आत्मा विसवासी र मिहेनति ब्यक्तिले जीवनमा हार खानु पर्दैन .
सागर श्रेष्ठ
म्ानिस स्वतन्त्र जन्मन्छ तर उ चारैतिर समाजको जंजिरमा बांधिएको हुन्छ । त्यो जंजिर छिनालेर स्वतन्त्र बाँच्नलाई धेरै गाह्रो छ । हामी समाजको जंजिरमा बाँधीएका छौँ । त्यो समाजको लक्ष्मन रेखा हो । त्यसलाई नाघेर बाहीर बस्न धेरै गाह्रो हुन्छ । नेपाल यस्तो देश हो जहाँको दुर्गम भेगहरुमा अझै पनि रुिढंबादीमा विस्वास गर्ने गर्दछन । हाम्रो समाजमा समाजले चाहेको भन्दा बाहीर बसेर कुनै पनि काम गर्न सक्दैनौ । कुनै पनि काम गर्न सम्भब हुदैन । आखीरमा हामीलाई समाज चाहिन्छ नै तर हामी भोली त्यहि समाज चाहिन्छ भनेर त्यिहं बस्नु पर्छ भनेर त्यहि परंपरा रुढिबादीलाई नै मान्दै जाने हो भने समाजको परिवर्तन कहिले हुन्छ देशको परिवर्तन कहिले हुन्छ जो कसैले त्यस्को सुरुवात त गर्नै पर्दछ । त्यो क्रान्तीकारी परिवर्तन गर्नको लागी समाजको रुढिबादी आँखा खोल्नको लागी आँट शाहस धैर्य आन्मविस्वास त हुनै पर्छ त्यसको साथ साथै समाजमा परिवर्तन चाहानहरुको पनि त साथ चाहिन्छ नी ।
आज म त्यस्ता ब्यक्तिको नाम लिन जाँदै छु जस्ले त्यो अन्धविस्वासको चक्र ब्यू तोडि दिएको छ । ति ब्यक्तिहरुको बारेमा सारंसमा केहि लेख्न पाउँदा म आफुलाई पनि गौरब महसुस गरिरहेको छ । ति त्यस्ता साहासी ब्यक्तिहरु हुन जस्ले समाजमा एउटा क्रान्तिकारी परर्वन नै ल्याई दिएकाछन । म कुरा गर्दैछु त्रिभुवन नगरपालीका वडा नं १० घोरही दाङ्गाका एक निम्न परिवारमा जन्म लिनु भएका एक शाहासी ब्यक्ति दिलचन बुढामगर र खलाङ्गा गाविस वडा नं १ मुसीकोट रुकुममा जन्मनु भएकी तुलसा क्षेत्री जस्ले समाजमा एउटा आएम कोर्न सफल भएकाछन । समाजको ऐना भएकाछन । हाम्रो समाजमा अन्तर जातिय विबहा गर्नु भनेको एउटा ठूलो चुनौति हो तर दिलचन बुढामगर र तुलसा क्षेत्रिले आज भन्दा १५ बर्ष अगाडी जुन बेला देशको अधिकांस भागमा अन्तरजाती विबहालाई मान्यता दिदैन थियो अन्तर जातिय विबहा गरेर समाजमा एउटा क्रान्तिको विगुल फुक्नु भएको थियो । समाजले वाहाँहरुलाई हेर्ने दृष्ट्रिकोण विलकुल फरक थियो । वहाँहरुले कसैलाई भन्न नसके पनि हामीले महसुस गर्न सक्दछौंकी वहाँहरुले अन्तर जातिय विबहा गरेर समाजमा कसरी बस्न सक्नु भयो भनेर । त्यसैले समाज भन्दा अलि बाहिरी दुनियामा बस्न एसएलसी सम्मको अध्यायन गर्नु भएको दिलचन बुढामगर १९९४ मा एउटा सपना बोकेर आफ्नो र आफ्नो परिवारको उज्जवल भविस्यको लागी आँखाभरी आँसु बोकेर मिठो सपना सजाएर हृदयभरी माँया अनि साह्रै गरुगो पिडा बोकेर साउदी अरेवियामा लेबर भिषामा आउनु भएको थियो । केहि समयको मेहनत कडा परिश्रम पछि ई लर्निङ्ग मार्फत वहाँले कम्प्युटर साईन्समा डिग्री गर्नु भयो र प्रमोशन पनि हुनु भयो । राम्रो कमाई भयो पछि वहाँले आफ्नो प्राण भन्दा पियारी श्रीमतिलाई पानि साउदी अरेवियामै ल्याउनु भयो ।
माईक्रोशफ्ट मार्फत बिल गेट्सद्वारा हस्ताक्षेरीत सठिफिकेट समेट प्राप्त गर्नुभएको दिलचन बुढामगरले हाल वहाँको कम्पनिको कम्प्यिुटर डेपार्टमेन्टको सिस्टम इनजीनियर हुनुहुन्छ । वहाँको मिहेनत प्रगति लगनसिलता देख्दा लाग्छ शंसारमा असम्भब भन्ने शब्द नै छैन । पैसा सुखी जीवन भौतिक सुविधाबाट सुखी भएका दिलचन बुढामगरका दाम्पति मानसीक रुपमा कहिल्यै पनि सुखी हुन सक्नु भएन । किन की १५ वर्षको लामो जीवनमा कहिल्यै पनि वहाँहरुको सन्तान भएन । अब समाजमा सन्तान नहुनेहरुलाई हेर्ने दृष्ट्रिकोण कस्तो हुन्छ त्यो महिले यहाँ उल्लेख गर्नु पर्छ जस्तो लाग्दैन । किन की हामी अधिकांश ब्यक्तिहरु त्यहि रुढिबादी समाजबाट हुर्केर आएका हौं ।
प्रतिक्षाको फल मिठो हुन्छ भने झैं १५ बर्ष पछिको लामो पिडा पछि वहाँको जीवनमा खुसी छाएको छ । वहाँको एक सुपुत्रले जन्म लिएको छ । १५ बर्ष पछिको भारी पिडा पछिको खुसी कस्तो भयो होला त्यो तंपाई हामीले अलि महसुस गर्न अलि सक्दैनौकी त्यो खुसीको सिमाना नै रहेन । सायद त्यो नै वहाँहरुको जिवनको पहिलो खुसी हुनु पर्छ । त्यो खुसीलाई आफुमा मात्र सिमित राख्न नसकेर वहाँहरुले परदेशमै भएपनि विभिन्न संघ संस्थाका प्रमुख नेपाली दुताबास परिवार पत्रकार ब्यापारी लेखक समाजसेवी नातेदार आदिलाई निमन्त्रणा गरी एक साँगितिक कार्यक्रमको आयोजन गरि वहाँहरुले भब्यताको साथ त्यो खुसी सबैसंग बाँड्नु भयो । माचमा वहाँहरुले आफ्नो जिवन कहानी भन्दा आँसुका धारा बगेको थियो तर त्यसमा बेदना र खुसी देबै मिसिएको थियो । साथमा उपस्थित सबैले दाम्पत्य जिवनको सुखमयको साथ साथै बच्चाको सु-स्वास्थ्य दिर्गायु र उक्तरोतर प्रगतिको कामना गरेका थिए । नेपाली परिकारको खानाको साथ साथै सांगितिक कार्यक्रमले सबैलाई झुम झुम्याएको थियो ।
मिलनसार मृदुभाषी समाजसेवी दिलचन बुढामगरको जीवनमा आएको यो खुसी सदैब रहिरहोस । एउटा आँट भरोसा आत्म विश्वास मिहेनत कडा परिश्रम र अनुसासित ब्यक्तिले जीवनमा हार खानु पर्दैन भन्ने वहाँको दाम्पतिले प्रमाणीत गरि दिएको छ ।
हे ठूल ठूला भाषण गर्ने नेताहरु ह्ो । समाजलाई अग्र गतिमा लाने हो नयाँ नेपालको निर्माण गर्ने हो भने भाषणमा मात्र होईन तिमीहरुले आफ्नो छोराछोरीहरुलाई पनि अन्तर जातिय विबहा गरेर देखाउ र हाम्रो देश नेपाल धर्म निरिपेक्ष छुवाछुत रहित संघिय गणतान्त्रिक नेपाल हो भनेर प्रमाणीत गरि देखाउ ।
धन्यबाद ।