गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाको प्रेश विज्ञप्ती ।
गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाको प्रथम बार्षिक उत्सबको पावन अबसरमा नेपाली दुताबास साउदी अरेवियाको लागी महामहिम राजदुत श्री हमिद अन्सारी ज्यूको प्रमुख आतिथ्य तथा विशिष्ठ अतिथीहरु र साउदी अरेवियामा स्थापित नेपाली संघ संगठनको प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितीमा विविध कार्यक्रमहरुको साथै साउदी अरेविया ब्यापि खुल्ला भलिबल प्रतियोगीता यहि अक्टोबर १ २ र ३ तारिषको दिन भब्यताको साथ साचालन गर्न लागी रहेको हुंदा यस बृहत कार्यक्रममा उपस्थिीती भई कार्यक्रमको गरिमा बढाई दिन हुन हार्दिक अनुरोध गर्दछौं ।
कार्यक्रममा उपस्थित हुन नसक्ने अन्य देशका प्रतिनिधीहरुले पठाउनु भएको शुभ कामना सन्देश उक्त समारोहमा पढेर सुनाईने छ ।
उक्त अबसरमा भविश्यमा आई पर्ने आपत विपतमा पर्ने नेपालीहरुलाई सहयोगार्थ साचालीत उपहार कार्यक्रमको नतिजा पनि प्रकासीत गरिने छ ।
अन्तमा नेपाली हिन्दुहरुको महान चाड विजया दशमी तथा दिपावली २०६५ र मुस्लीमहरुको पवित्र पर्व रमाजानको पावन अबसरमा सबैको उन्नति प्रगतिको साथ साथै देशमा शाान्तिको कामना गर्द छौं ।
……………………
भबदिय
सागर श्रेष्ठ
का।ब। अध्यक्ष
गैर आवसीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरेविया
मो। ००९६६-५०८०६६७७४