बैदेशिक रोजगारीमा लाग्ने महिलाहरुप्रति राज्यको पर्ूवाग्रही दृष्टिकोणमा परिवर्तन हुनुपर्ने
पि एन एन सम्बाददाता, अञ्जना बैद्य श्रेष्ठ, काठमाडौं
राज्यको आर्थिक एवं सामाजिक रुपान्तरणका लागि वैदेशिक रोजगारीमा लागेका महिलाहरुले पनि पुरुषहरुसरह समान योगदान दिन सक्षम भएकोले राज्यले यस क्षेत्रमा लागेका महिलाहरुप्रतिको पर्ूवाग्रही दृष्टिकोण तथा व्यवहारमा सकारात्मक परिवर्तन ल्याई नीतिगत पक्षहरुमा समेत सुधार गरिनु पर्ने निष्कर्षसहित पौरखी नेपालको तेस्रो वाषिर्कोत्सव यही मिति २०६३ पुस २३ गते काठमाडौंमा सम्पन्न भएको छ ।
वैदेशिक रोजगारीमा लाग्न चाहने तथा काम गरेर फर्किएका महिलाहरुको हक, हित एवं सशक्तीकरण गर्ने र उनीप्रति हुने विविध सामाजिक तथा राजनीतिक हिंसा विरुद्ध वकालत गरी उपयुक्त नीति निर्माणका लागि दवाव सृजना गर्ने उद्देश्यले बिगत ३ बर्षअगाडि पौरखी नेपाल नामक संस्थाको जन्म भएको हो । यस संस्थाले हरेक महिलाले आफनो रोजगारको निम्ति सोच्न तथा निर्ण्र्ाागर्न पाउनु पर्ने अधिकारको सुनिश्चितता, बैदेशिक रोजगारीमा जाने महिलाका लागि कामको प्रकृतिअनुसार आवश्यक ज्ञान प्रदान गर्दै आएको छ भने आवश्यक ज्ञान तथा सूचनाको अभावले गर्दा विदेशमा हुन सक्ने बिभिन्न किसिमको शोषण, दर्ूर्ब्यबहार र बिभेद जस्ता अमानवीय कार्यको शिकार हुनबाट बच्नको लागिसबै आप्रबासी महिलाहरुलाई संस्थाको संजालमा ल्याई उचित परामर्श तथा सहयोग गर्दै आएको छ ।
लामो समयदेखि ब्यक्तिगत र संस्थागत रुपमा पौरखी नेपाललाई सहयोग पुरार्याउँदै आउनुभएकी युनिफेमका कार्यक्रम व्यवस्थापक शरु जोशी श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा निड्सका गणेश गुरुङ्ग, युनिफेमका शक्तिदा सिंह तथा बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष एल.पी. साँवा लिम्बू अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा पौरखीका अध्यक्ष मञ्जु गुरुङ्ग, संयोजक बिजया र्राई श्रेष्ठ, सचिव सत्रकुमारी गुरुङ लगायतका महानुभावहरुले मन्तव्य प्रकट गर्नुभयो भने संस्थालाई प्रभावकारी ढंगले कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारेमा सम्पर्ूण्ा पौरखी सदस्यहरुबीच छलफल भएको थियो । कार्यक्रममा युनिफेमका शरु जोशीले वैदेशिक रोजगारीमा लाग्ने महिलाहरुप्रति राज्यले पर्ूवाग्रही दृष्टिकोण अपनाई बिभेदपर्ूण्ा नीति नियमहरु तर्जुमा एवं लागू गरेकोले आर्थिक तथा सामाजिक विकासका लागि यस क्षेत्रमा लागेका महिलाहरुको योगदान महत्वपर्ूण्ा रहेको भए तापनि यसप्रति वेवास्ता गरेको गुनासो व्यक्त गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा लाग्ने महिलाहरुको हक अधिकारका लागि उपयुक्त कानूनको निर्माण तथा कानूनी संयत्रमा बिकास गरी कार्यान्वयन गरिनु पर्ने कुरामा जोड दिनुभयो । यसका लागि व्यक्तिगत तथा संस्थागत रुपमा सम्बन्धित सबैले कटिबद्ध भई वकालत गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा पौरखी नेपालसँग हातेमालो गर्दै वैदेशिक रोजगारीमा लागेका महिलाहरुको हक अधिकार सुनिश्चित पार्न साउदी अरबमा कार्यरत नेपाली नागरिक सागर श्रेष्ठजी, लेबनानका दीपेन्द्रजी तथा प्रत्यक्ष रुपमा सहयोग पुुर्याउँदै आउनु भएका अन्य माहनुभावहरुलाई हार्दिक आभार समेत प्रकट गरिएको थियो । वैदेशिक रोजगारीमा लाग्ने महिलाहरुको हक, हित, अधिकार तथा सशक्तीकरणका लागि पौरखी नेपालसँग सरोकारवाला सबै तह र क्षेत्रबाट सहकार्य हुनु पर्ने आजको अपरिहार्यता मान्न सकिन्छ ।
pls click here and here to read more