मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

September 18, 2007

समस्याको समाधान कस्ले गर्ने ?


सागर श्रेष्ठ
नेपाल सरकारको फितलो बैदेशीक रोजगार सम्बन्धी निती नियम, म्यान पावरहरुको लार्पबाहि, कम्पनिले आफ्नो दाईत्वबाट पछि हट्नु, कामदार हरुको अनुभबको कमी आदीले गर्दा साउदी अरेवियामा मात्र भागेर काम गर्नेहरुको संख्या ३० हजार नाघी सकेको अनुमान गर्न सकिन्छ । यहाँका प्राय कम्पनिहरुले नेपालमा गरेको सम्झौता अनुसार तलब तथा सुविधा नदिनु, चार पांच महिना सम्म तलब नदिनु, कठिन काम गर्नु पर्ने आदी कारणहरुले गर्दा भागेर काम गर्नेहरुको संख्या दिन प्रतिदिन बढीरहेको छ । त्यति मात्र नभएर एक कम्पनि बाट सोझा नेपालीहरुलाई ललाई फकाई विभिन्न प्रलोभनहरु देखाएर कमिशन खाएर भगाएर अर्कै कम्पनिमा काम मिलाई दिने दलालहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै गर्ैइरहेको छ । यसरी कमीशनमा अर्को कम्पनिमा काम मिलाई दिदा एक ब्यक्ति बराबर एक दिनमा १ देखी १० रियाल सम्म कमिशन खाने गरेको थाहा भएको छ । यसरी भगाएर १०० जनालाई मात्र अर्को कम्पनीमा काम लगाई दिने हो भने महिनामा बसि बसि १५ देखी २५ हजार सम्म कमाउने गर्दछ ।
सम्बन्धीत निकायले यस विषयमा बेलैमा ध्यान नदिने हो भने निकट भविश्यमा यसले विकराल रुप नलिएला भन्न सकिन्न । कति पय भागेर काम गर्ने नेपालीहरुले साउदी अरेवियामा अनुमति नदिएको कामहरु -रक्सी पिउने तथा बेच्ने, तास खेल्ने तथा खेलाउन, केटीहरुको दलाल गने, जाँड रक्सी बनाउने, भिषा किन्ने बेच्ने आदी) गर्ने गरेकोले नेपाली कामदारहरु प्रति हर्ेर्ने दृष्टिकोणमा विस्तारै बदलीन थालेको महसुस हुन्छ । केही समय अगाडीको कुरा हो साउदी अरेवियामा पहिलो पटक ठूलो मात्रामा एक नेपालीले बेच्न लगेको रक्सी साउदी पोलीसले बरामद गरेको थियो । उक्त गाडीमा २४ बक्स रक्सी भएको प्रहरीले् जनाएको थियो । अहिले उक्त नेपाली साउदीको जेलमा नेपाल जाने दिन गन्ती गरि बसेको छ । त्यसै गरी गैर रुपमा काम गर्ने दर्ुइ नेपालीको गाडी दर्ुघटनामा मृत्यु भएकोले लास नेपाल पठाउन समस्या भएको थाहाहुन आएको छ भने कतिपय जेलमा भएको थाहाहुन आएको छ ।
हिजै मात्र साउदी अरेवियाको जेद्वा जेलबाट रविन रायमाझी बाग्लुङ्गले दिएको जानकारी अनुसार जेद्वा जेलमा अहिले १०० औं नेपालीहरु घर जान नपाएर अलपत्र परेको जानकारी गराउनु भएको छ । वहाँको अनुसार कोठा नं १४ मा ४० जना र अन्य दर्ुइ कोठामा क्रमश ६५ र ११५ जना नेपालीहरु नेपाल र्फकनलाई नेपाली दुताबासको सहयोग पर्खि बसेको बताउनुहुन्छ । त्यहाँ जेलमा अहिले ७ दिन देखी ४६ दिन सम्म नेपाल जान नसकेका नेपालीहरुछन । अहिले मुस्लीमहरुको पवित्र चाड रमाहादान परेकोले खानामा पनि समस्या भएको वहाँको गुनासो छ । दिनभरी पानी पनि पिउन नपाएर भोकै बस्नु पर्दा प्राय नेपालीहरुलाई विमारीले चापेको वहाँको भनाई छ । त्यस ठाँउबाट उद्वारको लागी विभिन्न ठाँउ नातेदारहरुमा फोन गर्दा प्रति मिनेट ५ साउदी रियाल नेपाली करिब १०० तिर्नु परेको पिडा वहाँको छुटै छ । फोनको पैसा सामुहिक उठाउने गरेको वहाँ बताउनु हुन्छ ।
वहाँ आक्रोसीत हुदै भन्नुहुन्छ अन्य देशको एम्बेसीको क्रमचारी हप्तै पिच्छे आएर आफ्नो देशको नागरीकहरुलाई पठाउँछन तर हाम्रो देशको दुताबासका कर्मचारीहरु महिनौ वित्दा एक चोटी पनि भेट्न नआएकोमा रोष्ट ब्यक्त गर्नुहुन्छ साथै एम्बेसीमा धेरै पटक फोन गर्दा पनि फोन नउठाएको वहाँको गुनासो छ । यस विषयलाई लिएर पि एन एन ले पनि ३-४ चोटी सम्म फोन मार्फ दुताबासमा सर्म्पर्क गर्न खोज्दा फोनमा सर्म्पर्क हुन सकेन । त्यसैले गर्दा वृष्तृत रुपमा के कसो हो बुEmन सकिएन ।
यि यस्ता समस्याहरु दिन प्रतिदिन बढी रहेको छ । यसको समाधान कस्ले गर्ने - नेपाल सरकार - श्रम मन्त्रालय - बैदेशिक रोजगा विभाग - म्यान पावर - दलालहरु - कामदार आफै - कम्पनी - एम्बेसी - सम्बन्धीत निकाएको ध्यान जाओस ।

Comments »

The URI to TrackBack this entry is: http://meronepals.blogsome.com/2007/09/18/p456/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes