मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

August 12, 2007

उफ आज मेरो लोग्ने भैदिएको भए ……………….।

Filed under: कथा

कथा

म रोएकी छु , असाध्य संग मन कुँडिएको छ । स्वदेशको सम्झना र विदेशको पिडाले मन भक्कानिएर ढिकीको मुसलले थिचिएको हात जस्तो छिया-छिया भएर चहर्याईरहेको आँत लिएर म कतार प्रवासिन बाध्य भएकी थिएँ । काखमा पसारेर आमाको ममत्व प्रदान गर्दै आफ्नै छातिको लाम्टा पनि धित मर्ने गरी चुसाउन नपाई त्यो मेरो गर्भे टुहुरो दुधे बालक छोरो माईतिको पोल्टामा फालेर म आज कतारमा विरासत जीवन बिताउन बाध्य भएकी छु । मेरो लोग्ने जीउँदो हुँदा म नन्द देवरको नजरमा त्रेतायुगको सीता भाउजुको उपमाले अलंकारीत थिएँ । सासु ससुराको नजरमा कुलीन बुहारी थिएँ । मेरो लोग्नेको असमायिक निधनले मेरो सारा संसार अन्धकार नै अन्धकारले घेरीएर पात झरेको चैत मासको खयरको नांगो रुखझैँ निर्जीव जडमा अवसानित हुन पुगेँ । म सधवा बाट बिधवामा पदार्पित हुन पुगेँ । कर्मघरबाट म मा गरीने व्यवहारमा क्रमशः परर्ीवर्तन आउन थाल्यो । खसम गुम्नुको पिडाले मरेतुल्य भएकी म विधवा बुहारी माथि संवेदनशैलीमा ‘ तिमी त हिजो सम्म यो घरको बुहारी मात्र थियौ आज बाट तिमी नै यो घरको हाम्रो छोरा पनि हौ’ भन्ने सासुको बोलीमा रुखोपना मात्र हैन गालीका शव्द्ध पनि बर्सिन थालेको थियो । ‘संघारे राँडी , कुलंघारनी , मेरो छोरो टोकुवा’ , आदिर् इत्यादि गाली गलौज सासुको मुखबाट मलाई प्रक्षेपित गरीनु सामान्य नै भैसकेको थियो । मेरो सासुको छोरा मेरो पनि त पोई नै हो नि । उहाँको आकस्मिक निधनको परमपिडा मेरो सासु ससुरालाई भन्दा मैले नै बढि महसुस गर्नु परेको थियो । नितान्त एकान्तता र निस्सारलाग्दो एकांकीपनाको वियोगमा वहाँहरु भन्दा म नै बढी पिडीत थिएँ यस वियोगमा । चुरा, पोते, सिन्दुरको अवसान संगै मर्ुदाघाट तुल्य भएकी म प्रति सहानुभूति देखाउनुको सट्टा उपहास गरीने सिलसिला म मा अविच्छिन्न रुपमा बषिर्न थाले पछि मेरो पनि धर्ैयताको बाँध टुट्न थाल्यो । एक बिधवाको हरेक चिसो रातको असैहृय पिडा मेरो अर्को टड्कारो पिरलो बन्न पुगेको थियो ।
एक त हामी नारी जाति भाग्य, संर्घष्ा र परपुरुषमा निर्भर भएर बाँच्नु पर्ने बाध्यता । बैबाहिक लगनगाँठोमा बाँधिएपछि श्रीमानको घरलाई आफ्नै घर सम्झेर बिताउनु पर्ने बिवशता । पर्ुण्ारुपमा नवीन महसुस हुन्थ्यो जन्म घर भन्दा मेरो लोग्नेको त्यो मेरो कर्म घर । अड्कलेर श्वाश प्रश्वाशको खलाँती चलाउनु पर्ने जङ्गी कायदा कानुन । घर भित्र बाहिर गर्दा पाईतालाको आवाज शुन्यप्राय हुनु पर्ने । घर धन्दा सकीओरी सासुको गोडामा तेल मालिश गर्नु पर्ने मेरो नित्य दैनिकी । किशोरी अवस्थामा घाँघर र मिडीमा नै माईतिघरमा खुट्टे र काने काने पिच्च्ाा खेल्दै किशोरीपना सिनित्त भ्याएकी म नब बधुमा बढुवा भएर लोग्नेको घरमा आए पछि साडी पेटीकोट लगाउनु पर्ने बाध्यता । साडीको व्यवस्थित पहिरन लगाउन पनि अनभिज्ञ म साडीको मुज्जा पार्न पनि राम्रो संग जानेकी थिइन । ‘झुम्राको पुतली जस्ती बुहारी भित्र्याएर लप्टन बुढाले के रमिता गरेका हुन् कुन्नि खै -’ भन्दै एकाथरी छिमेकीले म प्रति इंगित गर्दै शव्द्धबाण प्रहार गर्न पनि चुक्थेनन् ।
दुलही हुँदाको क्षणमा पनि के के जाति हो कुन्नि, सोह्र श्रृंगारको लिपपोत पनि अरुले नै गरीदिएका थिए । साडी व्लाउजको पहिरन पनि अरुले नै लगाईदिएका थिए । व्लाउजको टाँक भन्दा पनि सानो प्वाल भएको नयाँ टाँकघरमा टाँक लगाउने प्रयासक्रममा मेरो कसिलो छातीमा छुस्स छुँदै टोलाएका संगिनीका छुच्च्ाा हातले मलाई आनन्दानुभूति भन्दा पनि काउकुति लगाएको आभाष बढि हुन्थ्यो । संगिनीका छुच्चा हात मेरो छातीको उभारमा छिल्लिने क्रममा कृत्रिम रोष प्रकट गर्थेँ । ‘लाज पचेका नकच्चरीहरु’ भन्दै सवैलाई आँखा तर्दै नजर अन्तै केन्द्रित गरेको बहाना गर्थेँ । उनीहरु प्ानि के कम थिए र ओठे जवाफ फर्काउनलाई, मलाई नानाभाँति भनेर उछित्तो काढ्थे । ‘अहिले तेरो त्यो छातीमा छुस्स छुँदा के को स्वाङ्ग पार्छर्ेे मोरी, भोली देखि भुस्तिघ्रे पोईको ८० किलोको ज्यान तेरो नौनी जस्तो मखमली ज्यान माथि ओईरिँदा पोईको स्वादमा माईतीको मोहीको स्वाद भुलिहाल्छेस् क्या रे । ढाँटी छली के कुरा भो र - हामी पनि यसै भन्थिम् पैला ।’ उनीहरुका यि शव्द्धहरुले कौतुहलता र रोमाञ्चकता म भित्र दुवै संञ्चारीत भएको थियो । अनि कल्पनारत भई म सोचमग्न हुन्थेँ । ‘के जन्मघर बिर्सर्ााे नयाँ सुत्रविद्य िलोग्नेको मनपरितन्त्र म माथि बर्सिनु नै हो त - लोग्ने संगको सहवासकालिन स्वर्गिय आनन्दको अनुभूतिले मेरो माईतिखलकको मायाको घैलोबाट माया उभाएर लोग्नेको घर तिर खन्याएर माइतिपक्षको अपनत्वपनमा कमि ल्याउने जादुको छडी हो त सहवास - मेरो एकल जीवनमा लोग्ने बनेर आउने त्यो केटाको बैंसको भारी बिसाउने चौतारी हुँ कि उ मेरा लागि -’ हामी २ मा को साधन र को साध्य हो मैले ठम्याउन सकिरहेकी थिइन ।
मेरो उमेरगत उँभौलीको अवस्थाअनुसार बुवा आमाले विधिको संस्कारजनित विधान अनुरुप मेरो बिहे गरीदिने क्रममा म दुलही बन्न जाँदै थिएँ । आँपपीपलको तरपाँया बाटो बाट ओईरिएका जन्तीपक्षका पञ्चेबाजा वादकहरु श्ाायद दुलहीको घरको ध्वजा पताका र तोरण देखेर होला मेरै घरपट्ट िनै नरसिंगा र करनाल फर्काएर जोर जोरले मुग्ध ध्वनि संप्रेषित गरीरहेका थिए ।
पञ्चेबाजाको धुन लर्ुइंटेल भञ्ज्याङ्ग माथिको पहरामा ठोक्किएर प्रतिध्वनित हुँदै लर्ुइंटेल भञ्ज्याङ्ग सम्म प्रष्ट सुनिन्थ्यो । घरको चोटामाथिको आँखीझ्यालबाट निर्निमेष रुपमा आँपपीपल बाट आएको जन्तीको लावा लस्कर हेरीरहेँ । ‘लौ न नि, आँपपीपले हरु त गाउँ नै उल्टिएर पो आएका रहेछन् । जन्ती तिरको मेरो आँखा तनाईलाई नियालेर अर्की संगिनीले व्यंग्यबाण प्रहार गरीहाली । ‘आफ्नो दुल्हा राजालाई कहिले देखौँ कहिले भेटौँ मनमा आत्तुरी त लाको रै छ नि नक्कलीलाई । नआत्ति बावै, अहिले दुल्हा राजा घोडा बाट ओर्लिएर जन्ती पर्सर्ीीके पछि पानीको रेखी काट्ने बेलामा पेट भरि हर्ेर्लिस् ।’ म लाजले मरेतुल्य भएर उसको पाखुरामा चिटिक्क चिमोटेर घुम्टो भित्र आफ्नो नजर लुकाएकी थिएँ । गोठको गाईबस्तु पारीबारीको खुल्लाफाँटमा किला ठोकेर उतै सारेर गोठलाई जन्तीको स्वागतार्थ बस्न योग्य बनाईएको थियो ।

रबि भट्ट “रोषी”
रत्ननगर, चितवन
हालः दोहा, कतार
E-mail:rabi_roshi@yahoo.com

अग्लो कद, ढाकाको दौरा सुरुवाल, कम्मरमा सेतो पटुकी, पटुकी बेरेको कम्मरको देब्रे कर्ुइनेटोमा घुसारिएको सिरुपाते भोजपुरे खुकुरी ,खुट्टामा टलक्क टल्किने बाँसबारीको जुत्ता, गोरो रुप सुहाउँदो ढाकाको टोपी, नाकको डाँडीमा टुक्रुक्क तर्ेर्सिएको कालो चश्माले त झन् सुनमा सुगन्ध थपिरहेको थियो । त्यस दिन आँगन पोलेर, गाईको पुच्छर समाएर पण्डित द्धारा आमा र बुवालाई हातमा कुश पानी थमाईदिएर समाजको अगाडि गोत्र परर्ीवर्तनको स्वघोषणा गरी एक पक्षीय भाषामा नै अभिव्यक्त गर्नुपर्दा मेरो किरिया गरी बुवा आमाको टाउकोको भारीबाट मलाई पन्छाइएको थियो । संस्कारजनित बैवाहिक रीतक्रमका थोत्रा बर्को ओढाउने क्रम अनुरुप सम्पर्ुण्ा कार्य समापन गरी छोरी बाट कसैको श्रीमती, कसैको बुहारी,कसैको भाउजु,देउरानी जस्ता यावत दर्जाबाट अलंकारित हुँदै माइतिघरबाट दुलाहा राजा घोडामा पछि पछि र म उलिनकाठमा अघि अघि मेरो लोग्नेको घरमा आएकी थिएँ ।
त्यो दिन मैले दुःखद तिक्तताको पाथी चुक निल्नु परेको थियो । सवारी दर्ुघटनाको आकस्मिकताले म अंग भंगको अवस्थामा अस्पतालको शैयामा छट्पटिरहेकी थिएँ भने मेरो श्रीमान शवगृहको मृत्युशैयामा चिरनिन्द्रामा रहनु भएको समाचारले म माथि आकाश आएर थिचेको महसुस भयो । मैले मेरो अगाडि केहि देख्न सकिरहेकी थिईन । मलाई निस्सार लाग्दो जीवन बाँच्नु एक रत्ति पनि आशा रहेन । सवैको शान्त्वना अनुरुप मैले मेरो गर्भमा हर्ुकदै गरेको रक्तपिण्डको लागि भने पनि बाँच्नु पर्ने भयो । बिचराको के दोष छ र अकारण हाम्रो कारणले उसको यस धर्तीमा अवतरण गर्न बाट बाँच्न बञ्चित गराउने - यिनै यावत कारणले म अहिले सम्म बाँचिरहेकी छु । तीज तिहारमा मैतालु चेलीहरु रातो साडीमा सजिएर, सोली भरि कोसेलीपात बोकेर, पाखुरा भरि रातो चुरा छमछम बजाएर माइति तिर हानिँदा मेरो चेहरामा कालो बादलको हुण्डरीले झुत्ति खेल्थ्यो । मेरो श्वेतबस्त्रको पहिरन तथा श्रंृगारिक आभूषण बिहिन कान्तिहिन चेहरा देखेपछि र्साईत गरेर हिँडेका नारी समुदाय बाट नै म उपेक्षित भएको प्रत्यक्ष महसुस गर्न थालेकी थिएँ । म मा जागृत खट्किएको पतिको अभावमा सिर्जित यौनकुण्ठाको माग भन्दा पनि पति नहुनुले घर पक्ष र समाजबाट हेपिनुपर्दाको पिडाले गर्दा मलाई दोश्रो पतिको आबश्यकता खट्किन थालेको थियो । मेरो सासु जो मेरो ससुराको दोश्रो पत्नीको रुपमा त्यो घरमा भित्रिनु भएको थियो । वहाँ पनि पर्ूव हवल्दार पत्नी हुनुहन्थ्यो । पर्ूव पति हँुदा हँुदै पनि दोश्रो पतिको रोजाईक्रममा पर्ूव पतिलाई शारीरिक असक्षमताको संज्ञा दिँदै अतृप्त यौनकुण्ठाकै कारणले पर्ूव पति प्रति यौन बिकर्षा सिर्जित भए पछि मेरा लप्टन पदधारी ससुरा संग ल्याईते बनेर आउनु भएको यथार्थता मैले पनि सुन्न्ा पुगेकी थिएँ । यस अर्थमा पनि मेरो पति बिहिन निस्सारता प्रति सहानुभूति दर्शाउँदै मेरी सासूले दोश्रो बिबाह प्रतिको मागलाई स्वीकार्नु हुन्छ कि भन्ने झिनो आशा लिएर अर्न्तर्मनभित्रको दमित चाहनालाई सासू समक्ष जगजाहेर गरेँ । त्यस पछिबाट म व्यभिचारीको उपमाले लेपित भएँ । सासुको ज्यादत्ाी म माथि तीब्र हुँदै जान थाल्यो । मेलापात जाँदा खेतालाहरुसंग बोल्दा पनि मलाई बोल्ने संग नै सम्बन्ध जोडिएको लाञ्छना लगाउँदै अनर्गल कुरा गरिएर चरित्र हत्या गर्ने प्रयास गरिन थाल्यो । त्यस घर नै साँघुरो महसुस हुनथाल्यो । अनि मैले त्यो घरबाट सदाको लागि विदा लिने निश्चय गरी दुधे छोरो बोकेर माईतिघरतर्फआएँ । माईतिघरमा पनि मैले क्षणिक सहानुभूति भन्दा केहि पनि पाउन सकिन मात्र अप्ठ्यारो आश्रय सिवाय । मैले मेरो छोराको सुरक्षित भविष्यको लागि भने पनि केहि गर्ने दृढता लिएर बिदेश जाने सोचका साथ येन केन प्रकारेण कतार आउन सफल भएँ । यहाँ आउनको लागि पनि मैले धेरै संग अनुनय विनय गरेँ । शारीरिक सम्झौताका कुराहरु नै म माथि र्सवप्रथम तर्ेर्सिन आउँथ्यो । आखिर मैले कतार आउन सफलता पाएँ र कतारमा एक निकृष्ट पेसा गर्न बाध्य भएकी छु । यस्ौ सिलसिलामा यहाँ म दर्ुइ बर्षो लागि बन्धक जीवन विताउन विवश भएकी छु । रात्रिकालिन एकान्त प्रहरमा शोचमग्न भएर अंगालो भरिको लोग्नेको शारीरिक रतिकृयाको सम्झनाले द्रविभूत हुन पुग्छु । आत्मरतिको बिगतको परिकल्पनाले म स्तव्ध हुन पुग्दछु । अनि सोच्छु मेरो लोग्ने भईदिएको भए आज मैले यो नियतिको शिकार हुनु पर्ने थिएन र मेरो त्यो काखमा रमेर आमाको मुखमृुद्रा नियालेर भुसुक्क निदाउने मेरो दुधे बालक त्यो छोरोले मातृवात्सल्यको अभावमा पिँढीको डिलबाट क्षितिज पारी सम्म आँखा चाहारेर टोलाउँदै आमाको तिर्सनाले मातृत्वअभावको महसुस गर्नु पर्ने थिएन । अनि फेरि म बायुमण्डलीय एकान्ततामा स्मृतिको गर्तमा डुबेर मन नेपाल तर्फनै हुत्याउँछु । नयन सजल भएर आउँछन् । उफ आज मेरो लोग्ने भैदिएको भए ……………….।

pls, click here * here

June 6, 2007

Ghumgham video clip

Filed under: कथा




May 7, 2007

Janaandolan Part Two Video Clip

Filed under: कथा

Janaandolan Part Two Video

November 12, 2006

NRN in Gulf Countries

Filed under: कथा

NRN in Gulf

Nepali Cheli’s ups & downs

Filed under: कथा

Nepali Chili

May 16, 2006

दरबार काण्डपछि दबाइएको अर्काे हत्याकाण्ड

Filed under: कथा

किशोर श्रेष्ठ

यसरी जन्मियो यो पुस्तक

सुन्दर नगरी पोखरामा ०३८ जेठ २४ गते एउटा जघन्य अपराध हु“दा बाह्र वर्षो शैशवावस्थामा थिए“ म, र रिचोक्टार -मलेखु) को बागेश्वरी निमाविमा ४ कक्षामा पढ्दै थिए“ । आजै जस्तो लाग्छ उक्त काण्डमा संलग्न ठूलाठालूहरुमाथि कारबाहीको माग गर्दै स्कूले हामी भुराहरुले बजारभरि वालिङ्ग, पोष्टरिङ्ग गर्दै हि“डेको ।
धादिङ्गमै राजकाज मुद्दा लागेपछि राजधानी भित्रिएर नौ कक्षामा भर्ना भई अध्ययन र राजनीतिबीचको सन्तुलित जीवनयात्रा अघि बढाउने क्रममै मैले खोजी पत्रकारिता अङ्गाल्न पुगें । प्रबुद्ध पाठकवर्गले मन पराइदिनुभयो मेरा प्रस्तुतिहरुलाई र हौसि“दै हौसि“दै म चिसो मरुभूमिका ताता राजासम्बन्धी रिपोर्टिङ्ग गर्न कहिले मुस्ताङ्गको लोमन्थाङ्ग पुगें त कहिले सेतीका बगर-बगर डुल्न थालें । बहुदलीय व्यवस्था पुनर्स्थापनाको लगत्तै ०४७ बैशाखमा आफू पोखरा पुग्दाको परिणाम थियो दृष्टिमा प्रकाशित नमीता-सुनीता हत्याकाण्डसम्बन्धी धारावाहिक विवरण । भर्खरको शिकारु विद्यार्थी एवं केही नया“ गरेर देखाउने तरुणको निम्ति परिणाममा अरु कुन कुराको प्रतिक्षा रहन्छ- आफ्ना सिर्जनामाथि प्राप्त हुने प्रतिक्रिया सिवाय - नेपाली जनताले रगतको मूल्य चुकाएर फिर्ता ल्याएको प्रजातन्त्रमा निरंकुशताको आड लिएर यसअघि अनेकन आततायी अपराध दोहोर्‍याइरहने दर्ुदान्त खलनायकहरुलाई कानूनी कठघराभित्र उभ्याइएको देख्न चाहनु कनै नाजायज आग्रह पनि त थिएन † त्यसैले मैले आफ्नो रिपोर्टमा त्यतिबेला लेखेको थिए“- “जुन समयमा यो घटना घट्यो, त्यसबेला मुलुकमा एकदलीय अधिनायकवादको कालो सवारमा बसेर यात्रा हा“किरहेको पञ्चायतरुपी प्रणाली आफ्नो दानवी कायासहित उपस्थित थियो । अब त्यो राक्षस यो मुलुकमा छैन । तर, त्यस समयमा भएका अपराध र ज्यादतिका दुःखद् कथाहरु भने चिहानबाट बाहिर निस्कन आतुर छन् । अब हर्ेर्नु छ, चिहानमा गाडिएका ती अपराधहरुको सूचीमा भएको नमीता-सुनीता हत्याकाण्डका सूत्रधारहरुलाई कांग्रेस-कम्युनिष्टसहितको बहुदलीय सरकारले कस्तो उपचार गर्ने हो † अपराध पुरिएका चिहानहरु उधिन्नु र त्यस प्रेतको छाया“बाट मुक्ति चाहनु प्रजातन्त्र सुदृढ पार्नुजस्तै अर्को महत्वपर्ूण्ा कार्य हो । समय अहिले यही आवाजसित एकाकार छ ।”
तर भयो के - जनआन्दोलनको बलमा बनेको अन्तरिम सरकारको मात्र के कुरा, त्यसपछिका सबैजसो जननिर्वाचित सरकारले समेत मल्लिक आयोगलगायतका सैयौं प्रतिवेदन र रिपोर्टहरुलाई त्यत्तिकै थन्क्याइदिए । त्यहींबाट शुरु भएको हो- जनताका अनेकन आकांक्षाहरुमाथि कुठाराघात गर्ने शासकीय अभियान । फलतः पञ्चातकालीन अपराधीहरुले पुनः फणा उठाउ“दै गए र शीषर्ासनमा तिनै खलनायकहरु पुनर्स्थापित हु“दै गए । बिनाकुनै परिश्रम, सत्ता घुमिफिरी हातमा आएपछि आफ्नो पालामा भएका अनेकन कर्ुकर्महरु ढाकछोप गर्न तिनीहरु उद्यत हुने भइहाले । इच्छाअनुरुप नै मकरतन्त्रमा मौका जुर्‍यो उनीहरुलाई र आफ्नो हात जगन्नाथ गर्न पछि परेनन् ।
हालैका दिनमा उनीहरुद्वारा गुपचुप तवरबाट गरिएका थप तिनै अपराधहरुमध्येको एक प्रमुख अपराधमा आधारित भएर लेखेको हु“ मैले यो पुस्तक । ‘माघ १९ को महाभारत’प्रति यहा“हरुले देखाउनुभएको अगाध स्नेहले जन्माएको हो- ‘दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड’लाई । अन्य विषयहरुमाथिका मेरा थप खोज-अन्वेषणहरु यहा“हरुकै अमूल्य सुझाव एवं प्रतिक्रियाहरुद्वारा निर्देशित हुने प्रतिबद्धता दोहोर्‍याउ“दै अहिलेलाई बिदा चाहन्छु । धन्यवाद ।

प्रतिनिधिपात्रहरुको रामकहानी
को हुन् नमीता-सुनीता - के हो नमीता-सुनीता हत्याकाण्डको कथा - र, कोस“ग जोडिएको छ यसको लहरो - २५ वर्षपहिलेको रहस्यमय घटनालाई लिएर अहिले पनि अ“ध्यारा कोठाहरुमा किन षड्यन्त्रका जालहरु बुनि“दैछन् - किन नमीता-सुनीताको ‘हंस’ दरबारमार्गको शालिक वरिपरि घुमेझैं प्रतीत भइरहेछ -
यो कथा तिनै अभागी चेलीहरुको हो, जसले वास्तविक जीवन जिउनै पाएनन् र जसका कलिला एवं निर्दोष रहरहरु कोपिलामै निर्ममतापर्ूवक निमोठिए । तिनलाई दुख्दा संवेदनशील मन भएकाहरुले ‘कठै’ त भने तर आफू सकिएर अनन्तमा बिलाउ“दा पनि बिचरीहरुले सहानुभूतिबाहेक न्यायको ‘न’ समेत पाउन सकेनन्, अझै सकिरहेका छैनन् ।
अझै पनि नेपालका दूरदराज एवं शहरी इलाकामा दैनन्दिन हिंस्रक मनुवाहरुद्वारा रचिने षड्यन्त्रहरुको शिकार भइरहेका लाखौं अबलाका गुमनाम प्रतिनिधि पात्रहरुको रामकहानी पनि हो यो ।
लाखौं नेपाली महिलाहरुको नियति नै भन्नर्ुपर्छ, उनीहरुलाई न बा“च्दा चैन छ, न मरेर मृत्युको मूल्य हासिल हुन्छ । दशकौंदेखि दासताको जञ्जिरमा लपेटिएका नेपाली महिलाहरु २१ औं शताब्दीको अत्याधुनिक कालखण्डमा आइपुग्दा पनि उही नियतिको शिकार बनिरहेका छन् । समाज अन्धो छ, उनीहरुमाथिको विभेद निर्मूल पार्नमा । त्यसमा पनि राज्यको उपल्लो तहका व्यक्तिहरुको नामस“ग कुनै कृत्य जोडि“दा त्यसको ढाकछोप, त्यसउपर जालझेल, षड्यन्त्र र नानाथरिका सा“ठगा“ठका कथा हामीले धेरैपटक सुन्दै र भोग्दै आएका हौं । त्यही ढाकछोप, जालझेल र षड्यन्त्रको अनुपम नमूना हो यो कथा ।
तर,जालसाजीपर्ूवक इतिहास जित्नेहरुको कृत्य एक दिन पटाक्षेप हुन्छ । इतिहास सधैं कुटिलतापर्ूवक जित्नेको घोडामात्रै बनिरह“दैन रहेछ । बहुलवादी समाजमा नागरिकको चेतनास्तर उकासि“दै जा“दा जस्तै षड्यन्त्रका बान्कीहरु पनि एकदिन एक-एक गरी खुल्दा रहेछन्, र जनताले तिनलाई नाङ्गेझार पार्दै जा“दा रहेछन् ।
झण्डै-झण्डै हामीले भुल्न लागेको यो एउटा त्यस्तो कथा हो, जसमा राज्यको उपल्लो तहका नागरिकले कतिसम्मको षड्यन्त्र रचेर अपराध गर्दछन् र ढाक्छन् भन्ने कुरा र्छलङ्ग प्रस्तुत भएको छ । यो पंक्तिकारले केही बोल्नुपर्दैन, जे बोल्छ तथ्य बोल्छ, लिखितम्को एक-एक अक्ष्ँर बोल्छ र भन्छ- ‘इतिहास सधैं षड्यन्त्रको पुलिन्दामा कैद भइरह“दैन †’
‘विशेष’ मान्छेहरुलाई अझै पनि के भ्रम छ भने इतिहासमा भए/गरिएका घटनाहरुलाई गगनसिंहको हत्यालाई जस्तैगरी लुकाउन सकिन्छ र हर मान्छेका विभत्स हत्याहरुलाई पनि रहस्यमय बनाइरहन सकिन्छ सधैंभरि । इतिहासलाई सधैंभरि गुमराहमा राख्न खोज्ने र त्यसलाई नाङ्गेझार पार्न खोज्नेहरुको हारजीत हुन बा“की एउटा लडाइ“को आयाम पनि हो यो घटना ।

काट्टो नखा“दै ढिसमिस
उसो त रगतै रगतले लत्पतिएको, अनि षड्यन्त्रै षड्यन्त्रको पुलिन्दाले भरिएको एउटा दर्ुदान्त इतिहास हो- नेपाली राजदरबारको चौपर्खाल र त्यस वरिपरिको भूगोल । जनताप्रतिको उत्तरदायित्वमा भन्दा आफ्नै मनोदशाहरुको तृप्तिमा व्यस्त रहने नकारात्मक दरबारिया प्रवृतिकै एउटा कडी हो ०५८ जेठ १९ कालरात्रिको शाही संहार । तर, त्रिपुरेश्वरमा राजा वीरेन्द्रको काजक्रिया सकिएको थिएन, बाहुनहरुले काट्टो खाएर हात्ती चढ्न पनि भ्याएका थिएनन् र वीरेन्द्र राजाको बंश-बध गरिएकोमा नेपाली जनता अश्रुमिश्रति आक्रोशमा रुमल्लिइरहेका थिए । र्सवसाधारण सबै स्तब्ध थिए, सुचारु केही थिएन । तर, त्यही स्तब्धताका बीच, अर्थात् राजा वीरेन्द्रको वंशबिनाश भएको १० औं दिन दरबारियाहरु मुछिएको एउटा मुद्दालाई हठात् टुङ्गो लगाइयो, त्यो पनि अत्यन्तै गोप्य तवरमा ।
मुलुकको गति टक्क रोकिएको बेला व्यापक रुपमा प्रहरी, प्रशासन र कानूनकर्मीहरु परिचालित हुन्छन्, र ‘माथिको आदेश’ मा, संदिग्ध शैलीमा अदालतै नपुर्‍याई पुनरावेदन सरकारी वकिल कार्यालयबाटै गुपचूप मुद्दा टुङ्गो लगाइन्छ भन्ने कुराको कसले पो अनुमान लगाउन सक्ला र † तर, भयो त्यस्तै ।
पञ्चायतकालीन नेपालमा राज्यको बर्बरताअर्न्तर्गत खूबै चर्चाप्राप्त विषय हो यो । निहत्था तीन चेलीलाई बलात्कार गरी उनीहरुको जीवनहरण गरिएको र वर्षौंदेखि जोडतोडका साथ उठ्दै आएको विषय पनि हो यो । २० वर्षेखि किनारा लाग्न नसकेको यो मुद्दालाई इशारा-इशाराकै भरमा किनारा लगाइयो र दरबारियाहरु सुनपानीले चोख्खिने चालमा लागे ।
२०३८ साल जेठ २४ गते पोखरामा भएको नमीता-सुनीता-नीरा-चूडामणि हत्याकाण्डसम्बन्धी मुद्दाको ठ्याक्कै २० वर्ष६ दिनपछि, अर्थात् ०५८ जेठ २९ मा हठात् टुङ्गो लगाइएको छ । पोखरास्थित पुनरावेदन सरकारी वकिल कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयलाई त्यसदिन गोप्य र अति जरुरी एक पत्र पठायो । वादी श्री ५ को सरकार र प्रतिवादी ‘नखुलेको’ सो मुद्दा ‘सह-न्यायाधिवक्ताज्यूसमक्ष्ँ पेश हु“दा’ भन्दै पत्रमा ‘हाललाई कोही कसैउपर मुद्दा नचलाउने गरी मिति ०५८।२।२९ मा निकासा भएकाले कानूनबमोजिम गर्न’ आदेश दिइएको थियो । पत्रमा मुद्दाका जाहेरीवाल शेषमणि शर्मा कहा“-कुन अवस्थामा छन्, भन्नेबारे केही उल्लेख छैन । सोही हत्याकाण्डका भरपर्दा साक्षी वनपाले चूडामणि अधिकारीको लगत्तै भएको रहश्यमय मृत्युसम्बन्धी मुद्दाको बारेमा पनि ‘आदेश दिनेहरु’ चूपचाप छन् । पुनरावेदन सरकारी वकिलको कार्यालयले त्यसरी जिल्लालाई पत्र पठाएपछि जिल्लाले ‘पछि खोजी भएका बखत उपलब्ध गराउन सक्नेगरी’ भन्दै प्रशासनलाई कागजातहरु कसैले भेट्टाउनै नसक्नेगरी लुकाएर राख्न अनुरोध गर्दै अर्को पत्र पठायो ।
उता अपराधी पत्ता लाउनमा माखो नमार्ने प्रहरी प्रधान कार्यालयको उक्त हत्याकाण्डको फाइल बन्द गराउनमा चाहि“ चासो र संलग्नता अचम्मैस“ग फर्ूर्तिलो ढङ्गको पाइएको छ । उसले सि.नं. १०८९९ को सञ्चार आदेश क्षेत्रीय प्रहरी कार्यालय, पोखराको नाममा जारी गर्दै ०६० साल मंसीर १८ गते दिउ“सो १५ः२० बजे दर्ता नम्बर ११५९८ मार्फ् भनेको थियो- ‘आर्थिक वर्ष०३७/०३८ वा ०३८/०३९ मा दर्ता भएको समिता-नमीता हत्याकाण्डसम्बन्धी मिसिल सुरक्षिततवरले अबिलम्ब पठाउनुहुन नि. अनुरोध छ ।’ यसको भोलिपल्टै डीआइजी कार्यालयका प्रहरी नायव उपरीक्षक रामजी थापाले क्रमसंख्या ४२२९ रहेको ताकेतापत्र जिल्ला प्रहरी कार्यालय, कास्कीका नाममा प्रेषित गरेका थिए । सोही ताकेताअनुसार प्रहरी निरीक्षक तुलबहादुर कार्कीले पुस १४ गते नक्सालस्थित अपराध अनुसन्धान विभागको अभियोजन महाशाखाका नाममा पत्र -मु- २-१- ३९/०६०/६१, च.नं. ४५४८) लेख्दै प्रहरी जवान बालकृष्ण देवकोटाको जिम्मा लगाई हत्याकाण्डको मिसिल काठमाडौं पठाएर माथिको हुकुम तामेल गरे । त्यसको पर्सिपल्ट दिउ“सो १४ः५० बजे प्रहरी नायव निरीक्ष्ँक -सइ) इन्द्रबहादुर थापाले उक्त मिसिल बुझेर हाकिमहरुसमक्ष टक्र्याएका थिए । त्यो मिसिलमार्फ् जिल्ला प्रहरी कार्यालय, कास्कीले ०५८ को जेठमा नीरा पराजुलीको अवस्था अज्ञात रहेको र नमीता-सुनीता भण्डारीलाई कसले, कसरी हत्या गरी घटनास्थलमा फ्या“केको भन्ने कुरा ‘हालसम्मको अनुसन्धानबाट खुल्न नआएको’ भन्दै पछि खुल्न आएको बखत कानूनबमोजिम गर्नेगरी उक्त मुद्दा टुङ्गयाउने तारतम्य मिलाएको थियो ।
स्मरणीय के छ भने, मुद्दा फिर्ता लिने प्रक्रिया सट्याकसुटुक चलिरहेका बेला नेपाली कांग्रेसका रामचन्द्र पौडेल उपप्रधान तथा गृहमन्त्री थिए भने मुद्दाको फायल पर्ूण्ातया बन्द गरि“दा बद्रीप्रसाद मण्डल उक्त पदको रैथाने भइसकेका थिए । संयोग पनि कस्तो भने, पोखरामा नमीता-सुनीतामाथि बलात्कार हु“दा मण्डल यता राजधानीको वीर अस्पतालमा स्वास्थ्यमन्त्रीका हैसियतले एकजना नर्समाथि दिनदहाडै हात हाल्दै थिए । राजा वीरेन्द्रको वंशबिनाश भएलगत्तै पौडेलले एक र्सार्वजनिक कार्यक्रममा ‘माओवादी निर्मल निवासबाट सञ्चालित छन्’ भन्ने अभिव्यक्ति दिएका थिए र ‘त्यसैबापत’ उनको ‘जागिर खोसुवामा’ परेको थियो भने ०५९ असोज १८ पछि प्रभूको पाऊमा आफ्नो आधा पार्टर्ीीहत लम्पसार परेबापत मण्डलले मुलुकको सुरक्ष्ँा संयन्त्र हा“क्ने महत्त्वपर्ूण्ा जिम्मेवारी प्राप्त गरेका थिए । दरबारलाई हुने/नहुने सबै काममा आ“खा चिम्लेर साथ दिने भएपछि लोकेन्द्र,मण्डल र सबैखाले मण्डलेहरु घुम्दैफिर्दै रुम्जाटार भनेझैं सत्तामा पटकपटक सामेल हुनु अस्वभाविक कुरा पनि त भएन †
वीरेन्द्र मारिएको शोकमा सिङ्गो राष्ट्र डुबिरहेको मौका छोपेर अपराधीहरुलाई अभयदान दिने प्रक्रियाको शुरुवात गर्नका लागि पनि यसअघि उत्तिकै नाटकीय कसरत भएको थियो । जिल्ला प्रहरी कार्यालय, कास्कीका तत्कालिन प्रहरी उपरीक्ष्ँक -एसपी) रमेशशेखर बज्राचार्यले प्रहरी निरीक्ष्ँक -इन्स्पेक्टर) नरेन्द्रबहादुर सापकोटालाई ‘त्रुटीरहित तवरबाट कार्य गर्न’ अनुसन्धान अधिकृत खटाएका थिए । अनुसन्धान अधिकृत खटिएका इन्स्पेक्टरले जिम्मेवारी पाएको पा“च दिनपछि सइ राजेन्द्रप्रसाद रेग्मीको नाममा एक पत्र -मु.मि.नं. ४० ०३७/३८, ०५७/०५८) लेखी काठमाडौं नया“ सडकस्थित महिला संगठन -तत्कालिन) को कार्यालयअगाडि विजय पान भण्डारका मालिक सानुबाबु भन्नेको छोरा राजु भन्ने झलकमान रावतस“ग केही कुरा बुझ्नुपर्ने उल्लेख गर्दै झलकमानलाई खोजेर फेला परेमा कार्यालय -ज्रि्रका, कास्की) मा उपस्थित गराउन आदेश दिएका थिए । उनले प्रहरी हवल्दारहरु ताराप्रसाद पोखरेल र आत्माराम रिजाललाई पनि झलकमानको खोजीका लागि खटाएका थिए, तर झलकमान फेला परेनन् । यिनै झलकमानको खोजीका निम्ति २० वर्षपहिले ०३८ साल जेठ ३२ गते आइतबारका दिन -पत्रसंख्या मु. १८/१२४२ मार्फ्) नमीता-सुनीता हत्याकाण्डका तत्कालिन अनुसन्धान अधिकृत प्रहरी निरीक्ष्ँक बाबुराम पुनले नायव निरीक्ष्ँक नरबहादुर शेरचनको नेतृत्वमा प्रहरी जवान सिंहबहादुर थापासहितको टोली खटाएका थिए । उक्त टोली राउतको खोजी गर्दै हनुमानढोकासम्म आइपुगेको थियो, तर न त्यतिबेला न त अहिले नै प्रहरीले निजलाई पक्रन सक्यो । उक्त हत्याकाण्डमा निजको के-कस्तो संलग्नता थियो, जसले गर्दा पछिसम्म पनि निजको पिछा छोडिएन, यसको रहश्य भने गर्भमै रह्यो । बरु, अनौठो संयोग त के देखियो भने दुबैचोटी निजको खोजीमा सुरक्ष्ँाकर्मी खटाउने प्रहरी हाकिमहरु त्यसलगत्तै या त सरुवा गरिए, या राजीनामा लिएर घर पठाइए ।
यसरी, राजा वीरेन्द्रको जूठो नसकि“दै नमिता-सुनीता हत्याकाण्डको मुद्दालाई ढिसमिस पारियो, जुन कुरा अहिलेसम्म बाहिर नल्याई लुकाइराखिएको छ । …………………… क्रमश

February 13, 2006

हाम्री चेली अनिताहरु

Filed under: कथा

लोक कथा

मोती चाम्लीङ्ग
बिहानीले उज्यालोमा आफनो अस्तित्व खोजीरहेको थियो । पारी पाखामा कलिलो घामको किरण हलहलायो । न्यानोघामसंगै पाखो बारीमा कोदोको बाला लहलायो । रात भरको लामो यात्रासंगै बन्दुक र सकेट बमको भारीले थकाएको शरीरलाई सल्लेरी गाउको जंगल छेउ टोली कमाण्डर अनिताको छापामार दस्ता बिष्ट साइलाको घरमा सेल्टर लिन र थकान बिसाउन प्रबेश गरे । (more…)

February 5, 2006

श्रमको सम्मान

Filed under: कथा

महेश्वर श्रेष्ठ

आज भन्दा करीव २८ वर्षअघि यो पंक्तिकार संयुक्त राज्य अमेरिकाको ओक्लाहोमा राज्यको राजधानी ओक्लाहोमा सिटीमा थियो । एक सा“झ टिभी हर्ेर्दै गर्दा तत्कालीन राष्ट्रपति जिम्मी कार्टरको ‘मिट दि पिपुल’ नामक एउटा कार्यक्रम प्रशारण भइरहेको थियो । (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Web Counter
Bellacor Coupon Codes
Number of online users in last 3 minutes