मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

December 11, 2007

मरेपनि मरोस मलाई मतलब छैन, मलाई नेपाल फर्काई दिनुहोस ।

सागर श्रेष्ठ
भन्छन श्रीमान श्रीमतिको झगडा परालको आगो, अनि श्रीमान श्रीमति विचमा भएको हजारौं गल्तीहरुलाई माफ गरिन्छ तर यहाँ उल्लेख गर्नु खोजेको कुरामा त्यसो भएन । एक नेपाली महिलाको पिडा न त त्यो जागीर दिनेले बुEmन सक्यो न त संगै जीउने संगै मर्ने भन्ने श्रीमान ले नै बुEmन सक्यो । आज भन्दा करिब २-३ महिना पहिले घरमा सामान्य झगडा भई माईति गएकि आफ्नी श्रीमतिको एक्कासी आपतमा परेकी छे विदेशमा भन्दा नवलपरासी माकर २ बार्देघाट चिसापानीको दर्ुजा बुढामगर तिनछक परेका छन ।
पि एन एन लाई प्राप्त जानकारी अनुसार वहाँको श्रीमति सामान्य झगडा पछि माईति गएकी थिईन माईतिमा बस्दा मानव तस्कर दलाली रुपन्देही जील्ला खैरेनि निवासी कृष्ण पौडेलले ललाई फकाई मौकाको फाईदा उठाउदै विभिन्न प्रलोभनहरु देखाउदै बम्बाई मार्फ साउदी अरेवियामा बेच्न सफल भयो । ठूलो सपना बोकेर प्रदेश लागेकी अस्मीता बुढामगर -नाम परिवर्तन) ले आफ्नो सपना बुन्दा बुन्दै साउदीको शारिरीक तथा मानसीक टचर खेप्नु पर्‍यो जस्को कारणले गर्दा मर्नु भन्दा बहुलाउनु बेस भन्ने उखानलाई सम्जेर साउदीको घरबाट भाग्न सफल भईन । तर भागेर कहांजाने - उनी बाटोमा बसेर रुनु सिवाय अर्को विकल्प रहेन विरानो देशमा को नै आफ्नो हुन्छ र - उनि रोई रहेको एक नेपालीले देख्यो पछि उनलाई त्यो नेपालीले साउदी अरेवियाको दमाम स्थित एक नेपाली होटलमा लगेर छाडी दियो । उक्त महिला नवलपरासीको भएको हुनाले उद्वार गर्नको लागी नवलपरासी प्रवासी सर्म्पर्क मञ्च २००३ दमामका अध्यक्ष श्री बिरेन्द्र चौधरीलाई जानकारी दिईयो । एक कुसल समाजसेवी विरेन्द्र चौधरी आफ्नो डिउटीनै छाडेर उक्त होटलमा आई उनलाई ठूलो रिस्क लिएर टेक्सीमा हाली दमाम स्थित फिर्ती महिला झेलखानमा छाडेर र्फकनु भयो । उनी नेपाल र्फकने आशामा त छिन तर नेपाल फर्केर पनि आफ्नो श्रीमानले स्वीकार नगर्ने कुरा उनि गर्छिन किनकी उनि श्री मानलाई थाहै नदिई माईतिबाटै दलालको चिप्लो बोलीमा लठिएर साउदी अरेविया आएकी हुन । काम नजानेकै कारण उनलाई साउदीले शारिरिक तथा मानसीक टचर दिन थालेकोले सहनै नसकेर घर छाडेर भागेको उनी वताउछीन । कसैले टिकट उपलब्ध गर्राई दिएमा उनी नेपाल र्फकन सक्ने वहाँको गुनासो छ । स्वदेशमै र्सबश्व गुमाउदै साउदी अरेविया आई पुगेका धेरै नेपाली दिदीबहिनी हरुले काम नजानेकै र भाषाको कारणले गर्दा शारिरीक तथा मानसीक टचर पाउने गरेको पाईन्छ । यहाँ भन्दा एक महिना अगाडि नेपाली दुताबासमा दशैं मनाउने क्रममा जांदा एक महिना पहिले देखीनै त्यहाँ ६-७ जना त्यस्तै समस्याहरु भएकी नेपाली दिदीबहिनीहरु एम्बेसीको शरणमा नेपाल र्फकने आशामा बसी रहेकी थिईन । त्यहाँ एक नेपाली बहिनीकोत गालामा पोलेको डाम नै देख्न सकिन्थ्यो । वारिस अन्सारीको अनुसार त्यस बेला दमाम झेलखानामा ६ जना महिलाहरु रहेको तिनीहरुसंग एक सरो भन्दा लुगा नभएकोले आफुले केही कपडा किनेर दिएको बताउनु हुन्छ । यसरी दिन प्रतिदीन नेपाली दिदीबहिनीहरु समस्यामा पर्ने गरेको देखीन्छ गल्फ देशहरुमा । यदि सरकारले दलालहरुलाई कडा भन्दा कडा कार्बाही गर्ने हो र नेपाल बाटै ट्रेनीङ्ग दिएर पठाउने हो भने नेपाली दिदीबहिनीहरुले यस्ता समस्या भोग्नु पर्ने थिएन की - सम्बन्धीत निकायको ध्यान जाओस ।

Comments »

The URI to TrackBack this entry is: http://meronepals.blogsome.com/2007/12/11/p459/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes