मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

September 22, 2008

नेपाली जन प्रगतिशील मञ्च साउदी अरेवियाद्वारा एक पिडितलाई अर्थिक सहयोग ।


तस्विरमा नेपाली जन प्रगतिशील मञ्च साउदी अरेवियाका केन्द्रीय संयोजक मान बहादुर लिम्बु क्याम्पबोस मोती गिरीलाई उठेको रकम हस्तानतरण गर्नुहुदै ।

सागर श्रेष्ठ
नेपाली युवा युवतीहरु दिन प्रतिदिन बिदेशीने क्रम जारी रहेकै छ । नेपाल सरकारको फितलो बैदेशीक रोजगार निती नियम र अधिकांश म्यान पावरहरुको लापर्बाहिले गर्दा नेपालीहरु विदेशमा आएर अलपत्रमा पर्ने गरेको धेरै उदाहरणहरु हाम्रो सामु नभएको होईन । सबै भन्दा सस्तो रकम तिरेर आउन सकिने भनेकै गल्फ देशहरु हो । यहाँको वातावरण, खानपिन, पानी, संस्कृति आदिले गर्दा प्राय नेपालीहरुको स्वास्थ्यमा विविध समस्याहरु देख्ने गरेको पाईन्छ । यस सम्बन्धमा कुनै पनि निकायले ध्यान दिएको देखीदैन । त्यस्तै गरि नेपालीहरु विविधकारणले मर्नेहरुको संख्या पनि बढि रहेको छ ।
आज भन्दा १० महिना पहिले नेपालको एक प्रतिष्ठित म्यान पावर एस ओ एसबाट साउदी अरेवियाको अरवियन फाल कम्पनिमा लेवर भिषामा आउनु भएको पर्वत जील्ला खौला स्थाई घर भएको कुल बहादुर परियार विगत केहि समय देखी विमारी हुनुहुन्थ्यो । अहिले वहाँलाई अप्रेशननै गर्नु पर्ने भएको र वहाँको अप्रेशन यहाँ नहुने भए पछि कम्पनीले नेपाल पठाउँने भएको छ । वहाँ अतिनै विमारी भएकोले नेपाली श्रमिकहरुको हक हित र अधिकारको लागी काम गर्दै आएको संगठन नेपाली जन प्रगतिशील मञ्च जोएमार् इकाइको पहलमा अरवियन फाल जोयमामा अबस्थित नेपालीहरुको सक्रियतामा हिजो बेलुकी साउदी रियाल १३०३ करिब नेपाली रुपयां २५,५०० उठाएर एक समारोह विच उक्त कम्पनिको जोएमा क्याम्प बोस श्री मोति गिरीलाई हस्तानतरण गरेको छ । उक्त अबसरमा नेपालीहरुले आपत विपतमा परेको बेला अग्रसरता भई गर्ने गरेको सहयोगको प्रशंसा गर्दै उक्त रकम आज पिडित ब्यक्तिलाई हस्तानतरण गर्ने जानकारी दिनु भएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://meronepals.blogsome.com/2008/09/22/p474/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes