उफ आज मेरो लोग्ने भैदिएको भए ……………….।
कथा
म रोएकी छु , असाध्य संग मन कुँडिएको छ । स्वदेशको सम्झना र विदेशको पिडाले मन भक्कानिएर ढिकीको मुसलले थिचिएको हात जस्तो छिया-छिया भएर चहर्याईरहेको आँत लिएर म कतार प्रवासिन बाध्य भएकी थिएँ । काखमा पसारेर आमाको ममत्व प्रदान गर्दै आफ्नै छातिको लाम्टा पनि धित मर्ने गरी चुसाउन नपाई त्यो मेरो गर्भे टुहुरो दुधे बालक छोरो माईतिको पोल्टामा फालेर म आज कतारमा विरासत जीवन बिताउन बाध्य भएकी छु । मेरो लोग्ने जीउँदो हुँदा म नन्द देवरको नजरमा त्रेतायुगको सीता भाउजुको उपमाले अलंकारीत थिएँ । सासु ससुराको नजरमा कुलीन बुहारी थिएँ । मेरो लोग्नेको असमायिक निधनले मेरो सारा संसार अन्धकार नै अन्धकारले घेरीएर पात झरेको चैत मासको खयरको नांगो रुखझैँ निर्जीव जडमा अवसानित हुन पुगेँ । म सधवा बाट बिधवामा पदार्पित हुन पुगेँ । कर्मघरबाट म मा गरीने व्यवहारमा क्रमशः परर्ीवर्तन आउन थाल्यो । खसम गुम्नुको पिडाले मरेतुल्य भएकी म विधवा बुहारी माथि संवेदनशैलीमा ‘ तिमी त हिजो सम्म यो घरको बुहारी मात्र थियौ आज बाट तिमी नै यो घरको हाम्रो छोरा पनि हौ’ भन्ने सासुको बोलीमा रुखोपना मात्र हैन गालीका शव्द्ध पनि बर्सिन थालेको थियो । ‘संघारे राँडी , कुलंघारनी , मेरो छोरो टोकुवा’ , आदिर् इत्यादि गाली गलौज सासुको मुखबाट मलाई प्रक्षेपित गरीनु सामान्य नै भैसकेको थियो । मेरो सासुको छोरा मेरो पनि त पोई नै हो नि । उहाँको आकस्मिक निधनको परमपिडा मेरो सासु ससुरालाई भन्दा मैले नै बढि महसुस गर्नु परेको थियो । नितान्त एकान्तता र निस्सारलाग्दो एकांकीपनाको वियोगमा वहाँहरु भन्दा म नै बढी पिडीत थिएँ यस वियोगमा । चुरा, पोते, सिन्दुरको अवसान संगै मर्ुदाघाट तुल्य भएकी म प्रति सहानुभूति देखाउनुको सट्टा उपहास गरीने सिलसिला म मा अविच्छिन्न रुपमा बषिर्न थाले पछि मेरो पनि धर्ैयताको बाँध टुट्न थाल्यो । एक बिधवाको हरेक चिसो रातको असैहृय पिडा मेरो अर्को टड्कारो पिरलो बन्न पुगेको थियो ।
एक त हामी नारी जाति भाग्य, संर्घष्ा र परपुरुषमा निर्भर भएर बाँच्नु पर्ने बाध्यता । बैबाहिक लगनगाँठोमा बाँधिएपछि श्रीमानको घरलाई आफ्नै घर सम्झेर बिताउनु पर्ने बिवशता । पर्ुण्ारुपमा नवीन महसुस हुन्थ्यो जन्म घर भन्दा मेरो लोग्नेको त्यो मेरो कर्म घर । अड्कलेर श्वाश प्रश्वाशको खलाँती चलाउनु पर्ने जङ्गी कायदा कानुन । घर भित्र बाहिर गर्दा पाईतालाको आवाज शुन्यप्राय हुनु पर्ने । घर धन्दा सकीओरी सासुको गोडामा तेल मालिश गर्नु पर्ने मेरो नित्य दैनिकी । किशोरी अवस्थामा घाँघर र मिडीमा नै माईतिघरमा खुट्टे र काने काने पिच्च्ाा खेल्दै किशोरीपना सिनित्त भ्याएकी म नब बधुमा बढुवा भएर लोग्नेको घरमा आए पछि साडी पेटीकोट लगाउनु पर्ने बाध्यता । साडीको व्यवस्थित पहिरन लगाउन पनि अनभिज्ञ म साडीको मुज्जा पार्न पनि राम्रो संग जानेकी थिइन । ‘झुम्राको पुतली जस्ती बुहारी भित्र्याएर लप्टन बुढाले के रमिता गरेका हुन् कुन्नि खै -’ भन्दै एकाथरी छिमेकीले म प्रति इंगित गर्दै शव्द्धबाण प्रहार गर्न पनि चुक्थेनन् ।
दुलही हुँदाको क्षणमा पनि के के जाति हो कुन्नि, सोह्र श्रृंगारको लिपपोत पनि अरुले नै गरीदिएका थिए । साडी व्लाउजको पहिरन पनि अरुले नै लगाईदिएका थिए । व्लाउजको टाँक भन्दा पनि सानो प्वाल भएको नयाँ टाँकघरमा टाँक लगाउने प्रयासक्रममा मेरो कसिलो छातीमा छुस्स छुँदै टोलाएका संगिनीका छुच्च्ाा हातले मलाई आनन्दानुभूति भन्दा पनि काउकुति लगाएको आभाष बढि हुन्थ्यो । संगिनीका छुच्चा हात मेरो छातीको उभारमा छिल्लिने क्रममा कृत्रिम रोष प्रकट गर्थेँ । ‘लाज पचेका नकच्चरीहरु’ भन्दै सवैलाई आँखा तर्दै नजर अन्तै केन्द्रित गरेको बहाना गर्थेँ । उनीहरु प्ानि के कम थिए र ओठे जवाफ फर्काउनलाई, मलाई नानाभाँति भनेर उछित्तो काढ्थे । ‘अहिले तेरो त्यो छातीमा छुस्स छुँदा के को स्वाङ्ग पार्छर्ेे मोरी, भोली देखि भुस्तिघ्रे पोईको ८० किलोको ज्यान तेरो नौनी जस्तो मखमली ज्यान माथि ओईरिँदा पोईको स्वादमा माईतीको मोहीको स्वाद भुलिहाल्छेस् क्या रे । ढाँटी छली के कुरा भो र - हामी पनि यसै भन्थिम् पैला ।’ उनीहरुका यि शव्द्धहरुले कौतुहलता र रोमाञ्चकता म भित्र दुवै संञ्चारीत भएको थियो । अनि कल्पनारत भई म सोचमग्न हुन्थेँ । ‘के जन्मघर बिर्सर्ााे नयाँ सुत्रविद्य िलोग्नेको मनपरितन्त्र म माथि बर्सिनु नै हो त - लोग्ने संगको सहवासकालिन स्वर्गिय आनन्दको अनुभूतिले मेरो माईतिखलकको मायाको घैलोबाट माया उभाएर लोग्नेको घर तिर खन्याएर माइतिपक्षको अपनत्वपनमा कमि ल्याउने जादुको छडी हो त सहवास - मेरो एकल जीवनमा लोग्ने बनेर आउने त्यो केटाको बैंसको भारी बिसाउने चौतारी हुँ कि उ मेरा लागि -’ हामी २ मा को साधन र को साध्य हो मैले ठम्याउन सकिरहेकी थिइन ।
मेरो उमेरगत उँभौलीको अवस्थाअनुसार बुवा आमाले विधिको संस्कारजनित विधान अनुरुप मेरो बिहे गरीदिने क्रममा म दुलही बन्न जाँदै थिएँ । आँपपीपलको तरपाँया बाटो बाट ओईरिएका जन्तीपक्षका पञ्चेबाजा वादकहरु श्ाायद दुलहीको घरको ध्वजा पताका र तोरण देखेर होला मेरै घरपट्ट िनै नरसिंगा र करनाल फर्काएर जोर जोरले मुग्ध ध्वनि संप्रेषित गरीरहेका थिए ।
पञ्चेबाजाको धुन लर्ुइंटेल भञ्ज्याङ्ग माथिको पहरामा ठोक्किएर प्रतिध्वनित हुँदै लर्ुइंटेल भञ्ज्याङ्ग सम्म प्रष्ट सुनिन्थ्यो । घरको चोटामाथिको आँखीझ्यालबाट निर्निमेष रुपमा आँपपीपल बाट आएको जन्तीको लावा लस्कर हेरीरहेँ । ‘लौ न नि, आँपपीपले हरु त गाउँ नै उल्टिएर पो आएका रहेछन् । जन्ती तिरको मेरो आँखा तनाईलाई नियालेर अर्की संगिनीले व्यंग्यबाण प्रहार गरीहाली । ‘आफ्नो दुल्हा राजालाई कहिले देखौँ कहिले भेटौँ मनमा आत्तुरी त लाको रै छ नि नक्कलीलाई । नआत्ति बावै, अहिले दुल्हा राजा घोडा बाट ओर्लिएर जन्ती पर्सर्ीीके पछि पानीको रेखी काट्ने बेलामा पेट भरि हर्ेर्लिस् ।’ म लाजले मरेतुल्य भएर उसको पाखुरामा चिटिक्क चिमोटेर घुम्टो भित्र आफ्नो नजर लुकाएकी थिएँ । गोठको गाईबस्तु पारीबारीको खुल्लाफाँटमा किला ठोकेर उतै सारेर गोठलाई जन्तीको स्वागतार्थ बस्न योग्य बनाईएको थियो ।

रबि भट्ट “रोषी”
रत्ननगर, चितवन
हालः दोहा, कतार
E-mail:rabi_roshi@yahoo.com
अग्लो कद, ढाकाको दौरा सुरुवाल, कम्मरमा सेतो पटुकी, पटुकी बेरेको कम्मरको देब्रे कर्ुइनेटोमा घुसारिएको सिरुपाते भोजपुरे खुकुरी ,खुट्टामा टलक्क टल्किने बाँसबारीको जुत्ता, गोरो रुप सुहाउँदो ढाकाको टोपी, नाकको डाँडीमा टुक्रुक्क तर्ेर्सिएको कालो चश्माले त झन् सुनमा सुगन्ध थपिरहेको थियो । त्यस दिन आँगन पोलेर, गाईको पुच्छर समाएर पण्डित द्धारा आमा र बुवालाई हातमा कुश पानी थमाईदिएर समाजको अगाडि गोत्र परर्ीवर्तनको स्वघोषणा गरी एक पक्षीय भाषामा नै अभिव्यक्त गर्नुपर्दा मेरो किरिया गरी बुवा आमाको टाउकोको भारीबाट मलाई पन्छाइएको थियो । संस्कारजनित बैवाहिक रीतक्रमका थोत्रा बर्को ओढाउने क्रम अनुरुप सम्पर्ुण्ा कार्य समापन गरी छोरी बाट कसैको श्रीमती, कसैको बुहारी,कसैको भाउजु,देउरानी जस्ता यावत दर्जाबाट अलंकारित हुँदै माइतिघरबाट दुलाहा राजा घोडामा पछि पछि र म उलिनकाठमा अघि अघि मेरो लोग्नेको घरमा आएकी थिएँ ।
त्यो दिन मैले दुःखद तिक्तताको पाथी चुक निल्नु परेको थियो । सवारी दर्ुघटनाको आकस्मिकताले म अंग भंगको अवस्थामा अस्पतालको शैयामा छट्पटिरहेकी थिएँ भने मेरो श्रीमान शवगृहको मृत्युशैयामा चिरनिन्द्रामा रहनु भएको समाचारले म माथि आकाश आएर थिचेको महसुस भयो । मैले मेरो अगाडि केहि देख्न सकिरहेकी थिईन । मलाई निस्सार लाग्दो जीवन बाँच्नु एक रत्ति पनि आशा रहेन । सवैको शान्त्वना अनुरुप मैले मेरो गर्भमा हर्ुकदै गरेको रक्तपिण्डको लागि भने पनि बाँच्नु पर्ने भयो । बिचराको के दोष छ र अकारण हाम्रो कारणले उसको यस धर्तीमा अवतरण गर्न बाट बाँच्न बञ्चित गराउने - यिनै यावत कारणले म अहिले सम्म बाँचिरहेकी छु । तीज तिहारमा मैतालु चेलीहरु रातो साडीमा सजिएर, सोली भरि कोसेलीपात बोकेर, पाखुरा भरि रातो चुरा छमछम बजाएर माइति तिर हानिँदा मेरो चेहरामा कालो बादलको हुण्डरीले झुत्ति खेल्थ्यो । मेरो श्वेतबस्त्रको पहिरन तथा श्रंृगारिक आभूषण बिहिन कान्तिहिन चेहरा देखेपछि र्साईत गरेर हिँडेका नारी समुदाय बाट नै म उपेक्षित भएको प्रत्यक्ष महसुस गर्न थालेकी थिएँ । म मा जागृत खट्किएको पतिको अभावमा सिर्जित यौनकुण्ठाको माग भन्दा पनि पति नहुनुले घर पक्ष र समाजबाट हेपिनुपर्दाको पिडाले गर्दा मलाई दोश्रो पतिको आबश्यकता खट्किन थालेको थियो । मेरो सासु जो मेरो ससुराको दोश्रो पत्नीको रुपमा त्यो घरमा भित्रिनु भएको थियो । वहाँ पनि पर्ूव हवल्दार पत्नी हुनुहन्थ्यो । पर्ूव पति हँुदा हँुदै पनि दोश्रो पतिको रोजाईक्रममा पर्ूव पतिलाई शारीरिक असक्षमताको संज्ञा दिँदै अतृप्त यौनकुण्ठाकै कारणले पर्ूव पति प्रति यौन बिकर्षा सिर्जित भए पछि मेरा लप्टन पदधारी ससुरा संग ल्याईते बनेर आउनु भएको यथार्थता मैले पनि सुन्न्ा पुगेकी थिएँ । यस अर्थमा पनि मेरो पति बिहिन निस्सारता प्रति सहानुभूति दर्शाउँदै मेरी सासूले दोश्रो बिबाह प्रतिको मागलाई स्वीकार्नु हुन्छ कि भन्ने झिनो आशा लिएर अर्न्तर्मनभित्रको दमित चाहनालाई सासू समक्ष जगजाहेर गरेँ । त्यस पछिबाट म व्यभिचारीको उपमाले लेपित भएँ । सासुको ज्यादत्ाी म माथि तीब्र हुँदै जान थाल्यो । मेलापात जाँदा खेतालाहरुसंग बोल्दा पनि मलाई बोल्ने संग नै सम्बन्ध जोडिएको लाञ्छना लगाउँदै अनर्गल कुरा गरिएर चरित्र हत्या गर्ने प्रयास गरिन थाल्यो । त्यस घर नै साँघुरो महसुस हुनथाल्यो । अनि मैले त्यो घरबाट सदाको लागि विदा लिने निश्चय गरी दुधे छोरो बोकेर माईतिघरतर्फआएँ । माईतिघरमा पनि मैले क्षणिक सहानुभूति भन्दा केहि पनि पाउन सकिन मात्र अप्ठ्यारो आश्रय सिवाय । मैले मेरो छोराको सुरक्षित भविष्यको लागि भने पनि केहि गर्ने दृढता लिएर बिदेश जाने सोचका साथ येन केन प्रकारेण कतार आउन सफल भएँ । यहाँ आउनको लागि पनि मैले धेरै संग अनुनय विनय गरेँ । शारीरिक सम्झौताका कुराहरु नै म माथि र्सवप्रथम तर्ेर्सिन आउँथ्यो । आखिर मैले कतार आउन सफलता पाएँ र कतारमा एक निकृष्ट पेसा गर्न बाध्य भएकी छु । यस्ौ सिलसिलामा यहाँ म दर्ुइ बर्षो लागि बन्धक जीवन विताउन विवश भएकी छु । रात्रिकालिन एकान्त प्रहरमा शोचमग्न भएर अंगालो भरिको लोग्नेको शारीरिक रतिकृयाको सम्झनाले द्रविभूत हुन पुग्छु । आत्मरतिको बिगतको परिकल्पनाले म स्तव्ध हुन पुग्दछु । अनि सोच्छु मेरो लोग्ने भईदिएको भए आज मैले यो नियतिको शिकार हुनु पर्ने थिएन र मेरो त्यो काखमा रमेर आमाको मुखमृुद्रा नियालेर भुसुक्क निदाउने मेरो दुधे बालक त्यो छोरोले मातृवात्सल्यको अभावमा पिँढीको डिलबाट क्षितिज पारी सम्म आँखा चाहारेर टोलाउँदै आमाको तिर्सनाले मातृत्वअभावको महसुस गर्नु पर्ने थिएन । अनि फेरि म बायुमण्डलीय एकान्ततामा स्मृतिको गर्तमा डुबेर मन नेपाल तर्फनै हुत्याउँछु । नयन सजल भएर आउँछन् । उफ आज मेरो लोग्ने भैदिएको भए ……………….।
pls, click here * here