गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाको वाषिर्क उत्सब अन्तिम तयारी पुरा ।
सागर श्रेष्ठ
विश्वको एउटा भिन्दै परिबेश भएको राष्ट्र साउदी अरेविया जस्तो देशमा गैर आवसीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद स्थापना हुनु आफैमा एउटा गौरब हो । यस संघले एक वशन्त पनि पार गरिसकेछ । गत जुलाई १८ तारिषको दिन गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाको केन्द्रिय समितिको पर्ुण्ा बैठकले गरेको निर्ण्र्ााअनुसार यहि अक्टोबर १,२ र ३ तारिषको दिन साउदी अरेवियाको राजधानी रियादमा विविध कार्यक्रमहरु सहित वाषिर्क उत्सब भब्याताको साथ मनाउदै छ । उक्त अबसरमा साउदी अरेविया ब्यापि खुल्ला भलिवल प्रतियोगीताको पनि आयोजना गरेको छ । यस कार्यक्रमको संयोजक भिम बहादुर थापा र सह संयोजक नारायण गुरुङ्ग ज्यूले दिनु भएको जानकारी अनुसार अहिले सम्पर्ुण्ा कार्यक्रमको अन्तिम तयारी पुरा भएको छ । साथै यहि सेप्टेम्बर ३० तारिषको दिन खेल मैदानमै गई एक प्रत्रकार सम्मेलन गरि सम्पर्ुण्ा जानकारी गराउने थाहा भएको छ ।
नेपाली दुताबास साउदी अरेवियाको लागी राजदुत श्री हमिद अन्सारी ज्यूको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा साउदी अरेवियामा रहेका हजारौ खेल प्रेमी दर्शकहरुको उपस्थिती रहने छ । खुल्ला वातावरणमा सञ्चालन हुने उक्त प्रतियोगीतामा पहिलो पटक स्थानिय पोलीसले सुरक्षा दिने भएको छ । उक्त प्रतियोगीतामा कुनै पनि खेल पे्रमी तथा खेलाडीहरुले साउदी सरकारले ब्याण्ड गरेको कुनै पनि वस्तु प्रयोग गरेको पाईएमा स्वंयम त्यसको भागीहुने कुरा आयोजकले बताएको छ । सुरक्षा ब्यबस्था अतिनै कडा भएको हुनाले सबै खेलाडी तथा खेल प्रेमिहरुमा सत्रकता आपनाउन अग्रिम जानकारी यसै समाचार मार्फ आयोजकले अनुरोध गरेको छ ।
साउदी अरेवियामा धेरै खेलहरु नभएको होईन तर यस पालीको भलिवल खेल छुटै प्रकारको र रोमाञ्चक हुने आयोजकले बताएको छ । साथै आयोजकले दिएको जानकारी अनुसार सबै टिमहरुले यहि सेप्टेम्बर ३० तारिष भन्दा अगाडीनै नाम दर्ता गराउन अनुरोध गरेको छ र आफ्नो टिममा अन्य देशको खेलाडी समाबेस गर्न नपाईने जानकारी दिएको छ । प्राप्त जानकारी अनुसार अहिले सम्म २२ टिमहरुले आफ्नो नाम दर्ता गर्राई सकिएको थाहा भएको छ ।
उक्त अबसरमा भविश्यमा आई पर्ने आपत विपतको लागी एक कोष खडा गर्नलाई आयोजीत भाग्यशाली उपहार कार्यक्रमको नतिजा पनि खोलीने जानकारी आयोजकले दिएको छ ।
मुसलिमहरुको पवित्र चाड रमाजानको पनि विदा परेको हुनाले खेल प्रमीहरुको अत्याधिक चापहुने देखीएकोले २० जना विशेष सुरक्षा ब्यबस्था खडा गरिने जानकारी आयोजकले दिएको छ ।
कार्यक्रम अक्टोबर १ तारिषको दिन विहाना ठिक १० बजेबाट शुरुहुने भएको छ ।
वृष्तृत जानकारीको लागी
Pls click here