मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

April 16, 2006

नेवाः ऐक्यवद्धता अभियान नेपाल

Filed under: Press Release

२०४६ सालको जनआन्दोलनमा सयौं सपूतहरुको बलिदानबाट प्राप्त सिमित प्रजातन्त्रलाई पनि सामन्ती प्रतिगामी तत्वहरुले अनेक जालझेल र षडयन्त्र गरी २०५९ साल असोजमा समाप्त गरेको र २०६१ माघदेखि सेनाको भरमा निरंकुस राजतन्त्रको हुकुमी, स्वेच्छाचारी, तानाशाही र दमनकारी शासन विरुद्ध र लोकतन्त्र प्राप्तिका लागि गत २०६२ साल चैत्र २४ गतेदेखि भइरहेको शान्तिपर्ूण्ा संयुक्त जनआन्दोलन माथि सैनिक शक्तिको निर्लज्ज दुरुपयोग गरी असंख्य आन्दोलनकारीहरुलाई गंभीर रुपमा घाइते बनाउँदै र मार्ने समेत गर्दै आएको उक्त निरंकुस अत्याचारी शासन सत्ताको नृसंस र बर्बर दमनको नेवाः ऐक्यवद्धता अभियान नेपाल -नेसोका नेपाल) घोर विरोध र भत्र्सना गर्दै त्यस प्रकारको राक्षसी दमन तुरन्त बन्द गर्न, मरेका र घाइते भएका आन्दोलनकारीहरुलाई यथेष्ट क्षेतिपर्ूर्ति र औषधोपचार खर्च दिन, आन्दोलनको क्रममा पक्रेर थुनामा राखिएका नेवार नेताहरु र्सवश्री पद्मरत्न तुलाधर, मल्ल के. सुन्दर, राजेन्द्र श्रेष्ठ, नवीन चित्रकार, स्याम श्रेष्ठ, डा. मथुराप्रसाद श्रेष्ठ, शम्भुबहादुर श्रेष्ठ लगायत सम्पर्ूण्ा राजबन्दीहरुलाई अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ । जातीय स्वतन्त्रता, समानता र स्वशासनको माग लोकतन्त्रमा मात्र पूरा हुन सक्ने भएकोले चालु शान्तिपर्ूण्ा जनआन्दोलन प्रति नेसोका नेपाल हार्दिक ऐक्यवद्धता जाहेर गर्दछ । साथै चालु आन्दोलनको उद्देश्य नेपाललाई जातीय स्वतन्त्रता, समानता र स्वशासन सहितको संघीय राज्यमा पर्ुनर्संरचना गर्नु पनि हो भनी अविलम्ब र्सार्वजनिक घोषणा गर्न समेत आन्दोलनकारी ७ राजनीतिक पार्टर्ीीथा अन्य शक्तिहरुसंग नेसोका नेपाल जोडदार माग गर्दछ ।

हामी नेवारहरु २३७ वर्षेखि राज्यको निकृष्ट विभेदकारी र भीषण दमनकारी नीतिको शिकार बन्दै आएको जाति हो । लोकतन्त्रमा मात्र जातीय स्वतन्त्रता र समानता हुन्छ भन्ने बुझेका असंख्य नेवारहरुले देशमा लोकतन्त्र स्थापना गर्न विसं १९९७, २००७, २०३६ र २०४६ सालमा भएका ठूलठूला संर्घष्ाहरुमा सकृय सहभागी बनेका हुन्; अन्याय र अत्याचारका अगाडि कहिल्यै शीर झुकाउन नजान्ने शुक्रराज जोशी -शास्त्री), धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ लगायत थुप्रै नेवारहरुले शहादत प्राप्त गरेका हुन् । लौह पुरुषको नामले प्रख्यात नेवार समूत स्व. गणेशमान सिंह त २०४६ सालको संयुक्त जनआन्दोलनको र्सवमान्य नेता र सर्वोच्च कमाण्डर नै बन्नु भएको हो । हामी नेवारहरुको संर्घष्ाको उक्त गौरवपर्ूण्ा इतिहासलाई स्मरण गर्दै लोकतन्त्रमा मात्र पाउन सकिने जातीय स्वतन्त्रता, समानता र स्वशासन प्राप्तिका लागि हाल देशभर जारीे संयुक्त जनआन्दोलनमा सकृय एवं सशक्त रुपमा भाग लिन नेसोका नेपाल सम्पर्ूण्ा नेवार वन्धुहरुलाई हार्दिक आव्हान गर्दछ । साथै चालु आन्दोलनमा अत्याचारी शासनसत्ताको दमनका कारण घाइते भएकोहरुको उपचारका लागि मुठ्ठ िखोलेर आर्थिक सहयोग गर्न हुन समेत हार्दिक आव्हान गर्दछ ।

मितिः २०६३ बैशाख ३ गते

नेसोका नेपालको निमित्त
महेश्वर श्रेष्ठ, -काकानि)

Comments »

The URI to TrackBack this entry is: http://meronepals.blogsome.com/2006/04/16/newa/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes