युद्धविराम सकारात्मक
सरकारले यही बैशाख २० गते घोषण गरेको युद्धविरामलाई राष्ट्रिय मानव अधिकार आयोगले सकारात्मक रूपमा लिएको छ । ने.क.पा - माओवादी )ले यही बैशाख १३ गते तीन महिनाका लागि गरेको युद्धविरामलाई पनि आयोगले सकारात्मक रूपमा लिएको र्सार्वजनिक अभिव्यक्ति दिइसकेको छ । सरकार र माओवादी दुवै पक्षबाट तेस्रोपटक भएको यो युद्धविराम नितान्त सामयिक र समयसापेक्ष छ । यो युद्धविराम शान्ति स्थापना तथा मानव अधिकार संरक्षणको दिशामा अत्यन्तै राम्रो अवसर हो । यसले मुलुकमा विगत ११ वर्षेखि कायम सशस्त्र द्वन्द्वको स्थितिलाई अन्त्य गर्न उत्साहप्रद प्रतिफल दिने आयोग विश्वाश व्यक्त गर्दछ ।
आम जनताले मानव अधिकारको निर्वाध उपभोग गर्न विविध कठिनाई व्यर्होनुपरिरहेको पर्रि्रेक्ष्यमा तत्काल युद्धविराम गरी समस्याको शान्तिपर्ूण्ा समाधानका लागि राष्ट्रिय मानव अधिकार आयोगले दुवै पक्षलाई बारम्बार आव्हान गर्दै आएको छ ।
घोषित युद्धविरामलाई दर्ीघकालीन शान्तिको र्सार्थक परिणाममा पुर्याउन र त्यसका लागि वार्ताको सहज वातावरण सिर्जना गर्न आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ ।
यस र्सर्न्दभमा युद्धविरामपछि सरकार तथा ने.क.पा - माओवादी )बाट शान्ति प्रक्रिया र वार्ताका लागि जारी भएका र्सार्वजनिक अभिव्यक्ति अत्यन्तै सह्रानीय र महत्वपर्ूण्ा रहेको आयोगको धारणा छ । वार्ताको माध्यमबाट विद्यमान सशस्त्र द्वन्द्वलाई शान्तिपर्ूण्ा निकाश दिई दर्ीघकालीन शान्ति स्थापना गर्ने आम जनताको चाहनाले यसपटक मर्ूत रुप पाउने कुरामा आयोग आशावादी छ ।