कारवाहीका लागि सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई आज एक पत्र पर्ठाई २०६२ चैत २४ गतेदेखि आव्हान गरिएको देशव्यापी आमहडताल तथा शान्तिपर्ूण्ा विरोध कार्यक्रमको क्रममा मिति २०६२ चैत २९ गते सरकारद्वारा कफर््र्यू लगाइएको समयमा काठमाडौं उपत्यकाका कफर््र्यू लगाइएका तथा नलगाइएका विभिन्न स्थानहरूमा आयोगबाट अनुगमन गरिएकोमा काठमाडौंंको गोंगबु गाउ“ विकास समितिस्थित चक्रपथ क्षेत्रमा गरिएको अनुगमनबाट प्राप्त तथ्यहरूको आधारमा तपशीलमा उल्लेख भएबमोजिम तथ्यहरूसहित कारवाहीका लागि सिफारिस गरी पठाएको छ ।
प्राप्त तथ्यहरूः
क) मिति २०६२।१२।२९ गते पर््रदर्शनकारीले पर््रदर्शन जारी राखेको सो पर््रदर्शन नियन्त्रण गर्ने क्रममा खटिएका उपत्यका सशस्त्र प्रहरी बल मुख्यालय पशुपतिनाथ बाहिनी सानो गौचरण काठमाडौंका बरिष्ठ प्रहरी उपरीक्षक माधवबहादुर थापा र निजको कमाण्डले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ -१) मा शान्ति सुरक्षा कायम गर्ने क्रममा बल प्रयोग गर्दा अपनाउनुपर्ने प्रक्रिया अनुसार भीडले बुझ्ने गरी सम्झाई बुझाई गर्ने, लाठी चार्ज गर्ने, अश्रुग्या“स, हवाई फायर आदि गर्ने र गोली नै चलाउने परिस्थिति सिर्जना भएमा भिडलाई बुझिने गरी हट्दैनौ भने गोली चलाइनेछ भन्ने कानुनी प्रावधानको वास्ता नगरी लापरवाही पर्ूण्ा काम गरी बलको अत्याधिक प्रयोग गरेको, पर््रदर्शनकारीमाथि गोली समेत चलाइएको र धेरै संख्यामा पर््रदर्शनकारी गंभीररुपमा घाइते भएको ।
ख) गोंङ्गबुस्थित अतिरिक्त प्रहरी महानिरीक्षक रूपसागर मोक्तानको घरमा सुरक्षार्थ बसेका प्रहरीहरूले जथाभावीरुपमा गोली चलाई स्थितिलाई उत्तेजित बनाउ“दा समेत त्यहा“ तैनाथ सुरक्षा प्रमुखहरूले उक्त कुराको आ“कलन नगरी पर््रदर्शनकारीहरूमाथि अनावश्यक बल प्रयोग गरेको साथै निज मोक्तानको घरभित्रबाट चलाइएको गोलीलाई ने.क.पा.-माओवादी)ले चलाएको भनी स्थितिलाई तनाबपर्ूण्ा तथा आतंकपर्ूण्ा बनाएको≤ घटनास्थलमा तैनाथ सुरक्षा प्रमुखहरूले निज मोक्तानको घरबाट चलाएको गोलीलाई नियन्त्रणमा लिन पहल नगरी पर््रदर्शकारीहरूमाथि नै बल प्रयोग गर्नेतर्फध्यान केन्द्रीत गरेको ।
ग) आयोगले सो घटनाको सम्बन्धमा बुझ्नका लागि मानव अधिकार आयोग ऐन २०५३ को दफा ११ -१) क बमोजिम बयान लिन बोलाउ“दा समयमा नआई अटेर गरेको ।
घ) बयानका लागि २४ घण्टाको म्याद दिई मिति २०६२/१२/३१ को चलानी नंं. १९३१ को पत्रबाट सूचित गरिएकोमा निजले अन्यत्र संवेदनशील कार्यमा संलग्न हुनुपरेको कारण देखाई तत्काल आयोगमा बयान दिन उपस्थित नभई सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा रिपोर्ट गरी सो कार्यालयमार्फ प्रतिवेदन प्राप्त भएपछि निज माधवबहादुर थापालाई ४८ घण्टाभित्र यस आयोगमा सोधपुछ प्रयोजनका लागि उपस्थित गराइदिन भनी सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षकलाई मिति २०६३/१/४ मा पत्र पठाइएकोमा दर्ुइ हप्तापछि मात्र मिति २०६३/१/१८ मा बयान दिनका लागि स्वइच्छाले आयोगमा उपस्थित भई बयान दिएको ।
ङ) बयानका क्रममा सशस्त्र प्रहरीका तर्फाट उक्त दिन अत्याधिक बल प्रयोग भएको तथा भीड नियन्त्रण गर्ने प्रयोजनका निम्ति अपनाउनुपर्ने न्यूनतम मापदण्ड जस्तै बल प्रयोग गरिने चेतावनी पनि नदिएको व्यहोरा निजले आयोगसमक्ष स्वीकार गरेको देखिन्छ ।
तर्सथ निज समयमै आयोगमा बयान दिन.नआएतापनि उक्त घटना आयोगमा अनुसन्धानकै क्रममा रहेको अवस्थामा निजले आयोगमा दिएको बयानमा अत्याधिक बल प्रयोग भएको तथा भीड नियन्त्रण गनर्ेर्ेे्रयोजनका लागि अपनाउनुपर्ने न्यूनतम मापदण्ड जस्तै बल प्रयोग गरिने चेतावनी पनि नदिएको व्यहोरा आयोगसमक्ष स्वीकार गरेको तथा आफ्नो कानून बमोजिमको कर्तव्य पालना गर्दा जथाभावी तथा लापरवाही ढङ्गले अत्याधिक बल प्रयोग गरेको पाइएकोले निज उपत्यका सशस्त्र प्रहरी बल मुख्यालय, पशुपतिनाथ बाहिनी, सानो गौचरण काठमाडौंमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक माधवबहादुर थापालाई सशस्त्र प्रहरी ऐन २०५८ बमोजिम कडा कारवाही गर्नर् तथा रूपसागर मोक्तानको घरबाट जथाभावी गोली चलाउने सुरक्षाकर्मीको पहिचान गरी कानून बमोजिम कारवाही गर्नका लागि मानव अधिकार आयोगको मिति २०६३/१/१९ को निर्ण्र्ाानुसार अनुरोध गरिन्छ ।