मेरो नेपाल ब्लगसममा प्रकाशित फोटोहरुः- Dear visiter We are proud that you will get all information from this site. after viewing this you should not go to serch other. you can get all links in the right side of your hand.

December 11, 2007

मरेपनि मरोस मलाई मतलब छैन, मलाई नेपाल फर्काई दिनुहोस ।

सागर श्रेष्ठ
भन्छन श्रीमान श्रीमतिको झगडा परालको आगो, अनि श्रीमान श्रीमति विचमा भएको हजारौं गल्तीहरुलाई माफ गरिन्छ तर यहाँ उल्लेख गर्नु खोजेको कुरामा त्यसो भएन । एक नेपाली महिलाको पिडा न त त्यो जागीर दिनेले बुEmन सक्यो न त संगै जीउने संगै मर्ने भन्ने श्रीमान ले नै बुEmन सक्यो । आज भन्दा करिब २-३ महिना पहिले घरमा सामान्य झगडा भई माईति गएकि आफ्नी श्रीमतिको एक्कासी आपतमा परेकी छे विदेशमा भन्दा नवलपरासी माकर २ बार्देघाट चिसापानीको दर्ुजा बुढामगर तिनछक परेका छन । (more…)

September 12, 2007

स्वशासन सम्बन्धी खोटा विचारको खण्डन (१)

- महेश्वर श्रेष्ठ
नेपाल अहिले अत्यन्त संवेदनशील संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । २००७ सालदेखि फछ्र्यौछ हुन नसकिरहेको संविधानसभाको निर्वाचन भएमा एकातिर राजतन्त्र रहने कि नरहने भन्ने फैसला हुनेवाला छ भने अर्कोतर्फदेश स्वशासन सहितको संघीय राज्यको स्वरुप ग्रहण गर्ने दिशातर्फउन्मुख भएको छ । (more…)

July 28, 2007

आफ्नो दायित्व, कर्तब्य र लक्ष्य कहिल्यै भुल्नुहुदैन ।

कृष्ण प्रसाद शर्मा सुबेदी
विश्वभरी वीर नेपालीको नामले परिचीत नेपालीहरुको अवस्था आज ठिक त्यसको विपरीत कमजोर र हिन नेपालीको रूपमा चिनिनु पर्ने अवस्था सृजना भएको छ । चाहै त्यो विश्वको विकसित राष्ट्र होस चाहे त्यो साउदी अरेवियाको खाडी होस, चाहे बहर्राईन, कतार, औमन, दर्ुबई, कुवैत, मलेसिया किन नहोस - आज रोजगारीको सिलसिलामा विदेशमा नेपालीको उद्ययमसिल शक्ति -पुरुस, महिला) ले निकै दर्दानाक जीवन विताउनु परेको छ । नेपालमा प्राप्त मात्रमा कलकारखाना, खानी, उद्योग ब्यबसाय नहुनु र कृषी प्रधान देश भएर पनि ८५ प्रतिशत कृषकहरु मध्ये धेरै संख्यामा रहेको कृषकहरु संग आफ्नो जमीन जग्गा नहुनु र उत्पादनको लागी उन्नत किसीमका प्राविधी सुविधा नहुनु . वावजुद नै आज तमाम कृषकका छोरा छोरीहरु एक छाक र्टार्न र एकसरो लत्ताकपडा फर्ेनको लागी भनेता पनि विश्वको धेरै जसो मुलुकमा एक श्रमजीवि श्रीमिकको कार्य गर्न बाद्य भएका छन । (more…)

December 10, 2006

वैदेशिक रोजगारमा महिलाहरुको बढदो सहभागिता

अञ्जना बैद्य श्रेष्ठ, काठमाडौं

काठमाण्डौ, वैदेशिक रोजगारमा संलग्न हुने महिलाहरुको सुरक्षा र क्षमता अभिबृद्धि गर्नुका साथसाथै उनीहरुको सशक्तीकरण गर्ने, उनीहरुको हक अधिकार सुनिश्चित गर्ने तथा यसरी अन्तर्रर्ााट्रयस्तरमा स्थानान्तरित महिलाहरु विरुद्ध हुने हरेक खालका हिंसा तथा विभेदहरुको अन्त्य गरिनु पर्ने तथा बैदेशिक रोजगारमा लागेका महिलाहरुकेा तथ्याङ्क तथा उनीहरुका बारेमा अध्यायन युनिफेमको सहयोगमा एन.आइ.डि.यस. ले तयार पारेको अध्ययन अनुसन्धनामूलक पूस्तक “नेपाली महिला र बैदेशिक श्रम प्रवास” नामक अनुसन्धनात्मक पुस्तकको विमोचन यहि मिति २०६३।८।२२ गते नेपालको, काठमाण्डौमा सम्पन्न भयो ।

कुल नेपाली श्रमिकको ९.१ प्रतिशत महिला रहेको र कुल बैदेशिक रोजगारमा गएका महिलामध्ये लगभग ४८ प्रतिशत निम्न मध्यम बर्गीय, ३५ प्रतिशत निम्न बर्गिय र १७ प्रतिशत मात्र उच्च मध्यम बर्गिय भन्ने अध्यायनबाट पुष्टि भएको छ । यसरी वैदेशिक रोजगारीमा जानेहरुमा गुरुङ्ग ३८ प्रतिशत, बाहुन/क्षेत्री १८.६ प्रतिशत, र्राई लिम्बु १२.८ प्रतिशत, तामाङ्ग र मगर ५.८ प्रतिशत रहेको तथ्य विमोचित उक्त पुस्तमा उल्लेख गरिएको छ । यसका अतिरिक्त पुस्तकमा उल्लेख भए अनुसार वैदेशिक रोजगारीमा जाने महिलाहरुको हकमा शैक्षिक योग्यता पनि राम्रो पाइएको छैन । जस अनुसार ७८ प्रतिशत महिलाले एस एल सी पनि उर्तीर्ण्र्ाारेका देखिदैन भने केही त पर्ूण्ा निरक्षर र करिब २३ प्रतिशत मात्र सामान्य लेखपढ गर्न सक्ने पाइएको छ । तथ्यांक अनुसार अधिकांस बैदेशिक रोजगारमा गएका महिला कामदारहरु आफन्त र छिमेकीहरुको सहयोगमा जाने गरिएको पाइएको छ जबकि ४२ प्रतिशत महिलाहरुलाई आफू के कामका लागि विदेश जादैछु भन्नेसम्म पनि थाहा नभएको र २० प्रतिशत महिलाले बैदेशिक रोजगारका लागि आवश्यक कागजात र प्रक्रियामा ठूलो कठिनाई ब्यहोर्नु परेको तथ्य प्राप्त भएको छ ।
त्यस्तै गरेर उक्त अनुसन्धनात्मक पुस्तकमा उल्लेख भए अनुसार, सबैभन्दा ठूलो संख्यामा ६६ प्रतिशत महिला घरेलू कामदारको लागि जान्छन भने अरु थप महत्व पर्ूण्ा पेशा जस्तै कारखाना, कार्यालय र रेस्टुरेन्टमा पनि संग्लन्ा देखिएको छ । औसत कामका लागि महिलाहरु बिदेशी मुलुकमा ३.६ बर्षबस्ने देखिएको छ । बैदेशिक रोजगारीमा लागेका महिलाहरुलाई समाजले मात्र नभई सरकारी निकाय तथा त्रिभुवन बिमानस्थलका आवागमन तगा अध्यागमनका कर्मचारीहरुले समेत धेरै हतोत्साहित गर्ने गरेको एक अध्यायन अनुसन्धानबाट पाइएको छ ।
बैदेशिक रोजगारमा संलग्न हुने महिलाको सामाजिक सुरक्षा र क्षमता अभिबृद्धि गर्नुका साथसाथै उनीहरुको पेशा रोज्ने अधिकार पनि संरक्षण गर्न आवश्यक रहेको कुरा कार्यक्रममा सहभागीहरुले व्यक्त गरेका थिए ।
युनिफेमको सहयोगमा एन. आइ. डि. यस. नामक संस्थाद्वारा आयोजित उक्त कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक डा. अनिता मानन्धरबाट स्वागत मन्तब्यका साथै कार्यक्रमको बिशेषताबारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा कार्यक्रमका सभापति तथा अनुसन्धानका टिम लिडर डा. जगनाथ अधिकारी तथा डा. चन्द्रा भद्राले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभयो । त्यस्तै कार्यक्रममा लामो समयदेखि बैदेशिक रोजगारीमा लागेका महिलाहरुको पक्षमा वकालत गर्दै आउनु भएकी युनिफेमका श्री मति शरु जोशीले बैदेशिक रोजगारमा लाग्ने महिलाहरुको सशक्तीकरण गर्ने, उनीहरुको हक अधिकार सुनिश्चित गर्ने तथा महिलाहरु विरुद्ध हुने हरेक खालका हिंसा तथा विभेदहरुको अन्त्य गरिनु पर्ने आवाजलाई सम्बन्धित निकायसम्म पुर्‍याई आवश्यक नीति र रणनीतिहरु तर्जुमा गराउनु पर्ने कुरामाथी जोड दिनु भयो भने पौरखीका अध्यक्ष श्री मति मञ्जु गूरुङ्गले पनि बैदेशिक रोजगारमा लागेका महिलाहरु बिरुद्ध हुने हिंसालाई रोक्न तथा उनीहरुको हकहितको लागी संस्था पौरखी कटिबद्ध रहेको जानकारी दिनुभयो । यस्तै कार्यक्रममा रोजगार संधका अध्यक्ष र अन्य वक्ताहरुले पनि राज्यले महिलाहरुमाथि गरेका बिभेदपर्ूण्ा कानून र कानून संयत्रमा बिकास र उचित नयाँ कानुून ल्याउनु पर्ने, धेरै मात्रामा बैदेशिक रोजगारीमा जाने ठाँउहरु जस्तै साउदी अरव, कोरिया, मलेसिया जस्ता ठाउँहरुमा राजदुतावासहरु आवश्यकता अनुसार सक्रिय नभएको कारणले गर्दा श्रम सहचारी वा अधिकृतहरुको ब्यबस्था गर्नु पर्ने कुराहरुमा एकमत देखाउनु भयो ।
नेपालीहरुमा आवश्यक प्राबिधिक ज्ञानको कमीले गर्दा सुरक्षित र सम्मान पर्ूवक आफनो श्रमको म्ूाल्य अझै पनि नपाएको तथा बिभेदको तितो अनुभव पाइएको छ । वास्तवमा सही अर्थको आर्थिक योद्धाको हकहितको लागी संम्बन्धित निकाय तथा संधसंस्थाले लागि पर्नु पर्ने बेला आएको छ । कार्यक्रममा बुद्धीजीवी, संचारकर्मीहरुलगायत सम्बन्धित संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
Pls click me here

निहुँः आप्रवासका सुसेलीको, चर्चाः होमनाथ सुवेदीको

-गुहनाथ पौडेल
‘आप्रवासका सुसेली’ होमनाथ सुवेदीको कवितासंङ्ग्रह हो । यसको भूमिका-खण्डमा माथिकोे शर्ीष्ाक दिएर कविवर भानुभक्त पोखरेलले १२ पृष्ठ लामो मन्तव्य दिनुभएको छ । म आफ्नो यस लेखमा पनि त्यही शर्ीष्ाक राख्ने अनुमति माग्दछु । कारण यो लेख पढिसकेपछि पाठकहरूले आफैंले थाहा पाउनुहुनेछ ।
उवेलाको जमानामा नेपालशहर -काठमाडौं) भन्दा धेरै पर मुगलान -कालिम्पोङ) बसेर नेपाली भाषा तथा साहित्यको सेवा गर्ने साधक पारसमणि प्रधानले कविताको वारेमा यस्तो भनेका थिए-
कविले दिलले कविता कोरे कविता पाको हुन्छ
बोक्रा बोक्रा कर्ीर्ति कविका कविता काँचो हुन्छ ।।
माथिको कवितामा जानुभन्दा पहिला कविको बारेमा केही कुरा भनौं कि -
जुन समयमा नेपालमा लेखपढ गर्न पूरै वन्देज लगाइएको थियो, त्यस समयमा नेपालपारि मुगलानमा बसेर नेपाली भाषा- साहित्यको सेवा गर्ने तीन जना साधकहरूलाई ‘सूधपा’ भनेर एउटै शब्दमा चिनाउन थालियो । सू- र्सर्ूयव्रि्रम ज्ञवाली, ध- धरणीधर शर्मा र पा- पारसमणि प्रधान ।
सू-, र्सर्ूयव्रि्रम ज्ञवाली बनारसमा जन्मिएर हुकर्ी, बढी, बी.ए.बी.टी. सम्म पढी आफ्नो वृत्ति-व्यवसायको क्रममा दार्जिलिङ पुगेका थिए । उनी त्यहाँ शिक्षक, निरीक्षक आदि बन्दै यसको साथसाथै गोर्खाली, जन्मभूमी जस्ता पत्रपत्रिका पनि चलाएर भाषा-साहित्यका सेवक ‘सू’ बन्नपुगे । त्यसपछि कालक्रममा नेपाल फर्किएर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य- सदस्यसचिव हुँदै कुलपतिसम्म हुन पुगे ।
ध-, धरणीधर कोइराला पनि पर्ूर्वी नेपाल रामेछाप अर्न्तर्गत दुम्जामा जन्मिएर हर्ुर्की, बढी, बी.ए.बी.टी. सम्म पढी वृत्ति विकासको क्रममा दार्जिलिङ पसेका थिए । यिनी पनि दार्जिलिङमा शिक्षक, निरीक्षक हुँदै भाषासेवक पनि बन्दै नेपाली जनता जनार्दनलाई ‘जाग जाग अब जाग न जाग’ भन्दै जगाइराखे । जीवनको उत्तर्रार्ध भने यी कविको पनि काठमाण्डौमा नै बित्यो । कविता र कविको बारेमा उनको कविताको दुइ पाउ हेरौ । उनले यस्तो लेखेका छन् -
छरितो र छिटो नयपाली ठिटो
कविता कविता भनि उफि्र हिंडयो ।।
कविताको जोस भित्रबाट आएपछि त नेपाली ठिटो बाख्राको पाठो उप|mेजस्तै उप|mी उफ्री हिंड्ने भइहाल्यो ।
पा -, यस लेखको शुरुआत नै सूधपाका अर्का मणि पारसमणिबाट प्रधानबाट गरेको हो । यिनी काम मामको खोजीगर्दै मुगलान पसेका ओखलढुङ्गे नेवारका नाति प्रकाशमान प्रधान रहेछन् । हाल दार्जिलिङ जिल्ला अर्न्तर्गत कालिम्पोङमा यिनको बसोबास थियो । स्नातकसम्म अध्ययन गरेका यिनले भारती, चन्द्रिकाजस्ता पत्रिका चलाए । दार्जिलिङमा नै जन्मी, हर्ुर्की त्यतैलाई आफ्नो कार्यक्षेत्र बनाएर त्यतै समर्पित भए उनी । यिनले साहित्यसेवा भनेर पत्रिका चलाउने काममात्रै गरेनन्, उनले त्यस समयमा नेपाली भाषाको पाठयपुस्तक तथा कोष तयार पारे । नेपाली भाषलाई पाठयक्रममा राख्न तथा त्यसको निर्माणमा उनले ज्यान छाडेर लागेको र धेरै हण्डर खाएको कुरा धेरैलाई थाहा छ । त्यतिखेर दार्जिलिङमा मात्रै नभएर नेपाल अधिराज्यभर नै यिनले तयार पारेका पाठयपुस्तकहरू पढाइन्थे । सूधहरूलाई जस्तो काठमाडौंको मोहले लोभ्याएन पा लाई, त्यसो त त्रिभुवन विश्वविद्यालयले धरणीधर कोइरालालाई जस्तै यिनलाई पनि महाविद्यावारिधि डि. लिट्. को उपाधिले विभूषित गरेको थियो ।
कालिम्पोङमा त्यतिखेर दुइवटा प्रेस -छापाखानाहरू) रहेछन्, अचेलको भाषामा भन्दा एक आपमा कम्पिटिसनमा रहेका, त्यस समयमा शायद बाँच्नको लागि संर्घष्ा गरिरहेका । एउटा नेपाली भाषा तथा साहित्यको सेवामा तन मनले लागेको पारसमणि प्रधानको मणि प्रिन्टिङ प्रेस तथा अर्को तिब्ब्ती भाषा तथा सहित्यको विकासमा लागेको तिब्बती लिपि तथा भाषामा पत्रिका निकाल्ने थार्चेन बाबुको तिब्बत मिरर प्रेस । यी दुइमा दह्रो मुकावला रहेछ त्यस समय त्यस ठाउमा आ-आफ्नो भाषा तथा साहित्यको विकासमा । तिब्बत मिरर प्रेसबाट निस्कने पत्रिका ‘तिब्बत मिरर’का ग्राहक दलाई लामा देखिका थिए र थार्चेन बाबु पनि घरमा नै चर्च राखेका ब्याप्टिष्ट थिए । त्यसैले उनको केही आर्थिक हैसियत पनि थियो कि - यता पारसमणि प्रधानले भने बङगुरसम्म पाले भन्ने हामीले सुनेको हो । अवश्यै पनि घरमा सोखले कुकुर पालेझैं अथवा पूजा गर्न गौमाता पालेझैं कसैले पनि बङगुर पाल्दैन ।
ल्हासा जाने कुतीको बाटा,े अब भने तँ फसिस् । पुस्तकको चर्चा गर्छर्ुुनेर गाई, कुकुर, र सुङुरको खोरमा पुगिस् भन्नुहोला । म बहकिएर त्यता पुगेको होइन । मैले आफ्नो लीक छाडेको छैन । खालि इतिहास कोटयाएको मात्र हुँ । अब म पनि आप्रवासका सुसेलीको चर्चातिरै लाग्छु ।
प्रस्तुत पुस्तक आप्रवासका सुसेली एकजना आप्रवासी नेपाली श्री होमनाथ सुवेदीद्वारा प्रवासमा बसेर लेखिएको नेपाली कविताहरूको सङग्रह हो । यसमा ५७ वटा कविताहरू संग्रहित छन् । होमनाथ सुवेदीले यस अघि १० वटा कृति प्रकाशित गरिसक्नुभएको छ, जसमध्ये ७ वटा त उपन्यास मात्रै छन्, तीमध्ये पनि रत्ना र त्रिमर्ूर्तिजस्तालाई त वृहदाकारका उपन्यास नै मान्नर्ुपर्दछ । उपन्यासका क्षेत्रमा आफ्नो छुट्टै स्थान वा परिचय बनाइसक्नुभएका श्री सुवेदीज्युले सातवटा उपन्यासपछिको दोस्रो कवितासंग्रहका रूपमा यसलाई प्रकाशमा ल्याउनुभएको छ ।
यस सङ्ग्रहमा भएका केही कविताका शर्ीष्ाकहरू पढेरै भए पनि पाठकले यस कविता संग्रहका वारेमा केही अन्दाज पाउन सक्नुहुन्छ -
नववर्ष लेखनाथप्रति, अमेरिका, आयो ग्रीन कार्ड, सिङ न पुच्छरको अमेरिका, भोक कहिल्यै मेटिएन, विश्व वशीकरण मन्त्र, डेलासमा नेपाली पहिचानलाई दिगो राख्न जुटौं, मातृस्मृति, ढोर जस्तै छ अमेरिका, वासिङ्गटनमा र्‍याली, नआउ मुनाले, नजाउ गुमाने इत्यादि ।
यी सबै कविताहरू जे कारणले भएपनि आफ्नो देश छाडेर मुगलानमा बसेको एउटा नयपाली ठिटोले लेखेको हो । समयअनुसार मुगलान फरक हुन्छ । मुगलान समयसापेक्ष छ । त्यो वेलामा सिमानापार मुगलान थियो । अहिले सात समुद्रपारको मुगलान छ, फरक यत्ति छ । भावुक नभइकन कविहृदय बन्दैन । कविताको बुइ चढ्न पायो भने जहिलेको कवि पनि बाख्राको पाठो उप|mेजतै बर्ुर्लुक्क उप|mन्छ -
नेपाल-ग्राम सम भो ‘वुडब्रीज’ ऐले
मानी पुरातन सबै नयपाली फैले ।
-वुडब्रीज बनोस् नेपाल
कविको मूल धर्म जहिले पनि जनता जनार्दनलाई जगाउनु हो, झकझकाउनु हो । कवि होमनाथ सुवेदीले आफ्नो यस धर्मलाई छोडेका छैनन् -
दिगो राख्न जुटौं हामी नेपाली पहिचान छ ।
राष्ट्रमा राष्ट्रनिर्माण हामीले अब गर्नु छ ।

बनाऊ राष्ट्रको झण्डा स्वयं कूँदी गुलाबको
नटुट्ने कहिल्यै राष्ट्र नेपाली विश्वबन्धुको ।
-डेलासमा नेपाली पहिचानलाई दिगो राख्न जुटौं
नेपालीमा एउटा उखान छ ‘जसको सीता खाई उसैको गीता गाई’ । साधारण काम गरेर आफ्नो परिवार पाल्ने, विहान बेलुकाको मीठो खाना र राम्रो राम्रो नानालाई नै आफ्नो जीवनको उर्त्र्सग ठान्ने हुतिहाराले चलाएको उखान हुनसक्छ यो । वास्तवमा कवि लेखक जहिले पनि समाजको मार्गदर्शक नै हुन्छन् । “गाउँमा ढींडो र गुन्द्रुक पनि त भरपेट खानपाएको होइन, अब यहाँ अम्रिका आएर पिजा र पेय पाएकै छ, अब के को चिन्ता'’ भनेर अम्रिकन समाजमा चर्ुलुम्मै डुबेर मोज मारिरहेकाहरूको अगाडि कवि निर्धक्क भएर उनीहरूमाथि नै औंलो ठडयाएर लेख्छन् -
आक्रोशका ठुला थुप्रा हामीमा खात खात छन् ।
चुनी अमेरिकालाई उसैमा लात राख्दछन् ।
-सिङ न पुच्छरको अमेरिका
छँदाखाँदाको आफ्नो नपाली जिन्दगी रहनसहन ती सबैलाई चटक्क छाडेर येनकेनप्रकारेण अमेरिका आइपुगेपछि धेरै संर्घष्ा गरेर यतै वसोवासको चाँजोपाँजो मिलाएका, मिलाउँदै गरेका नेपालीहरूको अर्न्तर्मनको चोट पनि कविले राम्रोसँग केलाएर, कुटेर, भुटेर पिसेर फेरि उस्तै गरी कवितामा पस्किदिएका छन् ।
अमेरिका भयो गँास निल्नु न सक्नु काल हो
चिÝा पर्‍यो भनें मैले गोलो भो अरिंगालको ।

के खानु कसरी खानु, नाचनु गाउनु है यहाँ
संझी डलरका धाक कुहिई मर्नु के यहाँ ।
-डेलासमा नेपाली पहिचानलाई दिगो राख्न जुटौं
कुनै वेला कवि आफू पनि दोधारमा परेका देखिन्छन् वा अझ यथार्थवादी हुन आफूलाई किर्ंकर्तव्यविमूढ जस्तो बनाइदिन्छन् -
त्यहाँ छौं सबै छन् कमाइ छँदै छ
छ भेडो घरैमा घुरैमा मजा छ ।
छिमेकी सबैले प्रशंसा त गर्छन्
न आऊ सिटीमा भुटी खान सक्छन् ।
-नआऊ गुमाने
माथिका उदाहरणहरू भए कविका डायस्पोरिक कविताहरूका । यी वाहेक लेखकले आफ्ना अग्रजहरूका संझनामा पनि कविता कोरेका छन् । हृदयचन्द्रप्रति, पारसमणिप्रति, पिंडालीप्रति, सिद्धिका स्मृतिमा, गोपाल प्रसाद रिमालको पाठ, भूपि शेरचनप्रति आदि । कवि गोपालप्रसाद रिमाललाई कविले आफ्नो आदर्शमा पनि आदर्शतम मानेको प्रतीत हुन्छ । गोपालप्रसाद रिमालको विषयमा मात्रै तीनतीनवटा कविता दिएका छन् । एउटै कविताको पुस्तकमा यति धेरै आफ्ना पर्ूववर्ती धेरै कविहरूलाई संझेर श्रद्धाञ्जलि प्रकट गर्न भ्याएका छन् कविले -
समाज यो निरड्ढुशै मसानको समाज छ
पुरेर सत्यता कतै असत्यता फलाउँछ ।

नयाँ समाज सिर्जिई बसौ भने रिमालले
निकृष्ट यो समाजको लिएर सास क्रान्तिले
-रिमालस्मृति
कविले पारसमणि प्रधानप्रति श्रद्धा व्यक्त गर्दै लेखेका छन् - भाषा सेवा र शिक्षामा काव्यमा पनि लोचन नखाई नसुती एक्लै गरे आफ्नो र्समर्पण
बालकाव्य र व्याकर्ण्र्ाााठयक्रम बुनीवरी
बसाए जग भाषाको प्रवासैमा हिमालको
-पारसमणिप्रति
माथिको उदाहरणपछि अब कवि श्री होमनाथ सुवेदीको अर्को महत्वपर्ूण्ा पाटोमा विचरण गरौं । कवि समयापेक्ष हुन्छ, तर कविता समयनिरपेक्ष पनि हुन सक्छ । कविता कालजयी हुन्छ, जसले काल -समय) लाई नै जितिसक्यो, उसलाई समयले फेरि कसरि बाँध्न सक्छ र - तर कविलाई भने समय सँगसँगै दौडधूप गर्नुपर्ने हुन्छ । खान पर्‍यो, लाउन पर्‍यो, जहान छोराछोरी पालन पोषण गर्नुपर्‍यो । कर्तव्य हुन्छ, दायित्व हुन्छ । तर कवितालाई यस्तो केही गर्न पर्दैन, ऊ त कविले जस्तो हालतमा छोडिदियो उस्तै हालतमा सदार्सवदा रहिरहन्छ । कवि मैले कविता लेखें भन्छ, तर संसारमा त्यो मान्छे पनि कवि थियो भन्ने कुराको साक्षी भने त्यही कविता नै रहेको हुन्छ । यो कस्तो खालको कवि थियो भन्ने कुरा उसको कविता पढेपछि मात्रै थाहा हुन्छ ।
घामको उज्यालो पनि पुग्न नसक्ने ठाउँमा पनि कवि पुग्छ भन्छन् । वास्तवमै र्सर्ूयको उज्यालो व्यक्तिको अर्न्तर्मनमा नपुग्न सक्छ । तर कवि अर्न्तर्मनमा पुगेर छाँद मारेर र्फकन सक्छ । यो हामीले व्यवहारमा पनि देखेका छौं र हाम्रा पर्ूर्वीय दर्शनले पनि यही कुरालाई प्रधानता लिन्छ । विवेचना गर्न लागिएको कृति आप्रवासका सुसेलीभित्रको एउटा कविता ‘प्रेमपुष्पप्रति’लाई लिउँ । यसमा हाम्रो पर्ूर्वीय दर्शनले भन्ने र पश्चिमाहरूले भन्ने गरेको सृष्टिको कुरालाई लिएर कविताको उठान गरिएको छ र प्रेम नै सृष्टिको शुरुआत हो, मध्य हो र अन्त्य पनि हो भनिएको छ । यस सानो कवितामा सृष्टि, स्थिति, लयको कुरादेखि उठान गरेर सांख्य, योग, वेदान्त, न्याय आदि पर्ूर्वीय दर्शनको निचोडका साथमा द्वन्द्वात्मक भौतिकवादसम्म पनि अटेको छ ।
प्रेम नै सृष्टि हो प्रेम नै पालन
प्रेम नै हो अहड्ढारको कारण
प्रेम नै फूल हो प्रेम नै रञ्जन
मै तिमी त्यो उनी हौ सबै जीवन
-प्रेमपुष्पप्रति
अव एकछिन होमनाथ सुवेदीको चर्चा गर्न पट्टि लागौं । कवि श्री होमनाथ सुवेदी सन् २००४ साल पुसमा ताकम म्याग्दीमा जन्मिएका हुन् । एम.ए., बी. एड. सम्मको अध्ययन पूरा गरेर जीविकाको खोजी गर्दै जाँदा उनी अमेरिका पुगे र विगत पच्चीस वर्षेखि उनी अमेरिकातिरै बस्दै आएका छन् ।
साहित्य सेवाको प्रसङ्गमा माथि नै भनिसकियो कि उनले सातवटा उपन्याससहित एघार वटा कृति प्रकाशन गरेर पाठक वाचकसामु प्रस्तुत गरिसके । यिनका प्रकाशनोन्मुख उपन्यास मात्रै तीनवटा छन् । यी वाहेक उनले लेखेर थन्क्याएका पाण्डुलिपिको पनि रासै छ, जसमा एउटा महाकाव्य पनि छ । संक्षेपमा भन्दा उनले अमेरिका बसेर एक दर्जन कृतिहरूलाई पाठकसमक्ष पुर्‍याइसके । यो सबैले देखेजानेकै कुरा हो । यस विषयमा धेरै समालोचक तथा उहाँका समकक्षी साथीहरूले पनि लेखिसक्नुभएको छ । आफू चिनिन वा आफ्नो अभिव्यक्ति प्रकट गर्नलाई लेखक बन्ने एउटा पाटो -यसलाई भानुभक्तीय पाटो भनौं कि) बाहेक उहाँको साहित्यसेवाको अर्को पाटा,े आफू बसेको समाजमा आफ्नो भाषा तथा संस्कृतिलार्इर्र्जीवन्त पार्नर् त्यसमा लागिरहने, आफू उदाहरण बनेर अरुलाई पनि लेख्न र छाप्न प्रोत्साहन दिइरहने पाटो -यसलाई मोतीरामको पाटो भनौं कि) को वारेमा चर्चा गर्नु अत्यावश्यक भईसकेकोजस्तो मलाई लाग्दछ ।
श्री होमनाथ सुवेदीजी अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज -अनेसास) को संस्थापक अध्यक्ष हुनुहुन्छ । यो विदेशमा बस्ने नेपालीहरूको लागि छाता सङ्गठनजस्तो भइसकेको छ । यस सङ्गठनको सङ्गठनकर्ता उहाँ हुनुहुन्छ । धेरैवर्षम्म त यो संस्था उहाँकै घर परिवारले धानेको थियो । पछि सदस्यसंख्या थपिंदै गएपछि उहाहरूले र्सार्वनजनिकीकरण गर्दैगएको देखिन्छ । अनेसासबाट अर्न्तर्दृष्टि नामक पत्रिकाको प्रकाशन हुँदै आएको छ । अमेरिकाजस्तो ठाउँमा भानुजयन्ती, मोतीजयन्ती, लक्ष्मीजयन्ती जस्ता कार्यक्रम मनाएर नेपाली साहित्य तथा सात्यिकारहरूलाई संसारभर चिनाउने काम भइहेछ । यति मात्रै नभएर अमेरिकाको भर्जिनिया भन्ने ठाउँमा अनेसासकै सक्रियतामा नेपाली पाठशाला पनि स्थापना भएको छ । दिनहुँ केही न केही गरिरहने उहाँको स्वभाव छ । अमेरिकाका मात्रै नभएर संसारभरका प्रवासी नेपालीलाई उहाँ आफ्नै कोठामा बसेर विद्युतीय माध्यमबाट सरसल्लाह र सहयोग गरिरहनुहुन्छ ।
अमेरिकाको व्यस्त तथा कमाउ जिन्दगीमा बढी पैसा कमाउनतिर न लागी यौटै मात्र जागिरमा चित्त बुझाएर बाँकी समय लेखपढ र अरुलाई सरसहयोग गरिरहने मान्छेलाई अचेलको समयमा अवश्य नै तपस्वी नै मान्नर्ुपर्छ । त्यसमाथि अमेरिका पुगेका पछाडि कार झुण्डिएका -पत्रकार, साहित्यकार, कलाकार)हरू उहाँको चारपाङ्ग्रे कारको फाइदा उठाउन भ्याउँदारहेछन्, उहाँ पनि जुनसुकै साहित्यकार कलाकारहरूलाई भए पनि समान आतिथेय प्रदान गर्न भ्याउनुहुँदो रहेछ ।
यसरी श्री सुवेदीजीले सुदूर अमेरिकामा बसेर गर्नुभएको साहित्यसेवाको अरुले पनि कदर गर्ने बेला आइसकेको जस्तो मलाई लाग्दछ । यसमा भूमिका लेखक श्री भानुभक्त पोखरेलज्यूले पनि “नेपाल राष्ट्रले पनि उनलाई सम्म्ाानित र पुरस्कृत गराउँदै लाने वेला भएको अनुभव पनि गरेको छु” भन्नुभएको छ । भानुभक्त सरको र मेरो कुरा मिल्यो । वास्तवमा उहाँलाई राष्ट्रले नै सम्मानित र पुरस्कृत गर्ने वेला भइसकेको छ । राष्ट्रले त गर्ला पनि । तर भानुभक्त सर तपाईं हामी मिलेर एउटा कामको थालनी गरे कसो होला - मेरो विचारमा पहिला मुगलानमा बसेर सूधपाहरूले गरेको कामसँग यिनको कामलाई दाँज्न मिल्ला ? लेखकलाई दाँज्ने भनेको होइन) नत्र अमेरिकी सूधपा भन्ने शब्दले विभूषित गरौं कि भनेर ? कि अमेरिकाका मोतीराम भन्ने ? वास्तवमा भन्ने हो भने मलाई त अमेरिकाका मणि वा पारसमणि भन्न मन लागेको छ तपाईंलाईं कस्तो लाग्ला कुन्नि ? यति त तपाईं हामीले “होमनाथ सुवदीकोे चर्चा” गर्ने निहुँमा गर्न बितेन र ? कसो सर ?
दिसंबर ९,२००६

October 31, 2006

अब पालो जनताको, “शासक माथि जनताको शासन हुनु पर्छ ।”

वाथले थलिन थाले पछि ८२ वषिर्य शुक बहादुर अधिकारी पर्ढाई छोड्न बाध्य ।
· अब पालो जनताको, “शासक माथि जनताको शासन हुनु पर्छ ।”
आरजु विष्ट “सल्यानी
पोखरा
७/१४

लेखनाथ ९ का शुक बहादुर अधिकारी अहिले वाथले थलिन थाले पछि पर्ढाई छोड्न बाध्य भएका छन् ।
७७ वर्षो उमेर देखि आफ्ना नाति नतिनासंगै कक्षा १ देखि पर्ढाई शुरु गरेका ८२ वषिर्य अधिकारीले विरामी परेका कारण पाँच कक्षामा उतिर्ण्र्ााए पनि प्रथम स्थान हाँसिल गर्न सकेनन् । तर उनले १ देखि ४ सम्म प्रथम स्थान हाँसिल गरेको बताए ।
यो साल देखि स्वास्थ्यले साथ नदिएकाले आफुले पर्ढाई छोड्नु परेकोमा अधिकारीले दुःख लागेको बताएका छन् । अधिकारीको माध्यामिक विद्यालय जाने चाहना पूरा हुन सकेन ।
शुक बहादुरको हाई स्कुल पढ्ने सपना अब पूरा नहुने भएको छ, वाथको कारण उनका दुवै घुडाले राम्रोसंग काम गरेका छैनन् । लौरोको सहायताले हिंडडुल गर्नु वाहेक अधिकारीको अर्को विकल्प छैन । गाडी चढ्नु भन्दा हिंडे पछि फाईदा हुने भएकाले आफु लेखनाथबाट हिंडेर पोखरा सम्म आउने गरेको अधिकारीले हामीलाई बताए ।
आफु भन्दा निकै कम उमेरका शिक्षकलाई सम्मान गर्ने अधिकारीलाई शिक्षकहरुबाट पर्ढाई गर्नुपर्ने आग्रह भए पनि आफ्नो स्वास्थ्यले गर्दा पढ्नमा वाधा उत्पन्न गरेको बताए । लेखनाथको आनन्द ज्योती प्रा.वि मा अध्ययन गरेका उनले ८२ वर्षो उमेरमा पर्ढाईलाई बन्द गरेका छन् ।
जवानीमा भारतका विभिन्न स्थानमा गएर मालि तथा डर््राईभरी काम गरेका अधिकारीलाई त्यहाँ बस्दासम्म अंग्रेजले भारतमा चलाएको औपनिवेशवाद र नेपालमा पनि हैकम चलाउने दाउले नेपालको धेरै जग्गा मिच्दै मिच्दै आएको विषयमा बुझ्ने मौका मिलेको बताए । त्यही अंग्रेजको कुटिल चालवाजिले गर्दा आफुले अंग्रेजी भाषा -गाई खाने विद्या) आर्जन नगरेको उनले बताए ।
८२ वषिर्य शुक बहादुर अधिकारीलाई देशमा पर्ूण्ा प्रजातन्त्र आएको हर्ेन मन छ, उनले भने ः”नेपालमा प्रजातन्त्रको वहाली गर्नका लागि सबै जनता एक ढिक्का भएर लाग्नु पर्छ, सयौं वर्षम्म नेपाली जनता शासकबाट शोषित भएर बसे, अब जनताले शासक माथि शासन गर्नु पर्छ ।” अब जनताको पालो हो । तर यस्का लागि सबर्ैर् इमान्दार भएर अगाडी बढ्नु पर्ने उनले बताएका छन् ।
वाथको व्यथाले पढ्नमा वाधा उत्पन्न र स्कुल जान गाह्रो भए पनि मनको चाहना भने नमरेको अधिकारीले बताएका छन् । कुराकानीको विट मार्दा उनले “यो माया कहाँसम्म जानि, रुख चढी हर्ेर्दैछु म पनि ” वोलको गीत गायर सुनाए । अन्त्यमा आफ्नो एउटा धोको पनि सुनाए, बसि बसि “जागिर गर्न पनि तयार छु ।”

October 14, 2006

साच्चैनै प्रवासी मित्रताको र्साईनो गहकीलो हुदो रहेछ ।

खेमनाथ पौडेल
यू.र्एर्.इ

पहिलो पटक बिदेशिनु पर्दा मनमा अनगिन्ती कुराहरुले डेरा जमाएको थियो । त्यो दिन अझै सम्झना छ जुन दिनमा म पहिलो पटक साउदी अरबको खाडीमा पाहिला टेकेको थिए । प्रवासको ठाउँ अझै अरबीहरुको बिचमा घुलमेल हुन सक्दिन कि भन्ने डर थियो । जव म कम्पनीमा पुगे त्यहाँ त म जस्ता धेरै नेपाली दाजुभाइहरु हुनुहुदो रहेछ । बिस्तारै म उहाँहरुको बीचमा परिचित हुन पुगे । म साउदी अरब पुग्दाको पहिलो दिनमा तुल बहाुदर फलामी दाजुसँग परिचय भयो लामो समय देखि उहाँ कम्पनीमा कार्यरत हुनुहुदो रहेछ र नेपालमा घर पर्वतमा रहेछ । प्रवासमा पहिलो सत्कार उहाँबाट पाए । उहाँको पहिलो दिनको सत्कारलाई मैले कहिल्यै पनि भुल्न सक्दिन । केहि दिन पछि म साउदी अरबको जुवेलमा गए त्यहाँ पनि दाङ्गका केवल पुनसँग मित्रता गासे उहाँबाट पनि मैले धेरै कुराहरु सिके उहाँ अहिले नेपालमा हुनुहुन्छ प्रवासमा रहदाको मित्रताको नाता सधै अमर हुदो रहेछ उहाँका मार्गदर्शन उहाका विदेशमा बस्दा खेरीका अनुभवहरु मेरो मन मष्तिष्कमा सधै ताजा रहने छ । करिब २ महिना पछि म साउदी अरबको उधेलिया भन्ने अनकन्टार तथा बिकट मरुभूमिको बीचमा पुगे । त्यहाँ पनि नेपाली साथीहरु धेरैनै हुनुहुदो रहेछ । करिब ४० महिना मैले त्यहि उधेलियालाई आफ्नो घर ठानेर बसे । पहिला अति उराठ लाग्ने ठाउँ पछि साउदी अरबको सबैभन्दा मन पर्ने ठाउ बन्न पुग्यो । त्यो ठाउँलाई छोड्न मन लागेन, कारण त्यहाँका साथीहरु र उहाँहरुको संगतले । साच्चैनै नेपालमा पर्ुव-पश्चिमका साथीहरु बीच भेट हुन जति गाह्रो हुन्थ्यो बिदेशमा त अति सजिलो हुनेरहेछ । अझै मन मिल्ने साथीहरु भएमा त झनै सजिलो दिनहरु बिताउन । ४० महिनाको बर्साईमा मैले धेरै मित्रहरु पाए जुन मित्रहरुलाई जिन्दगीको अन्तिम कालसम्म पनि भुल्न सक्दिन । मित्रताको र्साईनो कस्तो हुदो रहेछ भन्ने कुरा अहिले आएर महशुस भएको छ । प्रवासको लामो बर्साईपछि आफ्नै व्यक्तिगत कामले गर्दा म मेरो शुन्दर देश नेपाल र्फके । धेरै लामो बिछोडको तड्पाईमा बसिरहेका आफन्त तथा परिवारहरुसँग मिलन त भयो तर प्रवासी भूमिमा साइनो गासेका साथीहरुको यादले भने सताईनैरहयो । स्थिर शरिर परिवारहरुसँगै भएता पनि मन सधै साथीहरुको बिचमा पुगेको हुन्थ्यो । साच्चैनै प्रवासको भूमिमा गाँसेको मित्रताको मायाँ आफ्नो परिवारहरुको भन्दा गाढाँ हुदो रहेछ । सधै त्यहि दिनको सम्झना मनभरी आइरह्यो । जुन दिन हामी कोठामा रमाइलो गरी बस्दथ्यौ । कहिले झगडा गर्दथ्यौ, कहिले नेपाली गीत गाएर नाच्दथ्यौ त कहिले मिठा मिठा जिन्दगीका कुराहरु गरेर दिन काट्दथ्यौ । अन्य मित्रहरु पनि हामीलाई पहिलानै छोडेर नेपाल र्फकनु भएको थियो तर कमै मात्र मित्रले प्रवासी मित्रताको नातालाई चिन्नु भएको थियो कमै मात्रमा मित्रहरुले सम्झनाका पोकाहरु दर्ुइ शब्द पठाउनुहुन्थ्यो ।
साउदी अरबको उधेलिया भन्ने ठाउ सायद कमैलाई मात्र थाहा होला त्यहाँको बस्तुस्थिति । करिब ४५-५० वटा कम्पनीहरुका शाखा क्यामहरु खडा छन् जहाँ हजारौ नेपालीहरु कार्यरत छन् । हाम्रो कम्पनीको पनि शाखा क्याम उधेलियामानै थियो । करिब सयको हाराहारीमा नेपालीहरु थियौ । तर सधै भइरहने नेपालीहरु भने ३०-३५ जना जति मात्र । हामी कहिले चेस खेलेर समय बिताउदथ्यौ त कहिले क्यारेम्बोट । कास्की लेखनाथका रेशम थापा क्षेत्री लामो समय देखि क्यामर् इन्चार्ज हुनुहुन्थ्यो । उहाँबाट हामीले धेरै सहयोग पायौ । उहाँ क्याम्प इन्चार्ज भएता पनि हामी दाजुभाइ सरहनै थियौ । बाहिर अर्कै ब्यवहार गरेता पनि भीत्रि आत्माले भावनाको नाता जोडेको थियो । साउदी अरबको उधेलिया छोड्ने बेलामा मैले उहाँको धेरै ठुलो सहयोग र सत्भाव पाएको थिए जुन मैले जिन्दगीमा कहिल्यै भुल्न सक्दिन । सायद दाजुभाइमा पनि त्यतिको सहयोग हुदैनहोला । त्यस्त तनहुं मानपांगका एक जना गुरुङ्ग भाइ जसलाई मैले आत्मिय नाता भाइले सम्वोधन गरेको छु । हामी जातले बाहुन र गुरुङ्ग भएता पनि युवराज गुरुङ्गलाई मैले मेरै परिवारको एक जना सदस्य ठानेको छु र भविश्यसम्म पनि उनलाई भाइकै नाताले पुकार्ने छु । अर्को जुनीमा हामी एउटै आमाको काखबाट जन्मन पाउ भन्ने प्राथना गर्दछु । त्यस्तै प्रवासमा मेरो अविभावकको रुपमा एक जना दाजु प्रकट हुनुभयो । उहाँबाट मैले धेरै कुराको ज्ञान लिन पाए आज म जुन स्थानमा छु उहाँकै मार्ग निर्देशन अनी पथ पाईलाहरुको साथले छु । उहाँ सिन्धुपाल्चोकको सागर दाजु हुनुहुन्छ । उहाँ मेरो प्रवासी जिवनमा महत्वपर्ूण्ा अभिभावको भूमिकामा प्रस्तुत हुनु भयो ।साउदी अरबमा छदा मलाई प्रवासमा छु जस्तो पनि लागेन ।

मेरो जिवनमा एउटा यस्तो मित्रको आगमन भयो उहाँको म बर्ण्र्ाागर्न सक्दिन । हामी एक अर्कामा यति नजिक थियौ कि सायद प्रेमी प्रेमीका पनि त्यति नजिक हुदैनथे होला । एक अर्कामा आइपरेका दुख, बेदनाहरु साटासाट गर्दथ्यौ । हामी यति मिल्दथ्यौ कि कहिले काहिँ त हाम्रो मिलनले अरुलाई जलन पनि हुन्थ्यो र हामी बाध्यताले केहि समयकोलागि बिछोडिन बाध्य हुन्थ्यौ । केहि समय नबोले पछि एक अर्कामा छटपटी चल्दथ्यो । साच्चैनै हामीले मनका भावनाहरु एक अर्कामा साटासाट गर्दथ्यौ र पारिवारीक कुराहरु पनि भन्ने गर्दथ्यौ । उहाँको नाम लिला कुमार खवास र घर झापा सुरुङ्गा थियो । अझै पनि हामी एक आपसमा मनका भावनाहरु साटासाट गरिरहन्छौ ।
प्राय हामी एउटा रुपमा ७ जना नेपालीहरु बस्दथ्यौ भिन्दा भिन्दै ठाउँका तर हामी एउटै परिवारका सदस्यहरु झै थियौ । सायद घर परीवारम पनि त्यति मिलन हुन्थेन होला । लामो समय प्रवासमा जिवन बिताउदा पनि घर परिवारको याद त्यति आएन ।

साउदी अरबको बर्साईमा मैले धेरै आत्मिय मित्रहरु पाए र गुमाए पनि । साउदी अरबको बर्साईमा मैले पाएका मित्रहरु लिला कुमार खवास, झापा सुरुङ्गा, रेशम थापा क्षेत्री, कास्की लेखनाथ, धर्ुव हमाल, स्याङ्गजा, पुतलीबजार, सागर श्रेष्ठ, सिन्धुपलाञ्चोक, युवराज गुरुङ्ग, तनहुँ, कुमार गुरुङ्ग पर्वत, शंकर थापा मगर, पाच्थर, सुरेन्द्र पचभैया, गुल्मी, सुमन थापा मगर, हरी नेपाली, दल बहादुर घिमीरे, मदन खाड, पाल्पा, सुरेस थापा, पदम अर्याल, बिकास मगर, चन्द्र पुन, चन्द्र गुरुङ्ग, धर्ुव सिक्देल, चिज कुमार श्रेष्ठ, रोशन अर्याल, रबिन घिमीरे, गोपाल परिवार, र अन्य मित्रहरु जसले मलाई प्रवासमा रहदा सहयोग गर्नु भयो उहाँहरुलाई मैले कहिल्यै पनि भुल्न सक्दिन ।
प्रवासको मित्रताको नाता भनेको कत्तिको गहिरो हुदो रहेछ भन्ने कुरा मैले दर्ुवईमा आएर पनि थाहा पाए । हामी साउदी अरबबाट इमेल र चाटिङ्गमा कुरा कानी गर्दथ्यौ । उहाँको नाम कृष्ण प्रसाद अर्याल थियो । उहाँसँग प्रत्यक्ष भेट दर्ुवईमा आएर भयो हामी इमेलबाट चार्टिङ्गबाट धेरै कुरा गरिन्थ्यो । पहिलो पटक दर्ुवईमा भेट हुदा म ज्यादै खुशी भए । उहाँको ब्यवहार अनि बोलीले मलाई अति प्रभाव पार्‍यो र उहाँको सहयोगी भावनाले त झनै मित्रताको डोरी कसियो ।
प्रवासी भूमिमा रहदा अन्य मित्रहरुसँग पनि मित्रताका र्साईनाहरु फैलाउन सफल भए जसमा नेपालमानै रहनुहुने दिदीहरु मायाँ थापा, बिरगँज, अञ्जना बैद्य काठमाण्डौ, उहाँहरुसँग प्रत्यक्ष भेट नभएतापनि नाता गहिरो जोडेका छौ । त्यस्तै गरेर स्वीटजरल्याण्डमा कार्यरत पोखराका विप्लब निशानी, लामीछाने उहाँसँग प्रत्यक्ष त भेट भएको छैन तर पनि फोनमा धेरै पटक कुराकानी भएको छ । एक आपसमा हामी यति नजिकका भएका छौ । प्रत्यक्ष भेटमा हामी एक आपसमा परिचित हुदैनौ होला तर हामी इमेल र फोनबाट धेरै नजिक छौ । हाम्रो यो मित्रताको नाता अनन्तकाल सम्म रहने छ । प्रवासको भूमिबाट जोडीएको मित्रताको नाता अति गहिरो हुदो रहेछ भुलेर पनि भुल्न नसकिने ।

October 4, 2006

भौगोलीक दृष्टीले मात्र टाढा रहेछौं ।


सागर श्रेष्ठ

हामी नेपालीहरु जब प्राण भन्दा प्यारो देश छाडेर रहरले भनौ वा बाध्यताले, घुम्नको लागी भनौ वा नोकरीको लागी, पढ्नलाई भनौ वा व्यापार गर्नलाई परदेश लाग्छौ अनि देश परिवार नातागोताको मायाँले सताउन थाल्छ । त्यस माथि पनि नेपालीहरुको महान चाड विजया दशमीले जब गाउँ घर खोला नाला, घर घरमा पाईला टेक्छ । परदेश लागेका आफन्तहरु आफूभन्दा ठूलाको हातबाट टिका थाप्न घर आउने बेलामा त्यो रमाईलो वातावरणलाई छाडेर आफु बिबस्ता र बाध्यतामा परि त्यसमा पनि देशै छाडेर परदेश लाग्नु पर्दा त्यो क्षण कस्तो होला ———- सायद महसुस गर्न धेरै गाह्रो नहुन सक्छ । हुनत नेपालमा विगत १० वर्षेखी देशको असमान परिस्थितीले गर्दा रमाईलो संग कहाँ चार्डपर्व मनाउनु पाएकाछन र - तर यो वर्षनेपालीहरुले सांच्चीकै रमाईलो वातावरणमा आफन्त परिवारसंग मिलेर दशैं मनाउने वातावरण थियो मलाई त्यो दिनको अझै सम्झना छ । फुलपातीको दर्ुइदिन अगाडी घरपरिवार संग विदा भएर परदेश लाग्नु परेको । मुटुमाथी ठूलो ढुङ्ग बज्रेभैं लागेको थियो । आँखाबाट आँसु नखसालौं भन्दा पनि मोतिका दाना झैंं आँसुका थोपाहरु आफसे आफ खसीरहेका थिए । मैले ठाडो सिर गरेर कसैको अनुहार सम्म पनि हर्ेन सकिरहेको थिईन । आँसुलाई भित्रै लुकाउने कत्ति कोसिस गरे तर पनि सकिन कत्ति पटक टोईलेटमा गएर मुखपनि धोए । धन्य यो पाली मैले मेरो परिवारलाई एरपोट सम्म विदाई गर्न डाकिन नत्र………………… ।
जव घरबाट विदा भएर तिनकुने आईपुगे झन छोरीहरुलाई देख्दा मन थाम्न सकिन घोप्टोपरेर दर्ुइथोपा आँसु खसाल्न बाद्य भए। मनले नमानी नमानी एरपोट आईपुगे । तिनकुने देखि एरपोट सम्म खै कतिबेला पुगे थाहै भएन बोल्न खोज्थें बोल्न सक्दीन थें । जव एरपोट पुगे म जस्तै नेपालीहरु परदेश लागेको धेरै भेटे अनि केहि मात्रामा भने पनि मन बुझाउन सफल भएँ । तर पनि प्लेनको यात्रा संगै पुन विगतका क्षेणहरुले सताउन थाल्यो । त्यो रोटे पिङ्ग, लिङ्गे पिङ्ग, गाउँघरको साथीभाई त्यो बच्चाको बेलाको दशैं मनाई, नयाँ लुगा, मासु खाएको खेलेको कल्पना गर्दा गर्दै कतार अन्तराष्ट्रिय एरपोटमा आईपुगीएछ । झन त्यो रापिलो बालुवा हरियालीको नाम मात्र नदेख्दा आफुले आफैलाई नेपाली भएर जन्मेकोमा धिकार्न मनलाग्यो । सम्झें छोरो मान्छे न हु, भन्छन छोरा भएर जन्मी सक्यो पछि बाउन्न ठक्कर त्रिपन्न घुस्सा खानु पर्छरे त्यहि उक्तीलाई सम्झेर मन बुभाउदै पुन साउदी तर्फलागे ।
हामी एउटै कम्पनिमा आउने १० जना नेपालीहरु रहेछौं त्यसैले बहर्राईन भन्ने ठाँउबाट रहिमा भन्नेठाउँ सम्म हाँसखेल गर्दै बिदाको क्षेणको गफ गाफ गर्दै आयौं । क्याप्मा आई पुगेर नेपालमा फोन लगाएं । नेपालको रातको ११ बजी सकेको थियो । सायद घरपरिवारमा पनि मेरै फोनको प्रतिक्षा गरि बसेको थियोहोला । मेरो शुभ-यात्राको कामना गरिरहेको थियोहोला । सायद त्यो ताप्लेजुङ्गको कहालीलाग्दो दर्ुघटनालाई सम्झेर भगोवान संग प्राथना गरिरहेको थियो होला मेरो शुभ यात्राको समाचार सुन्नलाई । त्यसैले रातको ११ बजी सक्दापनि नसुतेर बसिरहेको । पहिलो घण्टी बजेर दोस्रो घण्टी पुरा बज्न नपाउदै हतारमा आवज सुन्छु बाबा आरामैको साथ पुग्नु भयो - हतारीएर यि शब्दहरु सुन्दा मेरो बाक्य फुटेन पुन अतालीदै तपार्ंइ बाबा होईन — आफुलाई सम्हाल्दै भने हो । म आराम्ताको साथ यहाँ आईपुगे आफ्नो घरपरिवार बच्चाहरुको राम्रो ख्याल गर्नु दशैं राम्ररी सप परिवार मिलेर हाँसखेल गरेर मनाउनु । त्यस्तै के के भन्दै थिए उताको आवाज आएन सायद मेरा ति शब्दहरुले मनथाम्न सकेनन्होला त्यसैले भोली च्याटमा भेटौला भन्दै फोन राखि दिएं । त्यहि दिन त्याहाँबाट पुन ट्रान्सफर भएर जव पहिलाकै ठाउमा आईपुगे । सबै साथीहरुले ताली बजाएर अंगालो हालेर स्वागत गर्नु भयो । एक्कासी दशैंको मुखमा साथीहरुको सामु उपस्थित हुदा कत्तीलेत सपनाहोकी पनी भने । जे होस मेरो उपस्थितीले साथीहरु धेरै रमाएको पाएं । कता कता म मेरै गाँउमा परिवारहरु संग भएको महसुस गरे । झन अहिले नेपालको सम्पर्ुण्ा टेलीभिजन च्यानलहरु सबै साथीहरुमाझ बसेर हर्ेन पाउदा मैले आफुलाई भौगोलीक दृष्टिले मात्र टाढा रहेको तर नेपालमै आफन्तहरुसंग भएको महसुस गरें । देशमा यस्तै शान्ती कायम हुने हो भने स्वदेशमा तथा विदेशमा रहनु भएका नेपालीहरु कत्ति खुसी हुने थिए ।

May 31, 2006

वैदेशिक रोजगार, खाँचो छ नयाँ नीतिको


सञ्चारिका समूह २०५२ सालमा स्थापना भएको पत्रकार महिलाहरूको संस्था हो । सञ्चार माध्यममा कम प्राथमिकतामा परेका महिला तथा बालबालिकासम्बन्धी समाचार तथा लेखहरूको अभावलाई यस लेखमालाले केही हदसम्म पर्ूर्ति गर्ने अपेक्षा गरेका छौं । यसमा प्रकाशित लेखलाई छाप्दा “साभार ः सञ्चारिका लेखमाला/सञ्चारिका समूह'’ उल्लेख गरिदिनुहुन अनुरोध गर्दछौं । र, प्रकाशित सामाग्रीको एकप्रति समूहमा पठाइदिन पनि अनुरोध गर्दछौं । (सञ्चारिका समूह) प्रस्तुतिः- सागर श्रेष्ठ

यशोदा तिमल्सिना
अहिले गङ्गाको सुझाव छ, के कामका लागि जान लागेको - घरको काम भए पनि त्यहाँ के-के गर्नुपर्छ - कस्ता सामग्री चलाउनर्ुपर्छ - कति समय काम गर्नुपर्छ - लगायतका प्रश्नका जवाफ लिएर मात्रै अर्काको देशमा काम गर्न जानू । यो सुझाव महिलालाई त अपरिहार्य छ नै पुरुषले पनि यसमा सरोकार राख्नर्ुपर्छ । गङ्गा एउटी प्रतिनिधि पात्र मात्र हुन्। नेपालजस्ता तेस्रो राष्ट्रबाट विदेश जाने महिलाको मात्रै होइन पुरुषको पनि हालत गङ्गाकै जस्तो हुन्छ । खेतबारीमा त काम गरेकै छ नि भनेर विदेश गएका कति दाजुभाई त्यहाँको प्रविधिसँग परिचित हुन नसक्दा अपाङ्ग भएका छन्, ज्यान नै गुमाएका छन् ।

सुङ्नाम गाविस, ८ तेह्रथुमकी गंगा फुदुङ, २८ विदेश जान खोजेको करिब तीन वर्षछि खाडी राष्ट्र कतार पुग्न सफल भइन् । गाउँकै दाइ पर्ने आफन्तलाई साइनो बनाएर उनी पहिले काठमाडौं आइन् । सात दिन मात्रैको राजधानी बसाइपछि लुकिछिपी भारतको बाटो हुँदै कतार पुगिन् । त्यसबखत गङ्गाको हातमा न कुनै सीप थियो न त योग्यताको र्सर्टिफिकेट नै । थियो त केवल पैसा कमाउने धुन ।
पैसा कमाउने मन नहोस् पनि किन - १० वर्षुनिका तीनवटा सन्तानलाई गङ्गाको जिम्मामा छोडेर उनका श्रीमान् बिते । यसपछि गङ्गाका कुदिन सुरु भए । बनिबुतो गरेर एकछाक खान र एकसरो लाउन पुगेकै थियो । तर श्रीमान्को असामयिक मृत्युले त्यो पनि हुन छोड्यो । यसपछि लालाबालालाई माइतीको जिम्मामा छोडेर उनी आफैं कमाउन निस्किन् ।
खेत बन्धक राखेर निकालेको ७० हजार रुपैयाँ खर्च गरेर बल्लबल्ल गन्तव्यमा पुगेकी गङ्गालाई जीवनमा ठेसमाथि ठेस लागिरहृयो । साक्षर उनलाई कतारको भाषा आउने त कुरै थिएन अङ्ग्रेजीको ‘अ’ पनि आउँदैनथ्यो । पठाउनेले ‘घरको काम’ गर्नर्ुपर्छ भनेपछि नेपालमा हुँदा १० वर्षो उमेरदेखि घरको काम गरेकी उनले सहर्षस्वीकार गरेकी थिइन् । बिचरा गङ्गालाई के थाहा सुङ्नामको घरको काम र कतारको घरको काममा आकाश-जमिनको फरक छ भनेर !
सुरुमा गङ्गा जुन घरमा पुगिन् त्यहाँ ग्याँस बालेर खाना पकाउनुपर्ने थियो । आधुनिक उपभोग्य सामग्रीका नाममा प्रेसरकुकरबाहेक केही नदेखेकी गङ्गाले प्रिmज, राइसकुकर, ओभन, टोस्टर, ग्ल्यान्डर, टी पट, वासिङमेसिनजस्ता भाँडाकुँडा त कहिल्यै देखेकै थिइनन् । अब परेन फसाद ! नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाबुको अनुहार । तर गङ्गाको साहु राम्रै परेछ । पैसा नदिने र्सतमा सात दिनसम्म उनलाई तालिम दिइयो । यसपछि उनी केही जान्ने भइन् । कतिपटक त चक्कु चलाउन नजान्दा हात काट्यो, विद्युतीय सामानमा करेन्ट लाग्यो गङ्गा भन्छिन्, तर मेहनत गरेपछि बिस्तारै जान्ने भएँ ।
अहिले गङ्गाको सुझाव छ, के कामका लागि जान लागेको - घरको काम भए पनि त्यहाँ के-के गर्नुपर्छ - कस्ता सामग्री चलाउनर्ुपर्छ - कति समय काम गर्नुपर्छ - लगायतका प्रश्नका जवाफ लिएर मात्रै अर्काको देशमा काम गर्न जानू । यो सुझाव महिलालाई त अपरिहार्य छ नै पुरुषले पनि यसमा सरोकार राख्नर्ुपर्छ ।
गङ्गा एउटी प्रतिनिधि पात्र मात्र हुन् । नेपालजस्ता तेस्रो राष्ट्रबाट विदेश जाने महिलाको मात्रै होइन पुरुषको पनि हालत गङ्गाकै जस्तो हुन्छ । खेतबारीमा त काम गरेकै छ नि भनेर विदेश गएका कति दाजुभाइ त्यहाँको प्रविधिसँग परिचित हुन नसक्दा अपाङ्ग भएका छन्, ज्यान नै गुमाएका छन् ।
अब स्वाभाविक रूपमा प्रश्न उठ्छ- उसो भए यस समस्याको समाधान के त - वैदेशिक रोजगार संघका नवनिर्वाचित अध्यक्ष एलपी सावाँ भन्छन्, “जानेले आफू जानुअघि के काम गर्न जाँदैछु भन्ने थाहा नपाई जान्छन् । र, पठाउनेले पनि के काममा पठाएको हो त्यसको विस्तृत जानकारी नदिनाले यस्ता घटना बारम्बार दोहोरिएका छन् ।”
यसो त वैदेशिक रोजगारमा पठाउनेले उता गएर गर्ने कामको जानकारी मात्रै होइन सामान्य तालिमसमेत दिएर पठाउनुपर्ने नियम छ । तर त्यो रोजगारमा जाने र पठाउनेको कमजोरीका कारण कार्यान्वयन भएको छैन । यतिसम्म त ठीकै छ तर भएका नियम कार्यान्वयन नभएको बारेमा राज्यले सचेत हुनुपर्ने र खबरदारी गर्नुपर्ने हो त्यो पनि भएको छैन ।
रोजगार व्यवसायीका अनुसार घरको काम गर्न लगेको मान्छेले केही नजानेपछि आवेशमा आएर कतिपय मालिकले गाली-गलौज गरेर फर्काइदिएका पनि छन् । केहीलाई यौनशोषण गरेर राख्ने गरेका छन् । आफ्नो जायजेथा दाउमा राखेर कमाउन गएकाहरू आफूले चाहेको काम नपाए ‘जे पनि’ गर्न तयार हुनु केहीका लागि मात्रै रहर होला तर अधिकांशको बाध्यता नै हो । यसतर्फराज्य, वैदेशिक रोजगार व्यवसायी संघ र कामदारसमेत सचेत हुनुपर्ने देखिन्छ । तर, यसमा सबैभन्दा बढी दायित्व राज्यकै हो । देशको अर्थतन्त्रलाई निर्देशित गर्ने एउटा तत्व वैदेशिक रोजगारबाट आउने ‘रेमिटेन्स’ पनि एक हो भन्ने कुरालाई मनन गर्नु जरुरी छ ।
नेपालमा देखिएका प्रमुख समस्यामा एउटा राज्यको आन्तरिक नीतिनिर्माणको हो भने अर्को वैदेशिक रोजगार व्यवसायीहरूले आफ्नो दायित्व र लगानीअनुसारको साख बचाउन नसक्नु पनि हो । दक्षिण एसियाका राष्ट्रमा पनि श्रीलङ्का, बङ्गलादेशलगायतका रोजगार व्यवसायी बढी परिपक्व, अनुशासित र व्यावसायिक देखिएका छन् । हैसियतका रूपमा नेपालको स्थिति उनीहरूको भन्दा कम नभए पनि व्यवसायी स्वयं एक-अर्काको खिचातानी वा आरोप-प्रत्यारोपमा बिताउने गरेकाले जनमानसमा अझै पनि उनीहरूको योगदानको कदर हुन सकेको छैन । जसका कारण महत्वपर्ूण्ा योगदान भएर पनि जनमानसमा भने सधैं आलोचित हुँदै आएका छन् ।
यस विषयमा नवनिर्वाचित अध्यक्ष पनि अनविज्ञ छैनन् । तर उनी व्यवासायीबीचको अस्वस्थ प्रतिस्पर्धाले मात्रै यो पेशालाई अमर्यादित रूपमा बुझ्नु गलत ठान्छन् । रोजगारीमा जाने नै सचेत नभएकाले तिनका कमी-कमजोरीले गर्दा आइपर्ने समस्याको जिम्मेवारी पनि रोजगार व्यवसायीले दिनुपरेको गुनासो गर्छन् । यसमा राज्यले जुन दायित्व निर्वाह गर्नुपर्ने हो सो नभएकाले पनि समस्या बढेको उनको ठहर छ । रोजगारदातालाई जुटाउनेभन्दा फुटाउने काममा राज्य कहिलेकाहीं उद्यत् हुने गरेको पनि उनी बताउँछन् ।
नेपालीहरू अव्यवस्थित किसिमले विदेश जाँदा उनीहरू हरेक दृष्टिकोणले असुरक्षित हुन्छन् । खतराजन्य काम गरेर पनि पारिश्रमिकमा ठगिएका छन् । यसको निराकरणका लागि पनि राज्यले नै नीति बनाउनुपर्ने देखिन्छ ।
युनिफेमका कार्यक्रम अधिकृत सरु जोशीका अनुसार फिलिपिन्स, इन्डोनेसिया, श्रीलङ्काजस्ता राष्ट्रले वैदेशिक रोजगार व्यवसायलाई साह्रै इज्जतिलो बनाएका छन् । राज्यले पनि उनीहरूको कुरो सुन्न बाध्य भएको छ । तर, नेपालमा भने रोजगारको पुरानो इतिहास भएर पनि यसलाई जनमानसमा उजिल्याउन सकिएको छैन । वर्तमान कार्यसमितिले यस कुरालाई मध्यनजर राखेर काम गर्नुपर्ने जोशीको सुझाव छ ।
युनिफेमले यसपटक संयुक्त राष्ट्र संघमा आप्रवासी महिलाका बारेमा कुरा राख्न पाउनेछ । यसले पनि विशेषतः आप्रवासी महिलाको हक र हितमा आवाज बुलन्द पार्न अझ सहयोग गर्नेछ । जोशीको यस क्षेत्रको लामो अनुभवले पनि रोजगार व्यवसायीले आफूलाई अझ परिष्कृत गर्न र राज्यसँग सहकार्य गरेर अघि बढ्नुपर्ने खाँचो औंल्याएको छ ।
खाडी मुलुकमा महिलाहरू संस्थागत रूपमा मात्रै जान पाउने प्रावधान यहाँ विद्यमान छ । संस्थागत भन्नाले अस्पताल, डिपार्टमेन्टलस्टोर, पाँचतारेभन्दा माथिका होटललगायत पर्दछन् । तर महिलाहरू धेरै व्यक्तिगत रूपमा गएका छन् । जसमा धेरैजसो घरेलु कामदारको रूपमा त्यहाँ पुर्‍याइएका छन् । एकातिर सरकारी बन्देज अर्कातिर त्यसैमा जाने मान्छेको चाप, संघका महासचिव हंसराज वाग्ले भन्छन्, “यसो गर्दा महिलाहरू कहिलेकाहीं अप्ठ्यारोमा परेका छन् ।” उसो भए महिलालाई व्यक्तिगत रूपमा पनि जाने स्वीकृति दिए समस्या समाधान होला - “स्वीकृति मात्रै समाधानको सूचक होइन”, वाग्ले थप्छन्, “स्वीकृति दिएपछि अनुगमन गर्ने संयन्त्रको विकास हुनुपर्‍यो, सम्बन्धित राष्ट्रसँग कामदार पठाउने सम्झौता गर्नुपर्‍यो अनि मात्रै दिए हुन्छ स्वीकृति ।”
प्रक्रिया नपुर्‍याइकन दिएको स्वीकृतिले रोजगार व्यवसायीलाई नै पिरोल्ने कुरो उनीहरूको छ । तर परिवर्तित राजनीतिक परिवेशमा यस क्षेत्रमा पनि
‘अब केही होला’ भन्ने आशा पलाएको अध्यक्ष सावाँको कथन छ ।
संघको भावी योजना संघले पूरा गर्नै नसक्ने महत्वाकांक्षी योजना बनाएको छैन । तर जुन योजना बनाएको छ तिनले रोजगारदाता र रोजगारीमा जाने दुवैलाई फाइदा पुग्ने विश्वास लिएको उनीहरूको कथन छ । संघले कुन देशमा कति नेपाली संस्थागत रूपमा रोजगारीमा गएका छन् तिनको संख्या सङ्कलन गर्ने, विदेशमा गएर पनि विविध कारणले काम गर्न नसकेर फर्केकाहरूका निम्ति एक कल्याणकारी कोषको स्थापना गर्ने, फर्केर आएकाहरूको एक्सपर्टिजलाई प्रयोग गर्दै बाहिर जान चाहने नयाँलाई तालिम दिलाउने, जारी आचारसंहिताको पालनामा कडाइ गर्नेजस्ता योजना अगाडि सारेको छ ।
nnn
सञ्चारिका लेखमाला/सञ्चारिका समूह

May 28, 2006

परिवर्तित राजनीतिक परिस्थिति ः पुरानै परम्परा र प्रबृत्ति

लोकनारायण सुवेदी
नेपालको राजनीतिक आन्दोलनको इतिहासमा २०६२/२०६३ को जस्तो ब्यापक र आमूल परिवर्तनको सम्भावना बिगतका कुनै पनि आन्दोनलमा बिकसित भएको थिएन । अहिलेको यो संयुक्त जन आन्दोलनमा उत्रेका असंख्य नेपाली, जनता, त्यसको नेतृत्व र दिशा निर्देश गर्ने आन्दोलनकारी सात दल तथा माओवादी राजनीतिक दलहरु तथा अन्तर्रर्ााट्रय समुदायको अहं भूमिका र योगदान रहेको छ । यसका अतिरिक्त संसारमा बिकसित भएको सञ्चार क्रान्तिले पनि नेपालको अहिलेको परिवर्तनको यो आन्दोलनमा अपर्ूव भूमिका खेलेको छ । हामी सहजै कल्पना गर्न सक्दछौं कि नेपाली जनताको यस पटकको बिशाल र ब्यापक अन्दोनलाई नीजी क्षेत्रका बिद्यूतीय र छापाका सञ्चार माध्यमहरुले जसरी संसारभरी प्रचार प्रसार गरिदिए त्यसले गर्दा नेपालको संयुक्त जन आन्दोलनप्रति बिश्वको ध्यान र्सवाधिक आकषिर्त हुन पुग्यो र नेपाली जनताको आन्दोलनको र्समर्थनमा र शाही सत्ताको घोर दमनको बिरुद्धमा ब्यापक जनमत सिर्जना भयो । राष्ट्रिय तथा अन्तर्रर्ााट्रय सञ्चार माध्यमहरुको यस्तो महत्वपर्ूण्ा भूमिका र सहयोगको अभावमा आन्दोलनले त्यत्ति छोटो समय अर्थात १९ दिनको अबधिमा बिजयी बनेर एउटा निर्ण्ााय मोड लिन सक्ने थिएन । आन्दोलन सफल भएको मात्रै होइन, यस आन्दोलनले जस्तो किसिमले जन चेतनाको निर्माण राष्ट्रब्यापीरुपमा आज गरेको छ त्यसलाई गम्भीररुपमा ध्यान दिनु पनि जरुरी छ । नेपाली जनताले आज स्पष्टरुपमा गणतन्त्रात्मक लोकतन्त्रको चाहना आन्दोलन मार्फ अभिब्यक्त गरिसकेका र गरिरहेका छन् । यो युगीन, दूरगामी र उच्च जन चेतनालाई कुनै पनि बहानामा बेवास्ता गरियो भने फेरि पनि नेपाली जनताको अग्रगामी र नयाँ चेतनाको दीपज्योतिलाई निभाउन खोजेको बाहेक अरु केही नठहरिने कुरा एकदमै प्रष्ट छ ।
बिश्वका अन्य मुलुकमा जस्तै नेपालको लोकतान्त्रिक आन्दोलन पनि सामन्तबादी राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक संरचना, परिपाटी तथा प्रबृत्तिका बिरुद्धको आन्दोलन हो भन्ने कुरा एकदमै प्रष्ट छ । आन्दोलनको यो वास्तविकतालाई राम्रोसँग आत्मसात नगर्दा र जनताबाट बनेका जनताका शक्तिहरु जानाजान या अञ्जानमा आपसमा लडिरहँदा नै देशको सर्न्दर्भहीन भइसकेको सामन्त बर्गले बिदेशी प्रतिकृयावादी शक्तिहरुको समेत आड भरोसा र सहयोगमा निर्धक्क भएर नेपाली जनतामाथि संसार २१औं शताब्दीमा प्रवेश गरिसक्दा पनि आफ्नो शासन लाद्न र गिर खेल्न उद्यत भएको र रहेको हामी पाउदछौं । जनताका शक्तिहरुको सचेत एकता र संर्घष्ामा सहकार्यको अभावमा बिगतदेखि अहिलेसम्म पटक पटक यही कुरा दोहोरिदै आएको हम्रो लोकतान्त्रिक आन्दोलनको इतिहास रहेको हो । यद्यपि भखरै सम्पन्न बिराट संयुक्त जन आन्दोलनले भने बिगतका आन्दोलनका यस्ता गम्भीर कमी कमजोरीहरुलाई निकै हदसम्म सच्च्याएर आन्दोलनलाई भित्रैदेखि सबल र सफल बनाउन सकेको प्रतीत भएको छ । र्सार्थकरुपमा बिकसित भएको यो असल परम्परालाई निरन्तरता दिन र आगामी दिनका लागि अझ उच्च र ब्यापक बनाउन आवश्यक छ । निश्चय पनि अहिले आन्दोलनकारी शक्तिहरुको सरकार बनेको र यसले निकै महत्वपर्ूण्ा र दूरगामी कदमहरु पनि चाल्दै गएको छ । तर न त अझै यो सरकारले पर्ूण्ाता पाएको छ न जनताले चाहे अनुरुप छिटो छरितो र ठोसरुपमा आफ्ना काम कारवाहीहरुलाई अघि बढाउन नै सकेको छ । यो सरकारको गति र चाल हेरेर प्रतिकृयाबादी बर्गले बिभिन्न षडयन्त्रका तानाबान बुन्न र घटनाहरु घटाउन थालिसकेको छ । यस्ता कुराहरुलाई सामान्य भइरहने घटनाको रुपमा लिएर जानु अहिलेको संक्रमण कालमा प्रत्युत्पादक हुने छ ।
संयुक्त जन आन्दोलनले अभूतपर्ूव परिवर्तनको सँघारमा देशलाई पुर्‍याए पनि अझै पुरानै प्रबृत्ति, परम्परा र परिपाटीवाट बर्तमान सरकार र राजनीतिक दलहरु पनि मुक्त हुन सकेका छैनन् । निकै हदसम्म परिवर्तन गर्न सकिने र बिकास गर्न सकिने कार्य सँस्कृतिमा पनि कुनै नयाँ बेरबदल आएको छैन । कर्मचारीतन्बको जुन किसिमको चलिआएको पछौटे र घिसेपिटेको मनोबृत्ति छ त्यसलाई नबदलिकन सही किमिसले अघि बढ्न सरकारले सक्तैन । तर सरकारले एउटा परिवर्तित राजनीतिक परिस्थितिमा अबलम्बन गर्नु प्राथमिकता र त्यसका लागि आबश्यक कार्यनिर्देशिकासम्म पनि ल्याउन सकेको छैन । प्रयजसो उच्च तहका कर्मचारीहरुमा ठाउ ओगट्ने,जागिर बचाउने र एक अर्काका बिरुद्ध भ्रामक या गलत कुराहरु उछालेर मन्त्रीहरुलाई भ्रमित तुल्याउदै काम गर्नमा बाधा उत्पन्न गर्ने परोक्ष प्रत्यक्ष कृयाकलाप गर्ने प्रबृत्ति रहेको आभास पनि भइरहेको छ । त्यसले गर्दा क्याबिनेटको निर्ण्र्ाााट र मन्त्रालयको स्तरबाटै तत्कालै उठाउन सकिने जन सरोसकारका कदमहरु उठाउन समेत सरकारले सकिरहेको छैन । एकातिर यस्तो स्थिति छ भने अर्कोतिर परिवर्तित राजनीतिलाई नै असर पार्ने किसिमले समाजमा जुन किसिमका उच्छृङ्खल कृयाकलाप, तोडफोड, लुटपाट र डकैतिहरु देखा परिहेका छन् त्यसले पनि प्रतिगामी शक्तिहरु माथिदेखि तलसम्म बडो मिहिन किसिमले षडयन्त्रमा लागेको प्रतीत भइरहेको छ । यस्ता कुरालाई राम्ररी नियालेर समयमा नै नियन्त्रण गरिएन र संक्रमण कालमा यस्तै हुन्छ भन्ने किसिमले चल्ने गरियो भने दाउ हेरेर बसेको परिवर्तनप्रति असहिष्णु प्रतिागमी शक्तिले कुनै पनि बेला जनताले ल्याएको परिवर्तनमाथि नराम्ररी हमला गर्ने कुरा प्रायः निश्चित छ । यस कुरालाई एकक्षण पनि बिर्सनु र लापरबाही गर्नु नहुने स्थिति छ ।
अहिलेको सरकार र प्रतिनिधि सभा र्सार्वभौम र शक्तिशाली छ भन्ने कुरा केवल राजनीतिक र सैद्धान्तिक कुरा मात्रै होइन । यो वास्तविक कुरा पनि हो । यसले जनता र राष्ट्रको हितमा उठाउने राजनीतिक, आर्थिक तथा सामाजिक जुनसुकै कदमको पनि जनताले दृढ र्समर्थन ठोस सहयोग