मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

June 30, 2009

नेपाली जनप्रगतीशिल मचं बेल्जियमको आयोजनामा अन्तकृया कार्यक्रम संपन्न

दधिराज घिमिरे

ब्रसेल्स

३० जुन ०९

नेपाली जनप्रगतीशिल मचं बेल्जियमको आयोजनामा नागरीक सर्वोचता नयां संबिधान निर्माण र सेना संमायोजन संबन्धि अन्तकृया कार्यक्रममा बोल्दै एकीकिृत नेकपा माओबादीका पोलिटब्यूरो सदस्य नन्द किसोर पुन क। पासाङ्ग ले भन्नु भयो संबिधान सभाको निर्वाचन पछी नेकपा माओबादी सबै भन्दा ठुलो पर्टी भए पनि सराकार निर्माणमा ठुलो सघर्ष गनु पर्यो र सरकार निर्माण भए पछी पनि सरकारमा दल एमालेको भुमीका सरकार भित्रबाट प्रतिपक्षको भुमिका निभाउनुले पनि नेपाली जनताले सोचे जस्तो नेपाल अगाडी नबडेको बताउनु भयो । अहिले नेपालमा नागरीक सर्बोचाको बिषय प्रमुख रुपमा अगाडी आएको छ जनताको प्रतिनिधीले बहस गर्ने थलो भनेको संबिधान सभा हो तर जनताको सर्बोचताको बिषयलाई प्रबेस नदीएर चुनावको ओचित्य माथि नै प्रस्न चिन्ह खडा भएको बताउनु भयो । हामी प्रतिपक्ष पनि होईनौ र बर्तमान सरकार बैधानिक सरकार नभएर कठुतली सरकार हो हामी यो सरकारलाई मान्यता दीनै कुरै आउदैन । नेपाली जनताले अहिलेको सरकारलाई तत्काल खारेज गरी नेकपा माओबादीको नेतृतवको सरकारको माग अहीले नेपाली जनताले अत्यान्त जोडतोडका साथ उठाएका छन । संबिधानको निर्माण सेना समायोजन प्रकृया नड मासु जस्तो जोडीएको छ नेपाली सेनामा पनि अधिकांस सेनाहरु एउटै सेना बनाउने कुरामा सकारत्मक रहेका तर सेना केही ठालु हरुले ति बिषयलाई दवाएका छन भन्नु भयो ।

नेपाल जस्तो देशमा अनिवार्य सेनाको आवश्यक छ । अनिवार्य सेनाको बिषयलाई नेपाली जनताको बिचमा लिएर जान सक्ने एकीकृत माओबादी बहेक अरु नेपालका कुनै दलमा यो खालको धाराण तथा दम नभएको बताउनु भयो । एकीकृत माओबादीले अनिवार्य सेनाको अवधारणा लाई दह्रो सग लागु गर्ने बताउनु भयो । नेकपा माओबादीले शान्ति प्रकृया र नेपाली जनताको मुक्तिकालागी निरन्तर लडीरहने छ भन्नु भयो । सबै पर्टीमा राष्ट्रबादीहरु भएका तर ति पार्टीले लिएको बिचार गलत भएकोले तिनीहरुले नेपाली जनताको मुक्ति गर्न नसक्ने बताउनु भयो ।

एकीकिृत नेकपा माओबादीका पोलिटब्यूरो सदस्य तथा जनमुक्ति नेपालका डिपुटी कमाण्डर क। बलदेबले यूरपमा आएर तपाई हरुले गर्नु भएको बहस उच्च चेताना र नेपाली जनताको मुक्तिको लागी भएको बताउनु भयो । यस संगठन ले नेपाली जनताको मुक्तिका लागी गरेको योगदान हाम्रो पार्टी र नेपाली जनताले उच्च मुल्यकन गरेको बताउनु भयो । नेपालमा बिचार बिहीन भएका पार्टीहरु जनताको बिश्वास गुमाए पछी बिदेशीको बल बुताको साहारा लिएर टीकेका छन । बिगतमा सरकारमा नेकपा एमालेले बिकाष निर्माण देखी राष्ट्रीयताको प्रश्नमा पनि बिपक्षीको भुमिका निर्वाहा गर्नुले बामपन्थीको नैतिकाताबाट पतन भएको प्रश्ट देखीयो । कटुवाल प्रकरणले नेपालका दलहरु मात्र नभएर भारत समेत दुई खेमामा बिभाजित भएको बताउन भयो । नेकपा माओबादीले उठाएको नेपाली जनताको सर्वोचताको प्रश्नमा अरु दलहरु कुनै पनि मागमा प्रबेश सम्म नगरेको अहिलेको सवालमा एकीकिृत नेकपा माओबादीले बाहेक राज्यको पुन संरचना सघिय राज्य प्रर्णाली अरु कुनै पर्टीले संबोधन गर्न नसक्ने बताउनु भयो । कुनै पनि यूद्ध बिचार बिना भयो भने समाप्त हुने छ । जातिय यूद्धलाई बर्गिय यूद्ध सगं जोडेर जातिय मुक्तिको लागी लडन पर्ने बतउनु भयो । हाम्रो पार्टीको राजनैतिक निती र एजाण्डा बाहेकको कार्यक्रमले नेपालको बिद्यामान समस्यको सामाधान नहुने बताउनु भयो । अहिले संबिधान सभा भङ्ग गर्ने भारतीय योजाना अनुसार राष्टपतिलाई अगाडी सारेर संबिधान सभा भङ्ग गर्ने योजनामा रहेको बताउनु भयो । यो परीस्थीमा तपाईहरु प्रवाशमा बस्ने संपुर्ण राष्ट्रबादी नेपालीहरु हिजोका दीनमा जस्तै आउने दीनमा पनि राष्ट्रीय हीतको संरक्षणकोलागी सदैब षघस्ररत रहनु हुनेछ भन्नु भयो ।

कार्यक्रम मोर्चाको अध्यक्ष बिष्णु भुजेलले गर्नु भएको थियो । कार्यक्रमा आउनेहुने आगन्तुकको स्वागत भाषण मोर्चाका उपाध्यक्ष चित्र सुबेदीले गर्नु भएको थियो भने कार्यकमको संचालन मोर्चाका महासचिव दधिराज घिमिरेले गर्नु भएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://meronepals.blogsome.com/2009/06/30/p488/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes