नुमापुङ्गको जन्म दिवस भब्यताको साथ सम्पन्न ।
सागर श्रेष्ठ/साउदी अरेविया
साउदी अरेविया जहाँ परिवार सहित बस्ने नेपालीहरुको संख्या उल्लेख्य नभएता पनि १०० औं को संख्यामा भई सकेको अनुमान गर्न सकिन्छ । पछिल्ला दिनहरुमा प्रवासी नेपालीहरुको जमघट हुने माध्यम भनेको साना साना बच्चाहरुको जन्मदिवस हो । विगत केहि महिना देखी प्रत्येक महिना जसो एक दर्ुइवटा बच्चाहरुको जन्मदिवस भब्यताको साथ मनाउने गरेको पाईन्छ । अझ रोचक कुरा के छ भने यस्ता जन्मदिवस हरुमा आफ्ना नातेदार, साथीभाईहरुको उपस्थितिको बाबजुद साउदी अरेवियामा रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, बुद्विजीवीर्,र् इन्जीनियर, पत्रकार, र्सबसाधारण आदीको साथसाथै दुताबास परिवारको समेत उपस्थितिले गर्दा कार्यक्रम अन्यन्त रमाईलो र औपचारिक हुने गरेको पाईएको छ ।
यसै क्रममा मिति २००७ मार्च २८ तारिखको दिन साउदी अरेवियाको रियाद स्थित एक स्थारामा माथि उल्लेखित ब्यक्तिहरुको उपस्थितिमा के. वि. यावा र विमला यावाको शुपुत्री नुमापुङ्गले पहिलो वशन्त पार गरेको पावन अबसरमा नेपाली परिकारको खाना सहित भव्य रुपमा पहिलो जन्म दिवस मनाएको छ । उक्त अवसरमा सम्पर्ुण्ा उपस्थिति महानुभाबहरुले उपहार सहित जन्म दिवसको उपलक्ष्यमा नुमापुङ्गको सुस्वास्थ्य, दिर्गायु र उत्तरोतर प्रगतिको कामना गरेका थिए ।