजु-भाइहरु !
राजाको सरकार आम जनताबाट एक्लिएको छ । जनाधार भएका राजनीतिक पार्टर्ीी, जनताका वर्गीय र व्यावसायीक संगठनहरु, मानवअधिकारकर्मी र नागरिक समाज निरंकुश राजतन्त्रको विरुद्धमा छन् । सात राजनीतिक दलद्वारा संचालित संयुक्त जनआन्दोलनको आँधीबेहरी र अन्तर्रर्ााट्रय समुदायको कुटनीतिक दबाब झन् पछि झन् सशक्त बन्दै गैरहेको छ । राजाको प्रतिगामी सत्ताका सामु प्रतिकूलताहरु दिन प्रतिदिन थपिदै छन् भने जनआन्दोलनका सामु अनुकुलताहरु देखापर्दै छन् । जनआन्दोलन सशक्त, प्रभावकारी र सफलताउन्मुख बन्दै छ । यस्तो अवस्थाबाट आत्तिएर शाही सत्ताले आन्दोलनका विरुद्ध नयाँ-नयाँ षडयन्त्र गर्ने संभावना पनि त्यत्तिकै प्रवल छ । सरकारले दमनबाट पार नलागे पछि वार्ताको जाल फ्याँक्ने र आन्दोलनकारी शक्तिलाई अल्मल्याउने वा विभाजित तुल्याउने कोशिस पनि गर्नेछ । तर, हामी सात राजनीतिक दल शाही सरकारका कुनै पनि प्रकारको आस र त्रास तथा दमन र षडयन्त्रका विरुद्धमा र्सतर्क छौं ।
हामीले निरंकुश राजतन्त्रको अन्त्य, संविधानसभाको निर्वाचन र पर्ूण्ा लोकतन्त्रको स्थापनालाई चालु आन्दोलनको लक्ष्य बनाएका छौं । नेकपा -एमाले) लगायत सात राजनीतिक दल अहिले पनि गत बैशाख २५ गतेको सात राजनीतिक दलकोे साझा निर्ण्र्ाार मंसिर ७ गतेको सात राजनीतिक दल र माओवादी बीचको समझदारीप्रति पर्ूण्ा रुपमा प्रतिबद्ध छन् । हामी लक्ष्य पूरा नहुँदासम्म आन्दोलन रोक्ने छैनौं र सात राजनीतिक दललाई विभाजित तुल्याउने प्रतिगामी षडयन्त्रलाई पनि पूरा हुन दिने छैनौं । तर्सथ, निरंकुश राजतन्त्रको अन्त्य र पर्ूण्ा लोकतन्त्र प्राप्तिको शान्तिपर्ूण्ा संयुक्त जनआन्दोलनमा आत्मविश्वास र दृढतापर्ूवक सरिक हुन सबैमा हार्दिक अनुरोध गर्दछु ।

Comments »

The URI to TrackBack this entry is: http://meronepals.blogsome.com/2006/01/28/press-release-4/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes