परदेशमा जिउँदो लास बन्नुको पिडा
-सागर श्रेष्ठ
लासै भएको भए बरु बेस यसरी जीउदो लास लीएर बाँच्नु भन्दा त यहि गुनासो पोखे हामीलाई भुटाही पटर्ेवा ४ धनुसाका -राहदानी नं ११७४७१३) पशुपति ठाकुरले ।
बैदेशिक रोजगारीको सिलसिलामा आज भन्दा करिब २२ महिना अघी ४ मार्च २००५ का दिन मिडिलर् इष्ट मेनपावर -फोन नं १-५५२९९६०, १-५५३१२२० फ्याक्स नं १-५५३२०८४ कुपन्डोल, ललीतपुर) मार्फ गल्फ देश साउदी अरेविया स्थित अलहासा को अल अल बुसैद कम्पनिमा आएका ठाकुरको काम गर्दा गर्दै १५ अक्टोबर २००५ का दिन अचानक एउटा साउदीको गाडिले ठक्कर दिदा छातिको ६ ओटा करंग भांचिनुको साथै एउटा खुट्टाले काम गरेको छैन । अहिले स्टीलको सर्पोटमा आफ्ना परिवार स्टमित्रहरुको भेट्ने आसामा पर्खि रहनुभएको ठाकुर भन्नुहुन्छ मलाई कुनै पक्षबाट पनि सहयोग पाउन सकिन । दर्ुघटनाहुदा तत्कालै सातजना सहयोगी नेपालीहरुले सात पौण्ड रगत दिएर वहाँलाई बचाएका थिए । यदि त्यसबेलामा ति नेपालीहरुले रगत नदिएको भए आज वहाँ यो संसारमा हुन सक्नु थिएनहोला । वाहाँले गहभरि आँसु पारेर भक्कानो फुटाउदै भन्नु भयो मैले मेरो दर्ुघटना सम्बन्धी सम्पर्ुण्ा कागजात नेपाली एम्बेसी रियादमा पठाए तर पनि एम्बेसी मार्फ १४ महिना हुदा पनी कुनै पहल नभएकोमा एम्बेसी प्रतिको विस्वास टुटेको बताउनु हुन्छ । वहाँले हामीलाई २००६/०४/०९ मा राजदुताबासमा पठाउनु भएको निबेदन पनि देखाउनु भयो ।
विगत १४ महिना देखी बैसाखीको साहारामा आफ्नो घर नेपाल जानपाउने दिन गन्दै बस्नु भएको ठाकुर कम्पनीबाट पनि तलब नपाएको गुनासो पोख्नुहुन्छ । अहिले सम्म कोठामै बस्ने साथीहरुको सहयोगमा जीउदो लास लिएर बाँचीरहेका ठाकुर कसैले नेपाल पठाउने वातावरण बनाईदिए आफ्नो परिवारहरु संग भेट्नपाउने आशा व्यक्त गर्नुहुन्छ । वहाँ एक बर्षभन्दा बढी थला परेर बैसाखीको साहारामा बसीरहंदा पनि किन नेपाल र्फकन सक्नु भएन - एम्बेसीले पहल गरेको हो वा होईन - एस विषयमा पि एन एन को खोजतलास जारी छ । सम्बन्धीत निकाले यस्ता समस्याहरुलाई छिटो भन्दा छिटो समाधान गर्न साथै भबिस्यमा हुने यस्तो दर्ुघटनाको सावधानको लागी ठोस नितीनियमको तर्जुमा गर्नु पर्ने देखिन्छ । भोली यो कथा तंपाई हाम्रो पनि बन्न सक्दछ । तंपाईको नातेदारको पनि हुन सक्दछ । अब वहाँको पहिलेको जीवन त फेरी फर्केर आउन सक्दैन जीन्दगी भर अरुको साहारामा अरुकै कमाई खाएर बाँच्नु पर्नेछ । बुढाबुढी बाबुआमाको बुढेशकालको साहारा अनी बाल बच्चाहरुको उज्जवल भविश्यको दरीलो खम्बाहुनु पर्ने बेलामा अब वहाँनै अरुको साहारामा बाँच्नु पर्ने भएको छ । कुनै पनि संघ संस्थाहरुले सहयोग गरि दिएमा आफ्नो अधिकार लिएर नेपाल जान पाउने आशा वहाँको छ ।