मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

July 28, 2007

आफ्नो दायित्व, कर्तब्य र लक्ष्य कहिल्यै भुल्नुहुदैन ।

कृष्ण प्रसाद शर्मा सुबेदी
विश्वभरी वीर नेपालीको नामले परिचीत नेपालीहरुको अवस्था आज ठिक त्यसको विपरीत कमजोर र हिन नेपालीको रूपमा चिनिनु पर्ने अवस्था सृजना भएको छ । चाहै त्यो विश्वको विकसित राष्ट्र होस चाहे त्यो साउदी अरेवियाको खाडी होस, चाहे बहर्राईन, कतार, औमन, दर्ुबई, कुवैत, मलेसिया किन नहोस - आज रोजगारीको सिलसिलामा विदेशमा नेपालीको उद्ययमसिल शक्ति -पुरुस, महिला) ले निकै दर्दानाक जीवन विताउनु परेको छ । नेपालमा प्राप्त मात्रमा कलकारखाना, खानी, उद्योग ब्यबसाय नहुनु र कृषी प्रधान देश भएर पनि ८५ प्रतिशत कृषकहरु मध्ये धेरै संख्यामा रहेको कृषकहरु संग आफ्नो जमीन जग्गा नहुनु र उत्पादनको लागी उन्नत किसीमका प्राविधी सुविधा नहुनु . वावजुद नै आज तमाम कृषकका छोरा छोरीहरु एक छाक र्टार्न र एकसरो लत्ताकपडा फर्ेनको लागी भनेता पनि विश्वको धेरै जसो मुलुकमा एक श्रमजीवि श्रीमिकको कार्य गर्न बाद्य भएका छन ।
आजको बदलींदो विलासीक्ताको कारण समाजमा आफुले पनि केहि आर्थिक आय आर्जन गरेर सुख संग दिन विताउने मनोकांक्षा बोकेर नेपाल -स्वदेश)बाट दिन प्रति दिन बेरोजगारी युवा युवतीहरु आफ्नो भएको पैत्रीक सम्पती बेचेर वा घर घडेरी, गर गहनालाई धितोमा राखेर वा सामन्तहरुको चर्को ब्याजमा रिण लिएर बैरोजगारको समस्या सामाधान गर्न नेपालका मेन पावर अफिसबाट विदेश आउने क्रम घट्दो होइन बढ्ो रहेको छ । अर्को तिर विदेशमा आएर कम्पनी तथा मालीकहरुले तलब नदिने जुन मेन पावरमा भएको करारनामा हो त्यस बमोजीमको काम र तलब नदिनु विभिन्न दुःख र कष्ट खाई रहनु परेको कुरा हामी सबैलाइ अबगत भएको कुरा हो । यसरी नेपालीहरु देश तथा विदेशमा सामन्त तथा पुजीपतिको भरमा परेर बाँच्न कस्ले र कसरी बनायो त्यो विषयमा राम्ररी बुEmन पर्ने आजको आवश्यकता छ ।
विश्वको सामु प्रकृतिक श्वरुपले सिंगारीएको सुन्दर प्राकृतिकको खानी भएको राष्ट्र नेपाललाई आज पनि सुन्दर शान्त विशााल बनाएर विश्वको सामु उठाउन त्यस भित्रका च्ाार वर्ण्र्ाात्तिस जातका सबै जात धर्म लिड. र वर्ण्र्ााले स्वदेशबाट विदेश गएता पनि आ- आफ्नै स्थानबाट राष्ट्रलाई सेवा पुराउने काममा भने पछि परेका छैनन् । २००३ मा गैर आवसीय नेपाली संघको स्थापना गर्न सफल संस्थापक पदाधीकारीहरु लगाएत अन्य शुभ चिन्तकहरुलाई सम्पर्ुण्ा एन आर एन हरुले धन्यबाद नदिई रहन सक्दैन । विश्व आप्राबासी नेपालीहरु विचमा एउटा अभियानको रूपमा प्रश्तुत हुदै आज विश्वको विभिन्न भागमा छरिएर रहेको प्रवासी नेपालीहरु विच आपसी सम्बन्ध तथा बौद्घकि सम्पतीलाई मात्रृभूमी नेपालको विकासमा सुनचित रूपमा लगानी गर्ने, नेपालको मौलिक, कला, संस्कृति प्राकृतिक सौंर्न्दर्यता आदीको प्रचार प्रसार गर्दै विश्वमा नेपालीको पहिचान उच्च राख्ने महान संकल्पकासाथ गैर आवसीय नेपालीको प्रथम २००३ र दितिय २००५ अक्टुबरमा विश्व सम्मेलन भए पश्चात नै आज खाडी मुलुकमा पनि एन सी सी लाई उठौं, बढौं, र जागौं भन्ने नारा बोकी २००७ जुन २३ गते मध्य पर्ूबको उपाध्यक्ष श्री सागर नेपाल ज्यूको पत्र मेरो हातमा पर्‍यो । त्यस पछि आफुले आपनो कर्तब्य बोध गर्दै गैर आबसीय नेपाली संघको मूल उदेश्यको साथै हाम्रो आपनै स्थानीय समस्या र यस देशको भौगोलीक अवस्थालाई बुझेर एन आर एन-एन सी सी साउदी अरबमा पनि खाँचो भएको महसुस भएकोले आज एन आर एन एक आफैमा जागरण भएर आएको देख्दा मैले राम्रो कामको बोद्य भएको महसुस गरेको छु । एन आर एन भित्र उत्साहीत भावना जगाउनु र सबैमा हातेमालो गर्नेर् इच्छा, चाहाना र आवश्यक्ता आफ्नै जिम्मेवारी सम्झेर लगनसील हुनुनै एन आर एन ए साउदी अरेवियाको अभियानको सुरुवात भएको महसुस मैले गरेको छु ।
हरेक ब्यक्तिको विचार र उदेश्य आ आफ्नै हुन्छन तर एउटै संगठन भित्र हातेमालो गर्दै जांदा एक अर्काको विचार र लक्ष्य मेल नखान पनि सक्छन । त्यस अबस्थामा सबै एन आर एनले आफ्नो कर्तब्य र दाईत्व सम्झेर एक आपसमा सम्यम भएर स्ाानो तिनो विवादस्पद कुराहरुलाई मेट्दै अगाडी बढ्ने मनोआकांक्षा नेतृत्व गर्ने सबै ब्यक्तिहरुमा जांगरण आवोस भन्ने शुभ-कामना दिन चाहान्छु । यदि तिलको दानालाई पहाड बनाउदै विवादस्पद ब्यक्तिहरुको आचरण र निजको खोक्रो आश्वशन दिने प्रबृतिको विचारलाई परिवर्तन गर्न सकिएन भने संगठन भित्र ठूलो सोनामी आउन सक्छ । त्यसका लागी म आज यसै सन्देश मार्फ साउदी अरबमा भएका मात्र होईन विश्वमा छरिएर बस्नु भएका सम्पुण एन आर एन ले आफ्नो कतब्य र दाईत्व नभुलीकन नेतृत्व गर्ने ब्यक्तिलाई उत्साहित गराउदै लैजानु र राम्रो कामको प्रशंशा गर्दै मनोबल बढाउनु हामी सबैको कर्तब्य हो भन्ने विचार राखी दिनुहोला भन्ने आशा राख्न चाहान्छु ।
समय सांची छ परिवर्तन आजको आवश्यक्ता हो । र्सबप्रथम नेतृत्व गर्ने ब्यक्तिले आफूलाई नकारात्मक सोचाई बानी र भावनालाई परिवर्तन गरेर सकारात्मक सोचाई बानी र भावनामा आफ्नो नेतृत्वमा स्थान दिनु नै आजको हाम्रो आवश्यक्ता रहेको छ । जती आफुले जानेको, बुझेको राम्रो काम छन आफु भित्र गुम्सायर राख्नु भन्दा सबैमा बाँडेर अगाडी बढ्नु नै असल नेत्रृत्वको अनुशासीत आचरण हो भनेर बुEmनु पर्दछ । जती जानेका छौं जती गर्न सक्छौं गरौं यदि सबै संग हातेमालो गर्न मन लाग्दैन भने अर्काले गरेको काममा दखल अन्दाज नगरौं भन्ने भावनाको विकास गाराउनु नै माहान ब्यक्तीको सँज्ञा पाउनु हो । सबैले गरेको प्रशंशालेनै आत्मा सन्तुष्टि मिल्नु समाजसेवीको पुरस्कार हो जस्तो मलाई लागेर आएको छ ।
कोठा भित्र बसेर कलम चलाएर सडकमा हिडेको ब्यक्तिको चित्र कोर्न मात्र चित्रकार हुदैन कसैको भावना संग यदि मेल नखाएका चित्रकला प्रश्तुत हुन्छ भने वास्ताविक कलाको पहिचान हुदैन । जती लेख्न सकिन्छ त्यत्ति भन्न कठिन हुन्छ । जति भन्न सकिन्छ त्यति काम गरेर देखाउन जोखीम हुन्छ । त्यसकारण दृढ विचारवान ब्यक्तिले नै संगठनको सम्पर्ुण्ा कार्य शैलिमा सफलता ल्याउन सक्छ भन्ने कुरा सन्देह गर्नु हुदैन आफुले आफैलाई सानो नसम्झी आफु कृयासिल बनी स्पष्ट कार्यक्रम अगाडी बढाउदै जानु यहि त यउटा प्रयास हो जसले आफ्नो नेतृत्वबाट सफलता पाएको हुन्छ । त्यहि सफलताको प्रयासले नै आत्मा सन्तुष्टी हुनु हो । त्यहि आत्मा सन्तष्टि पाउनका लागी नै हामीले आफ्नो दाईत्व र कर्तब्य नर्विसीकन लक्ष्य प्राप्तीका निमत्ति एक आपसमा हातेमालो गरी उठौं, बढौं र जागौं भन्ने नारा बोकी एन आर एन साउदी अरेविया नौलो अभियानको पाटो बन्न सफल रहोस भन्ने शुभ कामना दिदैं मेरा आफ्ना भावनाहरु सबैका भावनाहरु संग मिलाउन रात दिन म आफैमा परिवर्तन ल्याउने अथष्ट प्रयास गरीरहनेछु । एन आर एन ए साउदी अरेवियाको पहिलो बैठक, सभा र सम्मेलनमा जहिले पनि गुणात्मक उदेश्यको बोध गराउने खालको प्रस्ताव ल्याउने सबैले विचार बनाउनुहोस । तर कसैले पनि ब्यक्ति स्वार्थको राजनैतिक स्वार्थमा ढाल्ने शक्ती प्रकट गर्न नदिनुहोस जसमा जानेर बुझेका कुराहरुलाई ब्यबहारमा ढालेर परिवार समाज र राष्ट्रलाई हित हुने कुरा र काम गर्नु भएमा एउटार् इतिहास बन्न पुग्दछ । यहिर् इतिहासको पानाबाट भोलीका पिंढीहरुलाई शुख, शान्ति र शक्तिको साथै आत्म निर्भर बनाउन सकिन्छ भनेर एन आर एन आफैमा एउटा अभियान बनाउनुहोस । अन्तमा म कहिल्यै भुल्न सक्दिन मेरो बाटोको कांढा पन्र्छाई दिने ब्यक्तिहरुलाई । म कहिल्यै टाढा बस्न सक्दिन मेरो भावनामा जागरण ल्याई दिने ब्यक्तिसंग । साउदी अरेविया एन आर एन, एन सी सी ए को उक्तरोत्तर प्रगती तथा लक्ष्य प्राप्तीको लागी शुभ- कामना साथै आफुले कसै संग काम, कर्तब्य, अधिकार खोज्नु भन्दा अगाडी आफु हिड्ने बाटोलाई सधैं सफा र सुद्व विचारको बुँनियादले सजाउदैं संस्थाको विकास गराउने भावना जागीरहोस भन्दै विदा हुन चाहान्छु र अन्तमा पुन एक पटक सम्पर्ुण्ा नव निर्वाचित सदस्य तथा सल्लाहकारहरुलाई उक्तरोत्तर प्रगतिको लागी मंगलमय शुभ-कामना ब्यक्त गर्दछु ।

पुनश्च : लेखक एक समाजसेवी को साथै एन आर एन, एन सी सी ए
साउदी अरेवियाको संस्थापक संयोजक हुनुहन्छ ।
सर्म्पर्कको लागी ००९६६ ५०१३६८१४र्५र्
इमेल :- iksubedi6@gmail.com

Comments »

The URI to TrackBack this entry is: http://meronepals.blogsome.com/2007/07/28/p451/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes