प्रवासी नेपालीहरुले समस्या लिएर आउनुहुन्छ भने २४ घण्टा सहयोग गर्न तयार छौ
नेपाली आमाले धेरै सन्तानहरु जन्माएका छन् । हजारौ छोराहरु मध्येमा एक मात्र छोरा असल हुन्छ होला जो आफ्नो लागी भन्दा अरुको लागि बाच्दछन् । असल ब्यक्तिहरुकै अग्र स्थानमा आउनुहुन्छ । शाही नेपाली राजदुतावास रियादका लागि राजदुत श्री अवुल्लैस ठकुर्राई । नेपालको बारा जिल्लामा एक मध्ययम परिवारमा जन्मनु भएका श्री ठकुर्राई सानै उमेर देखि तिक्ष्ण बुद्धिको हुनुहुन्थ्यो । असल स्वभावका, नरम बोली बोल्ने, सानैदेखि ठुलो ओहोदाका ब्यक्तिहरुलाई मिठो बोलीमा सम्मान पर्ुवक सम्बोधन गर्नु हुने बहु भाषिक, बहु आयमिक, दर्ुगामी द्रष्टाका प्रतिभायुक्त ब्यक्ति हुनुहुन्छ वहाँ । कुनै पनि ब्यक्तिले जुनसुकै प्रकारको समस्या राखेपनि ध्यान दिएर सुनी नरम भाषामा जवाफ दिनुहुन्छ । राजदुत नियुक्त हन भन्दा पहिले वहां त्रिभुवन विश्व विद्यालयको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (CEDA) किर्तीपुरको कार्यकारी निर्देशकको रुपमा कार्यरत हनहन्थ्यो । श्री अवुल्लैस ठकुर्राई शाहि नेपाली राजदुतावास रियादका लागि राजदुत नियुक्त हुनु भए पछि आफुले यहाँ आउनु भन्दा पहिला यहाँको रहन, सहन, वातावरण आदि सबै विषयमा २ महिना लगाएर अध्यायन गरेको बताउनुहुन्छ ।

सागर श्रेष्ठ र शाहि नेपाली राजदुत अवुल्लैस ठकुर्राई
प्रस्ततु छ प्रवासी नेपाली डट् कमका निर्देशक तथा चौतारी खवर पत्रिकका प्रधान सम्पादक श्री सागर श्रेष्ठ सँग भएको भलाकुसारीको सार संक्षेप
सागरः- ठाकुराइ ज्यू नमस्कार, हजुर आफ्नो बारेमा केहि बताईदिनुहुन्छ कि -
ठकुर्राईः- मेरो नाम अवुल्लैस ठकुर्राई हो मेरो जन्म नेपालकेा बारा जिल्लामा भएको हो । विगत ३३ बर्षदेखि त्रिभुवन विश्व विद्यालयको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (CEDA) मा कार्यरत रहेको र हाल काठमाण्डौमानै बस्दै आइरहेको छु ।
सागरः- तपाई यहाँ आउनु भन्दा पहिला के गर्नुहुन्थ्यो
ठकुर्राई- म यहाँ आउनु भन्दा पहिला त्रीभुवन विश्व विद्यालयमा प्राध्यापक थिए ।
सागरः- तपाई साउदी अरेबियाको लागि राजदुत हुनुहुन्छ तपाइले यहाँ आउनु भन्दा पहिला के सोच्नु भएको थियो र अहिले कस्तो अनुभव गरिरहनु भएको छ -
ठकुर्राई- अहिले म यहाँ आएको सात महिना भयो । यहाँ आउनु भन्दा पहिला मैले यस देशको रहन सहन वातावरण राजनिती आदि विषयमा २ महिना अध्यायन गरेको थिए । पहिलो पटक साउदी अरब जस्तो देशमा राजदुत भएर आउँदै थिए तर मैले सोचेको भन्दा यहँा धेरै फरक पाए । यहाँका नेपालीहरुको मिहेनत, सहयोगि भावना आदि इत्यादिले मलाई धेरै छिटो नेपालीहरु बीच घुलमेल हुने मोका मिल्यो ।
सागरः- साउदी अरबमा कति जती नेपालीहरु आफ्नो श्रम बेचीरहेका होलान् -
ठकुर्राई- मानीसहरु कोहि ३ लाख भन्दछन् त कोहि २ लाख पचास हजार भन्दछन् । तर यहाँ नेपालीहरु यतिनै छन् भन्ने रर्ेकर्ड नभएको हुनाले २ लाख ५० हजारको हाराहारीमा नेपालीहरु छन् भन्ने मलाई लागेको छ ।
सागरः- यहाँको समाज, वातावरण कस्तेा पाउनु भएको छ
ठकुर्राई- यहाँ राजनितीक सम्वन्ध, राजनितीक कृयाकलाप हुँदैन यो सबैले बुझेको कुरा हो । यहाँको समाज धर्ममा आधारित छ। यहाँ जुनसुकै देशका नागरीकहरु आए पनि कामसँग मात्र सम्वन्ध हुन्छ ।
सागरः- प्रवासी नेपाली र शाही नेपाली राजदुतावास विच कस्तो सम्वन्ध छ -
ठकुर्राई- प्रवासी नेपाली र साजदुतावस विच धेरै राम्रो सम्वन्ध छ आइ परेका समस्याहरु मिलेर समाधान गरी रहेका छौ ।
सागरः- साउदी अरबका अन्य प्रमुख शहरहरुमा रहेका नेपालीहरुलाई कसरी सुविधा पुर्याईरहनु भएको छ -
ठकुर्राई- कुनै पनि ठाउँमा कन्सुलर अफिस खोल्न नेपालको करोडौ रुपैया लगानी हुन्छ तर रुपैयाको कुरा होईन यहाँ रहेका नेपालीहरलाई सेवा सुविधा पुर्याउनु हो । २५० लाख नेपालीहरुको लागि हामी ५ जना स्टाफहरु छौ । अन्य शहरहरुमा गएर काम गर्नको लागि धेरै समस्याहरु छन् । त्यसैले हाल हामी रियादमा मात्र सिमित भएर धेरै टाढा टाढाका समस्याहरुलाई प्रवासी नेपालीहरुको सहायतामा समाधान गरि सुविधा पुराएका छौ । निकट भविश्यमा सुविधाहरु पु-याउने छौं ।
सागरः- कसरी सुविधा दिदै हुनुहुन्छ -
ठकुर्राई- एक महिना, दर्ुइ महिना वा तिन महिनाको एक पटक आवश्यकता हेरी अग्रीम जानकारी दिएर एक दर्ुइ दिनको लागि त्यस ठाँउमा गएर काम गर्ने छौ । र हामीले यहि सोच बनाएका छौ ।
सागरः- साउदी अरब र नेपालको सम्वन्ध कस्तो पाउनु भएको छ -
ठकुर्राई- सम्बन्ध धेरै राम्रो छ । प|mेन्डसीप राम्रो भएर पनि अलि एक्टीभ नभएको जस्तो लाग्छ । २८-२९ बर्षदेखि साउदीमा नेपालको एम्बीसी भएर पनि ट्रेडहरुमा नेपाली आउन नसक्नु केहि कमजोरीहरु हामीमा पनि छ । त्यसको लागि नेपालीहरु सहि तरिकाले आउनु पर्यो त्यो प्रकारको वातावरण बनाउनु पर्यो ।
सागरः- अहिले विवसता र बाद्यताले कम्पनी छाडेर लुकी छिपी काम गरी रहेका नेपालीहरु नेपाल र्फकदा एउटै मात्र बाटो जेद्धाको प्रयोग गर्दछन । यदि त्यो बाटो भविश्यमा बन्द भयो भने समस्याको समाधन एम्वेसीले कसरी गर्छ होला -
ठकुर्राई- जहाँ समस्या हुन्छ त्यहाँ समाधानका बाटो पनि हुन्छ त्यो भविश्यले नै बताउने छ ।
सागरः- यहाँ अहिले साउदी अरबमा नेपाली महिलाहरुको समस्या निकै बढिरहेकेा छ । यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ होला
ठकुर्राई- यो तपाई हामी सबैको समस्या हो । रोग लागि सकेपछि उपचार गर्नु भन्दा रोगकै बाटो छेक्नु उत्तम हो यसको लागि हामी सबै मिलेर जन चेतना जगाउनु पर्दछ । नेपाली महिला दिदी बहिनीहर्रुर् इन्डीया, वंंगलादेशको बाटो हुँदै आउने गर्दछन् । यसको रोकथामको लागि गाउँ घरमै चेतना मुलक कार्यक्रम सञ्चालन गर्नु पर्दछ ।
सागरः- साउदी अरबमा कुनै पनि संघ संस्था खोल्न यहाँको सरकारले कानुनी रुपमा दिदैन । तर पनि प्रवासी नेपालीहरुले आपतविपतमा परेको बेला एक अर्कालाई सहयोग पुर्याउन अनि आ-आफ्ना जिल्लाका साथीहरुलाई एकत्रित गराउन विभिन्न जिल्लाको नाममा जिल्ला संगठनहरु खुलेका छन् यसलाई तपाईले कसरी हर्ेर्नु भएको छ
ठकुर्राई- संघ संस्था खोल्नु भनेको सहि कुरा हो । तर उद्देश्य के छ हर्ेर्नु पर्छ । राष्ट्र र नेपालीलाई अहितहुने क्रियाकलाप गर्नु भएन ।
सागरः- अन्य देशको नागरीकहरुको भन्दा नेपालीहरुको तलव स्केल एक दम थोरै छ यसलाई कसरी उठाउन सकिन्छ होला
ठकुर्राई- अब यहाँ सरकारको सम्झौता अनुसार जति सस्तोमा पाईन्छ त्यहाँबाट ल्याउने गर्दछ । मैले यहाँको श्रम मन्त्रीसँग पनि कुरा नगरेको हैन । लेवर मार्केटमा जता सस्तो हुन्छ त्यहिबाट लिने गर्दछ । नेपालको एजेन्टहरुले भिसा किनेर श्रमममा एउटा एग्रिमेन्ट अनि पठाउने बेलामा अर्को एग्रिमेन्ट गरेर कमिशन खाएर पठाउने गरेकाले पनि नेपालीहरुले आफ्नो श्रमको मुल्य पाईरहेका छ्रैनन् । अहिलेको युगमा सबै भन्दा बलियो माध्ययम भनेकै मिडिया हो । मिडिया मार्फ पहल गरेमा केहि मात्रमा समाधान हुन सक्छ ।
सागरः- केहि समय पहिला खोजतलासमा एउटा समाचार प्रकासीत भएको थियो कि प्रवासी प्रतिनिधी मण्डललाई राजदुतावासले भेट गर्न दिएन भनेर यो कति सम्मको सत्य हो
ठकुराइः- म यो कुरालाई कोट्याउन चाहन्नथे तर तपाईले प्रश्न राखिहाल्नु भयो म यसको जवाफ दिन बाध्य भए । हामी कुनै पनि प्रवासी नेपालीहरुले समस्या लिएर आउनुहुन्छ भने २४ घण्टा सहयोग गर्न तयार छौ । तर त्यो समस्या नेपालीहरुकेा हक हितको लागि हुनुपर्यो । कुनै पनि छलफलको लागि समय लिनु पर्छ तर समय नलिईकन आएकालाई हामीले भेट्न अलि सक्दैनो । हामीले अर्कै ठाउँमा समय दिई सकेका हुन्छौ । र्टाईम टेवल अनुसार चलेका हुन्छौ ।
सागरः- के वहाँहरुले एपोइन्टमेन्ट लिनु भएको थिएन त -
ठकुर्राई- वहाँहरुले एपोईन्टमेन्ट लिनु भएको थिएन । वहाँहरु आएर बाहिर बस्नु भई फोन गर्नु भयो । म सँग त्यस दिन समय थिएन एउटा जरुरी कामले अन्तै जानु पर्ने थियो । तर पनि मैले एक जना आउनुहोस् भन्दा वहाँहरु एक जना नआउने आए सबै आउने भन्नु भयो । वहाँहरु प्रवासी नेपालीहरुको समस्यालाई नभई नेपालसँग सम्वन्धीत समस्या लिएर आउनु भएको थियो । एम्वेसीको अधिकार भन्दा बाहिरको कुरा थियो । गलत प्रक्रृया र हाम्रो अधिकार भन्दा बाहिरको कुरा भएकोले हामीले त्यो पत्र लिन स्वीकार गरेनौ । तपाइहरुले हेरीसक्नु पनि भएको होला त्यसमा प्रवासी नेपालीहरुको समस्या थिएन ।
सागरः- के एम्वेसीले प्रवासी नेपालीहरुसँग छलफल गर्न सकिदैन त -
ठकुर्राईः- किन सकिदैन । सहि तरिकाले सहि सुझाव दिएमा छलफल गर्न सकिन्छ । त्यो विषय प्रवासी नेपालीहरुको बारेमा हुनु पर्यो । तर राजनितीक र अन्य विषयमा हामी छलफल गर्न सक्दैनौ । प्रकृया अनुसार आएर छलफल गरेमा हामी समय निकाली छलफल गर्नेछौ तर प्रवासी नेपालीहरुको अहितमा राजनितीक यहाँ हुन सक्दैन प्रवासी नेपालीहरुकेा समस्या समाधानको लागि सक्दो सहयोग गर्ने छु ।
सागरः- सुन्नमा आएको छ तपाईले नेपालीहरुलाई दक्ष रोजगारीमा ल्याउनको लािग पहल गरिरहनु भएको छ रे के यो सत्य हो -
ठकुर्राईः- नेपालीहरुलाई दक्ष रोजगारीका क्षेत्रमा ल्याउनु गौरवको कुरा हो । यसको लागि मैले पहल गरीनै रहेको छु । समुहमा नर्स, डक्टर, होटेलमा ल्याउनलाई चेम्वर अफ कमर्समा कुरा भइरहेको छ । हर्ेर्दै जाउ मिल्यो भने हामी सबैको लागि राम्रो कुरा हो ।
सागरः- अहिले सम्म प्रवासी नेपालीहरुबाट के कस्तेा सहयोग पाउनु भएको छ
ठकुरार्इः- अहिले सम्म पुरा सहयोग पाईरहेका छौ यो सहयोग निरन्तर पछि सम्म कायम रहोस भन्ने चाहना छ ।
सागरः- अन्तमा नेपाल भन्दा बाहिर रहनु भएका प्रवासी नेपालीहरुको लागि प्रतिनिधीमुलक र्साईट प्रवासी नेपाली डट कम् तथार् इमेलर्,र् इन्टरनेटबाट सबैभन्दा बढी पाठकहरुले पढ्ने साउदी अरेबिया बाट प्रकाशीत चौतारी खवर पत्रिका मार्फ केहि सन्देश दिन चाहनुहुन्छ की -
ठकुर्राईः- र्सव प्रथम् त म सागर जीलाई धन्यवाद दिन चाहन्छु प्रवासी नेपालीहरलाई चेतना जगाउनको लागि विदेशबाटै भएपति राम्रो काम गरी रहनु भएको छ । सफलताको कामना गर्दछु । म साउदी अरेविया लगायत प्रवासी जीवन विताइ रहेका नेपालीहरुलाई नराम्रो काम नगरीदिनुहुन अनुरोध गर्दछु । किनकी एक नेपालीले नराम्रो काम गरेमा त्यो साह्रा नेपालीको वर्ेइज्जत हुन्छ । हामी विश्वको जुन सुकै कुनामा रहे पनि नेपाली बनौ नेपालको पहिचान दिउ नेपाली भाषा, साहित्य कला र संस्कृतिललाई मर्न नदिउ । हरेक समुदायमा यसलाई जीवन्त र दिगो राखौ यहि अनुरोध गर्दछु ।
सागरः- धन्यबाद हजुरले आफ्नो अमुल्य समय दिएर प्रवासी नेपालीहरुको समस्याको समाधानको लागी केहि गर्ने अठोट गर्नु भएकोमा । यहाँको कार्यकालको पर्ुण्ा सफलताको कामना गर्दछु । धन्यबाद ।