मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

October 4, 2008

राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाको वार्षिक उत्सब सम्पन्न ।


पि एन एन सम्बाददाता साउदी अरेविया

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाले एक वशन्त पार गरेको पावन अबसरमा सागर श्रेष्ठको सभापतित्व तथा नेपाली दुताबास रियादको लागी राजदुत महामहिम राजदुत हमिद अन्सारी ज्यूको प्रमुख आतिथ्यमा विविध कार्यक्रम सहित सम्पन्न गरेको छ ।

उक्त अबसरमा गैर आवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद केन्द्रिय बोर्डका सदस्य श्री राम बहादुर बेलबासे राष्ट्रिय परिषद साउदी अरेवियाका सल्लाहकार बोर्डका सदस्य तारानाथ भण्डारी विविभन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधी समाजसेवी प्रत्रकार ब्यापारी खेलप्रमी आदिको उल्लेख्य उपस्थिति रहेको थियो । पत्रकार अाजान पोखरेलले साचालन गर्नु भएको पहिलो चरणको कार्यक्रममा सागर श्रेष्ठले बार्षिक प्रतिबेदन पढेर सुनाउनु भएको थियो भने खेल सम्बन्धीको जानकारी संयोजक भिम थापाले प्रस्तुत गर्नुभएको थियो ।

महामहिम राजदुत ज्यूले एनआरएनए साउदी अरेवियाले थोरै समयमा धेरै काम गर्न सफल भएकोमा बधाई दिदै अन्य कुनै पनि काम गर्नु परेमा र दुताबासको सहयोग चाहिएमा आवश्यक सहयोग गर्ने वचन बद्यता ब्यक्त गर्नु भएको थियो ।

दोस्रो चरणको कार्यक्रम साउदी अरेविया ब्यापि खुल्ला भलिबल प्रतियोगीता थियो । उक्त खुल्ला भलिवल प्रतियोगीतामा अल रोवया जुबेल प्रथम एवाइटिबी जुबेल दोस्रो र डाईट सेनटर रियाद तेस्रो भएको थियो । समापन समारोहमा आपत विपतमा परेका नेपालीहरुको सहयोग स्वरुप साचालीत भाग्यशाली उपहार कार्यक्रमको नतिजा महामहिम राजदुत हमिद अन्सारी ज्यूबाट ड्र गरिएको थियो उक्त भाग्यशाली उपहार कार्यक्रमको नतिजा यस प्रकार छ । प्रथम ०१७९३ दितीय ००८६६ र तृतिय ०१२७८ नंहरुलाई उपहार परेको थियो । उपहार २ महिना भित्रमा लिई सक्नु पर्ने जानकारी प्राप्त भएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://meronepals.blogsome.com/2008/10/04/p481/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes