मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

February 3, 2009

दुर्घटना होइना दुघटना गराईएको हो ।

-सागर श्रेष्ठ

मिति २०६५ साल माघ १० गते विहानै करिब ४ बजेतिर बिहानीको चिसो त्यसमाथी मस्त निन्दा्रमा भई रहेको बेला मोबाइलमा घण्टी बज्छ । फोन रिसिभ गछु मेरो एक आफन्तको रेलिङ्गबाट लडेर मुत्यु भयो अहिले हस्पिटलमा छ । म हक्त न पक्त उठेर त्यहां पुग्छु वहाँको नातेदारहरु सबै रोइ रहेको देख्छु । आफुले पनि त्यो दृष्य देख्दा मन थाम्न सकिन आफ्से आफ आँखाबाट आँसुहरु झरेछन् ।
ल्ाासकै छेउमा दुइजना भाईहरु अलि मलिन र डराएको जस्तो गरि बसी रहेको पाए सायद नातेदारहरु होला भनेर सोधिन तै पनि मनले मानेन एक पत्रकारको नाताले यथार्थ जान्ने इच्छा लाग्यो । सोधीहाले भाईहरुलाई थाहा छ घटना कसरी घट्यो आखीरमा त्यही भाईहरुले अधिल्लो राती करिब ११ः३० तिर त्यहाँ ल्याउको रहेछ । घटनाको बारेमा बुभ्ने चेष्टा गरे उक्त भाईहरुको बयान यस्तो थियो । ूहिजो राती करिब ११ बजेतिर हामीहरु ख्ाना खाएर तल झर्दै थियौंे तेश्रो तल्लाको भर् याङ्कमा कुकुरहरु थियो । कुकुरलाई हड्डीहरु दिएर जीस्काउदै पछाडी सर्ने क्रममा वहाँ हिरामन लड्नु भयो । समाउ भन्दा भन्दै रेलिङ्गनभएकोले अगाडी पछाडी ठोकीदै ग्राउण्ड फ्लोरमा पुग्नु भयो । हामीले त्यस पछि हतार हतार हस्पिटल ल्याउदा वहाँको मुत्यु भयो ।ू
ति भाईहरुको वयान सुन्दा मलाई घटना स्थलको निरिक्षण गर्न मन लाग्यो । त्यसैले उक्त घटना स्थल बल्खु पुगे । त्यस घरको तल देखि माथी सम्म र पुन माथि देखि तल सम्म अवलोकन गरे । मलाई शंका लाग्यो त्यो दुर्घटना नभई सुनियोजित तरिकाले दुर्घटना गराईएको हो । त्यसमा कसको हात छ त्यो त अवस्य बाहिर आउने छ । ति भाईहरुले दिएको वयान र त्यहाँको स्थिति विलकुल फरक छ । त्यहाको स्थिती हेर्दा कोहीपनि व्यक्ति लडेर एकै चोटी तेश्रो तल्लाबाट भूई तल्लामा आईपुग्ने स्थिती छैन । हो त्यहाँ भर् याङ्गमा रेलिङ्ग छैन तर बांस बंाधिएको थियो । त्याहाँ सिधै खस्नलाई ग्याव पनि छैन । एक त त्यहाँबाट खस्दा दोश्रो तल्ला सम्म आई पुग्ने सम्भावना छ तर सिधै तल खसिने स्थिती छैन । यदि वयान अनुसार खसेको भएपनि अगाडी पछाडी दायाँ बायु चोट हुनुपर्ने हो तर ढाडमा र टाउकोको पछाडी मात्रै चोट हुनुले त्यो सुनियोजित तरिकाले घटना गराइएको हो भन्ने प्रमाणित हुन्छ ।
पोष्ट माटमको रिपोर्टमा डाक्टरले टाउकोमा चोट लागेर बे्रनमा रतग जमेर मृत्यु भएको हो । कसरी मारिएको हो म रिक्स लिन सक्दीन भन्ने रिपोर्ट दिएको छ । अब हेर्नुछ नेपाल प्रहरी अपराध अनुसन्धान शाखा हनुमान ढोकाको करामत उक्त घटनामा संलग्न ४ जना व्यक्तिहरुलाई हिरासतमा लिएको छ । उनिहरुको वयान कस्तो आउने हो आफन्तहरुको एउटै चाहाना छ । घटना जस्ले गराइएको भए पनि आपराधीलाई कडा भन्दा कडा कारवाही गरियोस् । यदि अपराधी उम्कीयो भने त्यसको नतिजा नराम्रो हुने नातेदारहरुको भनाई छ ।

Comments »

The URI to TrackBack this entry is: http://meronepals.blogsome.com/2009/02/03/p486/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes