मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

May 21, 2008

अनेसासको १६ वर्षपहिलेको भिजन बल्ल अहिले नेपालमा लागु हुदै छ ।

होमनाथ सुबेदी साहित्यीक आकाशमा कुनै नयाँ नाम होईन । वहाँ त एक चम्कीलो तारा हुनुहुन्छ जसले साहित्यीक पथमा हिडेका ब्यक्तिहरुलाई प्रकाश दिने काम गर्नु भएको छ । उहाँ एक चम्कीलो तारा हुनुहुन्छ भन्दा फरक नर्पला । विदेशमा रहेर पनि प्रत्येक पल पलमा नेपाल, नेपाली र नेपाली साहित्यलाई सम्भिm रहने अनि हरेक समुदायमा नेपाली भाषा, सहित्य, कला र सँस्कृतिको सम्रक्षण र विकासमा लागी परिरहनु भएका बरिष्ठ साहित्यकार श्री होम नाथ सुबेदी संग प्रवासी नेपाली डट कम (पि एन एन) का निर्देशक श्री सागर श्रेष्ठ ज्यूले अहिलेको वर्तमान पर्रि्रेक्ष्यमा समसामयिक विषयमा लिनु भएको अन्तरवार्ताको सार संक्षेप हाम्रा प्रिय पाठकहरुको लागी प्रस्तुत गरेका छौं ।
वहाँसंगको परिसम्बाद प्रस्तुत गर्नु भन्दा पहिले म वहाँको बारेमा साधरण जानकारीको साथमा वहाँद्वारा लिखित कृतिहरु र वहाँले पाउनु भएको सम्मानहरुको बारेमा प्रकास पार्न चाहान्छु ।

होमनाथ सुवेदी, अनेसासको केन्द्रिय बोर्डको संस्थापक अध्यक्ष हुनुहन्छ ।

जन्म : अक्टोबर १०, १९४७ ताकम-म्याग्दी
हाल : अमेरिका ।
शिक्षा : एम।. ए., वि. एड.

Email; hsubedi@gmail.com , Phone; 703-491-1014
Present address; 1727 Horner Road,
Woodbridge, VA 22191

प्रकाशित कृतिहरुः
उपन्यास- न्याउली -बि.सं.२०४३, नजर- बि.सं.२०४४,
त्रिमर्ूर्ति- बि.सं.२०४४,
वीणा- बि.सं.२०४५, रत्ना- बि.सं.२०४३, द्यौराली- बि.सं.२०५१ र
अड्ढुर- वि.सं.२०५३, यमपुरीको महल वि.सं.२०६४

कविता संग्रह- प्रबासी स्वर- वि.सं. २०५४,
आप्रवासका सुसेली वि.सं. २०६३ ,

गजल संग्रहः सेतो गाजल वि.सं. २०६४,

खण्डकाव्य-छयासीको छवि-२०६४, ग्र्रहग्रस्त दिवाकर-प्रस्तुत ।

कथा-नेपाली लोक कथा- -छन्त्यालको छेउछाउबाट)
वि.सं२०५२, चिरिएको मुटु- कथा संग्रह २००७ ।

समालोचना- नवछायावादको छवि-२००८

विविध-’ताकम दर्पण’ सहलेखन वि.सं. २०५५,

प्रकाशनोन्मुख-समुद्रपारका समालोचना -समालोचना संग्रह),
अन्तर्दाह उपन्यास,

पुरस्कार, सम्मान तथा अभिनन्दन :
· “अड्ढुर” वि.सं.२०५३, उपन्यासका लागि रत्न श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार २०५४,
· र्सर्ूयनारायण पुरस्कार गुठी, म्याग्दीबाट भाषा र साहित्यमा गरेको योगदानको लागि २०६२ को ‘र्सर्ूय नारायण पुरस्कार’,
· “आप्रबासका सुसेली” कविता संग्रहका लागि अनेसास रोहिणी शर्मा धवलागिरि उत्कृष्ट पुस्तक पुरस्कार २००७
· डायास्पोरा नृपध्वज कार्की नेपाली साहित्य प्रथम पुरस्कार-२००७
· विभिन्न संस्थाद्वारार अभिनन्दित
· एएन्एबाट १९९७मा कदरपत्र,
· “Poet of the Merit Award Medal” and “Outstanding Achievement in Poetry Silver Award Cup” awarded by The International Society of Poets (ISP) 2003

· २००४मा एएन्ए तथा कविता महोत्सव समिति अरिजुनाबाट नेपाली साहित्यको निमित्त आप्रवासमा संस्थागत विकासका लागि “Pioneer of Nepali Literature in the Nepali Diaspora” -आप्रवासका नेपाली साहित्यका अग्रज) को उपाधि प्रदान ।

प्रतुत छ प्रवासी नेपाली डट कम (पि एन एन) को लागी होमनाथ सुवेदीसित सागर श्रेष्ठको परिसम्वादको सार संक्षेप ।
पि एन एन : अमेरिकन कल्चर के हो ?
होमनाथ : वास्तवमा अमेरिकन कल्चर नै छैन । यो त अन्डर कन्स्ट्रसन छ । अमेरिकन संस्कृति भनेको विश्वबाट यहाँ आएका सम्पर्ूण्ा इम्रि्रान्टहरूको समेत साझा रहनसहन नै अमेरिकन संस्कृति हो । जो अझै परिस्कृत हुदै गइरहेको छ ।
पि एन एन : नेपालीहरूले अमेरिकन कल्चर र परम्परालाई कसरी आत्मसात् गरिरहेछन् ?
होमनाथ : हामीलाई केही अप्ठ्यारो लागे पनि हाम्रा सन्तान छोरानाती जो यहाँ जन्मे हर्ुर्के उनीहरुले यहाँको अर्धसंस्कृत कल्चरको नेतृत्व गरेका छन् । हाम्रो लागि यो अर्ध लागे पनि हाम्रा सन्तानको लागि यही नै मातृसंस्कृति हो र उनीहरु मेरो जन्मस्थान र मेरो जन्म संस्कृति भएको नेपालको गाउँको मैले प्यार गरे जस्तै उनीहरु यहाँको स्थान र संस्कृति भनौं रहनसहनलाई नै मन पराउँछन् । यस्तो गरी हुने संस्कृतिको एडप्शनको कुरो नेचरमा सारै सजिलो र भैरहने कुरो हो ।
पि एन एन : नेपाली र अमेरिकन चाड पर्वमा कुन् मनाउनुहुन्छ त ?
होमनाथ : हामी दशैं तिहार मनाउछौं र थ्याङ्कस्गिभिङ्ग र क्रिस्मस पनि मनाउछौं । हाम्रो आइडेन्टिटीको लागि हामीलाई आफ्नो चार्डपर्व आफ्नो दालभात र भाषा अनि साहित्य नै मन पराउछौं तर केटाकेटीलाई अमेरिकन मन पर्छ तापनि नेपाली मूलका हौं -पिएन्ओ) त्यसैले हाम्रो मूलको आइडेन्टिटीको लागि हाम्रो भाषा हाम्रो साहित्य हाम्रो कला र हाम्रो संस्कृति नै हाम्रो आफ्नो सम्पत्ति हो, बिश्वका अरु जातिको सामू हामी नेपालीको गौरव पनि यही हो भनेर हामी हाम्रो आउने पिढीलाई प्रशिक्षित गर्दै गइरहेका हुन्छौं ।

पि एन एन : यसैमा सर अर्को प्रश्न, भाषा कक्षाहरु पनि चलाउनु भएको छ र ?
होमनाथ : अगिकै कुराको परिणाम हो तपाईले डिसीमा ‘स्कुल अफ ल्यागोजेज एन्ड कल्चर अफ नेपाल’ जस्तो नेपालका भाषा सिकाउने स्कुल र कक्षाहरु अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजले खोलेर स्थानीय नेपालीहरूलाई संचालन गर्न प्रोत्साहित गरिरहेछ ।

पि एन एन : अनेसास भनेको के अरे एक पटक हाम्रा पाठकबृन्दहरुलाई स्पष्ट पारिदिनु हुन्छ कि ?

होमनाथ : अगि भने जस्तै त्यस्तै यो नेपाली संस्कृतिको प्रश्न विदेशमा आज एक डायास्पोरा कल्चरको रुपमा विकसित भैरहेको छ । यो खास गरी नेपाली साहित्यमा प्रखर भएर अगाडि आएको छ जस्को नेतृत्व आज अनेसासले विश्वभर छरिएर रहेका सम्पूण नेपाली लेखक कलाकारलाई अगाडि बढाएर गरिरहेछ ।
पि एन एन : डायास्पोरिक साहित्यको प्रथम नमुनाको रुपमा उल्लेख्य कुनै एक कला वा कृति के हो भन्नुहुन्छ कि ?
होमनाथ : डायस्पोरा साहित्यको प्रथम उपन्यासको रुपमा मेरो आफ्नै उपन्यास ‘यमपुरीको महल’लाई ‘उत्तरआधुनिक विमर्श’ले अगाडि सारेको छ । यो नेपाली डायास्पोरिक संस्कृति निर्माणको महायज्ञको सुभारम्भ हो । यसको प्रकाशक पनि अनेसास नै हो ।
पि एन एन : अनेसासको डायस्पोरामा निकै ठूलो योगदान रहेछ । यसका शाखा प्रशाखा पनि त होलान नि हैन र ?
होमनाथ : ऐले अनेसासका अमेरिकामा मात्र २० वटा च्याप्टर छन् । अमेरिका बाहिर विदेशमा २० वटा च्याप्टरले काम गरिरहेछन् । यिनीहरुको उत्पादन सही अर्थमा नेपाली डायास्पोरिक संस्कृतिको जितोजाग्दो चित्र बन्नेछ ।

पि एन एन : के अनेसासले नेपालका भाषा साहित्यको विकासको लागि प्रोत्साहनको पनि व्यवस्था गरेकेा छ ?
होमनाथ : किन न गर्ने ? अनेसासको उद्देश्य स्वयम् लेख्नु मात्र हैन लेखाउनु पनि हो र लेखाउन प्रोत्सिाहित गर्न पुरस्कारहरुले ठूलो पाठ खेल्न सक्छन् त्यसैले अनेसासले हाल १७ वटा पुरस्कार संचालन गरिरहेछ ।
पि एन एन : ऐले कसैकसैले नयाँ नेपालको सर्न्दर्भमा ‘अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज’ को नाम फेरेर ‘अन्तर्रर्ााट्रय खसभाषा साहित्य समाज’ भन्नर्ुपर्छ भन्ने तर्क पेश गरेको पाइन्छ नि । यसमा यहाँको के विचार छ ?
होमनाथ : त्यसो भन्नेहरूले ‘अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज’को विधान न पढेको जस्तो मलाई लाग्छ । ‘अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज’ खस भाषाको लागि मात्र स्थापना भएको हैन न त यो कुनै खसको मात्र धर्मको पक्षपातीको रुपमा स्थापना भएको हो ।
पि एन एन : तपाईहरुले नयाँ नेपालको सर्न्दर्भमा आएका कुरा सिक्नुपर्‍यो नि त जान्ने त यहाँ नै हुनुहुन्छ, होइन र ?
होमनाथ : नयाँ नेपालको कुरो निकालेर अनेसासलाई यिनीहरुले के सिकाउने - अनेसासले त आजभन्दा १६ वर्षपहिल्यै यो नयाँ नेपालको दर्शनलाई अगाडि सारिसकेको थियो । त्यसैले त अनेसासको विधानमा स्पष्ट रुपमा लेखेको छ कि अनेसासका उद्देश्यमध्ये एक नेपालका जनजातीय भाषा, साहित्य, संस्कृतिको विकास गर्नु हो ।
पि एन एन : के धर्मको बारेमा पनि अनेसासको आफ्नो दृष्टिकोण छ त ?
होमनाथ : किन न हुने ? त्यत्ति हैन हिन्दुहरूको धार्मिक डोमिनेशनबाट मुक्त गर्न अनेसासको विधानले त्यसै बेला अनेसासलाई र्’धर्म निरपेक्ष संस्था हो’ भनेर घोषणा गरेको छ । अनेसासले चाहेको कुरा नेपालमा ऐले आएर हुन गइरहेछ । त्यसैले नेपालमा नयाँ नेपालको नाराले अनेसासमा परिवर्तन गर्नु पर्ने केही छैन । बरु म यो भन्छु कि अनेसासको १६ वर्षपहिलेको भिजिन अनुसारको नेपाल ऐले आएर बन्न गइरको छ । त्यसैमा अनेसासलाई गौरव छ र मलाई पनि यस्तो भएकोमा अनेसासको संस्थापक अध्यक्षको नाताले अत्यन्त खुशी लागेको छ ।
पि एन एन : त्यसो भए ‘अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज’लाई ‘अन्तर्रर्ााट्रय खसभाषा साहित्य समाज’ भन्नु आवश्यक भएन , हैन र ?
होमनाथ : त्यसो गर्ने भन्ने कुरो त विखण्डवादी अराजकतावादी कुरो हो । आखिर हामी अन्तर्रर्ााट्रय क्षेत्रमा हामी जातिले त नेपाली हुँ नि । खालि नेपालका अरु भाषा र साहित्यको पनि विकास हुनर्ुपर्छ भन्ने सिद्धान्त र उद्देश्य अनुरुप चल्ने कुरो मात्र हो । त्यसैले त अनेसासले १६ वर्षअगाडि नै नेपाली भन्नाले खसभाषा इतर अरु भाषाहरुको विकासमा पनि जोड दिएको थियो । यी ऐले अनेसासमा नेपाली हटाएर खसभाषा राख्नर्ुपर्छ भन्नेहरु को हुन् भने या त यिनीहरुले अनेसासको विधान पढ्दैनपढेका व्यक्ति हुन् हैन भने यिनी पुराना मण्डले हुन् जो ऐले आएर मात्र नयाँ नेपालको सपना अगाडि आएको देखेर अनेसासमा सुधारको आदेश दिन्छन् । त्यसैले यी जुनसुकै पक्षका भए पनि अबोध व्यक्ति हुन् । उनीहरुले अनेसासको विधान पढुन् र अनेसासको दुरगामी भिजिनमा समाहित भएर अगाडि बढुन् । बस ! ऐलेको आवश्यकता यत्ति हो ।

पि एन एन : सिद्धान्त र विधानमा अनेसास वा तपाई संस्थापकहरुले नयाँ नेपालको नेतृत्व पहिले देखि नै गर्दै आउनुभएको रहेछ अन्त्यन्त खुशीको कुरा हो । तर पनि अनेसासका १७ पुरस्कारमा यौटा पुरस्कार पनि खसभाषा बाहेक अरुलाई राखिएको छैन नि यो के हो ?
होमनाथ : यो प्रश्न साँचो हो । छैन, त्यो बनाउने बातावरण पहिले भएन । तर अनेसासको उद्देश्य अनुसार खसभाषा बाहेक अरु भाषाका पुस्तकका लेखकहरुलाई पनि पुरस्कार राखिनर्ुपर्छ । नयाँ नेपालको नयाँ बहार आएको बेलामा यो अनुकुल परिवेशमा अनेसासको नवनिर्वाचित क्याविनेटले खसभाषा बाहेक नेपालका अरु जनजातीय भाषा र साहित्यको उत्थानको लागि पुरस्कार राखोस् । यो म चाहन्छु । यसले अनेसासको कमीलाई पुरा गर्नेछ र अरु पनि यस्ता कामहरु गर्न म ती विपक्षीहरुलाई आह्वान गर्दछु ।
पि एन एन : के अनेसासले खसभाषा बाहेक अरु भाषालाई कहिल्यै ध्यान दियो त ?
होमनाथ : राम्रो प्रश्न । म पहिलेदेखि नै समानुपातिक विकासको पक्षपाती हुँ र अनेसासबाट पनि जनजातीय भाषाको विकासको सर्न्दर्भमा मैले छन्त्याल भाषामा भएका लोककथाहरु संकलन गरें र ‘नेपाली लोक कथा’ -छन्त्यालको छेउछाउबाट) भन्ने पुस्तक अनेसासले प्रकाशन गरेको छ । त्यस्तै अर्को मेरै पुस्तक ‘छन्त्याल लोक कथा’ अनेसासको प्रेसमा छ ।
पि एन एन : केही प्रारम्भ त भएकै रहेछ नेपालकालाई नेपाली न भनेर के भन्ने त ?
होमनाथ : यस्तै प्रयास सबै सदस्यले गर्नु पर्‍यो नि । प्रोत्साहन पाइवेट स्तरमा हुनुपर्‍यो नि । संस्थाको कुनै दोष छैन । हामी कुरा काट्छौं तर काममा हात बडाउँदैनौं । यो प्रवृतिमा परिवर्तन हुनर्ुपर्छ अनेसासको विधानमा हैन । नेपालका नेपालीलाई नेपाली न भनेर के भन्ने - नेपालका भाषाहरुको विकास गर्न स्थापित अन्तर्रर्ााट्रय संस्थालाई ‘ अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज’ न भनेर के भन्ने ? ‘अन्तर्रर्ााट्रय खसभाषा साहित्य समाज’ भन्नर्ुपर्छ भन्ने कर्ुतर्क हो र यस्ता कुराले नेपालमा त विखण्डन सिर्जना गर्छ र नेपाल बाहिर डायस्पोरामा नेपालीको एकतामा फुट सिर्जना गर्ने साम्प्रदायिक कुरालाई मात्र प्रश्रय दिन्छ जुन् कुरो मेरो दृष्टिमा घातक हो । एन्टिआइएन्एल्एस् थाउट हो । । एन्टिनेपाली थाउट हो । हामीले नेपालीको एकता, सम्मान र परिचयको बाटो रोज्नर्ुपर्छ जहाँ नेपालका र नेपालबाहिर भएका नेपाली मूलका सबै नेपालीहरु अनेसासको अम्बे्रलामा रहन सकौं । कुरा त्यत्ति हो ।
पि एन एन : यी बीचमा कुरा काटिरहनेलाई के गर्ने त ?
होमनाथ : अन्यथा लोकतन्त्र आएको छ जो जसले जे तर्क पेस गरे पनि हुन्छ भनेर कर्ुतर्क पनि पेश गर्नेहरुलाई त मेरो भन्नु केही छैन तर हर एक संस्थाले आ आफ्नो विधान अनुसार काम गरेको हुनर्ुपर्छ । कुरा त्यत्ति हो ।

पि एन एन : अनेसासका पुरस्कार धेरै छन् तर अनेसासका पदाधिकारीहरुले नै यी पुरस्कारमा भाग लिन्छन् । अनेसासका विश्वभरका पदाधिकारी भाग लिने हो भने जित्ने पनि उनीहरु नै होलान् नि त । यो भएन भन्छन नि मान्छेहरु ।
होमनाथ : अनेसासको हेराइमा यो नेपालका भित्र वा वाहिर बस्ने संपर्ूण्ा नेपाली लेखकहरुको संस्था हो र सबै यसका सदस्य हुन्छन् र सबै पालैपालो यो संस्थाका पदाधिकारी पनि हुन्छन् हुनर्ुपर्छ । अनेसासका एवार्डहरु अनेससामा सम्बद्ध नेपाली साहित्यकारहरुले न पाए वा उनीहरुले न लिए के त्यो मेडिकल डाक्टरलाई दिन मिल्छ र ? वा के इलेक्टि्रकल इन्जिनियरलाई दिने हो कि के हो? के त्यसरी अनेसासको उद्देश्य पुरा हुन्छ ? हुदैन । बरु अनेसासको एवार्डहरुको उद्देश्य नै अनेसासका सदस्य लगायत सबै नया पुराना साहित्यकारलाई लेख्ने लेखाउने र लेख्नेलाई प्रोत्साहित गर्ने हो र यही प्रोत्साहनको काम अनेसास एवार्डहरुले गर्दछन् । त्यसैले अनेसासका सदस्य र पदाधिकारीहरुलाई अनेसासका एवार्ड भाग लिन दिने मात्र हैन अझ लिनकोेलागि अनेसास प्रोत्साहित गर्दछ ।
पि एन एन : उही संस्थाका मान्छेले भाग लिंदा त एवार्डको वैधता र विश्वनीयतामा प्रश्न उठ्दैन र ?
होमनाथ : यो कुरा अनेसास र अनेसास बाहिरको कुरो हैन । के अनेसासभित्रका सदस्यकै प्रतिद्वन्द्वितामा पनि त के एवार्डको वैधता र विश्वनीयता चाहिदैन र ? चाहिन्छ नि त्यसै अनेसास सदस्य भएको साहित्यकार हुन् वा अनेसासका सदस्य न भएका साहित्यकार हुन् सबैलाई एवार्डको वैधता र विश्वनीयताको आवश्यकता पर्दछ । त्यसैले अनेसासले छुट्टै स्वतन्त्र एवार्ड कमिटीको व्यवस्था गरेको छ । त्यो एवार्ड कमिटीमा हरएक एक हजार तिरेका अनेसासका सदस्यले एवार्ड कमिटीमा भाग लिन सक्छन्, उनीहरु चुन्न र चुनिन सक्छन् । तर एवार्ड कमिटीमा छानिएकाले एवार्डमा भाग लिन पाउँदैनन् । कसैले भाग लिनु परेमा एवार्डको वैधता र विश्वनीयताको लागि उनीहरु र उनका नजीकका नातेदारले एवार्ड कमिटीबाट राजिनामा गर्नुपर्छ । यो प्रावधानले अनेसासका एवार्डहरुमा एवार्डको वैधता र विश्वनीयता कायम राख्नुको साथ सबै साहित्यकारलाई अनेसासको पदाधिकारी भएर काम गर्न अनेसासलाई विश्वमा चम्काउन अग्रसर गराउँदछ । जुन् आजको नेपाली डायस्पोराको लागि आवश्यकता पनि हो ।

पि एन एन : नेपालको वर्तमान राजनैतिक स्थितिमा केही प्रकाश पारिदिनुहुन्छ कि?

होमनाथ : यो मेरो विषय हैन नेताहरुको हो । मैले त कविताहरुमै स्पष्ट भनिदिएको छु कि राजाले नागरिक भएर बस्नर्ुपर्छ, पद चाहिए उनले तलबाट चुनाव लड्नर्ुपर्छ । काँग्रेस र एमालेले पनि अब माओवादीलाई सरकार बनाउन बाधा पारेर स्वयम् नाङ्गनिे काम गर्नुहुन्न । निर्वाचन नै भए पछि त चुनाउमा लडेर जित्नुपथ्र्यो । लडे पनि न लडे पनि वा लडेर हारे पनि आफु तल परियो र उनीहरुको धेरै सिट आइसक्यो भने सरकार बनाउन दिनमा हिचकिच गर्नैहुन्न । यदि त्यसो गरियो भने काँग्रेस र एमाले झन् न राम्ररी नाङ्गनिे परिस्थितिको सिर्जना हुन्छ । त्यसले यौटा ठूलो अशान्ति निम्त्याउन सक्छ जुन नेपाल र नेपालीको लागि ठूलो खेदकै कुरा हुनेछ । माओवादीलाई जनताले पत्याएका छन् । नेताहरुले त्यो भोटको आज्ञा शिरोपर गर्नेपर्छ । अन्यथा बलको कुरा गर्ने हो फेरि जसले हतियार उठाएर गृह-युद्ध छेडे पनि भयो ।

पि एन एन : अनेसासको यस पटकको निर्वाचनमा पनि असन्तुष्ठ पक्ष रहेछन् नि । यसमा यहाँको के विचार छ ?

होमनाथ : निर्वाचन भने पछि जित्नेले निर्वाचन राम्रो भो भन्ने र हार्नेले न राम्रो भन्ने यी हाउडे कुरा हुन् । निर्वाचन अनेसासको नियमअनुसार खुला सुचना र समय दिएर निर्वाचन कमिटीले गरायो र परिणामा दियो । निर्वाचनमा कुनै धाँधली भएको छैन । म जितेकालाई राम्रो काम गर्न सबैतिरबाट उत्साह दिइओस् भन्ने चाहन्छु । कारण जुनसुकै होस् पराजित पक्षले बगेडा गर्नु भनेको उही नेपालमा कसैले माओवादीलाई ऐले सरकार बनाउन दिनहुन्न भनेर निहुँ खोज्या जस्तै मात्रै हो । त्यस्तो असन्तुष्ट पक्षले या चुनाउ अगाडि सचेत भएर जित्नुपथ्र्यो त्यो गर्न न सकेकाले उनीहरुले अर्को दर्ुइ वर्षपछि हुने चुनाउमा जित्ने तयारीमा लाग्नर्ुपर्छ । यस पटक जितेकालाई बढी काम गर्ने सुभकामना सहित बधाइ दिनु नै उनीहरुको लागि एक लोकतान्त्रिक पद्धतिको अनुकरण हुन सक्दछ ।

पि एन एन : अनेसासको स्थापना तपाईले गरेको र यो तपाईको प्राइवेट संस्था हो जस्तो तर्क पेश गर्नेहरुलाई यहाँ के भन्नुहुन्छ ?

होमनाथ : त्यो उनीहरुको अज्ञान हो र मेरो धेरै सेवा देखेको परिज्ञान हो । त्यसैले उनीहरुले यो कुरा बुझुन् भन्ने चाहन्छु कि अनेसास होमनाथको प्राइवेट फाउन्डेशन हैन, होनाथ सुवेदी लगायत २० जनाको सामुहिक प्रयासले स्थापना भएको यो पब्लिक फाउन्डेश हो । यसको श्रेय केही जान्छ भने सुरुका २०जना संस्थापकलाई जान्छ । तर ती सबै संस्थापकले मात्र यो संस्था अगाडि बढेको छैन मात्र हैन ती संस्थापकमध्ये कतिपयलाई त यससित कुनै चासो नै पनि छैन र भए पनि ऐले काकासमा उमेद्वार नै भए पनि मतले पनि जित्न सक्दैनन् । संस्थापक भएकोले उनीहरुलाई र मलाई नै समेत अनेसासको विधानमा कुनै पद वा अधिकार त्यस्तो केही आरक्षित पनि छैन । सामाजिक संस्था भनेका सुरुका २, ४ जना भेट हुन सम्भव हुनेले सुरु गरिदिने हो पछि मान्छे बढ्दै गएर संस्था ठूलो हुनेहो । त्यसमा सुरुका संस्थापक हुँ भनेर संस्थालाई नै प्राइवेट बनाउन खोज्नुहुन्न र त्यो कसैको प्राइवेट हुन्न र कसैले त्यसो हुन पनि दिन्न । त्यसैले अनेसासमा होमनाथ सुवेदी लगायतका प्रारम्भका संस्थापकहरु पनि अरु सदस्य जस्तै हुन् । अरु सदस्यले जस्तै समान हक र अधिकारको उपभोग गर्दछन् ।

पि एन एन : प्रारम्भमा तपाईसित भएका २० जना संस्थापक को को हुनुहुन्थ्यो र के उहाँहरु अझै सक्रिय हुनुहुन्छ ?

होमनाथ : अनेसासको स्थापनामा प्रारम्भमा बौद्धिक तथा भौतिक तवरमा काम गर्ने संस्थापक सदस्यहरु हुनुहुन्छ : डा.विष्णु पौडेल, डा. अमर गिरी, डा.हरिहर भट्टर्राई, राम मालाकार, डि.बी. तामाङ्ग, प्रकाश सुवेदी, अच्युत श्रेष्ठ, पुरुषोत्तमसुवेदी, धन थापा, कल्पना सुवेदी, लव गाउँले, कल्पना सत्याल, पुरु घिमिरे, नन्दा सुवेदी, राजु श्रेष्ठ, वासु सत्याल, रिषिनाथ सुवेदी, माधव प्रसाद शर्मा, शिवप्रसाद सत्याल, होमनाथ सुवेदी । यिनैमध्येबाट विधान परिषद गठन गरिएको थियो र ती ११ जनालाई विधान मस्यौदा गरेको कारणले संस्थापक भने पनि खास काम गर्ने प्रथम व्यक्तिहरु माथिका २० जना सबै हुन् ।
जहाँसम्म सक्रियताको प्रश्न छ कतिपय संस्थापकहरु त काकासको अध्यक्ष वा पदाधिकारी भएर पनि काम गरेका छन् भने कतिपयले काकासमा काम गर्न चाहेर पनि संस्थापक भए पनि निर्वाचन फेस गर्नुपर्ने भएकोले निर्वाचित हुन सकेका छैनन् । ती संस्थापकहरु प्रारम्भको पहिलो वर्षउनीहरुकै भरोषामा बितेकोले यिनीहरुलाई काकासमा काम गर्न चाहे र चुनाउमा जित्न सके एक वर्षकाम गरिसकेको मानेर उमेद्वार हुनभने दिने प्रचलन छ यो त एक वर्षकुनै पनि तहको काकासमा रहेर काम गरेका हरएक अनेसासका पदाधिकारीले यो अधिकार पाएका छन् । यो कुनै ठूलो कुरा भएन । त्यो चुनाउ लड्न पाउने अधिकार बाहेक उनीहरुलाई अरु केही सुविधा छैन र कसैको केही विशेष चासो पनि छैन । कतिपय त काम गर्ने फर्ुसद छैन भनेर पन्छिएका पनि छन् । जे भए पनि संस्थापकहरुलाई कुनै पनि अधिकार विधानमा आरक्षित छैन । उनीहरु पनि अरु सदस्य सरह नै हुन् । संस्थापकभन्दा पछि आउने कतिपय सदस्यहरुले संस्थापकले भन्दा बढी काम गरेका छन् र बढी गर्नेहरुको सम्मान हुनु राम्रो हो, त्यस्तै मेरै काम गर्राई पनि संस्थापक भएको नाताले हैन कि एक कार्यकर्ताको हैसियतले काम गरेको हुँ । कुनै संस्थापकले वा सदस्यले राम्रो र धेरै काम गर्छ भने त्यसको वदला उसले सम्मान इज्यत पाउन सक्छ तर संस्था उसको प्राइवेट हुदैन, हुनु पनि हुन्न ।

पि एन एन : सोध्नुपर्ने प्रश्नहरु त अरु पनि धेरै थिए यसपटक समयाभावले म प्रश्न यही रोक्छु । यहाँले आफ्नो अमूल्य समय दिनुभएकोमा आभार व्यक्त गर्छर्ुु अन्तमा यहाँले अरु कुरा केही भन्नु छ कि हाम्रा पाठकहरुलाई ?

होमनाथ : मेरो दृष्टिमा अनेसासको मिशन भनेको नेपाली डायस्पोरालाई नेपाली जनजातिको एक बोर्डरलेस राष्ट्र बनाउनु हो । जहाँ सम्पर्ूण्ा नेपाली भाषासेवी साहित्यकार तथा भाषाप्रेमीहरु अटाउन प्रोत्साहित हुन्छन् । यसको उत्थान नेपाली डायस्पोराको उत्थान हो भने नेपाली डायस्पोरामा भएका सबै संस्था यसका परिपोषक नै हुन् । यसका संंंस्थापक संचालक तपाईहरुलाई म तपाईहरुको नेपालका भाषा र साहित्यको संस्थागत विकासको लागि उत्तरोत्तर प्रगति गर्न सफलता मिलोस् भन्ने कामना गर्दछु । प्रबासी नेपाली डटकमको योगदान अतुलनीय छ । यसको निरन्तरता रहिरहोस् । यो अन्तर्वार्ताको लागि धन्यवाद ।

पि एन एन : धन्यबाद ।

Pls, click Here

Comments »

The URI to TrackBack this entry is: http://meronepals.blogsome.com/2008/05/21/p467/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes