-गुहनाथ पौडेल
‘आप्रवासका सुसेली’ होमनाथ सुवेदीको कवितासंङ्ग्रह हो । यसको भूमिका-खण्डमा माथिकोे शर्ीष्ाक दिएर कविवर भानुभक्त पोखरेलले १२ पृष्ठ लामो मन्तव्य दिनुभएको छ । म आफ्नो यस लेखमा पनि त्यही शर्ीष्ाक राख्ने अनुमति माग्दछु । कारण यो लेख पढिसकेपछि पाठकहरूले आफैंले थाहा पाउनुहुनेछ ।
उवेलाको जमानामा नेपालशहर -काठमाडौं) भन्दा धेरै पर मुगलान -कालिम्पोङ) बसेर नेपाली भाषा तथा साहित्यको सेवा गर्ने साधक पारसमणि प्रधानले कविताको वारेमा यस्तो भनेका थिए-
कविले दिलले कविता कोरे कविता पाको हुन्छ
बोक्रा बोक्रा कर्ीर्ति कविका कविता काँचो हुन्छ ।।
माथिको कवितामा जानुभन्दा पहिला कविको बारेमा केही कुरा भनौं कि -
जुन समयमा नेपालमा लेखपढ गर्न पूरै वन्देज लगाइएको थियो, त्यस समयमा नेपालपारि मुगलानमा बसेर नेपाली भाषा- साहित्यको सेवा गर्ने तीन जना साधकहरूलाई ‘सूधपा’ भनेर एउटै शब्दमा चिनाउन थालियो । सू- र्सर्ूयव्रि्रम ज्ञवाली, ध- धरणीधर शर्मा र पा- पारसमणि प्रधान ।
सू-, र्सर्ूयव्रि्रम ज्ञवाली बनारसमा जन्मिएर हुकर्ी, बढी, बी.ए.बी.टी. सम्म पढी आफ्नो वृत्ति-व्यवसायको क्रममा दार्जिलिङ पुगेका थिए । उनी त्यहाँ शिक्षक, निरीक्षक आदि बन्दै यसको साथसाथै गोर्खाली, जन्मभूमी जस्ता पत्रपत्रिका पनि चलाएर भाषा-साहित्यका सेवक ‘सू’ बन्नपुगे । त्यसपछि कालक्रममा नेपाल फर्किएर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य- सदस्यसचिव हुँदै कुलपतिसम्म हुन पुगे ।
ध-, धरणीधर कोइराला पनि पर्ूर्वी नेपाल रामेछाप अर्न्तर्गत दुम्जामा जन्मिएर हर्ुर्की, बढी, बी.ए.बी.टी. सम्म पढी वृत्ति विकासको क्रममा दार्जिलिङ पसेका थिए । यिनी पनि दार्जिलिङमा शिक्षक, निरीक्षक हुँदै भाषासेवक पनि बन्दै नेपाली जनता जनार्दनलाई ‘जाग जाग अब जाग न जाग’ भन्दै जगाइराखे । जीवनको उत्तर्रार्ध भने यी कविको पनि काठमाण्डौमा नै बित्यो । कविता र कविको बारेमा उनको कविताको दुइ पाउ हेरौ । उनले यस्तो लेखेका छन् -
छरितो र छिटो नयपाली ठिटो
कविता कविता भनि उफि्र हिंडयो ।।
कविताको जोस भित्रबाट आएपछि त नेपाली ठिटो बाख्राको पाठो उप|mेजस्तै उप|mी उफ्री हिंड्ने भइहाल्यो ।
पा -, यस लेखको शुरुआत नै सूधपाका अर्का मणि पारसमणिबाट प्रधानबाट गरेको हो । यिनी काम मामको खोजीगर्दै मुगलान पसेका ओखलढुङ्गे नेवारका नाति प्रकाशमान प्रधान रहेछन् । हाल दार्जिलिङ जिल्ला अर्न्तर्गत कालिम्पोङमा यिनको बसोबास थियो । स्नातकसम्म अध्ययन गरेका यिनले भारती, चन्द्रिकाजस्ता पत्रिका चलाए । दार्जिलिङमा नै जन्मी, हर्ुर्की त्यतैलाई आफ्नो कार्यक्षेत्र बनाएर त्यतै समर्पित भए उनी । यिनले साहित्यसेवा भनेर पत्रिका चलाउने काममात्रै गरेनन्, उनले त्यस समयमा नेपाली भाषाको पाठयपुस्तक तथा कोष तयार पारे । नेपाली भाषलाई पाठयक्रममा राख्न तथा त्यसको निर्माणमा उनले ज्यान छाडेर लागेको र धेरै हण्डर खाएको कुरा धेरैलाई थाहा छ । त्यतिखेर दार्जिलिङमा मात्रै नभएर नेपाल अधिराज्यभर नै यिनले तयार पारेका पाठयपुस्तकहरू पढाइन्थे । सूधहरूलाई जस्तो काठमाडौंको मोहले लोभ्याएन पा लाई, त्यसो त त्रिभुवन विश्वविद्यालयले धरणीधर कोइरालालाई जस्तै यिनलाई पनि महाविद्यावारिधि डि. लिट्. को उपाधिले विभूषित गरेको थियो ।
कालिम्पोङमा त्यतिखेर दुइवटा प्रेस -छापाखानाहरू) रहेछन्, अचेलको भाषामा भन्दा एक आपमा कम्पिटिसनमा रहेका, त्यस समयमा शायद बाँच्नको लागि संर्घष्ा गरिरहेका । एउटा नेपाली भाषा तथा साहित्यको सेवामा तन मनले लागेको पारसमणि प्रधानको मणि प्रिन्टिङ प्रेस तथा अर्को तिब्ब्ती भाषा तथा सहित्यको विकासमा लागेको तिब्बती लिपि तथा भाषामा पत्रिका निकाल्ने थार्चेन बाबुको तिब्बत मिरर प्रेस । यी दुइमा दह्रो मुकावला रहेछ त्यस समय त्यस ठाउमा आ-आफ्नो भाषा तथा साहित्यको विकासमा । तिब्बत मिरर प्रेसबाट निस्कने पत्रिका ‘तिब्बत मिरर’का ग्राहक दलाई लामा देखिका थिए र थार्चेन बाबु पनि घरमा नै चर्च राखेका ब्याप्टिष्ट थिए । त्यसैले उनको केही आर्थिक हैसियत पनि थियो कि - यता पारसमणि प्रधानले भने बङगुरसम्म पाले भन्ने हामीले सुनेको हो । अवश्यै पनि घरमा सोखले कुकुर पालेझैं अथवा पूजा गर्न गौमाता पालेझैं कसैले पनि बङगुर पाल्दैन ।
ल्हासा जाने कुतीको बाटा,े अब भने तँ फसिस् । पुस्तकको चर्चा गर्छर्ुुनेर गाई, कुकुर, र सुङुरको खोरमा पुगिस् भन्नुहोला । म बहकिएर त्यता पुगेको होइन । मैले आफ्नो लीक छाडेको छैन । खालि इतिहास कोटयाएको मात्र हुँ । अब म पनि आप्रवासका सुसेलीको चर्चातिरै लाग्छु ।
प्रस्तुत पुस्तक आप्रवासका सुसेली एकजना आप्रवासी नेपाली श्री होमनाथ सुवेदीद्वारा प्रवासमा बसेर लेखिएको नेपाली कविताहरूको सङग्रह हो । यसमा ५७ वटा कविताहरू संग्रहित छन् । होमनाथ सुवेदीले यस अघि १० वटा कृति प्रकाशित गरिसक्नुभएको छ, जसमध्ये ७ वटा त उपन्यास मात्रै छन्, तीमध्ये पनि रत्ना र त्रिमर्ूर्तिजस्तालाई त वृहदाकारका उपन्यास नै मान्नर्ुपर्दछ । उपन्यासका क्षेत्रमा आफ्नो छुट्टै स्थान वा परिचय बनाइसक्नुभएका श्री सुवेदीज्युले सातवटा उपन्यासपछिको दोस्रो कवितासंग्रहका रूपमा यसलाई प्रकाशमा ल्याउनुभएको छ ।
यस सङ्ग्रहमा भएका केही कविताका शर्ीष्ाकहरू पढेरै भए पनि पाठकले यस कविता संग्रहका वारेमा केही अन्दाज पाउन सक्नुहुन्छ -
नववर्ष लेखनाथप्रति, अमेरिका, आयो ग्रीन कार्ड, सिङ न पुच्छरको अमेरिका, भोक कहिल्यै मेटिएन, विश्व वशीकरण मन्त्र, डेलासमा नेपाली पहिचानलाई दिगो राख्न जुटौं, मातृस्मृति, ढोर जस्तै छ अमेरिका, वासिङ्गटनमा र्याली, नआउ मुनाले, नजाउ गुमाने इत्यादि ।
यी सबै कविताहरू जे कारणले भएपनि आफ्नो देश छाडेर मुगलानमा बसेको एउटा नयपाली ठिटोले लेखेको हो । समयअनुसार मुगलान फरक हुन्छ । मुगलान समयसापेक्ष छ । त्यो वेलामा सिमानापार मुगलान थियो । अहिले सात समुद्रपारको मुगलान छ, फरक यत्ति छ । भावुक नभइकन कविहृदय बन्दैन । कविताको बुइ चढ्न पायो भने जहिलेको कवि पनि बाख्राको पाठो उप|mेजतै बर्ुर्लुक्क उप|mन्छ -
नेपाल-ग्राम सम भो ‘वुडब्रीज’ ऐले
मानी पुरातन सबै नयपाली फैले ।
-वुडब्रीज बनोस् नेपाल
कविको मूल धर्म जहिले पनि जनता जनार्दनलाई जगाउनु हो, झकझकाउनु हो । कवि होमनाथ सुवेदीले आफ्नो यस धर्मलाई छोडेका छैनन् -
दिगो राख्न जुटौं हामी नेपाली पहिचान छ ।
राष्ट्रमा राष्ट्रनिर्माण हामीले अब गर्नु छ ।
बनाऊ राष्ट्रको झण्डा स्वयं कूँदी गुलाबको
नटुट्ने कहिल्यै राष्ट्र नेपाली विश्वबन्धुको ।
-डेलासमा नेपाली पहिचानलाई दिगो राख्न जुटौं
नेपालीमा एउटा उखान छ ‘जसको सीता खाई उसैको गीता गाई’ । साधारण काम गरेर आफ्नो परिवार पाल्ने, विहान बेलुकाको मीठो खाना र राम्रो राम्रो नानालाई नै आफ्नो जीवनको उर्त्र्सग ठान्ने हुतिहाराले चलाएको उखान हुनसक्छ यो । वास्तवमा कवि लेखक जहिले पनि समाजको मार्गदर्शक नै हुन्छन् । “गाउँमा ढींडो र गुन्द्रुक पनि त भरपेट खानपाएको होइन, अब यहाँ अम्रिका आएर पिजा र पेय पाएकै छ, अब के को चिन्ता'’ भनेर अम्रिकन समाजमा चर्ुलुम्मै डुबेर मोज मारिरहेकाहरूको अगाडि कवि निर्धक्क भएर उनीहरूमाथि नै औंलो ठडयाएर लेख्छन् -
आक्रोशका ठुला थुप्रा हामीमा खात खात छन् ।
चुनी अमेरिकालाई उसैमा लात राख्दछन् ।
-सिङ न पुच्छरको अमेरिका
छँदाखाँदाको आफ्नो नपाली जिन्दगी रहनसहन ती सबैलाई चटक्क छाडेर येनकेनप्रकारेण अमेरिका आइपुगेपछि धेरै संर्घष्ा गरेर यतै वसोवासको चाँजोपाँजो मिलाएका, मिलाउँदै गरेका नेपालीहरूको अर्न्तर्मनको चोट पनि कविले राम्रोसँग केलाएर, कुटेर, भुटेर पिसेर फेरि उस्तै गरी कवितामा पस्किदिएका छन् ।
अमेरिका भयो गँास निल्नु न सक्नु काल हो
चिÝा पर्यो भनें मैले गोलो भो अरिंगालको ।
के खानु कसरी खानु, नाचनु गाउनु है यहाँ
संझी डलरका धाक कुहिई मर्नु के यहाँ ।
-डेलासमा नेपाली पहिचानलाई दिगो राख्न जुटौं
कुनै वेला कवि आफू पनि दोधारमा परेका देखिन्छन् वा अझ यथार्थवादी हुन आफूलाई किर्ंकर्तव्यविमूढ जस्तो बनाइदिन्छन् -
त्यहाँ छौं सबै छन् कमाइ छँदै छ
छ भेडो घरैमा घुरैमा मजा छ ।
छिमेकी सबैले प्रशंसा त गर्छन्
न आऊ सिटीमा भुटी खान सक्छन् ।
-नआऊ गुमाने
माथिका उदाहरणहरू भए कविका डायस्पोरिक कविताहरूका । यी वाहेक लेखकले आफ्ना अग्रजहरूका संझनामा पनि कविता कोरेका छन् । हृदयचन्द्रप्रति, पारसमणिप्रति, पिंडालीप्रति, सिद्धिका स्मृतिमा, गोपाल प्रसाद रिमालको पाठ, भूपि शेरचनप्रति आदि । कवि गोपालप्रसाद रिमाललाई कविले आफ्नो आदर्शमा पनि आदर्शतम मानेको प्रतीत हुन्छ । गोपालप्रसाद रिमालको विषयमा मात्रै तीनतीनवटा कविता दिएका छन् । एउटै कविताको पुस्तकमा यति धेरै आफ्ना पर्ूववर्ती धेरै कविहरूलाई संझेर श्रद्धाञ्जलि प्रकट गर्न भ्याएका छन् कविले -
समाज यो निरड्ढुशै मसानको समाज छ
पुरेर सत्यता कतै असत्यता फलाउँछ ।
नयाँ समाज सिर्जिई बसौ भने रिमालले
निकृष्ट यो समाजको लिएर सास क्रान्तिले
-रिमालस्मृति
कविले पारसमणि प्रधानप्रति श्रद्धा व्यक्त गर्दै लेखेका छन् - भाषा सेवा र शिक्षामा काव्यमा पनि लोचन नखाई नसुती एक्लै गरे आफ्नो र्समर्पण
बालकाव्य र व्याकर्ण्र्ाााठयक्रम बुनीवरी
बसाए जग भाषाको प्रवासैमा हिमालको
-पारसमणिप्रति
माथिको उदाहरणपछि अब कवि श्री होमनाथ सुवेदीको अर्को महत्वपर्ूण्ा पाटोमा विचरण गरौं । कवि समयापेक्ष हुन्छ, तर कविता समयनिरपेक्ष पनि हुन सक्छ । कविता कालजयी हुन्छ, जसले काल -समय) लाई नै जितिसक्यो, उसलाई समयले फेरि कसरि बाँध्न सक्छ र - तर कविलाई भने समय सँगसँगै दौडधूप गर्नुपर्ने हुन्छ । खान पर्यो, लाउन पर्यो, जहान छोराछोरी पालन पोषण गर्नुपर्यो । कर्तव्य हुन्छ, दायित्व हुन्छ । तर कवितालाई यस्तो केही गर्न पर्दैन, ऊ त कविले जस्तो हालतमा छोडिदियो उस्तै हालतमा सदार्सवदा रहिरहन्छ । कवि मैले कविता लेखें भन्छ, तर संसारमा त्यो मान्छे पनि कवि थियो भन्ने कुराको साक्षी भने त्यही कविता नै रहेको हुन्छ । यो कस्तो खालको कवि थियो भन्ने कुरा उसको कविता पढेपछि मात्रै थाहा हुन्छ ।
घामको उज्यालो पनि पुग्न नसक्ने ठाउँमा पनि कवि पुग्छ भन्छन् । वास्तवमै र्सर्ूयको उज्यालो व्यक्तिको अर्न्तर्मनमा नपुग्न सक्छ । तर कवि अर्न्तर्मनमा पुगेर छाँद मारेर र्फकन सक्छ । यो हामीले व्यवहारमा पनि देखेका छौं र हाम्रा पर्ूर्वीय दर्शनले पनि यही कुरालाई प्रधानता लिन्छ । विवेचना गर्न लागिएको कृति आप्रवासका सुसेलीभित्रको एउटा कविता ‘प्रेमपुष्पप्रति’लाई लिउँ । यसमा हाम्रो पर्ूर्वीय दर्शनले भन्ने र पश्चिमाहरूले भन्ने गरेको सृष्टिको कुरालाई लिएर कविताको उठान गरिएको छ र प्रेम नै सृष्टिको शुरुआत हो, मध्य हो र अन्त्य पनि हो भनिएको छ । यस सानो कवितामा सृष्टि, स्थिति, लयको कुरादेखि उठान गरेर सांख्य, योग, वेदान्त, न्याय आदि पर्ूर्वीय दर्शनको निचोडका साथमा द्वन्द्वात्मक भौतिकवादसम्म पनि अटेको छ ।
प्रेम नै सृष्टि हो प्रेम नै पालन
प्रेम नै हो अहड्ढारको कारण
प्रेम नै फूल हो प्रेम नै रञ्जन
मै तिमी त्यो उनी हौ सबै जीवन
-प्रेमपुष्पप्रति
अव एकछिन होमनाथ सुवेदीको चर्चा गर्न पट्टि लागौं । कवि श्री होमनाथ सुवेदी सन् २००४ साल पुसमा ताकम म्याग्दीमा जन्मिएका हुन् । एम.ए., बी. एड. सम्मको अध्ययन पूरा गरेर जीविकाको खोजी गर्दै जाँदा उनी अमेरिका पुगे र विगत पच्चीस वर्षेखि उनी अमेरिकातिरै बस्दै आएका छन् ।
साहित्य सेवाको प्रसङ्गमा माथि नै भनिसकियो कि उनले सातवटा उपन्याससहित एघार वटा कृति प्रकाशन गरेर पाठक वाचकसामु प्रस्तुत गरिसके । यिनका प्रकाशनोन्मुख उपन्यास मात्रै तीनवटा छन् । यी वाहेक उनले लेखेर थन्क्याएका पाण्डुलिपिको पनि रासै छ, जसमा एउटा महाकाव्य पनि छ । संक्षेपमा भन्दा उनले अमेरिका बसेर एक दर्जन कृतिहरूलाई पाठकसमक्ष पुर्याइसके । यो सबैले देखेजानेकै कुरा हो । यस विषयमा धेरै समालोचक तथा उहाँका समकक्षी साथीहरूले पनि लेखिसक्नुभएको छ । आफू चिनिन वा आफ्नो अभिव्यक्ति प्रकट गर्नलाई लेखक बन्ने एउटा पाटो -यसलाई भानुभक्तीय पाटो भनौं कि) बाहेक उहाँको साहित्यसेवाको अर्को पाटा,े आफू बसेको समाजमा आफ्नो भाषा तथा संस्कृतिलार्इर्र्जीवन्त पार्नर् त्यसमा लागिरहने, आफू उदाहरण बनेर अरुलाई पनि लेख्न र छाप्न प्रोत्साहन दिइरहने पाटो -यसलाई मोतीरामको पाटो भनौं कि) को वारेमा चर्चा गर्नु अत्यावश्यक भईसकेकोजस्तो मलाई लाग्दछ ।
श्री होमनाथ सुवेदीजी अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज -अनेसास) को संस्थापक अध्यक्ष हुनुहुन्छ । यो विदेशमा बस्ने नेपालीहरूको लागि छाता सङ्गठनजस्तो भइसकेको छ । यस सङ्गठनको सङ्गठनकर्ता उहाँ हुनुहुन्छ । धेरैवर्षम्म त यो संस्था उहाँकै घर परिवारले धानेको थियो । पछि सदस्यसंख्या थपिंदै गएपछि उहाहरूले र्सार्वनजनिकीकरण गर्दैगएको देखिन्छ । अनेसासबाट अर्न्तर्दृष्टि नामक पत्रिकाको प्रकाशन हुँदै आएको छ । अमेरिकाजस्तो ठाउँमा भानुजयन्ती, मोतीजयन्ती, लक्ष्मीजयन्ती जस्ता कार्यक्रम मनाएर नेपाली साहित्य तथा सात्यिकारहरूलाई संसारभर चिनाउने काम भइहेछ । यति मात्रै नभएर अमेरिकाको भर्जिनिया भन्ने ठाउँमा अनेसासकै सक्रियतामा नेपाली पाठशाला पनि स्थापना भएको छ । दिनहुँ केही न केही गरिरहने उहाँको स्वभाव छ । अमेरिकाका मात्रै नभएर संसारभरका प्रवासी नेपालीलाई उहाँ आफ्नै कोठामा बसेर विद्युतीय माध्यमबाट सरसल्लाह र सहयोग गरिरहनुहुन्छ ।
अमेरिकाको व्यस्त तथा कमाउ जिन्दगीमा बढी पैसा कमाउनतिर न लागी यौटै मात्र जागिरमा चित्त बुझाएर बाँकी समय लेखपढ र अरुलाई सरसहयोग गरिरहने मान्छेलाई अचेलको समयमा अवश्य नै तपस्वी नै मान्नर्ुपर्छ । त्यसमाथि अमेरिका पुगेका पछाडि कार झुण्डिएका -पत्रकार, साहित्यकार, कलाकार)हरू उहाँको चारपाङ्ग्रे कारको फाइदा उठाउन भ्याउँदारहेछन्, उहाँ पनि जुनसुकै साहित्यकार कलाकारहरूलाई भए पनि समान आतिथेय प्रदान गर्न भ्याउनुहुँदो रहेछ ।
यसरी श्री सुवेदीजीले सुदूर अमेरिकामा बसेर गर्नुभएको साहित्यसेवाको अरुले पनि कदर गर्ने बेला आइसकेको जस्तो मलाई लाग्दछ । यसमा भूमिका लेखक श्री भानुभक्त पोखरेलज्यूले पनि “नेपाल राष्ट्रले पनि उनलाई सम्म्ाानित र पुरस्कृत गराउँदै लाने वेला भएको अनुभव पनि गरेको छु” भन्नुभएको छ । भानुभक्त सरको र मेरो कुरा मिल्यो । वास्तवमा उहाँलाई राष्ट्रले नै सम्मानित र पुरस्कृत गर्ने वेला भइसकेको छ । राष्ट्रले त गर्ला पनि । तर भानुभक्त सर तपाईं हामी मिलेर एउटा कामको थालनी गरे कसो होला - मेरो विचारमा पहिला मुगलानमा बसेर सूधपाहरूले गरेको कामसँग यिनको कामलाई दाँज्न मिल्ला ? लेखकलाई दाँज्ने भनेको होइन) नत्र अमेरिकी सूधपा भन्ने शब्दले विभूषित गरौं कि भनेर ? कि अमेरिकाका मोतीराम भन्ने ? वास्तवमा भन्ने हो भने मलाई त अमेरिकाका मणि वा पारसमणि भन्न मन लागेको छ तपाईंलाईं कस्तो लाग्ला कुन्नि ? यति त तपाईं हामीले “होमनाथ सुवदीकोे चर्चा” गर्ने निहुँमा गर्न बितेन र ? कसो सर ?
दिसंबर ९,२००६