मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

March 20, 2006

चेलिले पनि केही गरेर देखाउन सक्छन

गायिका मञ्जु थापा

पि एन एन सम्बाददाता, आरजु विष्ट सल्यानी

नेपाली सुगम संगीतमा जत्तिको प्रभाव पुराना कलाकारहरुले पारेर गए उत्तिकै प्रभाव नयाँ अनुहार बाट पनि परी रहेको छ । पुरानो सुगम संगीतलाई र्सव स्वीकार्य मानिएको छ । जति बेलाका गीत संगीतले सामुहिक, सामाजिक तथा ब्यक्तिगत हुदैं राष्ट्रिय स्वाभिमानलाई बोकेका पाईन्छन् । उसो त नयाँ पिढिंका गाएक गायीकाले पनि सुगम संगीतको विरासतलाई थामेका छैनन् भन्न सकिदैन । तथापि अहिलेका केही गीत संगीत प्रति सबैको एकनासको सहमति भने पक्कै पनि छैन अनि बाँचेका पुराना कलाकार हालको संगीत प्रति कता कता टाढिएको जस्तो पनि लाग्दछ । जव गीतहरुले मर्मको सीमालाई नाघ्ने गर्दछन् , जव कलाकारहरुले उत्तर आधुनिक संगीतमा पाश्चात्य नक्कल, अक्कल बिना नै गर्दछन् तव नेपाली मर्म परै हुनेमा दर्ुइ मत छैन । तर यस्ता मतहरु नेपाली संगीत प्रति बचन बद्धता प्रकट गर्दै संगीतमा लागि रहने प्रण गर्ने कलाकारहरुको पंक्ति पनि लामै छ । साधकहरु सांगितिक यात्रामा साधना गर्नेहरु पनि थुप्रै छन् भन्ने कुरालाई पनि बिर्सन सकिन्न । यस्तै यात्रामा लागेकी नेपाली सुगम संगीतकि गायीका मञ्जु थापा पनि एक हुन । थापाको प्रतिभा र लागानी सफल हुनेमा दर्ुइ मत छैन । जस्ले भर्खरै “पदरदेशी” एल्बम बजारमा ल्याएकी छन् । मञ्जु थापा को जन्म भारतको नागालैण्डमा भएको हो । हाल काठमाडौं सिनामंगलमा बसोबास गर्दै आएकी गायिका मञ्जु थापाको पुख्र्यौलि घर भने गुल्मिको तमघाँसमा हो । प्रस्तुत छ हाम्रा पि एन एन सम्बाददाता, आरजु विष्ट सल्यानी ज्यूले उहाँसंग गरीएको यो वार्ता प्रसंग………………………………………
१. मञ्जु जी पोखरामा स्वागत् छ यहाँलाई -
» धन्यवाद । पोखरामा पहिलो पटक यहाँहरुसंग भेट गर्न पाउँदा खुसि लागेको छ । यो मेरो सांगितिक जीवनको सुनौलो सुरुवात झैं लाग्यो ।
२. विशेष पोखरा आगमनमा केही छिपाउनु भएको छ -
» म पोखरामा यस पालि मेरो नयाँ तथा पहिलो एल्बम परदेशीको सिलसिलामा संचार माध्यमसंग भेटघाट गर्नु आएकी हुँ । किनकी जमाना संचारको हो ।
३. पठनपाठन कहाँ गर्नु भो -
» माध्यामिक शिक्षा नागालैण्डमै गरेकी हुँ र क्याम्पस जीवन मैले गुल्मीमा बिताए ।
४. पहिलो एल्बम परदेशीको स्वरुप कस्तो हो -
» यो मेरो पहिलो सोलो एल्बम हो । तर फुटकर रुपमा थुप्रै गीत गाई सकेकी छु । गन्ति त गरेकी छैन ।
५. आफ्ना लागि मात्रै हो कि अरुका लागि पनि गीत गाउनु हुन्छ -
» श्रष्टाका सिर्जना गाउँदा सम्म मात्रै उनिहरुका हुन्छन् । गाएर प्रकाशन र प्रशारणमा ल्याए पछि सिर्जनाहरु सबैका, श्रोताका भैजान्छन् । अर्को कुरा म गीत अफर आए अनुसार गाउने पनि गरेकी छु । धेरै त कोरस गाउनु पर्छ ।
६. कोरस के हो - के गर्छ यस्ले -
» कोरसले गीतलाई मर्ूत रुप दिने गर्छ र गीतमा मीठास बनाउने एक अर्को गीत भित्रकै पृष्ठभूमिमा तयार गरीन्छ भर्ने गरीन्छ । यो कस्ता हुन्छ भने गीत सिंगो रुपमा गाएक/गायीका बाट नेतृत्व् प्रदायक हुन्छ भने कोरसमा मूल कलाकारको गीतलाई मिठास भरी दिन अन्य कलाकारको स्वरलाई मूल गीतको पृष्ठभूमिमा गाउने गरन्छि । यो गाउन गारो पनि हुन्छ ।
७. विशेस कस्ता कस्ता गीत गाउनु हुन्छ तपार्ँइले -
» गाएक होस वा गायीका भए पछि जुन सुकै किसिमका गीत पनि गाउन सक्नु पर्छ । त्यो आधुनिक गीत वा पप जे होस् गाउन सक्नु नै कलाकारको खुबि अर्न्तगत पर्छ । मेरो हकमा यो लागु भएको किन भने मैले सबै खाले पप या आधुनिक गीत दुवै गाउछु । मलाई मेरो संगीत शिक्षाले पनि साथ दिएको छ ।
८. यस्को मतलब तपाँइृले शास्त्रिय शिक्षा लिनु भएको हो -
» पक्कै पनी हो । मैले शास्त्रिय संगीत सिक्न लागेको ४/५ वर्षभैसक्यो । मैले डोरेमीमा सिके अहिले गुरुदेव कामद सरसंग गुरुकुलमा जादैछु । किबोर्ड, हारमोनियम संगीतकार पविधन खालिङसंग स्ािक्दै छु । उहँाले मेरो गाएनको क्षेत्रमा ठूलो सहयोग गर्नु भएको छ ।
९. गीत गाउनलाई त रीयाज बेसरी गर्नु पर्छ भन्छन् नी -
» हो, अवस्य पनि गर्नु पर्छ । रीयाज बिना त कसरी गाउन सकिन्छ र -यो त हाम्रा लागि पहिलो प्राथमिकतामा पर्छ । यो बिना स्वर माझिदैन र खुल्दैन पनि ।
१०. लोक गीतका बारे यहाँको भनाई के हो -
» लोक गीत त हाम्री जननी नै हुन । लोक गीत बिना अन्य गीतको कल्पना पनि गर्न सकिन्न । अहिले सबैलाई थाहा छ लोक गीतको बजार अत्यन्तै राम्रो छ । तर आजभोलि लोक गीत नाममा मात्रै सिमित हुने हो कि भन्न्ोमा मलाई डर लाग्छ । किनभने हालका लोक गीत दोहारी गीत संगीत हालेर,कोठामा लेखेर गाईने खाले भएका छन्, यिनि ब्यवसायीक गीत हुन भन्नु पर्छ । लोक गीतमा लेखन भन्दा संकलनको महत्व हुन्छ । परम्परामा आधुनिकिकरण त हुन्छ तर अस्वाभाविक चाँहि हुनु हुदैन । मलाई यस्तो लाग्छ ।
११. गाएन क्षेत्रमा लाग्नुको पेरणा पनि छ -
» सानै देखिको रुचिको विषय थियो गीत गाउने, जो अहिले पूरा हुदैछ ।मैले सम्भिmने अग्रजहरुमा अरुणा लामा, सुकमित गुरुङ, मिरा राणा, नारायण गोपाल लगाएतका हुनुहुन्छ ।
१२. गायनलाई नै पेशा बनाएर जाने कि कसो………..
» होईन म आफ्नै ट्राभल्स एण्ड र्टर्ूसमा काम गर्छर्ुु यस्लाई पनि संगुंगै लैजाने सोचाई छ ।
१३. धेरै कलाकार कर्न्र्सटमा जाने गरेका पाईन्छ - तपार्ँइ नि -
» अवस्य पनि म जाने गरेकी छु । अहिले सम्म मैले पोखरा, नेपालगन्ज, विरगन्ज,इलाम, काठमाडौंमा आयोजना गरीएको कर्न्र्सटमा गाएकी छु ।
१४. संगीतमा लाग्नलाई नेपाली चेलीलाई कत्तिको सारो गाह्रो छ -
» कठिन छ । तर म भन्छु चेलिले पनि केही गरेर देखाउन सक्छन् । यस्का लागि परिवारबाट छोरीहरुलाई पूरा सपोर्ट दिनु पर्छ । मेरो हकमा भन्न्ो हो भने मलाई परीवारबाट राम्रो सहयोग प्राप्त भएको छ । बाबा तथा श्रीमान बाट राम्रो सहयोग मिलेको छ । हाल पोखरामा आउँदा तपाईसंग अनि तपार्ँइको संस्थासग ,विदेशका दाजुभाईसंग भेट भयो धन्यवाद ।

Comments »

The URI to TrackBack this entry is: http://meronepals.blogsome.com/2006/03/20/singer-manju-thapa/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes