मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

April 5, 2008

प्रवासी नेपाली सेवा समितिको १० औं बाषिर्क उत्सब तथा महाधिबेशन सम्पन्न

सागर श्रेष्ठ/साउदी अरेविया

साउदी अरेविया स्थित दमामको नेपालीहरुको सबै भन्दा जेठो संस्था प्रवासी नेपाली सेवा समितिले आफ्नो १० औं वाषिर्क उत्सव तथा महाधिवेशन भव्यताको साथ सम्पन्न गरेको छ । साउदी अरेवियाको लागी पहिलो लोकतान्त्रीक राजदुत श्री हमिद

Darsakharu
अन्सारीको प्रमुख आतिथ्य तथा निवर्तमान अध्यक्ष श्री कुल प्रसाद कार्की ज्यूको सभापतित्वमा दमाम स्थित एक हलमा सम्पन्न उक्त कार्यक्रममा नेपाली दुताबास साउदी अरेवियाको लागी प्रथम सचिव लोक बहादुर थापा, पुष्पराज भटर्राई, गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति साउदी अरेवियाका अध्यक्ष श्री गोपाल घिमिरे लगायत विभिन्न संघ संस्थाको प्रतिनिधीर्,र् इन्जीनियर, व्यापारी, साहित्यकार, पत्रकार, लेखक आदिको उलेखनीय उपस्थिती रहेको थियो ।


Hamid Ansari
उक्त कार्यक्रममा स्वागत मन्तव्य श्री टिका रिजाल ज्यूले, प्रवासी नेपाली सेवा समितिको विगत देखी वर्तमान सम्मको गतिविधी सम्बन्धी तारा नाथ भण्डारी ज्यूले प्रकास पार्नु भएको थियो भने प्रतिबेदन महा सचिव श्री हेम कुमार खड्का ज्यूले प्रस्तुत गर्नु भएको थियो ।

Lok Bahadur Thapa

त्यसैगरि कुल चालु बचत साउदी रियाल ७,८७० रहेको आर्थिक प्रतिबेदन कोषाध्यक्ष्य श्री अञ्जान पोखरेल ज्यूले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमलाई रोचक र मनोरञ्जन पर्ुण्ा बनाउनलाई गाएककारहरु तिलक गुरुङ्ग, छन्तबहादुर कार्की र रोम थापा मगरले आफ्नो सुरीलो भाकाहरुमा हललाई गुन्जयमान पारेको थियो । उक्त गितहरु प्रस्तुत गर्दा अतिथी लगाएत अन्य उपस्थितीहरु स्टेजमा आएर नाचेको पाईन्थ्यो । कार्यक्रम अञ्जान पोखरेल ज्यूले सञ्चालन गर्नु भएको थियो ।

Pusparaj Bhattarai
मन्तव्य दिने वक्तहरुमा गोपाल घिमीरे, रविन्द्र बराल, डा. वाई वि क्षेत्रीर्,र् इ. धरम के सी, राजपती गुरुङ्ग, दर्ुगा गुरुङ्ग लगाएतले कार्यक्रमको सफलताको कामनाको साथै साउदी अरबमा नेपालीहरुले भोग्नु परेको समस्याहरुमाथी प्रकास पार्नु भएको थियो । उक्त अबसरमा समाज सेवामा उत्कृष्ट योगदान पुर्‍याए बापत श्री यम बहादुर लिम्बुलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

Taranath Bhandary त्यस पछि पहिलो चरणको कार्यक्रमको समापनको घोषणा श्री कुल प्रसाद कार्की ज्यूले गर्नु भयो र श्री मोती गिरीको संयोजकत्वमा मोहन पाठक र रमेश ठकुरीको एक निर्वाचन मण्डल बनाई नयाँ कार्य समिति बनाउन जिम्मा दिएको थियो उक्त निर्वाचन मण्डलले तारा नाथ भण्डारीको अध्यक्षतामा ९ सदसीय केन्द्रिय समिति बनाएको छ । तर नव निर्वाचित सबै केन्द्रिय समितिहरुमा पुरानै अनुहार रहेको छ ।

Gopal Ghimireजस अनुसार अध्यक्ष श्री तारा नाथ भण्डारी, उपाध्यक्ष्य श्री टिका रिजाल, महा सचिव श्री हेम कुमार खड्का, सचिव श्री विष्णु अधिकारी, कोषाध्यक्ष श्री अञ्जान पोखरेल, सदस्यहरुमा श्री भरत के सी, श्री यम बहादुर लिम्बु, श्री लेखनाथ योगी, श्री मेघराज दहाल रहेका छन ।

Dr. Y. B. Chhetri

उक्त नयाँ कार्य समितिको अध्यक्षलाई जेष्ठ सदस्य डा. युद्व बहादुर क्षेत्रीले शपथ ग्रहण गराउनु भएको थियो भने अन्य सदस्यहरुलाई अध्यक्षले गराउनु भएको थियो ।

Anjan Pokhrel
मन्तब्यको क्रममा पुष्प राज भटर्राईले भागेर र भगाउने कामको बन्देज गर्नको लागी सबैले सहयोग गर्नु पर्नेमा जोड दिएको थियो । साउदीमा हाउसमेडको काममा आउने नेपाली महिलाहरुको पनि धेरै समस्या भएकोले ध्यानाकर्षा गराउनु भएको थियो ।

See off to Lok Bahadur Thapa

त्यसै गरी प्रथम सचिव लोक बहादुर थापाले बैदेशीक रोजगारलाई परिमार्जीत गर्नुपर्ने नेपाल सरकारको एक जना साथी घर पठाउ अभियान सफल पार्न सबैले प्रयास गर्नु पर्ने आदि बिषयमा प्रकास पार्नु भएको थियो । साथै आफु नेपाल र्फकन लागेकोले ४ बर्षो दौरानमा साउदी अरेवियामा स्थापित संघ संस्थाहरुले गरेको सहयोगको लागी धन्यबाद पनि दिनु भएको थियो ।

कार्यक्रमको अन्तमा लोक बहादुर थापालाई प्रवासी नेपाली सेवा समितिको तर्फाट उपहार स्वरुप बिदाई गरेको थियो । मन्तब्यकै क्रममा महामहिम हमिद अन्सारी ज्यूले धेरै लामो समय देखी उक्त संस्थाले नेपालीहरुको समस्यामा पुर्‍याएको योगदानको प्रशसा गर्नु भएको थियो । साथै आफुले प्रवासी नेपालीहरुको हितको साथै देशको हितको लागी प्याकेज कार्यक्रम लिएर आएको स्पष्ट पार्नु भएको थियो र डोल्मा शर्ेपालाई मृत्यु दण्डबाट बचाउन प्रयास भईरहेको जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको अन्तमा सभापति श्री कुल प्रसाद कार्की ज्यूले कार्यक्रम सफल पार्नलाई आ आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउने सबैलाई धन्यबाद दिदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://meronepals.blogsome.com/2008/04/05/p466/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes