प्रवासी नेपाली नेर्टवर्कलाई किरण अधिकारी
ज्यूलर्ेर् इमेल मार्फ पठाउनु भएको प्रेश विज्ञप्ति जस्तको तस्तै
प्रेस विज्ञप्ति
श्रीमान् सम्पादकज्यू
प्रवासी नेपाली नेर्टवर्क
मिति २०६३ मंसिर १३ गते, काठमाडौं ।
उपरोक्त सम्बन्धमा जिल्ला चितवन, भरतपुर नगरपालिका वडा नं. १० स्थायी घर भै हाल का.जि.का.म.न.पा. अनामनगर, काठमाडौं बस्ने किरण अधिकारीको श्रीमती सम्झना अधिकारी गर्भिणी भएदेखि नियमति स्वास्थ्य जाँचको लागि काठमाण्डू मोडेल अस्पताल, पर््रदर्शनीमार्ग, काठमाडौंमा May 4, 2006 देखि स्वास्थ्य जचाउँदै आइरहेकी छिन् । त्यस अस्पतालको Record को लागि उनको Index No. 06 ASF 10416 रहेको छ । डाक्टरको सल्लाहअनुसार उनको सुत्केरी हुने दिन २०६३ मंसिर १४ तोकिएको थियो ।
यसै सर्न्दर्भमा मिति २०६३ मंसिर ७ गतेका दिन मेरी श्रीमती सम्झनाको योनीबाट केही पानी बगेर निस्केकोले सुत्केरी व्यथा लाग्ने लक्षण देखिएको होकी भन्ने शंका लागेर त्यही दिन मोडेल अस्पतालमा गइयो । डा. मिना झाद्वारा डाक्टरी जाँच गराउँदा त्यस्तो खासै कुनै आत्तिनु पर्ने अवस्था छैन, बच्चाको स्वास्थ्य पनि राम्रो छ, यस्तो सेतो पानी बग्दैमा आत्तिनु पर्दैन । तपाईलाई म खाने र लगाउने औषधि लेखिदिन्छु त्यो प्रयोग गर्नू भनेर यी औषधी (i) Tab - Noworm (ii) Ferofolic (iii) Tab - Calvit (iv) Candid -V3 दिइयो । त्यसबखतमा विरामीको पेटमा हात हालेर पनि बच्चाको स्वास्थ्य स्थिति जाँच गरिएको थियो । यदि केही समस्या परेमा, गाह्रो भएमा यहाँ आउनुहोस् भन्ने डा. मिना झाको सल्लाहअनुसार आफ्नो घर फर्कियौं ।
भोलीपल्ट अलिअलि पेट दुख्न थालेको अनुभव भयो र हामी अन्दाजी दिउँसोको २ः०० बजेतिर त्यस अस्पतालमा पुग्यौं । तर त्यहाँ पुग्दा आफूलाई पहिले जचाइरहेको कुनैपनि डाक्टरको उपस्थिति थिएन । नर्स सुमनले नै विरामीलाई जचाउनु भयो । जचाउँदा तपाई एकदम ठीक समयमा आउनुभएछ, राम्रो गर्नुभयो । पाठेघर पनि खुलेको छ, ल अब भर्ना लिनुहोस् भन्नुभयो । त्यसै सल्लाहअनुसार विरामीलाई भर्ना गरियो । भर्ना गरेपछि विरामी सुत्केरी नहुँदाको समयसम्म अरु कुनै प्रकारको जाँच गरिएको थिएन -बच्चाको मुटुको धड्कनको बारेमा) । केही समयपछि नर्स सुमनले ल अब सुत्ेकरी हुने बेला भयो, कपडाहरू चाहियो भन्नुभयो । विरामीको मान्छेले चाहिं विरामी सम्झनाको लागि कपडा दिनुभयो । अनि नर्स सुमनले आमाको लागि होइन, बच्चाको लागि टालो र लगाउने कपडा दिनुहोस् भन्नुभयो र बच्चाको लागि कपडा दिइयो । केही समयपछि करिब दिउँसो करिब २ः५० देखि २ः५५ मा पुरुष बच्चाको जन्म भयो । बच्चा जन्मिएपछिमात्र नर्सले बच्चाको धड्कन छैन भनि तुरुन्तै एकैछिन विरामी -आमा) को छातीमाथि बच्चालाई राखिदिनुभयो । त्यसपछि त्यस बच्चालाई छुट्टै ठाउँमा राखियो ।
एकछिनपछि डा. मिना झा, जसले अघिल्लो दिनमा विरामी सम्झना अधिकारीलाई जचाउनुभएको थियो, त्यहाँ आइपुग्नु भयो र उहाँले विरामीलाई चर्को स्वरमा भन्नुभयो, “तपाई किन हिजो नआउनुभएको, हिजै आउनु पथ्र्यो नि” भन्दा विरामीले “मैले हिजो आएर जचाईंसकेकी हु“” डा. मिनाले फेरी भन्नुभयो, “कहा“ जचाउनु भयोे- ” भन्दा विरामीले “यहीं जचाएकी हु“” भन्दा फेरी डा. मिनालेे, “कोस“ग जचाउनु भयोे-” भन्दा विरामीले “तपाईस“ग जचाएकी हु“” भन्दा अनि उहाँ चुप लाग्नु भयो ।
साँझपख मात्र अब तपाईको बच्चाको लास बुझ्नुहोस्, यहाँ अस्पतालमा राख्न मिल्दैन भन्ने जवाफ आउन थाल्यो । साँझ परिसकेकोले अब कहाँ लैजाने भन्ने सोचेर विरामीको एकदर्ुइ आफन्तलाई फोन गरेर बोलाइयो ।
बच्चा के भएर मरेको हो त - भन्ने प्रश्न गर्दा नर्स सुमनलेे भन्नुभयो, “त्यो विरामीको डेलिभरी मैलै नै गराएकी हु“, विरामी भर्ना गर्नेबेलासम्म उसको स्वास्थ्य राम्रो थियो, तर बच्चा जन्मदा मरेको जन्मियो, किनकी उसको घा“टीमा साल बेरिएको थियो ।” त्यसोभए बच्चा के कति कारणले मरेको हो - त्यसको कारण खुलाई हामीलाई एउटा लिखित रूपमा पत्र दिनुहोस् भन्ने जवाफमा “दिउ“सो आउनुभएको डाक्टरहरू अहिले हुनुहुन्न, उहा“हरूको ड्युटी अफ् भैसक्यो र अहिले अरु डाक्टरहरू पनि हुनुहुन्न, भोली शनिबार अस्पताल बन्द रहन्छ । पर्सि आइतबार आउनुहोस्” भन्ने जवाफ नर्स सुमनबाट पाइयो ।
हामीलाई कस्तो पश्चाताप लाग्यो भने, यत्रौ ठूलो अस्पतालमा न विरामी भर्ना लिने बेलामा कुनै डाक्टरले चेक गरियो, नत म्भष्खिभचथ को बेलामा कुनै डाक्टरको उपस्थिति थियो । यो अस्पतालमा डाक्टरहरूको नाम मात्र रहेछ, उनीहरूलाई भेटनत क्लिनिकमा पो जानुपर्ने रहेछ । अस्पतालको चिकित्सकीय सबै काम नर्सले मात्र गरेको पाइयो । यहा“त अलिकति पनि जटिल समस्याहरू देखापरेमा डाक्टरको अनुपस्थितिले गर्दा जीवन मर्ने र बा“च्नेको कुनै निश्चित नै देखिंदैन । डाक्टरको अस्पतालप्रति कुनै Responsible नै देखिएन । आफूले गर्न नसक्ने काम पनि पैसाको लोभले गर्दा भर्ना गर्राई विरामीबाट पैसा असुल्ने उद्देश्य राख्दछन् ।
भोली शनिबार अस्पतालको काउण्टर पनि बन्द रहने भएकोले विरामीको डिस्चार्ज शुक्रबार नै नगरे आइतबारसम्म कर्ुर्नुपर्ने भएकोले काउण्टरमा Discharge Clearance गर्न जाँदा ठीक छ, भोली विहान १०ः०० बजेसम्ममा आउनुहोस्, त्यसपछि काउण्टर बन्द हुन्छ भन्ने जवाफ काउण्टरबाटै पाइयो । त्यस बखतमा विरामीको पुरै History Report File त्यहीं आएकोले त्यसमा के के लेखेको रहेछ भन्ने उत्सुकता बढेकोले त्यो फाइल हर्ेनको लागि काउण्टरमा अनुरोध गरियो । त्यसमा विरामीको सुरुदेखिको रर्ेकर्ड राखिएको हुँदो रहेछ । त्यस फाइलको एक पानामा यो लेखिएको थियोः
Patient is admitted at 2:00 pm on 24/11/06. At the time of admission patient is normal. And at 2:53 dead baby delivered.
हामीलाई यो शब्द देख्दा आर्श्चर्य लाग्यो । कसरी यस्तो भयो - भर्ना गर्ने बेलासम्ममा एकदम Normal रिहेको विरामी ५३ मिनेटमै बच्चा कसरी मर्यो - यो देखेर हामीले त्यो फाइलको एकसेट फोटोकपि गर्न काउण्डरमा अनुरोध गर्यौं । यो फाइल तपाईहरूलाई मात्र दिन मिल्दैन, अस्पतालको कोही एकजना सँगै जानर्ुपर्छ भन्ने जवाफ पाइयो । अनि हामीले लौनत कोही एकजना हामीसँग पठाइदिनुस् भन्दा अहिले मान्छेहरू कता छन् कता, बरु भोली नै आउनुहोस् न भन्नुभयो । हामीले त्यो file मा लेखिएको Report ३-४ चोटी दोहर्याएर पढ्यौं । अनि फेरी माथि नर्स सुमनसँग भेट्न गयौं र भन्यौ पनि, “तपाईको रिपोर्टमा त विरामी Admission हुने बेला -दिउ“सो २ः०० बजे) मा Normal छि भन्नुभएको छ र २ः५३ मा मरेको बच्चा जन्मियो भन्नु भएको छनि, के यो ५३ मिनेटमै बच्चा मरिसक्छ त - फेरी पेटभित्र बच्चा मर्यो भने आफैं जन्मिन्छ र - अपरेशन गर्नुपर्ने वा तानेर निकाल्नु पर्ने होइन र -” भन्ने जवाफमा नर्स सुमनले भन्नु भयो, “विरामीको पाठेघर पुरै खुलिसकेको थियो, विरामीले बल गरेमा त्यसबखत बच्चा बाहिर निस्किन्छ । त्यसैअनुसार बच्चा जन्मियो, जन्मिने वित्तिकै बच्चाको धड्कन छैन भनेर एकछिन सुत्केरीको छातिमाथि राखिदियौं र त्यसपछि बच्चालाई अर्कै ठाउ“मा राख्यौं । त्यो बच्चाको स्थिति हर्ेदा करिब ८ देखि १० घण्टा अगाडि नै पेटभित्र मरिसकेको हुनर्ुपर्छ, किनकी धेरै समय भएकोले बच्चाको हातको छालापनि एक-दर्ुइ ठाउ“मा खुइलिएको थियो” भन्ने जवाफ नर्स सुमनले दिनुभयो ।
हामीलाई झन शंका लाग्यो कि, तपाईले भर्ना हुने बेलासम्म विरामी ठीक (Normal) िछ भन्नुहुन्छ । Report मा पनि त्यही लेख्नु भएको छ, अहिले बच्चा जन्मिदा ८ देखि १० घण्टा अगावै नै बच्चा पेटमा मरिसकेको छ भन्नुहुन्छ, के हो यस्तो जवाफ - यदि ८-१० घण्टा अगावै बच्चा पेटमा मरिसकेको भए विरामी Admission गर्ने बेलामा नै चेक गर्दा, तपाईको पेटमा बच्चाको कुनै धड्कन छैन, कुनै ःयखझभलत नै छैन भनेर किन नभन्नु भएको त - तपाईलेत, ल अब सुत्केरी हुने बेला भयो बच्चाको कपडा के छ, ल्याउनुहोस् भन्नु भएको थियो नि” भन्ने प्रश्न गर्दा उहाँ भन्नुहुन्छ,
“साल त जतिखेर पनि बेरिन सक्छ, किनकी बच्चाकोMovement भैरहेने हुनाले ५३ मिनेट भन्दा पनि कम समयमा बेरिन सक्छ, र यो धेरै कस्सियो भने सास फर्ेन गाह्रो भई बच्चा मर्दछ । त्यो बच्चा पनि जन्मिदा घा“टिमा साल बेस्कन कस्सिएको थियो” भन्नुभयो ।
यस्तै छलफल गर्दा रात पनि झमक्कै परेकोले त्यस मृत बच्चाको दाह संस्कार गर्नुपर्यो भन्ने सोचेर अस्पतालले तयार पारेको Notice of Death र्फममा सहि गरेर जहाँ लास लैजाने हो त्यो ठाउँ पनि उल्लेख गरी -थापाथली वा पशुपति) र्फम बुझ्यौं । त्यो र्फममा डा. शैलेन्द्र सिग्देल (NMC: 6318) ले बच्चा मृत भएको घोषणा गर्नुभएको थियो । त्यस र्फमको Immediate Cause df Intrauterine Death मा Intrauterine Death भन्ने उल्लेख गरिएको थियो । त्यस र्फममा डा. शैलेन्द्र र नर्स सुमनको संयुक्त रूपमा हस्ताक्षर गरिएको थियो । त्यसमा मिति उल्लेख गरिएको थिएन । मिति उल्लेख नहुँदा फेरी कति पुरानो लास हो, थाहा नहुन सक्छ, त्यसमा अप्ठेरो पर्न सक्छकी भनेर हामीले भनेपछि अनि मिति पनि (2063/8/08) उल्लेख गरिएको थियो । त्यसैअनुरूप हामीले त्यस बच्चालाई राती प्रसुती गृहको पछाडिपट्ट िबाग्मति खोलको तिरमा एउटा खाल्डो खनि गाडेर आयौं । त्यो काम सिध्याएर घर आइपुग्दा रातीको नौ बजिसकेको थियो ।
भोलिपल्ट शनिबारको दिन विहान १०ः०० बजेपछि फेरी तयस काठमाण्डू मोडेल अस्पतालमा पुग्यौं । विरामीको Delivery को लागि अस्पतालले पहिले नै रु. ३,०००/- धरौटी राखेको थियो । त्यस दिन काउण्टर बन्द रहने भएकोले अरु थप रु. २,०००/- Deposit गरी विरामीलाई डिस्चार्ज गरियो । त्यो डिस्चार्ज पेपरमा बच्चाको तौल -३.५ केजी) लगायत Macerated IUD. Cord round neck tightly. भन्ने उल्लेख गरिएको थियो ।
त्यसबखतमा पनि विरामीकेा फाइलको फोटकपिको लागि फेरी अनुरेध गरियो । प्रशासनमा अथवा डाक्टरलाई भन्नुहोस् भन्नुभयो, काउण्टरबाट । कुन डाक्टरलाई भेटौं त भनेर सोध्दा डा. पुजालाई भेट्नुहोस् भन्नुभयो । डा. पुजालाई भेट्न जाँदा एकजना नर्सले डा. पुजा हुनुहुन्न अहिले के को लागि हो भनेर हामीलाई सोध्नुभयो । हामीलाई यस्तो यस्तो भएको हो त्यस फाइलको फोटोकपि चाहिएको थियो भन्दा त्यो त दिनै मिल्दैन, अस्पतालको नियमै यस्तो छ । यो चाहिएमा अस्पतालको Management स“ग कुरा गर्नुहोस् भन्नुभयो । माथिबाट तल काउण्टरमा आउँदा विरामीको मान्छेलाई उहाँले मागेको फाइल दिन मिल्दैन भन्दिनुस् भन्ने जवाफ टेलिफोनमार्फ काउण्टरमा दिइएको थियो । त्यसबेला फोनमा कुरा हामी त्यही थियौं । लत ठीकै छ, पछि आउँला भनेर घर फर्कियो ।
भोलीपल्ट मिति २०६३।८।१० गते आइतबारका दिन हामी अस्पताल नगई डा. मिना झाको डिल्लिबजारस्थित APOLO Clinic मा गई उहाँसँग यसबारेमा कुरा गर्यौं । मैले सम्झनालाई बिहीबार हेरेको (Check up) थिएँ । त्यसबेला उसको स्वास्थ्य एकदम ठीक (Normal) िथियो । बच्चाको स्वास्थ्य पनि ठीक थियो । केही औषधि लेखिदिएँ । केही समस्या भयो भने अस्पताल आउनुहोस् भनेको थिएँ । र भोलीपल्ट म त्यहाँ पुग्दा बच्चा जन्मिसकेको थियो । मलाई साह्रै दुःख लाग्यो । त्यसदिन बच्चा जन्मिनु अगाडि मैले सम्झनालाई भेटेको छैन भन्नुभयो ।
अनि हामीले डा. मिना झालाई आफ्नो क्लिनिकमा विरामी जाँचीरहेकोले वहाँलाई व्यस्त देख्दा, विरामीहरूलाई पनि छिटो कुरा सकिदिए हुन्थ्यो जस्तो महसुस गरेकोले डा. मिनालाई भनेर हामी एकछिन पछि फेरी आउँला भनेर बाहिर निस्क्यौं । र केही बेरपछि फेरी गयौं, कुरा पनि गर्र्यौं । उहाँले भन्नुभयो भन्नुभयो, “हर्ेनुस् यसमा मेरो के गल्ति छ - मलाई बेकम्मा किन Tension दिनुहुन्छ - मत त्यहा“ काम गर्ने डा. पनि होइन, डा. अरुणा कार्की ऋamउ गएकोले उहा“को सट्टामा २ हप्ताको लागि मात्र म त्यहा“ गएकी हु“ । मैले Admission को बेलामा सम्झनालाई जा“चेकी पनि होइन, तपाई ठीक समयमा आउनु भएछ भनेर पनि भनेकी होइन । मत खाली मृत बच्चा जन्मिसकेपछि मात्र त्यहा“ पुगेकी छु । मलाई साह्रो दुःख लाग्यो” भन्नुभयो ।
अनि हामीले डा. मिनालाई विरामीको History Report को एक सेट फोटोकपि गर्न माग्दा पनि अस्पतालले नदिएको कुरा गर्दा उहाँले, हैन, दिन्छ भनेको छ, तपाईहरू आज आउनुहुन्छ भनेर हामी ४ बजेसम्म त्यहीं बसेका थियौं” त्यसोभए बेलुकी भएपनि, दिन्छ भने फोटोकपि लिएर आउँनत भनेर फेरी हामी त्यस मोडल अस्पताल गयौं । फेरी मिल्दैन भन्नुभयो, एकछिनपछि तपाईसँग OPD को हरियो कार्ड छ भने दिनुुस् अनि मात्र । अनि हामीले काउण्टरमा त्यो हरियो कार्ड दियौं । त्यसपछि भित्र फाइल खोज्न जानुभयो । तर त्यहाँ नभएकोले त्यो फाइल Ex-discharge room मा छ, त्यहाँ अहिले बन्द भैसक्यो । भोली आउनुहोस र त्यहाँबाट माग्नुहोस् भन्ने जवाफ पाइयो ।
भोलीपल्ट २०६३।८।११ गते सोमबारका दिन फेरी हामी त्यही अस्पतालमा पुग्यौं र शुक्रबार भर्ना भएकी बेड नं. १०९ की सम्झना अधिकारीको फाइलको हामीलाई History Report को एकसेट फोटोकपि गरैर लैजानु पर्यो भनेर अनुरोध गर्यौं । त्यहाँबाट वहाँले म्च। न्बलभकज लाई सोध्नुहोस् भन्नुभयो । Dr. Ganesh लाई सोध्दा Dr. Bharat लाई भेट्नुहोस् भन्नुभयो । Dr. Bharat लाई भेट्न जाँदा उहाँ मिटिङ्गमा भएकोले उहाँसँग भेट्न सकिएन । र Dr. Aruna Karki ले हामीसँग कुरा गर्नुभयो । हामीले रिपोर्ट फोटोकपि गरेर लैजान आएका हौं भन्दा, त्यो कुनै हालतमा पनि मिल्दैन भन्नुभयो । बरु त्यस घटनाको बारेमा हामीलाई सम्झाउने प्रयास गर्नुभयो । सम्झनाको फाइल चाहिं त्यहाँ मगाइयो, हर्ेन पाइयो । तर त्यहाँ २०६३।८।८ गते शुक्रबार बेलुका जुन पेपरमा धेरैचोटी हामीले पढेको,
Patient is admitted at 2:00 pm on 24/11/06. At the time of admission patient is normal. And at 2:53 dead baby delivered.
पेपर नै गाएब -लुकाइ) गरी अर्कै थप पानामा लामो शब्दमा विरामी भर्ना बखतमा उसको पेटको बच्चाको कुनै धड्कन थिएन, जस्ता कुराहरू उल्लेख गरी राखिएको थियो ।
हामीलाई त आर्श्चर्य लाग्यो र सोध्यौं, के हो यस्तो - कहाँबाट थप्नुभयो यो पाना - अस्ति त अर्कै पानामा अर्कै कुरा लेखिएको थियो तर आज अर्कै पानामा अर्कै कुरा । खोई यहाँको अस्तिको पाना - भन्दा अलि डराएको र आत्तिएको स्वमा, यहिनै हो अस्तिको कागज, कसले चेञ्ज गरेको छ र, सबै म्बतभ, त्imभ यसमा लेखेको छ, सबै कुरा यसमा लेखेको छ । विरामी भर्ना गर्दा बच्चाको धड्कन नरहेको भनेर यसमा उल्लेख गरिसकेको छ भनेर हामीलाई देखाइयो ।
पछि अस्पतालले ऋजबलनभ गरेको रिर्पोट अनुसार हर्ेर्ने हो भने पनि, यदि विरामी भर्ना गर्ने बेेलामा बच्चाको धड्कन थिएन भन्ने हो भने किन त त्यत्तिखेरै यो कुराको जानकारी नदिइएको - डाक्टर पनि छैन, धड्कन पनि छैन भने यस्तो जटिल समस्यालाई नर्सको भरमा मात्र किन राखियो - अर्को अस्पतालमा विरामीलाई किन च्भाभच नगरिएको -
डा. अरुणाले हामी सम्झाउने प्रयास गर्दै भन्नुभयो, तपाईको विरामी २ः३० मा भर्ना भएको रहेछ र २ः५५ मा Delivery भएको छ । यो २५ मिनेट भनेको त धेरै लामो ग्याप हो । यत्रो ग्यापमा त बच्चा मर्न सक्छ भन्ने खालको कुरा गर्नुभयो ।
हामीले डा. अरुणालाई भन्यौं, हर्ेनुस् Admission Time मा विरामी ल्यrmब छि भने भर्ना भैसकेपछि त्यो विरामीको Careगर्ने, बेलाबेलामाCheckupगर्ने, बच्चाको Heart Bit Count गर्ने, एगकिभ Pulse Check गर्ने त अस्पतालको जिम्मा हुन्छ । यहा“ विरामी भर्ना गरेपछि Deliveryनभएसम्म एकचोटी पनि बच्चाको Heart Bit Count गर्न आइएन । आउनु भयो त- भन्ने जवाफमा, त्यो त गरिएन भन्ने जवाफ पाइयो ।
शुक्रबार Admission गर्दा विरामी ल्यrmब छि, ठीक समयमा आउनुभयो, एकछिनपछि बच्चाको लागि कपडा तयार पार्नुहोस् भनिएको थियो । तर बच्चा जन्मिदा बच्चाको धड्कन नरहेको र यो बच्चा कम्तिमा ८ देखि १० घण्टा अगावै नै आमाको पेटभित्र मरिसकेको हुनर्ुपर्छ भन्ने खालको जवाफ किन दिनुभयो - यदि पेटभित्र नै मरिसकेको भए, Admission Time मा नै हामीलाई किन जानकारी दिइएन कि योMajor Case छ, बच्चा पेटभित्र मरिसकेको छ भनेर - यहाँ तपाईहरूको पुरै Negligence छ, Report Change गरिसक्नु भएको छ भनेर भन्दा, डा. अरुणाले, के तपाईलाई मैले भनेको कुराको चित्त बुझेन भनेर हामीलाई सोध्नुभयो । हामीले उहाँलाई भन्यौं, अह“, चित्त बुझेन । उहाँले भन्नुभयो, के त्यसो भए तपाई मुद्दा हाल्नुहुन्छ त- हामीले भन्यौ, त्यो त हाम्रो कुरा हो, गर्ने वा नगर्ने । तपाईले हामीलाई रिपोर्टको फोटोकपि दिने कि नदिने भन्दा दिन मिल्दैन भन्ने जवाफ दिएपछि, ल त्यसोभए अहिले हामी जान्छौ, पछि आउन परे फेरी आउनेछौं भनेर त्यहाँबाट हामी बाहिर आयौं ।
हामीलाई शुक्रबारको दिन विरामीको Case र Report सँगको तालमेल नमिलेपछि यसमा पछि केही गडबढ हुन सक्छकी भन्ने शंकाले उसैदिनमा त्यो Report को फोटोकपि मागेका थियौ । तर शुक्रबारदेखि सोमबारसम्म -मिति २०६३।८।८ देखि २०६३।८।११ गतेसम्म) लगातार माग्दा पनि कहिले के भन्ने त कहिले के भनेर दिन नमिल्ने कुरा मात्रै हामीलाई गराइयो ।
यसरी मौखिक रुपमा बारम्बार माग्दा पनि नदिएपछि हामीले मिति २०६३।८।११ गते लिखित रूपमा काठमाण्डू मोडेल अस्पतालको प्रमुखलाई “जानकारीको लागि कागजातको प्रतिलिपि उपलब्ध गराइदिनु हुन” भनि पत्र लेखि दर्ता नं. ११५ मा दर्ता गराइसकिएको छ ।
अन्त्यमा जुन पुरानो रिपोर्ट नै लुकाएर नयाँ रिपोर्ट थपिएकोले झनै यस अस्पतालले ल्भनष्निभलअभ गरेको पुष्टि हुन्छ । जसले गर्दा आफ्नो पर्ूण्ाअवस्थाको ३.५ केजीको छोरालाई गुमाउनु पर्यो । यो कुरालाई सम्भिmदा हामी दम्पतिको मानसिक तनाब अत्यधिक मात्रामा बढेको छ । साथै आफ्नो परिवार, अन्य इष्टमित्रहरू पनि त्यत्तिकै रूपमा स्तब्ध र शोकाकुल रहेका छन् ।
धन्यवाद ।
………………..
किरण अधिकारी
-सम्झना अधिकारीको श्रीमान्)
सर्म्पर्क नं. ९८४१-३१९४९७