प्रचण्ड र बाबुरामको संयुक्त र्सार्वजनिक अपिल
‘निरंकुश शाही सत्तालाई अन्तिम धक्का दिउFm, देशव्यापी राजनीतिक हड्तालमा सक्रिय सहभागी वनौंँ’
चैत्र १ देखि काठमाडौंलगायत मुख्य शहर र जिल्ला सदरमुकाम नाकाबन्दी, चैत्र २१ देखि अनिश्चितकाल नेपाल बन्द
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र अर्का नेता डा बाबुराम भट्टर्राईले निरंकुश शाही सत्तालाई अन्तिम धक्का दिनका लागि भन्दै आजै एक संयुक्त र्सार्वजनिक अपिल प्रकाशित गरेका छन् । प्रकाशित अपिलमा नयाँ चरणका संर्घष्ाका कार्यक्रम पनि र्सार्वजनिक गरिएको छ । अपिलमा देशव्यापी राजनीतिक हड्तालमा सक्रिय सहभागिता जनाउनका लागि सबैमा अनुरोध गरिएको छ । माओवादी अध्यक्ष प्रचण्डले अन्तर्वार्ता मार्फ् चैत्र २४ लाई अन्तिम डेट लाइन दिएको अवस्थामा चैत्र १ देखिको माओवादीको र्सर्ंघष कार्यक्रमले सो भविष्यवाणीलाई पूरा गराउनका लागि निरंकुश सरकारलाई दबाब दिन ल्याइएको देखिन्छ । प्राप्त अपिल पाठकको जानकारीका लागि जस्ताको तस्तै प्रकाशित गरिएको छ ।
यस्तो छ, अपिलको पर्ूण्ा विवरण,- सामन्ती निरंकुश राजतन्त्रलाई कायम राखेर देशलाई अन्त्यहीन गृहयुद्धमा फसाइ राख्ने कि लोकतान्त्रिक गणतन्त्रको श्रि्रातिश्रि्र स्थापना गरेर देशमा दिगो शान्ति र प्रगति सुनिश्चित गर्ने - मुठ्ठीभर सामन्ती अभिजातवर्गीय युद्ध-माफियाको स्वार्थनिम्ति देशलाई विदेशी हस्तक्षेपको क्रिडास्थल वनाइराख्ने कि अग्रगामी राजनीतिक निकासद्वारा छिटो शान्ति वहाली गरेर देशको स्वतन्त्रता, र्सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने - २००७ सालदेखि पटकपटक लोकतन्त्रका विरुद्ध सैन्य ‘कू’ गर्दै आएको निरंकुश राजतन्त्र समक्ष घु“डा टेकेर देश र जनतालाई धोका दिने कि सम्पर्ूण्ा वामपन्थी र गैर-वामपन्थी लोकतान्त्रिक शक्तिहरूको वृहद् मोर्चा कायम गरेर देशलाई सामन्ती राजतन्त्रको वन्धनवाट सदाकोनिम्ति मुक्त गर्ने - जर्जर वनिसकेको २३७ वर्षपुरानो केन्द्रीय सामन्ती राज्यसत्तालाई सामान्य टालटुल मात्र गरेर आर्थिक, सामाजिक, सांस्कृतिक, असमानता, गतिहीनता, पछौटेपन, गरीवी, शोषण-उत्पीडन कायमै राख्ने कि वर्गीय, जातीय, क्षेत्रीय, लिंगीय समानताका आधारमा राज्यसत्ताको अग्रगामी पर्ुनर्संरचना गरेर देशलाई लोकतन्त्र, शान्ति र प्रगतिको मार्गमा अग्रसर गराउने - यी यक्ष-प्रश्नहरूको उत्तर आज सम्पर्ूण्ा विवेकशील, स्वाभिमानी, देशभक्त नेपालीहरूले इतिहासको कठघरामा उभिएर दिनै पर्ने भएको छ । निरंकुश राजतन्त्र कि लोकतान्त्रिक गणतन्त्र - युद्ध कि शान्ति - आत्मर्समर्पण कि प्रतिरोध - प्रतिगमन कि अग्रगमन - राष्ट्रघात कि देशभक्ति - यी दुइ मूलभूत कित्तामा ध्रुवीकृत वर्तमान नेपाली समाजमा सवैले आफ्नो कित्ता नछानी सुखै छैन ।
गत मंसीर ७ गते माओवादी क्रान्तिकारीहरू र सात संसदवादी राजनीतिक दलहरू बीच सम्पन्न १२-वु“दे समझदारीको घोषणापछि देशव्यापी रुपमा उठेको अभूतपर्ूव जनलहरले देशको अत्यधिक जनमत निरंकुश शाही सत्ताको विरोधमा र लोकतन्त्र, शान्ति तथा अग्रगमनको पक्षमा छ भन्ने कुरा पुष्टि भैसकेको छ । जनताको विस्मयकारी फौजी तथा गैर-फौजी संर्घष्ाको परिणाम स्वरुप माघ २६ गतेको शाही सत्ताको नगरपालिकाको चुनावी नौटंकी सम्पर्ूण्ा दुनिया“लाई हसाउ“दै पूरै ध्वस्त भएबाट शाही सेनाको सानो अभिजातवर्गीय गिरोहको बलमा टिकेको निरंकुश राजतन्त्रको अन्तिम दिनगन्ती शुरू भैसकेको छ । शाही सत्ताको मुटुमा रहेको थानकोट र दधिकोटदेखि नेपालगञ्ज, महेन्द्रनगर, मकवानपुर, उदयपुर, धनकुटा हु“दै तानसेन र सुनवलसम्मका जनमुक्ति सेनाका वहादुरीपर्ूण्ा कार्वाहीहरूले राजतन्त्रको प्रमुख रक्षाकवचको रुपमा रहेको शाही भरौटे सेनालाई तीव्र गतिमा विघटनको दिशामा धकेलीरहेको कुरामा कुनै शंका रहन्न । परम्परागत रुपमा राजतन्त्रलाई कथित स्थायीत्वको प्रतीक मान्दै आएका प्रमुख अन्तर्रर्ााट्रय शक्तिकेन्द्रहरू र दर्ुइ ठूला छिमेकीहरूले समेत पछिल्ला दिनहरूमा पूरै जनआधार गुमाइसकेको राजतन्त्रलाई का“ध थाप्न नसक्ने स्पष्ट संकेत दिनथालेबाट नेपाली राजतन्त्र छिटै इतिहासको कुडाकरकट बन्दैछ भन्ने स्पष्ट संकेत मिल्दछ । विलासिता, फजुलखर्ची, भ्रष्टाचार, कमिशनखोरीमा निर्लिप्त शाही सत्ता आन्तरिक राजस्वबाट साधारण खर्चसमेत धान्न नसक्ने स्थितिमा पुगेर टाट पल्टिन लागेको र त्यसको बोझ पहिल्यै वढ्दो मह“गीको मारमा पर्दै आएका जनता र आम उपभोक्तामाथि थोपर्न हालै पेट्रोलियम पदार्थमा एक्कासी ठूलो मूल्यवृद्धि गर्न पुगेबाट आर्थिक रुपले समेत यो राजतन्त्ररुपी सेतो हात्ती र उसको परजीवी शाही सेनालाई नेपाली जनताले पाल्न नसक्ने स्पष्टै छ । त्यसरी नै यो पहाडिया खस तथा कथित हिन्दु उच्च जाति अहंकारवादमा आधारित सामन्ती राजतन्त्रात्मक राज्यसत्ता रहुञ्जेल वहुसंख्यक किसान, उत्पीडित जाति तथा क्षेत्र, मधेसी जनता, महिला, दलित र अन्य उत्पीडित जनसमुदायको पर्ूण्ा मुक्ति सम्भव नहुने कुरा इतिहासवाट पुष्टी भैसकेको छ ।
यो स्थितिमा लोकतन्त्र, शान्ति, अग्रगमन र सच्चा राष्ट्रिय एकता तथा स्वाधीनताकोनिम्ति सामन्ती राजतन्त्रको उन्मूलन र लोकतान्त्रिक गणतन्त्रको स्थापना देशको तत्कालीन न्यूनतम राजनीतिक कार्यभार वनेको छ । त्यसैलाई मर्ूत रुप दिने पहिलो कदमको रुपमा माओवादी-संसदवादी १२-वु“दे समझदारी निर्माण भएको हो र त्यसैबाट अघि वढेर एउटै साझा नारा, साझा मोर्चा र साझा कार्यक्रम तय गरेर देशव्यापी संयुक्त आन्दोलनको आ“धीवेहरी निर्माण गर्नु आजको ऐतिहासिक आवश्यकता हो । ने.क.पा. -माओवादी) र सम्वद्ध संगठन तथा मोर्चाहरूले यही आवश्यकताको बोध गरेर आफ्नो तर्फाट अधिकतम लचकता पर््रदर्शन गर्दै संयुक्त आन्दोलनको निर्माण गर्न भरमग्दूर प्रयत्न गरिरहेछन् । यसै सिलसिलामा महान क्रान्तिकारी जनयुद्धले गौरवशाली दश वर्षपूरा गरेको सर्न्दर्भमा पार्टर्ीीध्यक्षको तर्फाट केही स्वदेशी र विदेशी संचारमाध्यमहरूलाई दिइएको प्रत्यक्ष अन्तर्वार्ता मार्फ् क्रान्तिकारीहरूबारे कतिपय विगतदेखिका भ्रम र आशंकाहरूको निवारण गर्ने र भोलिको लोकतान्त्रिक गणतन्त्रमा वहुदलीय प्रतिस्पर्धात्मक राजनीत्रि्रतिको प्रतिवद्धता र्सार्वजनिक रुपमा प्रष्ट्याउने प्रयत्न भएको छ । खासगरी आन्दोलनको बलमा निरंकुश राजतन्त्रलाई निर्ण्ाायक ढंगले परास्त गर्न आन्दोलनकारी लोकतान्त्रिक शक्तिहरूको समानान्तर सरकार र जनमुक्ति सेना, व्रि्रोही शाही सेना र अन्य लोकतान्त्रिक शक्तिहरू सहितको नया“ राष्ट्रिय सेना निर्माण गर्ने र अन्तर्रर्ााट्रय शक्तिहरूवाट त्यसलाई मान्यताको निम्ति पहल गर्ने लगायतका जुन प्रस्तावहरू अघि सारिएका छन्, ती निश्चित रुपमा सही, वस्तुवादी र ऐतिहासिक महत्वका छन् । परन्तु माओवादी-संसदवादी १२-वु“दे समझदारी र यी नवीनतम प्रस्तावहरूको पक्षमा देखापरिरहेको देशव्यापी र्समर्थनको लहरवाट त्रसित कतिपय अन्तर्रर्ााट्रय शक्तिकेन्द्रहरूका प्रतिनिधिहरूले दूराग्रहपर्ूण्ा ढंगले क्रान्तिकारीहरूका विरुद्ध दुष्प्रचार अभियान चलाउ“दै लोकतान्त्रिक शक्तिहरूवीच फाटो पार्ने र संसदवादी शक्तिहरूलाई पुनः राजतन्त्रसमक्ष आत्मर्समर्पण गर्न आदेश दिने जुन अवाञ्छित र खेदजनक हर्कत गरिरहेछन्, त्यसबाट सवै सच्चा लोकतान्त्रिक शक्तिहरू सचेत र र्सतक रहन जरूरी छ । नेपालका सामन्ती दरवारिया तत्वहरूले लामो समयदेखि वामपन्थी र गैर-वामपन्थी तथा संसदवादी र गैर-संसदवादी लोकतान्त्रिक शक्तिहरूवीच फाटो पारेर आफ्नो निरंकुशतावादी अभीष्ट पूरा गर्दै आएको सर्न्दर्भमा यो नया“ ‘फुटाउ र शासन गर’ को षड्यन्त्रलाई बेलैमा चकनाचूर पारेर निरंकुश राजतन्त्रविरोधी व्यापकतम मोर्चा र संयुक्त आन्दोलन निर्माण गर्न सवैले जोड लगाउनर्ैपर्छ । जसले यो वा उ वहानामा संयुक्त लोकतन्त्रवादी आन्दोलनलाई भा“ड्ने र निरंकुश राजतन्त्रको रक्षाकबच वन्ने वा छुद्र सुधारहरूको भरमा आन्दोलनलाई तुहाउने प्रयत्न गर्दछ, ऊ जनताको नजरमा निकृष्ट धोकेबाज र गद्दार ठहर्नेछ । अब देशमा शान्ति र प्रगतिको न्युनतम आधार निष्पक्ष र स्वतन्त्र संविधानसभाको निर्वाचनमार्फ् लोकतान्त्रिक गणतन्त्रको स्थापना मात्र हो भन्ने कुरामा कुनै विवाद हुनै सक्दैन ।
दश वर्षो क्रान्तिकारी जनयुद्धले देशको अधिकांश भूभागवाट सामन्ती संरचनाका जरा काटिसकेको, विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगका जनसमुदाय आफ्नो पर्ूण्ा मुक्तिको निम्ति जर्ुमुराएर उठिसकेको र ज्ञानेन्द्र-पारस हत्यारा मण्डलीले नेतृत्व गरेको निरंकुश सामन्ती गिरोह इतिहासमै सवभन्दा वद्नाम र तिरस्कृत भैसकेको स्थितिमा यो जर्जर शाही फासिवादी सत्ताका विरूद्ध अव अन्तिम प्रहार गर्ने वेला आएको छ । त्यसैले यो अवैध, राष्ट्रघाती र जनहत्यारा शाही सत्तालाई पर्ूण्ा रुपले वहिष्कार र नाकावन्दी गर्न, यसका सवै कथित नियम-कानून र अध्यादेशको अवज्ञा गर्न, यसलाई कुनै पनि प्रकारको कर-महसूल-राजस्व नर्तिन हामी सम्पर्ूण्ा नागरिकहरूलाई हार्दिक आग्रह गर्दछौं । त्यसरी नै यो मुठ्ठीभर सामन्ती अभिजातवर्गको प्रतिनिधित्व गर्ने शाही सत्ताको निजी दास जस्तो वन्न वाध्य भएका र आफ्नै दाज्यू-भाइ र दिदी-वहिनीमाथि गोली र लाठी वर्सर्ाा विवश पारिएका शाही सेना, सशस्त्र प्रहरी र जनयुद्ध प्रहरीका देशभक्त र लोकतन्त्रवादी अफिसर र जवानहरूलाई त्यहा“वाट व्रि्रोह गरेर लोकतान्त्रिक कित्तामा उभिन र नया“ राष्ट्रिय सेनामा सामेल हुन हामी विशेष अपील गर्दछौं । त्यस्तै, सम्पर्ूण्ा निजामति, न्यायिक र अन्य सेवाका राष्ट्रसेवक कर्मचारीहरूलाई यो अवैध, जनविरोधी सत्ताको आदेश पालना नगर्न र लोकतन्त्रको पक्षमा भूमिका निभाउन हामी हार्दिक अनुरोध गर्दछौं । साथै, हामी सम्पर्ूण्ा लोकतान्त्रिक पार्टर्ीी, जनवर्गीय संगठनहरू, जातीय तथा क्षेत्रीय मोर्चाहरू, पेशागत संगठन र समूहहरू, उद्योगी व्यापारीहरू, पत्रकार र संचारकर्मीहरू, नागरिक समाज र आम जनसमुदायलाई शाही फौजी सत्ताविरुद्ध घोषित संर्घष्ाका कार्यक्रमहरूमा सक्रिय सहभागी भएर सफल पार्न र लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको सुनौलो विहानी ल्याउने ऐतिहासिक कार्यमा योगदान गर्न हार्दिक अपील गर्दछौं । शरीरमा उठेको पिलो निचोर्दा केही वेर कष्ट भए झैं नेपाली समाजमा सयौं वर्षेखि लागेको राजतन्त्ररूपी पिलो निचोर्न आयोजित नाकावन्दी र राजनीतिक हड्तालबाट क्षणिक दुःख कष्ट भए पनि त्यसले भावी पुस्तौंपुस्तालाई दिगो आराम दिनेछ भन्ने विश्वासका साथ यो ऐतिहासिक र निर्ण्ाायक आन्दोलनमा सवैको सहर्षर सक्रिय सहभागिताको हामी अपेक्षा र आग्रह गर्दछौं ।
संर्घष्ाका कार्यक्रम
१. फागुन मसान्तसम्म - तयारी, प्रचार-प्रसार र जनपरिचालन
२. चैत्र १ गतेवाट - मुख्यतः राजधानी काठमाण्डौं उपत्यका र जिल्ला/अञ्चल/क्षेत्रीय सदरमुकामहरूको नाकावन्दी र चक्काजाम
३. चैत्र २१ गतेवाट- अनिश्चितकालीन देशव्यापी राजनीतिक हड्ताल -यातयात, कलकारखाना, वजार, शिक्षणसंस्था र कार्यालयहरु वन्द)
नोटःः यस अतिरिक्त विभिन्न जनवर्गीय संगठनहरू र जातीय तथा क्षेत्रीय मोर्चाहरू वाट छुट्टै संर्घष्ाका कार्यक्रम घोषित हुन सक्नेछन् र सात राजनीतिक दलहरूद्वारा घोषित संर्घष्ाका कार्यक्रमहरूलाई हाम्रो सक्रिय र्समर्थन र सहयोग रहनेछ ।
नाराहरू
१. सामन्ती तथा दलाल राजतन्त्रको अन्त्य गरौं † वहुदलीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरौंँ
२. अवैध शाही सत्तालाई चौतर्फी नाकावन्दी गरौं † लोकतान्त्रिक समानान्तर सरकारको गठन गरौं †
३. सामन्ती भरौटे शाही सेनालाई विघटन गरौं † नया“ लोकतन्त्रवादी राष्ट्रिय सेनाको निर्माण गरौं †
४. स्वतन्त्र र निष्पक्ष संविधानसभाको निर्वाचन गरौं † वर्गीय, जातीय, क्षेत्रीय, लिंगीय मुक्ति सहित राज्यको पर्ुनर्संरचना गरौं †
५. माओवादी-संसदवादी १२-वु“दे समझदारी कार्यान्वयन गरौं † देशव्यापी संयुक्त आन्दोलनको आ“धीवेहरी सिर्जना गरौं †
…………………………… ……………………
-बाबुराम भट्टर्राई) -प्रचण्ड)
संयोजक, वृहद राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति अध्यक्ष, ने.क.पा. -माओवादी)
संयुक्त क्रान्तिकारी जनपरिषद् , नेपाल तथा सर्वोच्च कमाण्डर, जनमुक्ति सेना नेपाल