मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

August 19, 2008

आगोमा परेकी ८ महिनाको बच्चीलाई प्रवाशी नेपालीहरुको ठूलो सहयोग ।

आगोमा परेकी ८ महिनाको बच्चीलाई प्रवाशी नेपालीहरुको ठूलो सहयोग ।

सागर श्रेष्ठ

कान्तिपुर टेलीभिजनको एक उत्कृष्ट कार्यक्रम कान्तिपुर आजबाट हेटौंडाको गरिब परिवारको एक ८ महिनाकी बच्ची घिस्रीदै गई अगेनामा परि आफ्नो अनुहार गुमाउन पुगेपछि सहयोगको लागी प्रसारण गरिएको अनुरोध अनुसार ति अबोध शिशुको उपचारको लागी दिल खोलेर साउदी अरेवियामा रहेका प्रवासी नेपालीहरुले गर्नु भएको सहयोगको एकमुष्ठ रकम रु २०९९० बिस हजार नौ सय नब्बे मात्र उक्त उललेखीत खाता हिमालयन बैंकको खाता नं ००२०१९०८८६००१८ मा अगष्ट १७ २००८ मा जम्मा गरि यो जानकारी गरिएको छ । पि एन एन अशाहाय टुहुरा बाल बच्चा शिक्षा तथा स्वास्थ्य कोष मार्फत रु १००१ को कोष खडा गरि गरिएको कलेक्शनमा अन्य नेपालीहरुले तल उल्लेखीत विविरण अनुसार रकम चन्दा गरेको थियो ।
(more…)

August 9, 2008

लघु चलचित्र परिणाम साउदी अरेवियामा

Filed under: सूचना


अखिल नेपाल जनसांस्कृतिक महासंघ

कोचिला राज्य समिति अन्तगत सुखानी परिवारको प्रस्तुति नेपाली वर्ग संर्घषमा आधारीत लघु चलचित्र परिणाम साउदी अरेवियामा आई पुगेको छ । प्रगतिशिल विचार भएका र यस लुघु चलचित्र हेर्न चाहाने प्रवासी नेपालीहरुले निम्न नंहरुमा सम्पर्क गरी लिन सहिने छ ।

नारायण गैरे ०५६९३१२९०३ प्रेमध्वज लामा ०५४६१३८७६३ र रोहित बा। जिरेल ०५६०५८५०४९

August 5, 2008

आगोमा परेकी बच्चीलाई पि एन एन को सहयोग ।

Filed under: सूचना

सागर श्रेष्ठ
प्रकृतिले पनि मान्छेलाई विभिन्न माध्यायमबाट ठगि रहेको हुन्छ । कान्तिपुर टेलीभिजनको एक उत्कृष्ट कार्यक्रम कान्तिपुर आजबाट प्रसारण गरिएको सुस्मिता लामाको छोरीको आगोमा परेर विग्रीएको अनुहार देखेर कक्तिले त खानाखान पनि सकेन । एक अबोध शिशुको यस्तो दुर्दशा देखेर समाजसेवी परदेशी नेपालीहरु चुपलागेर बस्न सकेन एक दिन खाना वा पेप्सी नखाएर भए पनि उनको उपचारकोलागी केहि सहयोग गर्ने केहि नेपालीहरुले अग्रसरता देखाएको हुदा पि एन एन अशाहाय टुहुरा बाल बच्चा शिक्षा तथा स्वास्थ्य कोष मार्फत रु १००१ को कोष खडा गरिएको छ । एस कोषमा अन्य नेपालीहरुले पनि सकेको सहयोग गरिरहेको छ । एक मुष्ठ रकम हामी छिटैनै उक्त कान्तिपुर आज मार्फत सार्वजनिक गरिएको हिमालयन बैंकको खाता नं ००२०१९०८८६००१८ मा रकम पठाउने छौं । कोहि पनि नेपालीहरुले उक्त बच्चीलाई सहयोग गर्न चाहानुहुन्छ भने सिधै उक्त खातामा अथवा पिएनएन ले खडा गरेको कोषमा रकम जम्मा गर्न सकिने छ । सम्पुर्ण सहयोगीहरुको नाम र प्रदान गरेको चन्दा रकमको विवरण प्रवासी नेपाली डट कम मा प्रकासीत गरिने छ ।

July 5, 2008

आत्मा विसवासी र मिहेनति ब्यक्तिले जीवनमा हार खानु पर्दैन .

Filed under: Greetings

सागर श्रेष्ठ

म्ानिस स्वतन्त्र जन्मन्छ तर उ चारैतिर समाजको जंजिरमा बांधिएको हुन्छ । त्यो जंजिर छिनालेर स्वतन्त्र बाँच्नलाई धेरै गाह्रो छ । हामी समाजको जंजिरमा बाँधीएका छौँ । त्यो समाजको लक्ष्मन रेखा हो । त्यसलाई नाघेर बाहीर बस्न धेरै गाह्रो हुन्छ । नेपाल यस्तो देश हो जहाँको दुर्गम भेगहरुमा अझै पनि रुिढंबादीमा विस्वास गर्ने गर्दछन । हाम्रो समाजमा समाजले चाहेको भन्दा बाहीर बसेर कुनै पनि काम गर्न सक्दैनौ । कुनै पनि काम गर्न सम्भब हुदैन । आखीरमा हामीलाई समाज चाहिन्छ नै तर हामी भोली त्यहि समाज चाहिन्छ भनेर त्यिहं बस्नु पर्छ भनेर त्यहि परंपरा रुढिबादीलाई नै मान्दै जाने हो भने समाजको परिवर्तन कहिले हुन्छ देशको परिवर्तन कहिले हुन्छ जो कसैले त्यस्को सुरुवात त गर्नै पर्दछ । त्यो क्रान्तीकारी परिवर्तन गर्नको लागी समाजको रुढिबादी आँखा खोल्नको लागी आँट शाहस धैर्य आन्मविस्वास त हुनै पर्छ त्यसको साथ साथै समाजमा परिवर्तन चाहानहरुको पनि त साथ चाहिन्छ नी ।



आज म त्यस्ता ब्यक्तिको नाम लिन जाँदै छु जस्ले त्यो अन्धविस्वासको चक्र ब्यू तोडि दिएको छ । ति ब्यक्तिहरुको बारेमा सारंसमा केहि लेख्न पाउँदा म आफुलाई पनि गौरब महसुस गरिरहेको छ । ति त्यस्ता साहासी ब्यक्तिहरु हुन जस्ले समाजमा एउटा क्रान्तिकारी परर्वन नै ल्याई दिएकाछन । म कुरा गर्दैछु त्रिभुवन नगरपालीका वडा नं १० घोरही दाङ्गाका एक निम्न परिवारमा जन्म लिनु भएका एक शाहासी ब्यक्ति दिलचन बुढामगर र खलाङ्गा गाविस वडा नं १ मुसीकोट रुकुममा जन्मनु भएकी तुलसा क्षेत्री जस्ले समाजमा एउटा आएम कोर्न सफल भएकाछन । समाजको ऐना भएकाछन । हाम्रो समाजमा अन्तर जातिय विबहा गर्नु भनेको एउटा ठूलो चुनौति हो तर दिलचन बुढामगर र तुलसा क्षेत्रिले आज भन्दा १५ बर्ष अगाडी जुन बेला देशको अधिकांस भागमा अन्तरजाती विबहालाई मान्यता दिदैन थियो अन्तर जातिय विबहा गरेर समाजमा एउटा क्रान्तिको विगुल फुक्नु भएको थियो । समाजले वाहाँहरुलाई हेर्ने दृष्ट्रिकोण विलकुल फरक थियो । वहाँहरुले कसैलाई भन्न नसके पनि हामीले महसुस गर्न सक्दछौंकी वहाँहरुले अन्तर जातिय विबहा गरेर समाजमा कसरी बस्न सक्नु भयो भनेर । त्यसैले समाज भन्दा अलि बाहिरी दुनियामा बस्न एसएलसी सम्मको अध्यायन गर्नु भएको दिलचन बुढामगर १९९४ मा एउटा सपना बोकेर आफ्नो र आफ्नो परिवारको उज्जवल भविस्यको लागी आँखाभरी आँसु बोकेर मिठो सपना सजाएर हृदयभरी माँया अनि साह्रै गरुगो पिडा बोकेर साउदी अरेवियामा लेबर भिषामा आउनु भएको थियो । केहि समयको मेहनत कडा परिश्रम पछि ई लर्निङ्ग मार्फत वहाँले कम्प्युटर साईन्समा डिग्री गर्नु भयो र प्रमोशन पनि हुनु भयो । राम्रो कमाई भयो पछि वहाँले आफ्नो प्राण भन्दा पियारी श्रीमतिलाई पानि साउदी अरेवियामै ल्याउनु भयो ।


माईक्रोशफ्ट मार्फत बिल गेट्सद्वारा हस्ताक्षेरीत सठिफिकेट समेट प्राप्त गर्नुभएको दिलचन बुढामगरले हाल वहाँको कम्पनिको कम्प्यिुटर डेपार्टमेन्टको सिस्टम इनजीनियर हुनुहुन्छ । वहाँको मिहेनत प्रगति लगनसिलता देख्दा लाग्छ शंसारमा असम्भब भन्ने शब्द नै छैन । पैसा सुखी जीवन भौतिक सुविधाबाट सुखी भएका दिलचन बुढामगरका दाम्पति मानसीक रुपमा कहिल्यै पनि सुखी हुन सक्नु भएन । किन की १५ वर्षको लामो जीवनमा कहिल्यै पनि वहाँहरुको सन्तान भएन । अब समाजमा सन्तान नहुनेहरुलाई हेर्ने दृष्ट्रिकोण कस्तो हुन्छ त्यो महिले यहाँ उल्लेख गर्नु पर्छ जस्तो लाग्दैन । किन की हामी अधिकांश ब्यक्तिहरु त्यहि रुढिबादी समाजबाट हुर्केर आएका हौं ।


प्रतिक्षाको फल मिठो हुन्छ भने झैं १५ बर्ष पछिको लामो पिडा पछि वहाँको जीवनमा खुसी छाएको छ । वहाँको एक सुपुत्रले जन्म लिएको छ । १५ बर्ष पछिको भारी पिडा पछिको खुसी कस्तो भयो होला त्यो तंपाई हामीले अलि महसुस गर्न अलि सक्दैनौकी त्यो खुसीको सिमाना नै रहेन । सायद त्यो नै वहाँहरुको जिवनको पहिलो खुसी हुनु पर्छ । त्यो खुसीलाई आफुमा मात्र सिमित राख्न नसकेर वहाँहरुले परदेशमै भएपनि विभिन्न संघ संस्थाका प्रमुख नेपाली दुताबास परिवार पत्रकार ब्यापारी लेखक समाजसेवी नातेदार आदिलाई निमन्त्रणा गरी एक साँगितिक कार्यक्रमको आयोजन गरि वहाँहरुले भब्यताको साथ त्यो खुसी सबैसंग बाँड्नु भयो । माचमा वहाँहरुले आफ्नो जिवन कहानी भन्दा आँसुका धारा बगेको थियो तर त्यसमा बेदना र खुसी देबै मिसिएको थियो । साथमा उपस्थित सबैले दाम्पत्य जिवनको सुखमयको साथ साथै बच्चाको सु-स्वास्थ्य दिर्गायु र उक्तरोतर प्रगतिको कामना गरेका थिए । नेपाली परिकारको खानाको साथ साथै सांगितिक कार्यक्रमले सबैलाई झुम झुम्याएको थियो ।

मिलनसार मृदुभाषी समाजसेवी दिलचन बुढामगरको जीवनमा आएको यो खुसी सदैब रहिरहोस । एउटा आँट भरोसा आत्म विश्वास मिहेनत कडा परिश्रम र अनुसासित ब्यक्तिले जीवनमा हार खानु पर्दैन भन्ने वहाँको दाम्पतिले प्रमाणीत गरि दिएको छ ।



हे ठूल ठूला भाषण गर्ने नेताहरु ह्ो । समाजलाई अग्र गतिमा लाने हो नयाँ नेपालको निर्माण गर्ने हो भने भाषणमा मात्र होईन तिमीहरुले आफ्नो छोराछोरीहरुलाई पनि अन्तर जातिय विबहा गरेर देखाउ र हाम्रो देश नेपाल धर्म निरिपेक्ष छुवाछुत रहित संघिय गणतान्त्रिक नेपाल हो भनेर प्रमाणीत गरि देखाउ ।

धन्यबाद ।

June 5, 2008

बैदेशिक रोजगारको विज्ञापनले साउदीका नेपालीहरुमा प्रत्येक्ष असर ।

-सागर श्रेष्ठ
साउदी अरेविया गल्फ देशहरु मध्ये सबै भन्दा थोरै तलब सुविधा दिने र सस्तोमै नेपालबाट आउन सकिने देश हो । यस देशमा नेपाली कामदारहरु मात्र ४ लाखको हाराहारीमा रहेको पाईन्छ । बैदेशिक रोजगारीको स्पष्ट नितिनियम नहुना र दलाल, म्यानपावरहरुको लापर्वाहिले गर्दा हजारौं युवाहरुले आफ्नो परिश्रम पाउन सकिरहेको छैन । नेपालमा गरेको सम्भौता अनुसार तलब सुविधा नपाउने भएको हुनाले यहाँ कम्पनि छाडेर भागेर काम गर्नेहरुको संख्या लगभग ५० हजार भन्दा माथी रहेको अनुमान गर्न सकिन्छ । यहाँ स्थानिय दलालहरुलाई पनि यसबाट प्रत्यक्ष फाईदा भएको पाईन्छ । एक कम्पनीबाट भगाएर अर्को कम्पनीमा काम लगाउदा कमिशन खान्छ र कामदारबाट पनि पैसा लिने गरेको पाईन्छ । त्यसै गरि पछी नेपाल र्फकने बेलामा भगाएर पठाउँदा पनि ५०० रियाल देखी २००० रियाल सम्म कमिशन लिएर पठाउने गरेको पाईन्छ । फेरी पैसा नेपाल पठाउने बेलामा भागेर काम गर्नेहरुले पठाउन नसक्ने भएकोले त्यहि दलाल हरुले हुण्डी मार्फ पर्ठाई कमिशन खाने गरेको पाईन्छ । यसरी सोझा नेपालीहरुलाई बिभिन्न माध्यमबाट ठगेर यहाँका स्थानिय दलालहरु जुका झैं मटाएकाछन ।
केहि समय पहिलेको कुरा हो यहाँका स्थानिय दलाल तथा मानब तस्करहरुले यहिंबाट विभिन्न देशमा पर्ठाई दिन्छु भनि सोझा साझा नेपालीहरुलाई फसायर पैसा उठाएको पाईएको थियो तत्कालीन समयमा विभिन्न संघ संगठनहरुको सकृयतामा उक्त ब्यक्तिलाई समाई पैसा फिर्ता गर्राईएको थियो अझै २-३ जना ब्यक्तिले स प्रमाण उक्त पैसा फिर्ता लिन नआएकोले केहि रकम साउदी अरेविया मा स्थापना भएको प्र.ने.से.स. मा रहेको थाहा भएको छ ।
फेरी अर्को ठगले सकृयता जनाएको थाहा भएको छ । प्राप्त जानकारी अनुसार हालसालै काठमाडौं बालुवाटारबाट प्रेशित ूप्रवासी ठगि विज्ञापन सर्म्पर्क व्यक्ति सागर राणा लेखिएको समाचार हामीलाई प्ा्राप्त भएको छ । प्रस्तुत विज्ञापनमा लेखिएको समाचार बमोजिम प्रवासमा दुख गरिरहेका सम्पर्ूण्ा प्रवास्ाी नेपाली साथीभाईहरुलाई भ्रममा पार्न खोजि सागर राणाले ठग्न खोजिएको प्रष्ट हुन्छ । के यो समाचार साँचो छ ? कसरी सउदी अरबमा मात्र कार्यरत नेपालीहरुलाई विश्वको अमेरीका लगातय अरु थुपै्र देशहरुमा सजिलै भिषा प्राप्त गरी पठाउन सकिन्छ ? झुट र ठग्ाी विज्ञापन दिई फोन सर्म्पर्क गर्दा सागर राणाले तुरुन्त ६५० रियल मेरो नाममा आई एमर् इ बाट पठाउनु भनि प्रवास्ाीहरुलाई ठग्न खोजिएको तथा भिषाको लागि चिन्ता लिनु पर्दैन भनि झुटो आश्वाशन समेत दिएकोले कतिपय प्रवासी साथीहरु यहाँ सउदी अरवमा कम्पनी छोडी भाग्न थालेका छन । तथा उक्त समाचारले यहाँ अन्यन्त ठुलो जटिल समस्या आइपर्ने स्थिति छ । ४५० रियल महिनाको तलबमा मरिमरि काम गरिरहेका नेपालीप्रवास्ाीहरुलाई यस्तो विज्ञापन दिंदा कसको पो मन पोल्दैन र ? फेरी अर्को कुरा नेपालनै नगईकन यहीँबाट जुनसुकै मुलूकमा काम गर्नको निमित्त सिप्fm्ट गरिने पनि भनिएको छ ।
एक त बिदेशमा आफ्नो आर्थिक अवस्थालाई ध्यानमा राखि सम्पर्ुण्ा परिवारलाई छोडेर थोरै तलबमा रातदिन काम गरेर थकित भएका प्रवास्ाीहरु त्यसमाथि यस्तो आकषिर्त गर्ने समाचार पढेर हामी सम्पर्ूण्ा प्रवासीहरुलाई अत्यन्त ठुलो प्रभाव परेको छ । सम्पर्ूण्ा प्रवासीहरुलाई आकषिर्क गर्ने विज्ञापन निकालेर विश्वको जुनसुकै देशमा सजिलै भिषा प्राप्त गरी पठाउने सक्ने सागर राणाको यो निति सही हो या गलत ? वा पैसाको लालच देखाएर प्रवासी नेपालीहरुलाई प्रलोभनमा पारी ठग्न खोजेको त होईन ?
यस सम्बन्धमा साउदी अरेवियाको लागी सर्म्पर्क गर्न दिएको ब्यक्तिहरु क्रमश केशब अधिकारी ००९६६ ० ५५९०९५७९६, ओम आचार्य ००९६६ ० ५३२२५१९९४, दिनेश अधिकारी ००९६६ ० ५६१८७८०२५ मा सर्म्पर्क गरि बुज्न खोज्दा केशब अधिकारीले यो झुट हो । यस सम्बन्धमा मईले श्रम विभागमा सागर राणालाई समाई कानुनी कार्बाहि गर्न भनिसकेको छु भन्नु भयो साथै केहि रसिद प्याडहरुपनि वहाँ संग रहेको खुलासा गर्नु भएको छ । वहाँले मेरो नाम कसरी लेख्यो त्यो मलाई थाहा भएन भन्न भयो भने ओम आचार्यलाई सर्म्पर्क राख्दा म दिपक भेटवाल हुं यो मेरो नं हो ओम आचार्य मलाई थाहा छैन भनि पन्छीने काम गर्‍यो भने अर्को दिनेश अभिकारीको मोबाईल आफ गरिएको पाईयो ।
हिजो रातिको कान्तिपुर आज मार्फ पनि यस विषयमा थोरै जानकारी दिएको पाईयो अझै खोजतलास गरि यथार्थकुरा बाहिर ल्याउनलाई सम्बन्धीत निकायले ध्यान दिन आवस्यक देखिएकोले सम्बन्धीत निकायको ध्यानर्कषण गराउदछौं । ृअहिले यस विज्ञापनले साउदीमा निकै तहल्का मचाएकोले नेपाली दुताबासको पनि ध्यानर्कषण गराउन चाहान्छौं छिटो भन्दा छिटो ति ब्यक्तिहरुलाई सर्म्पर्क गरि सत्य तथ्य बाहिर ल्याउनलाई । यहाँका सर्म्पर्क नं दिएका ब्यक्तिहरुले सजिलै खै कस्ले दियो ? कसरी राख्यो ? मलाई थाहा छैन भनि पन्छीन खोजेकोले दालमा कुछ काला हे भने झैं शंका लागेको छ । यदि कोहि पनि नेपालीहरु यस विज्ञापनबाट ठगिन पुग्नु भएको छ भने कृपया info@prabasinepali.com मा इमेल गरि जानकारी दिलाउनहुन हार्दिक अनुरोध पनि गर्दछौं । यस विसयमा साउदी अरेवियामा स्थापिन नेपाली संघ संगठनहरुले पनि यो झुट हो कोहि पनि यसको पछि नलाग्नु भनेर प्रेश वक्तब्य निकाल्ने तयारी गरिरहेको थाहा भएको छ ।

सर्म्पर्क व्यक्तिको नाम एवं ठेगाना काठमाडौं स्थित निम्न बमोजिम छ ।
सागर राणा
Sagar Rana
HR SERVICE CENTER
HR Manager, P.O.Box#8932, Baluwatar Kathmandu
Phone : 2341349 Mobile : 9803529117
E-mail: sagar211@yahoo.com
For Saudi Arabia
केशब अधिकारी ००९६६ ० ५५९०९५७९६,
ओम आचार्य ००९६६ ० ५३२२५१९९४,
दिनेश अधिकारी ००९६६ ० ५६१८७८०२५

From kantipur ajja Click here

May 21, 2008

अनेसासको १६ वर्षपहिलेको भिजन बल्ल अहिले नेपालमा लागु हुदै छ ।

होमनाथ सुबेदी साहित्यीक आकाशमा कुनै नयाँ नाम होईन । वहाँ त एक चम्कीलो तारा हुनुहुन्छ जसले साहित्यीक पथमा हिडेका ब्यक्तिहरुलाई प्रकाश दिने काम गर्नु भएको छ । उहाँ एक चम्कीलो तारा हुनुहुन्छ भन्दा फरक नर्पला । विदेशमा रहेर पनि प्रत्येक पल पलमा नेपाल, नेपाली र नेपाली साहित्यलाई सम्भिm रहने अनि हरेक समुदायमा नेपाली भाषा, सहित्य, कला र सँस्कृतिको सम्रक्षण र विकासमा लागी परिरहनु भएका बरिष्ठ साहित्यकार श्री होम नाथ सुबेदी संग प्रवासी नेपाली डट कम (पि एन एन) का निर्देशक श्री सागर श्रेष्ठ ज्यूले अहिलेको वर्तमान पर्रि्रेक्ष्यमा समसामयिक विषयमा लिनु भएको अन्तरवार्ताको सार संक्षेप हाम्रा प्रिय पाठकहरुको लागी प्रस्तुत गरेका छौं ।
वहाँसंगको परिसम्बाद प्रस्तुत गर्नु भन्दा पहिले म वहाँको बारेमा साधरण जानकारीको साथमा वहाँद्वारा लिखित कृतिहरु र वहाँले पाउनु भएको सम्मानहरुको बारेमा प्रकास पार्न चाहान्छु ।
(more…)

April 5, 2008

प्रवासी नेपाली सेवा समितिको १० औं बाषिर्क उत्सब तथा महाधिबेशन सम्पन्न

सागर श्रेष्ठ/साउदी अरेविया

साउदी अरेविया स्थित दमामको नेपालीहरुको सबै भन्दा जेठो संस्था प्रवासी नेपाली सेवा समितिले आफ्नो १० औं वाषिर्क उत्सव तथा महाधिवेशन भव्यताको साथ सम्पन्न गरेको छ । साउदी अरेवियाको लागी पहिलो लोकतान्त्रीक राजदुत श्री हमिद

Darsakharu
अन्सारीको प्रमुख आतिथ्य तथा निवर्तमान अध्यक्ष श्री कुल प्रसाद कार्की ज्यूको सभापतित्वमा दमाम स्थित एक हलमा सम्पन्न उक्त कार्यक्रममा नेपाली दुताबास साउदी अरेवियाको लागी प्रथम सचिव लोक बहादुर थापा, पुष्पराज भटर्राई, गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति साउदी अरेवियाका अध्यक्ष श्री गोपाल घिमिरे लगायत विभिन्न संघ संस्थाको प्रतिनिधीर्,र् इन्जीनियर, व्यापारी, साहित्यकार, पत्रकार, लेखक आदिको उलेखनीय उपस्थिती रहेको थियो । (more…)

March 29, 2008

नुमापुङ्गको जन्म दिवस भब्यताको साथ सम्पन्न ।

सागर श्रेष्ठ/साउदी अरेविया
साउदी अरेविया जहाँ परिवार सहित बस्ने नेपालीहरुको संख्या उल्लेख्य नभएता पनि १०० औं को संख्यामा भई सकेको अनुमान गर्न सकिन्छ । पछिल्ला दिनहरुमा प्रवासी नेपालीहरुको जमघट हुने माध्यम भनेको साना साना बच्चाहरुको जन्मदिवस हो । विगत केहि महिना देखी प्रत्येक महिना जसो एक दर्ुइवटा बच्चाहरुको जन्मदिवस भब्यताको साथ मनाउने गरेको पाईन्छ । अझ रोचक कुरा के छ भने यस्ता जन्मदिवस हरुमा आफ्ना नातेदार, साथीभाईहरुको उपस्थितिको बाबजुद साउदी अरेवियामा रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, बुद्विजीवीर्,र् इन्जीनियर, पत्रकार, र्सबसाधारण आदीको साथसाथै दुताबास परिवारको समेत उपस्थितिले गर्दा कार्यक्रम अन्यन्त रमाईलो र औपचारिक हुने गरेको पाईएको छ ।
यसै क्रममा मिति २००७ मार्च २८ तारिखको दिन साउदी अरेवियाको रियाद स्थित एक स्थारामा माथि उल्लेखित ब्यक्तिहरुको उपस्थितिमा के. वि. यावा र विमला यावाको शुपुत्री नुमापुङ्गले पहिलो वशन्त पार गरेको पावन अबसरमा नेपाली परिकारको खाना सहित भव्य रुपमा पहिलो जन्म दिवस मनाएको छ । उक्त अवसरमा सम्पर्ुण्ा उपस्थिति महानुभाबहरुले उपहार सहित जन्म दिवसको उपलक्ष्यमा नुमापुङ्गको सुस्वास्थ्य, दिर्गायु र उत्तरोतर प्रगतिको कामना गरेका थिए ।

नेपाली दुताबास रियादको लागी जनदुत हमिद अन्सनरिलाई औपचारिक स्वागत ।

नेपालमा लोकतन्त्र पश्चात पहिलो लोकतान्त्रीक राजदुत महामहिम जनदुत हमिद अन्सारी ज्यूलाई गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाको पहलमा विभिन्न संघ संस्थाको तर्फाट औपचारिक स्वागत गरिएको छ । (more…)

January 20, 2008

मानसीक तथा शारिरीक यातनाको साथमा १६ महिनाको तलब पाईएन ।

सागर श्रेष्ठ
हालसालै कुबेतमा नेपालको सिन्धुपाल्चोक स्थाई घर भएकी डोल्मा सर्ेपालाई कुबेती स्थानिय अदालतले दिएको मृत्यु डण्डले नेपाल लगाएत विश्वमा रहेका नेपालीहरुको ध्यान आर्कषण गर्राईरहेको छ । आ-आफ्नो क्षेत्रबाट साथै कुटनितिक प्रयास पनि भई रहेको छ उनलाई बचाउनलाई । उनले त गल्ती गरेरै सजायको भागी भएकी होली उनलाई मृत्यु डण्डबाट बचाउन हामी सबैको कर्तब्य हो यसको लागी हर प्रयास भई रहेको छ । यहाँ जीउदै मरेका धेरै नेपाली दिदीबहिनीहरुछन् । तर उनीहरुलाई बचाउने कस्ले ?नेपाली महिलाहरु विदेश आउनु रहर होईन बाध्यता हो । यो बाध्यता कस्ले बनायो ? किन बाध्य भईन बिदेशीन ? यस विषयमा सम्बन्धीत निकायले ध्यान दिन जरुरी छ । (more…)

January 19, 2008

एन्आर्एन्एको विशेष जानकारी तथा समन्वयात्मक कार्यक्रमको अन्तीम तयारी पुरा ।

Filed under: सूचना

सागर श्रेष्ठ
जनवारी १९/साउदी अरेविया
गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाले यहि मिति २००८ जनवारी २५ तारिषको दिन साउदी अरेवियामा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, बुद्विजीबी, समाजसेवी, पत्रकार, ब्यापारी, लेखक, कलाकार, र्सवसाधारण आदिको उपस्थितीमा पहिलो पटक एन्आर्एन्ए सम्बन्धी सबैलाई जानकारी दिने उदेश्यले एन्आर्एन्ए विशेष जानकारी तथा समन्वयात्मक कार्यक्रम भब्य रुपमा गर्दैछ । (more…)

January 14, 2008

एक नेपालीको बेबारिसे अबस्थामा मृत्यु, उद्वारको लागी अपिल ।

सागर श्रेष्ठ,जनवारी १४, साउदी अरेविया ।
नेपाल सरकारको ठोस बैदेशीक निती नहुनु । म्यान पावरहरुको लापर्बाही आदीको कारणले गर्दा नेपालीहरु बिदेश आएर ठगिने क्रम दिन प्रतिदिन बढी रहेको छ । नेपालमा गरेको सम्झौता अनुसार यहाँ आएर सुबीधाहरु नपाएपछि नेपालीहरु भागेर काम गर्नेको संख्या साउदी अरेवियामा मात्र ७० हजार भन्दा बढी भई सकेको अनुमान गर्न सकिन्छ । यसरी भागेर काम गर्नेहरु नेपाल र्फकने बेलामा एउटै मात्र बाटो जेद्वा हो ।
हाम्रा पि एन एन सहयोगी मित्र देबेन्द्र कर्नले जेद्वा बाट पठाएको समाचार अनुसार एक नेपालीको बेबारिसे अबस्थामा मृत्यु भएको खबर छ । प्राप्त जानकारी अनुसार नेपाल र्फकने क्रममा जेद्वा पुगेका राक गा वि स वडा नं ५ रोल्पा, नेपालका बल बहादुर बि क जेद्वाको साह्राफिया पुलमुनी गत १० जनवारी २००८ को दिन बेबारिसे अबस्थामा मृत्यु भएको छ । अन्दाजी ३०-३५ बर्षा वि क लाई मुटु सम्बन्धी रोग थियो । प्रारंम्भीक अनुमान अनुसार अति जाडोको कारण उसको मृत्यु भएको हुनर्ुपर्छ ।
स्मरण रहोस जेद्वाबाट नेपाल र्फकने प्रत्येक नेपालीहरु उक्त पुलमुनी गएर बस्नु पर्दछ अनि पुलिसले आएर समातेर जेलखानामा हाली प्रकृया पुर्‍याएर नेपाल एम्बेसीको सहयोगमा नेपाल पठाउने गर्दछ ।
यस विषयमा हाम्रा सहकर्मी कर्न जीले एम्बेसीमा जानकारी लिदा कन्सुलर तथा का ब राजदुत प्रकाश कुमार सुबेदी ज्यूको अनुसार भागेर काम गरेको र कुनै र्रर्ेकडहरु पनि नभएकोले यस सम्बन्धमा लासलाई नेपाल पठाउन कसैले सहयोग गर्छ भने लास नेपाल पठाउन आवश्य सहयोग गर्ने बचन दिनु भएको जानकारी गराउनु भएको छ ।
वि क को नातेदार कसैले पनि अहिले सम्म सर्म्पर्क नगरेकोले कोहि ब्यक्तिले चिन्नु भएको छ भने देबेन्द्र कर्न ज्यूलाई ००९६६-५०२३७२२३९ मा अथवा पि एन एन कोर् इमेल ठेगनामा सर्म्पर्क गर्नहुन हार्दिक अनुरोध गरिन्छ । साथै विभिन्न संघ संस्था, समाजसेवी मित्रहरुलाई उक्त लास नेपाल पठाउनलाई आर्थिक सहयोग गर्नहुन पि एन एन हार्दिक अपिल गर्दछ । कुनै पनि सहयोग गर्नुहुने संघ संस्था तथा ब्यक्तिहरुले र्डाईरेक्ट नेपाल एम्बेसी रियादमा पनि सर्म्पर्क गर्न सक्नुहुनेछ ।

December 24, 2007

खुल्ला अन्तर भलिबल प्रतियोगीताको भब्यताको साथ सम्पन्न ।

सागर श्रेष्ठ, साउदी अरेविया
डिसेम्बर २४, साउदी अरेविया, मुस्लीमहरुको पवित्र चाड बकर््रर् इद तथा नयाँ वर्ष२००८ को पावन अबसरमा हिमालयन यूथ क्लब साउदी अरेवियादारा सञ्चालीत साउदी अरेविया ब्यापि खुल्ला अन्तर भलिबल प्रतियोगीता भब्यताको विच सम्पनन भएको छ ।
साउदी अरेविया तामिमी क्याम्पको खेल मैदानमा साउदी अरेवियाको लागी नेपाली दुताबासका कन्सुलर तथा का. ब. राजदुत महामहिम श्री प्रकाश कुमार सुबेदी ज्यूद्वारा उदाघाटन गरिएको उक्त खेलको सभापतित्व हिमालयन क्लबका अध्यक्ष श्री केहर थापा ज्यूले गर्नु भएको थियो । उक्त खुल्ला भलिबल प्रतियोगीतामा साउदी अरेवियाका विभिन्न क्षेत्रबाट २२ नेपाली टिमहरुले सहभागीता जनाएका थिए । स्थानिय समय अनुसार दिनको करिव ०१ः१० मा उदाघाटन गरिएको उक्त समारोहमा गैर आवसीय नेपाली संघ अन्तराष्टिय समन्य परिषदका साउदी अरेवियाबाट प्रतिनिधित्व गर्नुहुने राम बहादुर बेलबासे, राष्टिय समन्य परिषद साउदी अरेवियाका स्टाबलीसमेन्ट, अध्यक्ष लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, ब्यापारी, समाजसेवी, पत्रकार आदीको साथ साथै हजारौ खेलप्रेमी नेपालीहरुको उपस्थिती रहेको थियो । (more…)

December 11, 2007

मरेपनि मरोस मलाई मतलब छैन, मलाई नेपाल फर्काई दिनुहोस ।

सागर श्रेष्ठ
भन्छन श्रीमान श्रीमतिको झगडा परालको आगो, अनि श्रीमान श्रीमति विचमा भएको हजारौं गल्तीहरुलाई माफ गरिन्छ तर यहाँ उल्लेख गर्नु खोजेको कुरामा त्यसो भएन । एक नेपाली महिलाको पिडा न त त्यो जागीर दिनेले बुEmन सक्यो न त संगै जीउने संगै मर्ने भन्ने श्रीमान ले नै बुEmन सक्यो । आज भन्दा करिब २-३ महिना पहिले घरमा सामान्य झगडा भई माईति गएकि आफ्नी श्रीमतिको एक्कासी आपतमा परेकी छे विदेशमा भन्दा नवलपरासी माकर २ बार्देघाट चिसापानीको दर्ुजा बुढामगर तिनछक परेका छन । (more…)

November 28, 2007

Bhutanese Refujee in Nepal and long march pass

Pls Cleck Here

November 27, 2007

नवलपरासी प्र. म. २००३, साउदी अरेविया दमामको अपिल

Filed under: Press Release


September 18, 2007

समस्याको समाधान कस्ले गर्ने ?


सागर श्रेष्ठ
नेपाल सरकारको फितलो बैदेशीक रोजगार सम्बन्धी निती नियम, म्यान पावरहरुको लार्पबाहि, कम्पनिले आफ्नो दाईत्वबाट पछि हट्नु, कामदार हरुको अनुभबको कमी आदीले गर्दा साउदी अरेवियामा मात्र भागेर काम गर्नेहरुको संख्या ३० हजार नाघी सकेको अनुमान गर्न सकिन्छ । यहाँका प्राय कम्पनिहरुले नेपालमा गरेको सम्झौता अनुसार तलब तथा सुविधा नदिनु, चार पांच महिना सम्म तलब नदिनु, कठिन काम गर्नु पर्ने आदी कारणहरुले गर्दा भागेर काम गर्नेहरुको संख्या दिन प्रतिदिन बढीरहेको छ । त्यति मात्र नभएर एक कम्पनि बाट सोझा नेपालीहरुलाई ललाई फकाई विभिन्न प्रलोभनहरु देखाएर कमिशन खाएर भगाएर अर्कै कम्पनिमा काम मिलाई दिने दलालहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै गर्ैइरहेको छ । यसरी कमीशनमा अर्को कम्पनिमा काम मिलाई दिदा एक ब्यक्ति बराबर एक दिनमा १ देखी १० रियाल सम्म कमिशन खाने गरेको थाहा भएको छ । यसरी भगाएर १०० जनालाई मात्र अर्को कम्पनीमा काम लगाई दिने हो भने महिनामा बसि बसि १५ देखी २५ हजार सम्म कमाउने गर्दछ । (more…)

September 12, 2007

नेपाली दुताबास रियादको अत्यन्त जरुरी सूचना

Filed under: Press Release

स्वशासन सम्बन्धी खोटा विचारको खण्डन (१)

- महेश्वर श्रेष्ठ
नेपाल अहिले अत्यन्त संवेदनशील संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । २००७ सालदेखि फछ्र्यौछ हुन नसकिरहेको संविधानसभाको निर्वाचन भएमा एकातिर राजतन्त्र रहने कि नरहने भन्ने फैसला हुनेवाला छ भने अर्कोतर्फदेश स्वशासन सहितको संघीय राज्यको स्वरुप ग्रहण गर्ने दिशातर्फउन्मुख भएको छ । (more…)

September 10, 2007

तीज महोत्सवमा रमाए पौरखी महिलाहरु।

पि एन एन सम्बाददाता, काठमाण्डौ, अञ्जना बैद्य श्रेष्ठ, काठमाडौं
बैदेशिक रोजगारीबाट फर्केका महिलाहरु, तीनका परिवार तथा बैदेशिक रोजगारीसंग प्रत्यक्ष । अप्रत्यक्ष रुपमा सरोकार राख्ने ब्यक्ति तथा सघ संस्थालाई समेटेर पौरखी नेपालले तीजको बिशेष उपलक्ष्यमा पौरखी तीज महोत्सव यही मिति २०६४ भाद्र २२ गते काठमाडौंमा आयोजना गरेको छ । (more…)

August 12, 2007

उफ आज मेरो लोग्ने भैदिएको भए ……………….।

Filed under: कथा

कथा

म रोएकी छु , असाध्य संग मन कुँडिएको छ । स्वदेशको सम्झना र विदेशको पिडाले मन भक्कानिएर ढिकीको मुसलले थिचिएको हात जस्तो छिया-छिया भएर चहर्याईरहेको आँत लिएर म कतार प्रवासिन बाध्य भएकी थिएँ । काखमा पसारेर आमाको ममत्व प्रदान गर्दै आफ्नै छातिको लाम्टा पनि धित मर्ने गरी चुसाउन नपाई त्यो मेरो गर्भे टुहुरो दुधे बालक छोरो माईतिको पोल्टामा फालेर म आज कतारमा विरासत जीवन बिताउन बाध्य भएकी छु । मेरो लोग्ने जीउँदो हुँदा म नन्द देवरको नजरमा त्रेतायुगको सीता भाउजुको उपमाले अलंकारीत थिएँ । सासु ससुराको नजरमा कुलीन बुहारी थिएँ । मेरो लोग्नेको असमायिक निधनले मेरो सारा संसार अन्धकार नै अन्धकारले घेरीएर पात झरेको चैत मासको खयरको नांगो रुखझैँ निर्जीव जडमा अवसानित हुन पुगेँ । म सधवा बाट बिधवामा पदार्पित हुन पुगेँ । कर्मघरबाट म मा गरीने व्यवहारमा क्रमशः परर्ीवर्तन आउन थाल्यो । खसम गुम्नुको पिडाले मरेतुल्य भएकी म विधवा बुहारी माथि संवेदनशैलीमा ‘ तिमी त हिजो सम्म यो घरको बुहारी मात्र थियौ आज बाट तिमी नै यो घरको हाम्रो छोरा पनि हौ’ भन्ने सासुको बोलीमा रुखोपना मात्र हैन गालीका शव्द्ध पनि बर्सिन थालेको थियो । ‘संघारे राँडी , कुलंघारनी , मेरो छोरो टोकुवा’ , आदिर् इत्यादि गाली गलौज सासुको मुखबाट मलाई प्रक्षेपित गरीनु सामान्य नै भैसकेको थियो । मेरो सासुको छोरा मेरो पनि त पोई नै हो नि । उहाँको आकस्मिक निधनको परमपिडा मेरो सासु ससुरालाई भन्दा मैले नै बढि महसुस गर्नु परेको थियो । नितान्त एकान्तता र निस्सारलाग्दो एकांकीपनाको वियोगमा वहाँहरु भन्दा म नै बढी पिडीत थिएँ यस वियोगमा । चुरा, पोते, सिन्दुरको अवसान संगै मर्ुदाघाट तुल्य भएकी म प्रति सहानुभूति देखाउनुको सट्टा उपहास गरीने सिलसिला म मा अविच्छिन्न रुपमा बषिर्न थाले पछि मेरो पनि धर्ैयताको बाँध टुट्न थाल्यो । एक बिधवाको हरेक चिसो रातको असैहृय पिडा मेरो अर्को टड्कारो पिरलो बन्न पुगेको थियो ।
एक त हामी नारी जाति भाग्य, संर्घष्ा र परपुरुषमा निर्भर भएर बाँच्नु पर्ने बाध्यता । बैबाहिक लगनगाँठोमा बाँधिएपछि श्रीमानको घरलाई आफ्नै घर सम्झेर बिताउनु पर्ने बिवशता । पर्ुण्ारुपमा नवीन महसुस हुन्थ्यो जन्म घर भन्दा मेरो लोग्नेको त्यो मेरो कर्म घर । अड्कलेर श्वाश प्रश्वाशको खलाँती चलाउनु पर्ने जङ्गी कायदा कानुन । घर भित्र बाहिर गर्दा पाईतालाको आवाज शुन्यप्राय हुनु पर्ने । घर धन्दा सकीओरी सासुको गोडामा तेल मालिश गर्नु पर्ने मेरो नित्य दैनिकी । किशोरी अवस्थामा घाँघर र मिडीमा नै माईतिघरमा खुट्टे र काने काने पिच्च्ाा खेल्दै किशोरीपना सिनित्त भ्याएकी म नब बधुमा बढुवा भएर लोग्नेको घरमा आए पछि साडी पेटीकोट लगाउनु पर्ने बाध्यता । साडीको व्यवस्थित पहिरन लगाउन पनि अनभिज्ञ म साडीको मुज्जा पार्न पनि राम्रो संग जानेकी थिइन । ‘झुम्राको पुतली जस्ती बुहारी भित्र्याएर लप्टन बुढाले के रमिता गरेका हुन् कुन्नि खै -’ भन्दै एकाथरी छिमेकीले म प्रति इंगित गर्दै शव्द्धबाण प्रहार गर्न पनि चुक्थेनन् ।
दुलही हुँदाको क्षणमा पनि के के जाति हो कुन्नि, सोह्र श्रृंगारको लिपपोत पनि अरुले नै गरीदिएका थिए । साडी व्लाउजको पहिरन पनि अरुले नै लगाईदिएका थिए । व्लाउजको टाँक भन्दा पनि सानो प्वाल भएको नयाँ टाँकघरमा टाँक लगाउने प्रयासक्रममा मेरो कसिलो छातीमा छुस्स छुँदै टोलाएका संगिनीका छुच्च्ाा हातले मलाई आनन्दानुभूति भन्दा पनि काउकुति लगाएको आभाष बढि हुन्थ्यो । संगिनीका छुच्चा हात मेरो छातीको उभारमा छिल्लिने क्रममा कृत्रिम रोष प्रकट गर्थेँ । ‘लाज पचेका नकच्चरीहरु’ भन्दै सवैलाई आँखा तर्दै नजर अन्तै केन्द्रित गरेको बहाना गर्थेँ । उनीहरु प्ानि के कम थिए र ओठे जवाफ फर्काउनलाई, मलाई नानाभाँति भनेर उछित्तो काढ्थे । ‘अहिले तेरो त्यो छातीमा छुस्स छुँदा के को स्वाङ्ग पार्छर्ेे मोरी, भोली देखि भुस्तिघ्रे पोईको ८० किलोको ज्यान तेरो नौनी जस्तो मखमली ज्यान माथि ओईरिँदा पोईको स्वादमा माईतीको मोहीको स्वाद भुलिहाल्छेस् क्या रे । ढाँटी छली के कुरा भो र - हामी पनि यसै भन्थिम् पैला ।’ उनीहरुका यि शव्द्धहरुले कौतुहलता र रोमाञ्चकता म भित्र दुवै संञ्चारीत भएको थियो । अनि कल्पनारत भई म सोचमग्न हुन्थेँ । ‘के जन्मघर बिर्सर्ााे नयाँ सुत्रविद्य िलोग्नेको मनपरितन्त्र म माथि बर्सिनु नै हो त - लोग्ने संगको सहवासकालिन स्वर्गिय आनन्दको अनुभूतिले मेरो माईतिखलकको मायाको घैलोबाट माया उभाएर लोग्नेको घर तिर खन्याएर माइतिपक्षको अपनत्वपनमा कमि ल्याउने जादुको छडी हो त सहवास - मेरो एकल जीवनमा लोग्ने बनेर आउने त्यो केटाको बैंसको भारी बिसाउने चौतारी हुँ कि उ मेरा लागि -’ हामी २ मा को साधन र को साध्य हो मैले ठम्याउन सकिरहेकी थिइन ।
मेरो उमेरगत उँभौलीको अवस्थाअनुसार बुवा आमाले विधिको संस्कारजनित विधान अनुरुप मेरो बिहे गरीदिने क्रममा म दुलही बन्न जाँदै थिएँ । आँपपीपलको तरपाँया बाटो बाट ओईरिएका जन्तीपक्षका पञ्चेबाजा वादकहरु श्ाायद दुलहीको घरको ध्वजा पताका र तोरण देखेर होला मेरै घरपट्ट िनै नरसिंगा र करनाल फर्काएर जोर जोरले मुग्ध ध्वनि संप्रेषित गरीरहेका थिए ।
पञ्चेबाजाको धुन लर्ुइंटेल भञ्ज्याङ्ग माथिको पहरामा ठोक्किएर प्रतिध्वनित हुँदै लर्ुइंटेल भञ्ज्याङ्ग सम्म प्रष्ट सुनिन्थ्यो । घरको चोटामाथिको आँखीझ्यालबाट निर्निमेष रुपमा आँपपीपल बाट आएको जन्तीको लावा लस्कर हेरीरहेँ । ‘लौ न नि, आँपपीपले हरु त गाउँ नै उल्टिएर पो आएका रहेछन् । जन्ती तिरको मेरो आँखा तनाईलाई नियालेर अर्की संगिनीले व्यंग्यबाण प्रहार गरीहाली । ‘आफ्नो दुल्हा राजालाई कहिले देखौँ कहिले भेटौँ मनमा आत्तुरी त लाको रै छ नि नक्कलीलाई । नआत्ति बावै, अहिले दुल्हा राजा घोडा बाट ओर्लिएर जन्ती पर्सर्ीीके पछि पानीको रेखी काट्ने बेलामा पेट भरि हर्ेर्लिस् ।’ म लाजले मरेतुल्य भएर उसको पाखुरामा चिटिक्क चिमोटेर घुम्टो भित्र आफ्नो नजर लुकाएकी थिएँ । गोठको गाईबस्तु पारीबारीको खुल्लाफाँटमा किला ठोकेर उतै सारेर गोठलाई जन्तीको स्वागतार्थ बस्न योग्य बनाईएको थियो ।

रबि भट्ट “रोषी”
रत्ननगर, चितवन
हालः दोहा, कतार
E-mail:rabi_roshi@yahoo.com

अग्लो कद, ढाकाको दौरा सुरुवाल, कम्मरमा सेतो पटुकी, पटुकी बेरेको कम्मरको देब्रे कर्ुइनेटोमा घुसारिएको सिरुपाते भोजपुरे खुकुरी ,खुट्टामा टलक्क टल्किने बाँसबारीको जुत्ता, गोरो रुप सुहाउँदो ढाकाको टोपी, नाकको डाँडीमा टुक्रुक्क तर्ेर्सिएको कालो चश्माले त झन् सुनमा सुगन्ध थपिरहेको थियो । त्यस दिन आँगन पोलेर, गाईको पुच्छर समाएर पण्डित द्धारा आमा र बुवालाई हातमा कुश पानी थमाईदिएर समाजको अगाडि गोत्र परर्ीवर्तनको स्वघोषणा गरी एक पक्षीय भाषामा नै अभिव्यक्त गर्नुपर्दा मेरो किरिया गरी बुवा आमाको टाउकोको भारीबाट मलाई पन्छाइएको थियो । संस्कारजनित बैवाहिक रीतक्रमका थोत्रा बर्को ओढाउने क्रम अनुरुप सम्पर्ुण्ा कार्य समापन गरी छोरी बाट कसैको श्रीमती, कसैको बुहारी,कसैको भाउजु,देउरानी जस्ता यावत दर्जाबाट अलंकारित हुँदै माइतिघरबाट दुलाहा राजा घोडामा पछि पछि र म उलिनकाठमा अघि अघि मेरो लोग्नेको घरमा आएकी थिएँ ।
त्यो दिन मैले दुःखद तिक्तताको पाथी चुक निल्नु परेको थियो । सवारी दर्ुघटनाको आकस्मिकताले म अंग भंगको अवस्थामा अस्पतालको शैयामा छट्पटिरहेकी थिएँ भने मेरो श्रीमान शवगृहको मृत्युशैयामा चिरनिन्द्रामा रहनु भएको समाचारले म माथि आकाश आएर थिचेको महसुस भयो । मैले मेरो अगाडि केहि देख्न सकिरहेकी थिईन । मलाई निस्सार लाग्दो जीवन बाँच्नु एक रत्ति पनि आशा रहेन । सवैको शान्त्वना अनुरुप मैले मेरो गर्भमा हर्ुकदै गरेको रक्तपिण्डको लागि भने पनि बाँच्नु पर्ने भयो । बिचराको के दोष छ र अकारण हाम्रो कारणले उसको यस धर्तीमा अवतरण गर्न बाट बाँच्न बञ्चित गराउने - यिनै यावत कारणले म अहिले सम्म बाँचिरहेकी छु । तीज तिहारमा मैतालु चेलीहरु रातो साडीमा सजिएर, सोली भरि कोसेलीपात बोकेर, पाखुरा भरि रातो चुरा छमछम बजाएर माइति तिर हानिँदा मेरो चेहरामा कालो बादलको हुण्डरीले झुत्ति खेल्थ्यो । मेरो श्वेतबस्त्रको पहिरन तथा श्रंृगारिक आभूषण बिहिन कान्तिहिन चेहरा देखेपछि र्साईत गरेर हिँडेका नारी समुदाय बाट नै म उपेक्षित भएको प्रत्यक्ष महसुस गर्न थालेकी थिएँ । म मा जागृत खट्किएको पतिको अभावमा सिर्जित यौनकुण्ठाको माग भन्दा पनि पति नहुनुले घर पक्ष र समाजबाट हेपिनुपर्दाको पिडाले गर्दा मलाई दोश्रो पतिको आबश्यकता खट्किन थालेको थियो । मेरो सासु जो मेरो ससुराको दोश्रो पत्नीको रुपमा त्यो घरमा भित्रिनु भएको थियो । वहाँ पनि पर्ूव हवल्दार पत्नी हुनुहन्थ्यो । पर्ूव पति हँुदा हँुदै पनि दोश्रो पतिको रोजाईक्रममा पर्ूव पतिलाई शारीरिक असक्षमताको संज्ञा दिँदै अतृप्त यौनकुण्ठाकै कारणले पर्ूव पति प्रति यौन बिकर्षा सिर्जित भए पछि मेरा लप्टन पदधारी ससुरा संग ल्याईते बनेर आउनु भएको यथार्थता मैले पनि सुन्न्ा पुगेकी थिएँ । यस अर्थमा पनि मेरो पति बिहिन निस्सारता प्रति सहानुभूति दर्शाउँदै मेरी सासूले दोश्रो बिबाह प्रतिको मागलाई स्वीकार्नु हुन्छ कि भन्ने झिनो आशा लिएर अर्न्तर्मनभित्रको दमित चाहनालाई सासू समक्ष जगजाहेर गरेँ । त्यस पछिबाट म व्यभिचारीको उपमाले लेपित भएँ । सासुको ज्यादत्ाी म माथि तीब्र हुँदै जान थाल्यो । मेलापात जाँदा खेतालाहरुसंग बोल्दा पनि मलाई बोल्ने संग नै सम्बन्ध जोडिएको लाञ्छना लगाउँदै अनर्गल कुरा गरिएर चरित्र हत्या गर्ने प्रयास गरिन थाल्यो । त्यस घर नै साँघुरो महसुस हुनथाल्यो । अनि मैले त्यो घरबाट सदाको लागि विदा लिने निश्चय गरी दुधे छोरो बोकेर माईतिघरतर्फआएँ । माईतिघरमा पनि मैले क्षणिक सहानुभूति भन्दा केहि पनि पाउन सकिन मात्र अप्ठ्यारो आश्रय सिवाय । मैले मेरो छोराको सुरक्षित भविष्यको लागि भने पनि केहि गर्ने दृढता लिएर बिदेश जाने सोचका साथ येन केन प्रकारेण कतार आउन सफल भएँ । यहाँ आउनको लागि पनि मैले धेरै संग अनुनय विनय गरेँ । शारीरिक सम्झौताका कुराहरु नै म माथि र्सवप्रथम तर्ेर्सिन आउँथ्यो । आखिर मैले कतार आउन सफलता पाएँ र कतारमा एक निकृष्ट पेसा गर्न बाध्य भएकी छु । यस्ौ सिलसिलामा यहाँ म दर्ुइ बर्षो लागि बन्धक जीवन विताउन विवश भएकी छु । रात्रिकालिन एकान्त प्रहरमा शोचमग्न भएर अंगालो भरिको लोग्नेको शारीरिक रतिकृयाको सम्झनाले द्रविभूत हुन पुग्छु । आत्मरतिको बिगतको परिकल्पनाले म स्तव्ध हुन पुग्दछु । अनि सोच्छु मेरो लोग्ने भईदिएको भए आज मैले यो नियतिको शिकार हुनु पर्ने थिएन र मेरो त्यो काखमा रमेर आमाको मुखमृुद्रा नियालेर भुसुक्क निदाउने मेरो दुधे बालक त्यो छोरोले मातृवात्सल्यको अभावमा पिँढीको डिलबाट क्षितिज पारी सम्म आँखा चाहारेर टोलाउँदै आमाको तिर्सनाले मातृत्वअभावको महसुस गर्नु पर्ने थिएन । अनि फेरि म बायुमण्डलीय एकान्ततामा स्मृतिको गर्तमा डुबेर मन नेपाल तर्फनै हुत्याउँछु । नयन सजल भएर आउँछन् । उफ आज मेरो लोग्ने भैदिएको भए ……………….।

pls, click here * here

July 28, 2007

आफ्नो दायित्व, कर्तब्य र लक्ष्य कहिल्यै भुल्नुहुदैन ।

कृष्ण प्रसाद शर्मा सुबेदी
विश्वभरी वीर नेपालीको नामले परिचीत नेपालीहरुको अवस्था आज ठिक त्यसको विपरीत कमजोर र हिन नेपालीको रूपमा चिनिनु पर्ने अवस्था सृजना भएको छ । चाहै त्यो विश्वको विकसित राष्ट्र होस चाहे त्यो साउदी अरेवियाको खाडी होस, चाहे बहर्राईन, कतार, औमन, दर्ुबई, कुवैत, मलेसिया किन नहोस - आज रोजगारीको सिलसिलामा विदेशमा नेपालीको उद्ययमसिल शक्ति -पुरुस, महिला) ले निकै दर्दानाक जीवन विताउनु परेको छ । नेपालमा प्राप्त मात्रमा कलकारखाना, खानी, उद्योग ब्यबसाय नहुनु र कृषी प्रधान देश भएर पनि ८५ प्रतिशत कृषकहरु मध्ये धेरै संख्यामा रहेको कृषकहरु संग आफ्नो जमीन जग्गा नहुनु र उत्पादनको लागी उन्नत किसीमका प्राविधी सुविधा नहुनु . वावजुद नै आज तमाम कृषकका छोरा छोरीहरु एक छाक र्टार्न र एकसरो लत्ताकपडा फर्ेनको लागी भनेता पनि विश्वको धेरै जसो मुलुकमा एक श्रमजीवि श्रीमिकको कार्य गर्न बाद्य भएका छन । (more…)

June 6, 2007

Ghumgham video clip

Filed under: कथा




May 15, 2007

Testing

Filed under: Uncategorized

NEW! Check your document online with CSE HTML Validator Lite. Add this to your site.



May 7, 2007

Janaandolan Part Two Video Clip

Filed under: कथा

Janaandolan Part Two Video

April 30, 2007

Gas Leack creat dijaster

Filed under: सूचना


April 28, 2007

Open Volleyball tournament

Filed under: सूचना



Final game playing Al-Robaya Nepali team Vs Langhali Nepali team.

April 11, 2007

New Year Greetings

Filed under: Greetings

सेवा र राष्टियता हाम्रो भावना,
देशमा सुख, शान्ति र समर्ृर्द्वि हाम्रो चाहाना

आदरणीय पाठकबृन्द तथा शुभ चिन्तक ज्यूहरु । धेरै बर्षो कठोर जीन्दगी पछि बल्ल बल्ल हामीले घर परिवारर्,र् इश्टमीत्र,साथीभाईहरु संग मिलेर नयाँ बर्षमनाउने मौका पाएका छौं । देशको राजनितिक परिस्थिती हर्ेदा अझै ढुक्क भएर स्वतन्त्र रुपमा हिड्ने बेला आएको छैन । तै पनि विगतलाई फर्केर हर्ेदा यो दिनको पर्खाईमा थियौं हामी पनि । आज जे जस्तो भएपनि केहि मात्रामा सुखको सास फर्ेन पाएका छौं । यस पावन अबसरमा पुन एक पटक हामी हाम्रा पाठकबृन्द तथा शुभ चिन्तक ज्यूहरुमा सुख, शान्ति र समर्ृर्द्विको साथ नेपालमा शान्तिको कामना गर्दछौं ।

March 21, 2007

Testing

Filed under: Uncategorized