यस बर्षो प्रभात पुरस्कार शशि लुमुम्बूलाई प्रदान
नेपालीहरु विश्वको जुनसुकै कुनामा पुगेको किन नहोस नेपाली भाषा, साहित्य कला र यसंस्कृतिको सम्रक्षण र विकासमा एक कदमनै अगाडि छ भन्दा फरक नर्पला । प्रवासमा बस्ने नेपालीहरुको संस्था मध्ये एक शसक्त संस्था प्रवासी नेपाली साहित्य समाज वेलायतले प्रत्येक बर्षप्रदान गर्ने प्रभात साहित्य पुरस्कार यस बर्षभोजपुर याकूमा ३ दशक अघि जन्मिएर सुनौलो आवाज र बुडो पहाड कृति लेख्नु भएका युवा साहित्यकार शशि लुमुम्बूलाई प्रदान गर्ने भएको छ । यो गत २६ डिसेम्बर २००६ का दिन वेलायत र्सनकिल्फमा साहित्य समाजको बसेको भेलाले निर्ण्र्ाागरेको हो ।
प्रभात साहित्य पुरस्कार शिल्ड
साहित्य सिर्जना र संगीतको निम्ति उर्वरभूमि बन्दै गएको लाहूरघरमा सन् २००१ मा स्थापित यस संस्थाले प्रत्यक बर्षएकजनालाई साहित्य पुरस्कार प्रदान गर्दछ । सो पुरस्कार गत बर्षधरानकी संचारकर्मी एवं साहित्यकार श्रीमति सुसनवाला र्राईलाई प्रदान उक्त संस्थाले बताएको छ । उक्त पुरस्कारको रासि यस बर्षरु १२ हजार २ रुपैया राखिएको छ ।

भेला सिद्धिए पछि बाँकी रहेका केही साहित्य परिवार फोटो खिच्द
देशविदेशमा रहनु भएका धेरै साहित्यकारहरुको नाम प्रस्तावमा आएका कारण मतदान प्रकिृयाबाट लुमुम्बू छनौट हुनु भएको हो । त्यस्तै गरि साहित्य समाजले नेपाली पपगीतका पहिलो स्रष्टा नोरदेन तेन्जिङ भोटियालाई सम्मान गर्ने निर्ण्र्ाागरेको छ । नेपाली संस्कार, संस्कृति र संचार विश्वभर पुर्याउन महत्वपर्ूण्ा भूमिका निर्वाह गरेको कारण लण्डनबाट प्रसारण हुने नेपाली टिभिलाई, वेलायतमा बसेर वेलायत तथा नेपालको लागि खेलकूद क्षेत्रमा विशिष्ट योगदान दिनुहुने स्रष्टा र्राईलाई, प्रवासी नेपाली साहित्य, संगीत र संचारको क्षेत्रमा राम्रो योगदान पुर्याए वापत ब्रिट्रीस फोर्सर्ेेब्रोडकास्टिङ -वि. एफ. वि. एस.) गोरखा रेडियो वेलायतलाई र यूरोपको नेपालीपत्र साप्ताहिकका प्रधान सम्पादक तथा लाहूरघरबाटै डाक्टर उपाधि हासिल गर्नुहुने डा. चन्द्र लक्सम्वालाई कदरपत्र प्रदान गर्ने भएको छ ।

छलफलमा ब्यस्त
उक्त पुरस्कार, सम्मान र कदरपत्र नेपाली नयाँबर्षो अवसरमा प्रदान गरिने भएको छ ।

मतदान भएका मतपत्रहरु
नोटः नोरदेन तेन्जिङ भोटियाले ओमविक्रम विष्टले भन्दा अघि नै नेपाली भाषाका गीतलाई अग्रेजी लयमा दार्जिलिङ र हङकङमा गाएका थिए त्यहि कारण वहा नेपाली पपगीतका पहिलो स्रष्टा भएको पुष्टि भएको छ । राष्ट्र र्राई आगामी ओलम्पिक गेमका लागि वेलायती ताइकण्डो खेलका लागि प्रशिक्षक हुन भने केही महिना अघि वेलायतबाट नेपाली झण्डा लिएर कोरियामा गेम खेल्न एक समुह लिएर गएका थिए ।