मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

October 15, 2008

नेपालका ख्याती प्राप्त कलाकारहरुद्वारा रियादमा दस्रो पटक पनि सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न ।

सागर श्रेष्ठ/बिष्णु थापा

युनाईटेड नेप्लिज वेल्फेयर सोर्साईटीले इस्लामीक पर्व रमजान र नेपालीहरुको महान चाड विजया दशमीको अबसर पारेर सउदी अरवमा नेपालीहरुकोर् इतिहासमा पहिलो पटक नेपालका ख्याती प्राप्त कलाकारहरुद्वारा अक्टोबर १ तारिखको दिन भब्यताका साथ सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो।

विशेष गरेर सउदी अरव र नेपालको सुमधुर सम्बन्धलाई अझै अगाडी वढाउन र सांस्कृतीक कार्यक्रम मार्फ नेपाली कला र संस्कृतीलार्इर्र्सउदी अरवमा परिचय गरी उनिहरुलाई नेपालप्रती आकर्षा गराउनु रहेकोले, यस कार्यक्रमको लक्ष्य केही हद सम्म सफल भएको मानिन्छ ।


संस्थाकै अध्यक्ष श्री दिलचन वुढामगरले सभापतिको आशन ग्रहण गर्नुभएकोे सो कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदुत श्री हमिद अन्सारी द्वारा कार्यक्रमको उद्घाटन गरिएको थियो। उक्त कार्यक्रममा सउदी अरबको परराष्ट्र मन्त्रालयका विशिष्ट प्रतिनिधिहरु, रियाद गभर्नरका प्रतिनिधिहरु, एवं विशिष्ट सुरक्षा अधिकृतहरुको पनि सहभागिता रहेको थियो । त्यसैगरी दुतावासका सम्पूर्ूण्ा कर्मचारीहरु, सउदी अरवमा अवस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, पत्रकार तथा अन्य उच्चओहोदामा कार्यरत व्यक्तित्वहरुको पनि उपस्थिती रहेको थियो ।

श्री डिल्ली प्रसाद लिम्बू द्धरा संचालित उक्त कार्यक्रममा स्वागत मन्तब्य दिदै श्री के.वीे.यावाले उक्त कार्यक्रममा उपस्थित सवैलाई हार्दिक स्वागत गर्नुभएको थियो भने श्री कृष्ण प्रसाद तिमिल्सिना र श्री धन प्रसाद लावतीले शुभकामना मन्तव्य दिनुभएको थियो । प्रमुख अतिथि महामहिम राजदुत श्री हमिद अन्सारी ले सउदी अरवमै पहिलो पटक नेपाली कलाकारहरुको उपस्थितीमा सांस्कृतिक कार्यक्रम हुन गईरहेकोमा अत्यन्तै खुसि ब्याक्त गर्दै यस्तो महत्वपर्ूण्ा समयलाई भाषणमा नभएर मनोरञ्जनमुखी वनाउन आग्रह गर्दर्ैर् इद तथा विजया दशमीको शुभकामना दिनुभएको थियो ।

कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष श्री दिलचन बुढा मगरले उपस्थित सवैलाई शुभकामना दिदै यस ऐतिहासीक कार्यक्रमलाई सफल पार्न विभिन्न क्षेत्रवाट कांधमा कांध मिलाई सहयोग गर्ने विशेष गरि कुटनितीक तथा प्रशासनिक सहयो गर्नु हुने महामहीम राजदूत श्री हमिद अन्सारी ज्यू, दुतावासका सम्पर्ूण्ा पदाधिकारीहरु, यस कार्यक्रका फाईनान्स सहयोगी हुम बहादुर सुनारी मगर, यस कार्यक्रमको मिडिया पार्टनर तथा प्रवासी नेपाली डट कमका निर्देशक सागर श्रेष्ठ, अहमद मुसा, नेपाली दुताबास बंगालादेशका कन्सोलर श्री रमेश खनाल तथा सम्पर्ूण्ा सहयोगि मित्रहरुलाई धन्यबाद दिदै हामी नेपालीहरु विश्वको जुनसुकै कुनामा भएपनि मुटुभरी नेपाल र नेपाली संस्कृतीको मांया लाग्ने जनाउंदै उपस्थित सवै प्रवासी नेपालीहरुलाइ केहिक्षण भएपनि कलाकारहरुसंगको मनेारञ्जनमा नेपालमानै रमेको भान परोस भन्दै औपचारीक कार्यक्रमको समापन गरि सांस्कृतिक कार्यक्रम संचालन गर्न अनुरोध गर्नुभएको थियो।

दोस्रो चरणको कार्यक्रमको सञ्चालन नेपालीहरुको मन जित्न सफल कान्तिपुर टेलिभिजन अन्तरगत कलकान्तिपुरका प्रस्तोता श्री शुरज सिं ठकुरी ज्यूले गर्नुभएको थियो । लोक दोहोरीमा शिलाआले,नीसा सुनार अनि मिलन लामाले आ-आफ्नो मधुर स्वरले दर्शकलाई मुग्ध पार्नु भएको थियो भने मिठो स्वरका खानि लोक आधुनिक गायक खेमराज गुरुङ्ग, ऐ.पी शर्ेपा, नगेश तामाङ, विज्ञान र्राई अनि कोईलीको आवाजमा आभा मुकारुङको प्रस्तुतीले दर्शकहरुलाई आकर्षा पारेको थियो । साथै गितहरुको लहरा संगसंगै विच विचमा हा“स्यकलाकारहरु मुन्द्रे, मुखांमा हानुजस्तो, रातामकै नामले चिरपरिचित कलाकारले रंगी विरंगी अभिनय गरी दर्शकहरुको मन जित्न सफल भएका थिए । यसरी बेलुकी ९ वजे वाट सुरु भएको कार्यक्रम विहान ४ बजे मात्र समापन गरिएका थियो ।

यसरी पहिलो सांस्कृतिक कार्यक्रमको अपार सफलता पछि नेपालीहरुको अत्याधिक रुचि अनि चाहाना, कत्तिपय नेपालीहरुले टिकट काटेर पनि कार्यक्रम हर्ेन नपाएका र कत्तिपय महंगो टिकटको कारणले समावेष हुन नसकेका नेपालीहरुको चाहनालाई मध्य नजर राखेर दर्शकहरुको साङ्गतिीक तृष्णालाई मेटाउन, आयोजकले प्रवेश टिकटमा ५० प्रतिशत छुट गरि पुन नेपालीहरुको महान पर्व विजया दशमीको पावन अबसर पारेर अक्टोबर ९ तारिख दशैै टिकाको दिन पुनः दोस्रो पटक सउदी अरेवियाको राजधानी रियादमा सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा आयोजक तथा संस्थाका अध्यक्ष श्री दिलचन वुढामगरले उपस्थित सवैमा विजया दशमी २०६५ को हार्दिक मंगलमय शुभकामना दिनुभएको थियो भने साउदी अरवका लागी महामहिम राजदुत श्री हमिद अन्सारीले सवै नेपालीहरुलाई विजया दशमीको शुभकामना दिदै सांस्कृतीक कार्यक्रमलाई सञ्चालन गर्न श्री खेमराज गुरुङ्ग लाई माईक हस्तान्तरण गर्नुभएको थियो।

सो कार्यक्रममा नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण गर्न र कलाकारहरुलाई सम्मान गर्न नेपाली दर्शकहरु पछाडी परेका थिएनन् । उपस्थित कलाकारहरुले प्रवासमा त्यहि पनि साउदी अरेवियामा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुसंग बसेर कार्यक्रम देखाउदै दशैं मनाउन पाएकोमा अती खुशी भएको पाईन्थ्यो। गायक खेमराज गुरुङ्गको वारी जमुना पारी जमुना लोक गितमा नविन गुरुङ्गको नृत्यले सबैलाई नेपालको याद दिलाएको थियो । शिला आलेको र्साईलो दाई प्रदेशमा धेरै नबस …………… र आमा…. कता हिडेको गित अत्यन्त मार्मिक थियो । त्यसै गरी मिलन लामाले निशा सुनार र शिला आलेसगं गाएका दोहरी गितमा दर्शकहरु सम्हाल्नै नसकिने गरि झुमेको पाईन्थ्यो । वेलुकी ९ वजे वाट सुरु भएको कार्यक्रम विहान २ वजे समापन भएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://meronepals.blogsome.com/2008/10/15/p482/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes