तीज महोत्सवमा रमाए पौरखी महिलाहरु।
पि एन एन सम्बाददाता, काठमाण्डौ, अञ्जना बैद्य श्रेष्ठ, काठमाडौं
बैदेशिक रोजगारीबाट फर्केका महिलाहरु, तीनका परिवार तथा बैदेशिक रोजगारीसंग प्रत्यक्ष । अप्रत्यक्ष रुपमा सरोकार राख्ने ब्यक्ति तथा सघ संस्थालाई समेटेर पौरखी नेपालले तीजको बिशेष उपलक्ष्यमा पौरखी तीज महोत्सव यही मिति २०६४ भाद्र २२ गते काठमाडौंमा आयोजना गरेको छ ।
वैदेशिक रोजगारीमा लाग्न चाहने तथा काम गरेर फर्किएका महिलाहरुको हक, हित एवं सशक्तीकरण गर्ने र उनीप्रति हुने विविध सामाजिक तथा राजनीतिक हिंसा विरुद्ध वकालत गरी उपयुक्त नीति निर्माणका लागि दवाव सृजना गर्ने उद्देश्यले बिगत ४ बर्षअगाडि पौरखी नेपाल नामक संस्थाको जन्म भएको हो । यस संस्थाले हरेक महिलाले आफनो रोजगारको निम्ति सोच्न तथा निर्ण्र्ाागर्न पाउनु पर्ने अधिकारको सुनिश्चितता, बैदेशिक रोजगारीमा जाने महिलाका लागि कामको प्रकृतिअनुसार आवश्यक ज्ञान प्रदान गर्दै आएको छ भने आवश्यक ज्ञान तथा सूचनाको अभावले गर्दा विदेशमा हुन सक्ने बिभिन्न किसिमको शोषण, दर्ूर्ब्यबहार र बिभेद जस्ता अमानवीय कार्यको शिकार हुनबाट बच्नको लागिसबै आप्रबासी महिलाहरुलाई संस्थाको संजालमा ल्याई उचित परामर्श तथा सहयोग गर्दै आएको छ ।
कार्यक्रमको पहिलो चरणमा बिभिन्न संघसंस्थामा आबद्ध भइ समाजसेवामा लागेका महिलाहरु श्री सरु जोशी, डा. शान्ता थपलिया, श्री दर्ुगा गुरुङ्ग, श्री सलिना जोशी, श्री चन्द्रकला गुरुङ्ग तथा श्री मनिसा लिम्बुद्धारा संयूक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरियो । कार्यक्रममा युनिफेमका शरु जोशीले समस्त महिलाहरुलाइ तीजको बधाइ दिदै अबका दिनमा महिलाहरु दतीवन र भोकै उपवास बस्नु भन्दा चुरा बजाएर खवरदारी गर्ने बेला आएको र उनीहरु आफनो हकहितको लागी एकजुट भइ लाग्नु पर्ने कुरा व्यक्त गर्नुभयो । त्यस्तै डा. शान्ता थपलियाले आउदो संबिधान सभाको लागी हरेक महिलाहरु सचेत भई हरेक क्षेत्रमा आफनो ५० ५ साझेदारीको लागी अगाडी बढ्नु पर्ने कुरा औल्याउनुभयो । यसै गरी अन्य बक्ता श्री दर्ुगा गुरुङ्ग, श्री चन्द्रकला गुरुङ्ग, श्री कृष्ण गुरुङ्ग , पौरखीका अध्यक्ष श्री मञ्जु गुरुङ्ग, संयोजक श्री बिजया र्राई श्रेष्ठ, सचिव श्री सत्रकुमारी गुरुङ लगायतका महानुभावहरुले मन्तव्य प्रकट गर्नुभयो भने कार्यक्रमको अर्को चरण मनोरञ्जनात्मक तीजको नाचगान, बिभिन्न खेल , मेहेन्दी तथा ब्यापारिक मेला बीच कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा पौरखीका अध्यक्ष श्री मञ्जु गूरुङ्गद्धारा पौरखी नेपालसँग हातेमालो गर्दै वैदेशिक रोजगारीमा लागेका महिलाहरुको हक अधिकार सुनिश्चित पार्ने अन्य निकाय तथा तीज महोत्सवका लागी प्रत्यक्ष रुपमा सहयोग पुुर्याउँदै आउनु भएका प्रभु बैक, स्काइ ओभरसिज, ग्लोबल बैक, आ.एम. इ, सगरमाथा टिभी, सांग्रीला होटल, तथा स्थापनाकाल देखी नै अत्यन्त सहयोग गर्दै आएका युनिफेम र निड्स प्रति बिशेष आभार प्रकट गर्नुभएको थियो भने उहाहरुको योगदानको लागी मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा बैदेशिक रोजगारसंग सरेकार राख्ने ब्यक्ति, संस्था , बैदेशिक रोजगारबाट फर्केका महिलाहरु र तीनका परिबार तथा बिभिन्न संचारकर्मीको उपस्थिति थियो । बास्तवमा वैदेशिक रोजगारीमा लाग्ने महिलाहरुको हक, हित, अधिकार तथा सशक्तीकरणका लागि पौरखी नेपालसँग सरोकारवाला सबै तह र क्षेत्रबाट सहकार्य हुनु पर्ने आजको अपरिहार्यता मान्न सकिन्छ ।