मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

March 6, 2006

जनयुद्धको एक दश सामान्य झलक

Filed under: सूचना

२०६२ साल फागुन १ गते महान् जनयुद्धको एक दशक पूरा भएको छ । यो एक दशकमा भएका महत्वपर्ूण्ा घटनाहरुको सामान्य झलक बु“दागत रुपमा यहा“ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
२०५२ साल
० फागुन १ - नेकपा -माओवादी)द्वारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नया“ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं †’ भन्ने मूल नाराका साथ जनयुद्धको शुरुवात । रोल्पाको होलेरी, रुकुमको आठविसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरु र गोरखाको च्याङलीमा रहेको कृषि विकास बैंक कब्जा ।
० फागुन ६- नेकपा -माओवादी)का महामन्त्री क.प्रचण्डद्वारा एक प्रेस वक्तव्य मार्फ् ती कार्वाहीहरुको जिम्मेवारी स्वीकार ।
० फागुन १४- गोरखामा प्रहरीद्वारा १४ बषर्ीय दिलबहादुर रम्तेलको गोली हानी हत्या ।
० फागुन १५- रुकुमको पीपलमा छ जना खत्रीबन्धुहरुको प्रहरीद्वारा हत्या ।
२०५३ साल
० असार- माओवादीको केन्द्रीय समितिको बैठकद्वारा ‘योजनावद्ध ढंगले छापामार युद्धको विकास गरौं †’ भन्ने मूल नारासहित जनयुद्धको विकासको दोस्रो योजना शुरु ।
० बैशाख २४- रुकुमको तकसेरामा प्रहरी विरुद्ध पहिलो सफल एम्वुस । दर्ुइ प्रहरीको मृत्यु र दर्ुइवटा राइफल कव्जा ।
०पुस १९- रामेछापको बेथानमा रहेको प्रहरी चौकी कब्जा । जनयुद्ध शुरुवातपछि प्रहरी चौकी कब्जाको यो पहिलो घटना हो । आक्रमणको क्रममा सो कार्वाहीका कमाण्डर तर्ीथ गौतम, महिला छापामार दिलमाया योञ्जनसहित तीन छापामारको शहादत ।
२०५४ साल
० असार- माओवादीको के.स.को बैठकले ‘छापामार युद्धलाई विकासको अर्को नया“ उ“चाइमा उठाऔं †’ भन्ने मूल नारासहितको तेस्रो योजना पारित ।
० भदौ- तनुह“को कालिकाटारमा प्रहरी गस्तीमाथि छापामारहरुद्वारा आक्रमण र हतियार कब्जा ।
० माघ २२- धादिङको खहरेमा एम्वुस । दर्ुइ राइफल र वीस लाख रुपिया“ -नेपाल वैंक लिमिटेडको) कव्जा ।
० फागुन २४- रोल्पाको कोर्चावाङ न्रि्रीमा प्रहरीविरुद्ध एम्वुस । दर्ुइ प्रहरीको मृत्यु र दर्ुइवटा राइफल कव्जा ।
० चैत ४- गोरखाको सौरपानीमा एम्वुस । तीन प्रहरीको मृत्यु र एक राइफल कव्जा ।
२०५५ साल
० बैशाख - तत्कालीन नेपाली कांग्रेसको सरकारले ‘सबैलाई मार, सबै चीज जलाऊ र सबै चीज लूट’को किलो शेरा टू नामक क्रूर अपरेशन सञ्चालन । प्रहरीद्वारा यो अपरेशनको क्रममा पा“चसय जनताको हत्या ।
० भदौ- नेकपा -माओवादी)को केन्द्रीय समितिको चौथो विस्तारित वैठक सम्पन्न । ‘आधार इलाका निर्माणको दिशामा अघि बढौं †’ भने मूल नारा तय ।
० कार्तिक १०- छापामारहरुले सल्यानको झिम्पे टावर सुरक्षार्थ रहेको प्रहरी चौकी कब्जा । पर्ूवमा काभ्रेको फला“टेमा दिउ“सै प्रहरी चौकी कब्जा । सोही दिन पर्सर्ााे निर्मलवस्ती र धनुषाको ललियामा रहेका चौकीहरु कब्जा ।
० पुस १८- २०५३ पुस १९ गतेको वेथान कार्वाहीको वीरताको निरन्तरताको क्रममा ललितपुरको भट्टेडा“डा चौकी छापामारहरुद्वारा सम्पर्ूण्ा हतियारसहित कब्जा । सोही घटनाको सचित्र समाचार प्रकाशन गरेवापत पुरानो सत्ताद्वारा जनादेश कार्यालयमा आक्रमण । कम्प्युटरलगायत प्रेस सामाग्री लूट, कार्यालय तालाबन्दी र जनादेशका तत्कालीन सल्लाहकार शक्ति लम्सालसहित सहकर्मीहरु गिरफ्तार ।
० फागुन १९- दाङको चिराघाट प्रहरी चौकी कब्जा ।
० चैत्र ५- काभ्रेको अनेकोटमा सेल्टर लिइरहेका सात जना कलाकारहरुको प्रहरीले आगो लगाएर जिउ“दै जलाइ र गोली प्रहार गरी हत्या । सो वलिदानी दिनको सम्मानमा चैत्र ५ लाई सा“स्कृतिक प्रतिरोध दिवस मनाइन्छ ।
२०५६ साल
० वैशाख १९- रोल्पाको जेल्वाङमा रहेको दङ्गा प्रहरी बेस क्याम्प कब्जा ।
० जेठ ६- नेकपा -माओवादी)का केन्द्रीय सदस्य दीपेन्द्र शर्मा, जनादेशका प्रवन्ध सम्पादक मिलन नेपाली, पर्ूवका छापामार प्लाटुन कमाण्डर नवीन गौतम र कमला शर्मा लगायतलाई गिरफ्तार गरी बेपत्ता । त्यसबेलादेखि पुरानो सत्ताले नागरिक बेपत्ता पार्न शुरु गर्‍यो र आजसम्म १५ सयभन्दा बढी बेपत्ता छन् ।
० जेठ ३१- जाजरकोट लह“मा रहेको दङ्गा वेस क्याम्प कब्जा ।
० भदौ २३- नेकपा -माओवादी) का वैकल्पिक पोलिटव्यूरो सदस्य सुरेश वाग्ले -क.वासु)को गोरखामा गिरफ्तारपछि हत्या ।
० असोज ५- रुकुमको महतमा रहेको दङ्गा वेश क्याम्प कब्जा । छापामारद्वारा डीएसपी ठूले र्राई कब्जा ।
० फागुन ६- रोल्पाको र्घर्तीगाउ“ दङ्गा इप्रका कब्जा । यसपछि प्रहरीहरु केन्द्रीकृत ।
० चैत्र २१- रुकुमको तकसेरामा रहेको दङ्गा इप्रका कब्जा ।
० चैत्र अन्त्य- गोरखाको हर्मी प्रहरी चौकी कव्जा ।
२०५७ साल
० असार १९- जाजरकोटको पा“चकटिया दङ्गा इप्रका कब्जा ।
० भदौ ७- नवलपरासीको धवाडी इ.प्र.का. कव्जा ।
० भदौ १४- झापा महवारी इ.प्र.का. कव्जा ।
० असोज ८- पहिलोपटक सदरमुकाममाथि आक्रमण । डोल्पा सदरमुकाम दुनैका सम्पर्ूण्ा प्रहरी चौकीहरु र बैंक कब्जा ।
० असोज १०- लमजुङको भोर्लेटारमा इलाका प्रहरी कव्जा ।
० कार्तिक २०- रामेछापको दोरम्वा प्रहरी चौकी कब्जा ।
० पुस ५- नेपालको इतिहासमा पहिलोपल्ट जिल्ल्ाा जनसरकारको घोषणा । पर्ूण्ाबहादुर र्घर्ती रुकुम जिल्ला जनससरकार प्रमुख ।
० फागुन - नेकपा -माओवादी)को दोस्रो राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न । प्रचण्डपथ पारित । अध्यक्षमा क.प्रचण्ड निर्वाचित । दक्षिण एसियाली फेडेरेशनको अवधारणा पारित । ‘आधार इलाका र स्थानीय सत्ता सुदृढ र विस्तार गरौं † केन्द्रीय जनसरकार निर्माणको दिशामा अघि बढौं ††’ भन्ने मूल नारा तय ।
० चैत्र १७- गोरखाका छ महिला बन्दीहरुद्वारा जेल ब्रेक ।
० चैत्र १९- रुकुमको रुकुमकोटमा रहेको दङ्गाको क्याम्प, दैलेखको नौमुलेमा रहेको प्रहरी क्याम्प र दोलखाको मैनापोखरीमा रहेको इप्रका कब्जा ।
२०५८ साल
० जेठ ८- ओखलढुङ्गाको खानीभञ्याङ इप्रका कब्जा ।
० जेठ १९- दरबार हत्याकाण्ड, वीरेन्द्रको पूरै वंश नाश ।
० जेठ २०- माओवादी अध्यक्ष प्रचण्डद्वारा राजतन्त्रको अन्त्य भएको घोषणा गर्दै गणतन्त्रको संस्थागत विकासका लागि जोड ।
० जेठ २२- ज्ञानेन्द्रद्वारा आफैंलाई राजा घोषणा ।
० असार २५- लमजुङको विचौर प्रहरी चौकी कव्जा ।
० असार २८- रोल्पाको होलेरी चौकीमाथि सबेरै आक्रमण गरी ६९ प्रहरी कब्जा । शाही सेनाको परिचालन प्रयास ।
० असार ३०- रामेछापको धोवीडा“डा प्रहरी चौकी कब्जा ।
० साउन ६- तेह्रथुमको पोक्लावाङस्थित प्रहरी चौकी कब्जा ।
० साउन ७- बाजुराको पाण्डुसेनमा रहेको प्रहरी चौकी कब्जा ।
० साउन ४ - माओवादीविरुद्ध सेना परिचालनको विवादका कारण गिरिजा सरकारको पतन । देउवा सरकार गठन ।
० साउन ८- पुरानो सत्ताद्वारा युद्धविरामको घोषणा । त्यसको लगत्तै माओवादीद्वारा युद्धविरामको सकारात्मक प्रत्युत्तर ।
० साउन १२- कृष्णबहादुर महराको नेतृत्वमा अग्निप्रसाद सापकोटा र टोपबहादुर रायमाझी रहनुभएको तीन सदस्यीय माओवादीका वार्ता टोली कर्ीर्तिपुरमा र्सार्वजनिक । १४ गते पहिलो चरणको वार्ता गोदावरीमा । २८-२९ गते दोस्रो चरणको वार्ता बर्दियाको ठाकुरद्वारमा ।
० साउन ३१ - विभिन्न राजनैतिक दल र माओवादीबीच भारतको सिलगुडीमा वार्ता ।
० कार्तिक २८- तेस्रो चरणको वार्ता पुनः गोदावरीमा सम्पन्न ।
० मंसिर ६- अध्यक्ष क.प्रचण्डद्वारा पुरानो सत्ताले वार्ता र अग्रगामी राजनीतिक निकासको ढोका बन्द गरेको जनाउ“दै सचेत रहन जनसमुदायमा आग्रह ।
० मंसिर ८- जनमुक्ति सेना, नेपालको घोषणा, र्सवाेच्च कमाण्डर क.प्रचण्ड । सोही दिन संयुक्त क्रान्तिकारी जनपरिषद, नेपालको घोषणा । क.बाबुराम भट्टर्राईको नेतृत्वमा ४१ सदस्यीय समिति र्सार्वजनिक ।
० मंसिर ८- जनसेनाद्वारा दाङको सदरमुकाम घोराही, स्याङ्जाको सदुमकाम पुतलीबजार कब्जा ।
० मंसिर १०- पर्ूवमा जनसेनाद्वारा सोलु सदरमुकाम सल्लेरी कब्जा, सिडियोसहित १३७ शाही सुरक्षाकर्मीको मृत्यु ।
० मंसिर ११ - देउवा सरकारद्वारा संकटकालको घोषणा । शाही सेनाको औपचारिक परिचालन । शाही सुरक्षाकर्मीले जनादेश साप्ताहिक र जनदिशा दैनिकका कार्यालयमा रेड गरी ११ जना पत्रकार गिरफ्तार ।
० मंसिर १२- शाही सेनाद्वारा भीषण अपरेशन शुरु । जताततै गिरफ्तारी, धरपकड, हत्या र राज्यआतंक ।
० मंसिर २२- शाही सेना र प्रहरीको हत्या, गिरफ्तारी र राज्यआतंकविरुद्ध नेकपा -माओवादी)द्वारा नेपाल बन्द ।
० फागुन ४- जनसेनाद्वारा अछाम सदरमुकाम र सा“फेबगर एयरपोर्ट कब्जा । भिडन्तमा ५५ शाही सेना र १५० प्रहरीको मृत्यु ।
२०५९ साल
० वैशाख १९- रोल्पाको लिस्ने लेकमा शाही सेनास“ग जनसेनाको दिउ“सै भीडन्त । जनसेनाद्वारा बलियो अमेरिकी फोर्टिफिकेशनसहित बनाइएको गाम संयुक्त शाही सुरक्षा वेश क्याम्प कब्जा ।
० जेठ ८- मुख्यतः माओवादीविरुद्ध लगाइएको संकटकाल लम्ब्याउन असफल हुने देेखेपछि देउवाद्वारा मध्यरातमा संसद विघटन । मध्यावधि निर्वाचनका लागि कार्तिक २७ तिथि निर्धारण ।
० जेठ १३- जेठ ६ गते गिरफ्तार गरिनुभएका जनादेशका पर्ूव सम्पादक कृष्णसेनको हिरासतमै कुटीकुटी हत्या ।
० असार २- माओवादी केन्द्रीय सदस्य रितबहादुर खड्काको रौतहटमा हत्या ।
० २००२ जुलाई २ तारिख- भारतीय शासकले अखिल भारत नेपाली एकता समाजलाई पोटा लगाएको ।
० असार २८- भारतीय शासकले दिल्लीबाट असार २७ गते गिरफ्तार गरिएका पत्रकार महेश्वर दाहाल, पार्थ क्षेत्रीसहित चार जनालाई ब्यापक विरोधका वावजुद पहिलो पटक औपचारिक सुपर्ुदगी ।
० भाद्र २३- अर्घर्ाा“चीको सदरमुकाम सन्धर्ीखर्क र सिन्धुलीको भीमानमा रहेको इप्रका कब्जा ।
० असोज १७- संसदवादी दलहरुद्वारा चुनाव एक वर्षछि र्सार्न राजासमक्ष विन्ती ।
० असोज १८- ज्ञानेन्द्रद्वारा देउवा सरकार पतन । कार्यकारिणी अधिकार कब्जा ।
० कार्तिक २८- कर्ण्ााली अञ्चल सदरमुकाम जुम्ला खलङ्गा कब्जा ।
० मंसिर १८- लहानमा रहेको इप्रका र बैंक कब्जा ।
० माघ १२- सशस्त्र प्रहरी महानिरिक्षक कृष्णमोहन श्रेष्ठ मारिए ।
० माघ १५ - माओवादी र पुरानो सत्ताद्वारा युद्धविरामको घोषणा ।
० माघ १८ - क.बाबुराम भट्टर्राईको नेतृत्वमा रामबहादुर थापा -बादल), कृष्णबहादुर महरा, देव गुरुङ र मातृका यादव रहनुभएको पा“च सदस्यीय माओवादी वार्ता टोली घोषणा ।
० माघ २९- युद्धविराम आचारसंहिता जारी ।
० चैत्र १५- वार्ता टोली र्सार्वजनिक । राजधानीमा पत्रकार सम्मेलन ।
० चैत्र २०- काठमाडौंमा विशाल आमसभा । वार्ता टोलीका सदस्यहरुद्वारा सम्बोधन ।
२०६० साल
० वैशाख १४- दोस्रो युद्धविरामको पहिलो चरणको वार्ता काठमाडौंको शंकर होटलमा । २७ गते-सोही ठाउ“मा दोस्रो चरणको वार्ता ।
० साउन ३२- पुरानो सत्ता र नेकपा -माओवादी) बीच तेस्रो चरणको वार्ता दाङ हापुरेमा । सोही दिन रामेछापको दोरम्बामा शाही सेनाद्वारा जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङसहित २० जना माओवादी कार्यकर्ता र एक स्थानीयको हत्या एवम् शाही सेनालाई ब्यारेकबाट पा“च कि.मि.भन्दा वाहिर ननिस्कन भएको सहमतिलाई तोडिएकाले वार्ता प्रभावित ।
० भाद्र १०- नेकपा -माओवादी)द्वारा युद्धविराम र वार्ता भङ्गको घोषणा । देशव्यापी प्रतिरोध कार्वाही शुरु । काठमाडौंमा जनसेनाद्वारा शाही सेनाको कर्ण्र्ाा किरण वस्नेतको सफाया ।
० कार्तिक १०- जनसेनाले गोरखा च्याङलीमा थापेको एम्बुसमा परी प्रहरी एसपी र्सर्ूयकुमार श्रेष्ठसहित चारको मृत्यु ।
० कार्तिक ११- पोखरा नजिकैको डा“डानाकामा रहेको संयुक्त चेकपोष्ट कब्जा ।
० कार्तिक १६- पर्सर्ााे पल्वा मिलनचोकमा एम्बुसमा १० शाही सुरक्षाकर्मीको मृत्यु ।
० कार्तिक २१- नेकपा -माओवादी)का अध्यक्ष क.प्रचण्डद्वारा एक विशेष सन्देशमार्फ् रेडियो जनगणतन्त्र नेपालको उद्घाटन ।
० कार्तिक २९- त्रिभुवन राजपथ खण्डमा जनसेनाले थापेको एम्बुसमा परी शाही सेनाको व्रिगेडियर सागरबहादुर पाण्डेको मृत्यु ।
० मंसिर- नेकपा -माओवादी) र एमालेबीच भारतको लखनउमा वार्ता ।
० पुस २- जनसेनाद्वारा कपिलवस्तुको धानखोलामा थापेको एम्बुस लेफ्टिनेण्टसहित १० शाही सुरक्षाकर्मीको मृत्यु ।
० पुस २५- सन्तोष बुढामगरको अध्यक्षतामा मगरात स्वायत्त गणतन्त्र जनसरकार ७५ हजार जनताबीच थवाङमा घोषणा ।
० माघ २- तामाङ स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्षमा हितबहादुर तामाङ ।
० माघ ५- खड्गबहादुर विकको अध्यक्षतामा भेरी-कर्ण्ााली स्वायत्त गणतन्त्र, जनसरकारको घोषणा ।
० माघ १५- सेती-महाकाली स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्ष लेखराज भट्ट निर्वाचित । सोही दिन रामचरण चौधरीको अध्यक्षतामा थारुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा ।
० माघ १६- तमुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा । प्रमुखमा देव गुरुङ ।
० माघ १९- किरात स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । गोपाल खम्बु प्रमुख ।
० माघ १०- मधेश स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । प्रमुखमा मातृकाप्रसाद यादव ।
० माघ- भारत सरकारद्वारा माओवादी नेताहरु मातृका यादव र सुरेश आलेमगरलाई गिरफ्तार गरी नेपाल सुपुदर्गी ।
० फागुन १९- जनसेनाद्वारा भोजपुर सदरमुकाममाथि आक्रमण । टावरको सैन्य क्याम्प कब्जा ।
० चैत्र ७- जनसेनाद्वारा म्याग्दी सदरमुकाम बेनीमाथि भीषण हमला । २४ घण्टासम्म सदरमुकाम कब्जा । १५० भन्दा बढी शाही सुरक्षाकर्मीको मृत्यु ।
० चैत्र १३- नेकपा -माओवादी)का स्थायी समिति सदस्य तथा पर्ूर्वी कमाण्ड इञ्चार्ज क.किरण भारतीय प्रहरीद्वारा सिलगुडीमा गिरफ्तार ।
० चैत्र २२- धनुषाको यदुकुवा प्रहरी चौकी कब्जा ।
० चैत्र २५- पशुपतिनगर इप्रका कब्जा ।
२०६१ साल
० वैशाख ३१-माओवादी केस तथा मंगलसेन प्रथम व्रिगेडका कमाण्डर नेपबहादुर केसी -परिवर्तन)को आन्तरिक दर्ुघटनामा शहादत ।
० जेठ ६- डोटीको घण्टेश्वरमा जनसेना-शाही सेना भिडन्त । डेढ दर्जन शाही सेनाको मृत्यु ।
० असार ३( अखिल-क्रान्तिकारी)द्वारा शिक्षण हडतालसहित विविध सशक्त संर्घष्ा गरेर शाही सत्तास“ग संगठनमाथिको आतंककारीको आरोप फिर्ता गराउन सफल ।
० साउन/भदौ- माओवादीको केन्द्रीय समितिद्वारा ‘प्रत्याक्रमणको पहिलो योजना सफल पारौं † वैदेशिक हस्तक्षेपका विरुद्ध व्यापक तयारी गरौं †† भन्ने मूल नारासहितको प्रत्याक्रमणको योजना पारित ।
० भाद्र २०- माओवादी केसद्वय शेरमान कु“वर र मोहनचन्द्र गौतमको सिरहामा हत्या ।
० मंसिर १- जनसेनाद्वारा धादिङको कृष्णभीरमा एम्बुस । शाही सेनाको एक ट्रक हतियार कब्जा । उक्त भिडन्तको भिडियो टिभीले प्रशारण गरेपछि ठूलो खैलाबैला । सोही दिन धनुषाको महेन्द्रनगर इप्रका कब्जा ।
० मसिर २- बा“केको खैरीखोलामा धरापमा परी ८ शाही सुरक्षाकर्मीको मृत्यु । सबै हतियार कब्जा ।
० मंसिर ५- कैलालीको पाण्डोनमा जनसेनाद्वारा शाही सेनाको कथित रेञ्जर बटालियनमाथि हमला, १९ को सफाया । ६ थान एम-१६ सहितका हतियार कब्जा ।
० मंसिर ५- नुवा“गाउ“-थवाङ-चुनवाङ शहीद मोटरबाटो खन्ने अभियान उद्घाटन ।
० पुस ३- काठमाडौंको सा“खु इप्रका जनसेनाद्वारा कब्जा ।
० पुस ७- कर्ण्ााली चिसापानीमा शाही सेनामाथि भीषण हमला गरी १५ शाही सेनाको सफाया ।
० पुस १७- धनकुटाको सेउतीखोलामा जनसेनाको एम्बुस, २० शाही सुरक्षाकर्मीको मृत्यु ।
० माघ १९- ज्ञानेन्द्रद्वारा देउवा सरकार हटाएर आफ्नो अध्यक्षतामा सरकार गठन । शाही ‘कु’ विरुद्ध अध्यक्ष क.प्रचण्डको अपिल ।
० माघ २०-२२- शाही ‘कू’ विरुद्ध तीन दिने नेपाल बन्द ।
० फागुन १- माओवादीका अध्यक्ष क.प्रचण्डद्वारा देशभरिका जनगणतन्त्र रेडियोमार्फ् पहिलोपल्ट श्रव्य सम्बोधन ।
० चैत्र २०-३०- माओवादीद्वारा एघारे दिने देशव्यापी आम हड्ताल ।
२०६२ वैशाख
० वैशाख २६- जनमुक्ति सेनाद्वारा सिरहाको बन्दीपुरमा रहेको सेनाको ब्यारेक, मिर्चैयाको सशस्त्रको ब्यारेकमा आक्रमण ।
० जेठ २७- काभ्रेको नार्केमा शाही सेनामाथि जनसेनाको आक्रमण । त्यसको पर्सिपल्ट र्घर्तीछापमा अर्को गस्तीमाथि आक्रमण । दुबै आक्रमणमा २२ शाही सुरक्षाकर्मीको मृत्यु ।
० असार ८- जनसेनाद्वारा भोजपुरको पान्धारेमा शाही सेनामाथि आक्रमण । ८ शाही सेनाको मृत्यु ।
० असार ११- जनसेनाद्वारा अर्घर्ाा“चीको खनदहमा शाही सेनामाथि आक्रमण । लेफ्टिनेण्टसहित १९ शाही सेनाको मृत्यु ।
० साउन २३- कालिकोटको पिलीमा रहेको शाही सैन्य कयाम्प सम्पर्ूण्ा हतियारसहित कब्जा ।
० असोज १८ नेकपा -माओवादी)द्वारा एकपक्षीय युद्धविरामको घोषणा ।
० मंसिर ७- सात दल र माओवादीबीच भएको १२ बु“दे समझदारी र्सार्वजनिक ।
० मंसिर १३- माओवादीद्वारा केन्द्रीय समिति वैठकका निर्ण्र्ाारु र्सार्वजनिक । प्रत्याक्रमणको दोस्रो योजनाको घोषणा - ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ फौजी कार्यनीति बनाएको घोषणा ।
० मंसिर १४- शाही सेनाद्वारा हेलिकोप्टरबाट गोली हानी डिभिजन कमाण्डर क.किमबहादुर थापा -सुनिल)को हत्या ।
० मंसिर १७- माओवादीद्वारा एकपक्षीय युद्धविराममा एक महिना थप ।
० पुस १८- माओवादीद्वारा युद्धविराम भङ्गको घोषणा । देशभरि प्रतिरोध शुरु ।
० माघ १- जनसेनाद्वारा राजधानीका थानकोट र दधिकोट इप्रकाहरु कब्जा ।
० माघ ८- पश्चिम सैन्य कमाण्डद्वारा पाल्प्ाा सदरमुकाम तानसेन कब्जा ।
० माघ २६- माओवादी र सात दलकोे बहिष्कारका कारण कथित नगर निर्वाचन पर्ूण्ातः ध्वस्त ।
० माघ २७- जनसेनाको पश्चिम सैन्य कमाण्डद्वारा रुपन्देहीको सुनवलमा शाही सेनाका पा“च ट्रक फोर्समाथि आक्रमण । २५ शाही सेनाको मृत्यु । भारी मात्रामा हतियार कब्जा ।

Comments »

The URI to TrackBack this entry is: http://meronepals.blogsome.com/2006/03/06/janayuddako-yek-dasak/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes