नेपाली दुताबास रियादको लागी जनदुत हमिद अन्सनरिलाई औपचारिक स्वागत ।
नेपालमा लोकतन्त्र पश्चात पहिलो लोकतान्त्रीक राजदुत महामहिम जनदुत हमिद अन्सारी ज्यूलाई गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाको पहलमा विभिन्न संघ संस्थाको तर्फाट औपचारिक स्वागत गरिएको छ ।
गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाको केन्द्रीय बोर्डको अध्यक्ष श्री गोपाल घिमीरे ज्यूको सभापतित्वमा सञ्चालीत उक्त स्वागत तथा विदाई समारोहमा रियाद स्थित एक हलमा नेपाली दुताबास परिवार, एनआरएनए केन्द्रीय बोर्डका सदस्यहरु, सल्लाहकार बोर्डका सदस्यहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, बुद्विजिबी, पत्रकार, लेखक, साहित्यकार, ब्यापारी, कलाकार, र्सबसाधारण १०० औं ब्यक्तिहरुको उपस्थिीतिमा एक समारोह विच गैर आवसीय नेपाली संघ राष्ट्रिय परिषद साउदी अरेवियाको केन्द्रिय बोर्डको अध्यक्ष श्री गोपाल घिमीरे ज्यू र आईसीसी सदस्य श्री राम बहादुर बेलबासे ज्यूले संयुक्त रुपमा पुश्प गुच्छाहरु प्रदान गरेर औपचारिक रुपमा स्वागत गरिएको थियो उक्त स्वागत समारोहमा सम्पर्ुण्ा उपस्थित महानुभाबहरुले उठेर सम्मानपर्ुव तालिको गडगडाहटले हलनै गुन्जयमानहुने गरि स्वागत गरिएको थियो ।
उक्त अबसरमा ४ बर्षसम्म नेपालीहरु म्ााझ रहेर नेपालीहरु आपत विपतमा परेको बेला सक्दो सहयोग पुर्याउनुहुने द्वय प्रथम सचिव श्री लोक बहादुर थापा र विश्वनाथ पनेरु ज्यूलाई वहाँहरुले प्रवासी नेपालीहरुलाई गर्नुभएको सहयोगको उच्च मुल्याङ्कन गर्दै सम्पर्ुण्ा संघ संस्थाको प्रतिनिधीत्व गर्दै एनआरएनए साउदी अरेवियाको तर्फाट प्रशंसा पत्र प्रदान गएकिो थियो साथै उक्त विदाई समारोहमा पनि सम्पर्ुण्ा उपस्थित महानुभाबहरुले उठेर तालीको गडगडाहटमा विदाई गरिएको थियो । उक्त स्वागत तथा विदाई समारोह कार्यक्रम एनआरएनए साउदी अरेवियाका सचिव तथा प्रवासी नेपाली डट कम्का निर्देशक श्री सागर श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।
उक्त स्वागत तथा विदाई समारोहमा स्वागत मन्तब्य अब्दुल्ला गुरुङ्ग ज्यूले दिनु भएको थियो । एनआरएनएको बारेमा बृस्तृत जानकारी आईसीसी सदस्य श्री राम बहादुर बेलबासे ज्यूले दिनु भएको थियो भने दमाम क्षेत्रमा स्थापित सम्पर्ुण्ा संघ संस्थाको प्रतिनिधीत्व गर्दै श्री हरि घिमीरे ज्यूले शुभ कामना दिनु भएको थियो भने रियाद क्षेत्रको तर्फाट श्री भिम बहादुर थापाले दिनु भएको थियो । त्यसै गरि श्री अजिर रहमान ज्यूले स्लामिकहरुको तर्फाट शुभकामना दिनु भएको थियो भने स्लामिक कानुनहरुको बारेमा श्री सलिम साजीद ज्यूले प्रकाश पार्नु भएको थियो । उक्त अबसरमा प्रवासी नेपालीहरुलाई साथै एनआरएनए साउदी अरेवियालाई श्री लोक बहादु थापा र विश्व पनेरु ज्यूले विशेष धन्यबाद दिनु भयो र जहाँ भए पनि जहिले पनि सम्झना र सहयोग भईरहने प्रतिबद्वता जनाउनु भएको थियो ।
कार्यक्रममा सागर श्रेष्ठ ज्यूले सम्पर्ुण्ा प्रवासीहरुको साझ समस्याहरु बुँदागत रुपमा प्रस्तुत गर्दै दुताबासको ध्यानार्कषण गर्नु भएको थियो । मन्तब्यको क्रममा साउदी अरेवियाको लागी जनदुत श्री हमिद अन्सारी ज्यूले रात दिन खटेर भएपनि आफुले सकेजति सबै समस्याहरु हलगर्ने प्रतिबद्वता जनाउनु भएको थियो । वहाँले अब म शाही दुत होईन जतनताको दुत हुँ म यहाँ भाषण भन्दा बढि काम गर्न चाहान्छु तंपाईहरुको साथ चाहिन्छ भन्नुभयो । वहाँले विचविचमा गहकिला मनैछुने र्साईरिहरु हिन्दीमा प्रस्तुत गर्दै त्यसलाई नेपालीमा पनि उल्था गर्दै देश विकास र प्रवासी नेपालीहरुको आर्थिक स्थिती कसरी उकास्न सकिन्छ भनेर आफ्नो विचार पनि राख्नु भएको थियो । साउदी अरेवियाको उच्च पदाधिकारीहरु संग भेट गरेर विभिन्न प्रस्ताबहरु राखिसकेको समेत खुलासा गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति श्री गोपाल घिमीरे ज्यूले उक्त कार्यक्रम सफल बानाउनलाई आ आफ्नो क्षेत्रबाट योगदान दिनुहने सम्पर्ुण्ा महानुभाब साथै विशेष धन्यबाद स्लामिक सेन्टरका मित्रहरुलाई दिनु भएको थियो । दुताबास र एनआरएनएको समझदारीमा मिलेर जस्तोसुकै समस्यापनि हल गर्न सक्ने भएको हुदा सबैलाई एनआरएनएमा सदस्याता समेत लिनहुन अनुरोध गर्नु भएको थियो ।
औपचारिक रुपमा कार्यक्रमको समापन पछी काँस्की पोखरा निवासी दिल्ली राम भण्डारी आफुले सम्झौता गरे बमोजीमको तलब नदिए पछि भागेर अर्कैठाउमा कामगर्ने क्रममा दर्ुघटना भई बैसाखिको भरमा जीउदो लासलिएर बाँचीरहेकोले आफु नेपाल र्फकन चाहेको तर आफु संग राहदानी र नेपाल सम्म पुग्ने खर्च नभएकोले सहयोगको लागी दुताबासलाई आग्रह समेत गर्नु भएको थियो । अन्तमा चियापान समारोहको साथ कार्यक्रम बेलुकाको करिब ७ः३० बजेतिर सकिएको थियो ।